Tag: #Melauli

बैतडीमा जारी एनपीएल क्रिकेटको फाईनल आज; पाटन र मेलौली भिड्दै

बैतडीमा जारी एनपीएल क्रिकेटको फाईनल आज; पाटन र मेलौली भिड्दै

खेलकुद, मुख्य समाचार
बैतडी । देहीमाडौंमा जारी निंगलासैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनल खेल आज हुदैछ । उपाधीका लागी पाटन नगरपालिका र मेलौली नगरपालिका भिड्दैछन् । सिगास गाउँपालिकालाई ७ विकेटले स्तब्ध पार्दै पाटन नगरपालिका फाईनल प्रवेश गरेको हो भने दशरथचन्द नगरपालिका ‘सी’ लाई ७ विकेटले पाखा लगाउदै मेलौली नगरपालिका उपाधी नजिक पुगेको हो । निङ्गलाशैनी क्रिकेट क्लबको आयोजना र यूवा समाजसेवी तेजबहादुर चन्दको संरक्षकत्वमा सञ्चालन भईरहेको प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १११ ट्रफी र प्रमाणपत्र र द्वितीय पुरस्कार ५५ हजार ५५५ रुपैंया, ट्रफी र प्रमाणपत्र राखिएको आयोजक निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसि)का अध्यक्ष महेश सिंह भण्डारीले बताए । उक्त फाईनल खेलसंगै समापन समारोह विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारका साथमा सांस्कृतिक कार्यक्रमका साथ हुने बताईएको छ । कात्तिक ८ ग