Tag: #निर्देशक

म्युजिक भिडियो निर्देशनमा जम्दै सुदूरपश्चिमका बिपिन

म्युजिक भिडियो निर्देशनमा जम्दै सुदूरपश्चिमका बिपिन

मनोरञ्जन
काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रमा दृष्य सम्पादनलाई आफ्नो पेशा बनाएर प्रवेश गरेका व्यक्तिको नाम हो बिरेन्द्र भाट ‘बिपिन’ । सुदूरपश्चिमको बैतडी जिल्ला गुजरमा जन्मेका विपिनले अहोरात्र यसै क्षेत्रमा खटेर कम्प्युटरको किबोर्डमा चल्ने हातहरुलाई त्यतिमा मात्र सिमित राखेनन् । अरुले खिचेर ल्याएका दृष्यका सटहरु काट्दा र जोड्दाका अनुभव संगालेका उनी आफैं क्यामराको लेन्स घुमाउँदै फ्रेम बनाउँन थाले जसले सम्पादक बिरेन्द्रलाई कुशल छायाँकारको रुपमा पनि स्थापित बनायो । हरेक मान्छेको चाहना एउटा सफलताबाट अर्को हुँदै सफलताको सिंढी खोज्न मै बित्ने गर्दछ तर बिरेन्द्रको अनुभव खोजाईमा मात्र बितेन । आफु उक्लिएका हरेक सिंढीहरुमा उनी सफल बन्दै गए र कुनै बेलाको केवल एउटा भिडियो सम्पादक परिचय अहिले फेरिएको छ । सम्पादक र छायाँकारको परिचय बोकेका बिरेन्द्रले अहिले आफ्नो परिचय निर्देशकमा पनि दर्ता गराउँन सफल भएका छ