विज्ञान-प्रविधि

ल्यापटप खुलै छोडेर सुत्नुहुन्छ ? थाहा पाउनुस् यसबाट हुने नोक्सान

ल्यापटप खुलै छोडेर सुत्नुहुन्छ ? थाहा पाउनुस् यसबाट हुने नोक्सान

विज्ञान-प्रविधि
ल्यापटप अथवा कम्प्युटरमा डाटा बढी हुँदा यसको स्पीडमा असर पर्न जान्छ । हार्ड डिस्कको मेमोरी भरिएमा अथवा सफ्टवेयर नियमित अपडेट नभएमा यसको स्पीड कम हुने गर्दछ । यस कारण कम्प्युटर स्टार्ट हुन पनि सामान्यभन्दा बढी समय लाग्छ । यस्तो बेलामा केही प्रयोगकर्ता यसलाई सटडाउन गर्न चाहँदैनन् जब उनी धेरै घण्टासम्म पनि सिस्टमले काम नगर्दा सिस्टमलाई स्लिप मोडमा राखेर खुलै छोड्ने गर्दछन् । तपाईं अल्छिपनको कारण अथवा सिस्टम अन गर्ने लाग्ने समयलाई बचाउन कम्प्युटरलाई अफ समयमा पनि अन राखिरहनुहुन्छ बुझ्नुस् यस्तो काम गरेर तपाईंले सिस्टमको आयु कम गर्दै हुनुहुन्छ । राती सुतिरहेको बेला धेरैपटक पावर कट पनि हुने गर्दछ । पटकपटक सिधै बन्द हुँदा ल्यापटप तथा कम्पुटर सिस्टमको मेसिन ड्यामेज पनि हुन सक्छ । यसका अतिरिक्त खराब मौसममा चम्किने बिजुलीबाट अन सिस्टम खराब हुन सक्दछ । सधैँ डिभाइसलाई अन राख्दा डिभाइसको आयु पनि कम ह
फेसबुक १३ औं वर्षमा, साथीसँग बिताएका क्षणको भिडियो बनाउने सुविधा

फेसबुक १३ औं वर्षमा, साथीसँग बिताएका क्षणको भिडियो बनाउने सुविधा

विज्ञान-प्रविधि
काडमाडौं, माघ २१ – सामाजिक सञ्जाल फेसबुक१२ वर्ष पुगेर १३ वर्षमा लागेको छ । विश्वको सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल बन्न सफल फेसबुक सन् २००४ फेब्रुअरी ४ तारिखका दिन द फेसबुकका नाममा संस्थापक मार्क जुकरवर्गले सञ्चालनमा ल्याएका थिए । सन् २००६ को सेप्टेम्बर २६ तारिखका दिनदेखि मात्रै फेसबुकमा १३ वर्षमाथिका सबैका लागि एकाउन्ट खोल्ने सुविधा सुरु भएको हो । सन् २००४ मा हार्वर्ड युनिभर्सिटीमा अध्ययन गर्दागर्दै मार्कले विश्वलाई जोड्ने एउटा सेतु निर्माण गर्ने योजनाका साथ फेसबुकको निर्माण गरेका थिए । केही साथीको सहयोगमा खुलेको यो साइटका लागि काम गर्ने कर्मचारीको संख्या अहिले ११ हजार ९ सय ९६  छ। सन् २०१२ को अक्टोबरमै फेसबुकको सक्रिय प्रयोगकर्ता मासिक १ अर्ब नाघेको थियो भने अहिले १ अर्ब ४४ करोडभन्दा धेरै छ । फेसबुकको १२ औं वार्षिकोत्सवको अवसरमा सबै प्रयोगकर्ताले फेसबुकमा साथीहरुसँग बिताए
काठमाडौंको मौसम आज केही सुधार हुने

काठमाडौंको मौसम आज केही सुधार हुने

मुख्य समाचार, विज्ञान-प्रविधि
काठमाडौं, माघ १३ – काठमाडौं उपत्यकाको मौसम बुधबार सामान्य सुधार हुने मौसमविदले बताएका छन् । हिजो दिनभरी नै धुम्मिएको काठमाडौं उपत्यकाको मौसम केही सुधार हुने मौसमविद शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार काठमाडौंमा केहीबेर घाम लाग्दै बादल लाग्नेछ । मंगलबार फाट्टफुट्ट पानी परेपनि बुधबार पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो । काठमाडौंको रातिको न्यूनतम तापक्रम ४ दशमलव ७ डिग्री सेल्सियस थियो । दिउँसो १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान छ । यस्तै पश्चिममा आशिंक बदली हुने अनुमान गरिएको उहाँले बताउनुभयो । मौसमविद कँडेलका अनुसार पूर्वको मौसम भने सामान्यतया बदली हुनेछ । पश्चिमी वायु पूर्वमा सरिरहेकाले पूर्वको पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ । रातिदेखि मौसम केह
ट्वीटरका ४ उच्च अधिकारीले कम्पनी छोड्ने

ट्वीटरका ४ उच्च अधिकारीले कम्पनी छोड्ने

विज्ञान-प्रविधि
माघ १२ – सामाजिक सञ्जाल ट्वीटरका चार उच्च अधिकारीले कम्पनी छोड्ने भएका छन् । ट्वीटरका प्रोडक्ट प्रमुख केभिन वेल तथा मिडिया प्रमुख केटी स्टानटेनले आउँदो केही हप्ता भित्रै कम्पनी छोड्ने तयारी गरेका छन् । यस्तै इन्जिनियरिङ विभागका प्रमुख एलेक्स रोएटर तथा ट्वीटरको मिनी भिडियो सेवा वाइनका प्रमुख ज्यासन टाफले पनि पद छोड्ने तयारी गरेका छन् । उनले गुगलमा काम गर्नका लागि ट्वीटर छोड्न लागेका हुन् । मानव संसाधन विभागका प्रमुख स्किप शिपर पनि आफ्नो पदबाट हड्ने तयारी गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्याक डोरसीले ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् । चारै जना अधिकारीलाई फुर्सदको केही समय मिल्ने र उनीहरु यसका योग्य भएको प्रमुख कार्यकारी अधिकृत शिपरले ट्वीटरमा उल्लेख गरेका छन् । कम्पनीमा ठूलै परिवर्तन गर्न लागेको उनले जानकारी दिएका छन् । ट्वीटरले यसअघि आफ्ना ८ प्रतिशत कर्मचारी निकाले
विश्वमा धेरै प्रयोग हुने पासवर्ड कुन ?

विश्वमा धेरै प्रयोग हुने पासवर्ड कुन ?

विज्ञान-प्रविधि
माघ ६ – विश्वका धेरै इन्टरनेट प्रयोगकर्ताको पासवर्ड अझै पनि सजिलै पत्तालगाउन सकिने खालको रहेको एक अध्ययनले देखाएको छ । अनलाइन सेक्युरेटी फर्म स्पाल्सडाटाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्व धेरै इन्टरनेट प्रयोगकर्ताले अझै पनि सजिलै अनुमान लगाउन सकिने खालको पासवर्ड प्रयोग गर्ने गरेको उल्लेख छ । विश्वका धेरै इन्टरनेट प्रयोगकर्ताले प्रयोग गर्ने पासवर्ड १२३४५६ रहेको प्रतिवेदनमा उल्लेख छ । यो सन् २०११ देखि सबैभन्दा बढी प्रयोग हुने पासवर्डको रुपमा रहेको स्पाल्सडाटाले जनाएको छ । सन् २०१५ मा लिक भएका २० लाख भन्दा धेरै पासवर्डको अध्ययनबाट यस्तो देखिएको हो । आफ्नो इमेल तथा अरु इन्टरनेट सञ्जाल ह्याक हुनबाट जोगाउन सजिलै पत्ता लाग्ने खालको पासवर्ड प्रयोग गर्न नहुने भएपनि धेरैले यस्तै खालको पासवर्ड प्रयोग गर्ने गरेका छन् । विश्वमै धेरै प्रयोग हुने पासवर्डमा १२३४५६७८, क्युडब्लुइआरटिवाई, १२३४५
पृथ्वी भन्दा १० गुणा ठूलो ग्रह भेटियो

पृथ्वी भन्दा १० गुणा ठूलो ग्रह भेटियो

विज्ञान-प्रविधि
माघ ७ – अमेरिकाका अन्तरिक्ष वैज्ञानिकले सौर्य मण्डलमा नयाँ ग्रहको खोजी गरेको बताएका छन् । नयाँ पत्ता लागेको ग्रहको आकार पृथ्वीको भन्दा १० गुणा बढी रहेको वैज्ञानिकको भनाई छ । क्यालिर्फोनिया इनस्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले पत्ता लगाएको नयाँ ग्रहको नाम तत्कालका लागि प्लानेट नाइन राखिएको छ । ग्रह रहेको भन्ने अनुसन्धानको नतिजा कम्प्युटर मोडलिङमा आधारित छ । तर अनुसन्धान रिर्पोटका सहलेखक कोनस्टान्टिन बेटेगिनले भने ग्रह अस्तित्वमा रहेकोमा आफूहरु पूर्ण विश्वस्थ रहेको बताउनुभयो । यो अनुसन्धान र त्यसको उपलब्धीले सौर्य मण्डल तथा आकाश गंगाको विषयमा हुने नयाँ जानकारी प्राप्त गर्न सकिने वैज्ञानिकको भनाई छ । प्लानेट नाइनले वरुणले भन्दा २० गुणा छिटो सूर्यको परिक्रमा गर्ने अनुसन्धानकर्ताले बताएका छन् । सौर्य मण्डलमा यसको अर्बिटको दूरी दुई अर्ब ८० करोड माइलको छ । वरुण भन्दा २० गुणा छ
लौ आयो स्मार्ट लठ्ठी, बुढाबुढी र ट्रेकिङका लागि उपयुक्त

लौ आयो स्मार्ट लठ्ठी, बुढाबुढी र ट्रेकिङका लागि उपयुक्त

विज्ञान-प्रविधि
अमेरिकाको लस भेगासमा भैरहेको कन्जुमर इलेक्ट्रोनिक्स शो मा एक पछि अर्को नयाँ प्रविधिहरु सार्वजनिकीकरण तथा प्रदर्शन भैरहेका छन् । एक चिनियाँ कम्पनीले निर्माण गरेको स्मार्ट लठ्ठी पनि प्रदर्शनीमा आकर्षणको केन्द्र बनेको छ । चिनियाँ कम्पनी हुवाहे (स्मार्टफोन निर्माता हुवावे हैन्) ले बनाएको यो स्मार्ट लठ्ठीमा अत्याधुनिक प्रविधि जडान गरिएको छ । यो लठ्ठीमा जिपिएस प्रविधि छ । जसका कारण यो लठ्ठी लिएर हिँड्नेले आफू कुन ठाउँमा छु भनेर पत्ता लगाउन सक्छ । नयाँ ठाउँमा पदयात्रामा निस्कनेका लागि यो लठ्ठी निकै विश्वासिलो साथी सावित हुने वैज्ञानिकहरुको दाबी छ । त्यस्तै यो लठ्ठीमा एउटा इमर्जेन्सी बटन पनि रहेको छ । जसलाई दबाउने बित्तिकै विभिन्न पाँच वटा नम्बरमा फोन जान्छ । आफू अप्ठेरो वा खतरामा परेकाबेला आकस्मिक सहयोगका लागि यो इमर्जेन्सी बटन दबाउन सकिन्छ र यसो गर्दा आफूलाई उद्धार तथा सहयोग गर्नेहरु आउन