विज्ञान-प्रविधि

फेसबुकविरुद्ध ब्लाकबेरीले हाल्यो मुद्दा

फेसबुकविरुद्ध ब्लाकबेरीले हाल्यो मुद्दा

विज्ञान-प्रविधि
क्यानडाको टेक्नोलोजी कम्पनी ब्लाकबेरीले मंगलबार फेसबुक तथा उसका अन्य दुई भ्रातृ कम्पनीहरु ह्वाट्सएप र इन्स्टाग्रामविरुद्ध मुद्दा दायर गरेको छ । बौद्धिक सम्पत्ति अर्थात् पेटेन्ट उल्लंघनको आरोप लगाउँदै ब्लाकबेरीले फेसबुकविरुद्ध मुद्दा हालेको हो । फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले आफ्नो ब्लाकबेरी मेसेन्जरको प्रविधि तथा फिचर्स हुबहु नक्कल गरेको दाबी ब्लाकबेरीको छ । ब्लाकबेरीले अमेरिकाको लस एन्जल्स संघीय अदालतमा पेटेन्ट उल्लंघनको मुद्दा दर्ता गरेको हो । कम्पनीले विज्ञप्ती जारी गर्दै भनेको छ– फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्रामले ब्लाकबेरीको आविष्कार तथा प्रविधिलाई नक्कल गरी मोबाइल मेसेजिंग एप बनाएको छ । यी सबैले हाम्रा कैयन् इनोभेटिभ सेक्योरिटी फिचर, युजर इन्टरफेस तथा फंक्सनालिटी इन्ह्यान्सिंग जस्ता फिचर्स नक्कल गरेका छन् । साथै, मननीय पक्ष के छ भने फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामल
‘सामसुङ ग्यालेक्सी नोट–८’ खरिदमा बीमा सुविधा

‘सामसुङ ग्यालेक्सी नोट–८’ खरिदमा बीमा सुविधा

विज्ञान-प्रविधि
काठमाडौं । सामसुङले ग्यालेक्सी नोट–८ स्मार्टफोनको खरिदमा विभिन सुविधा उपलब्ध गराएको छ । जसअनुसार ग्राहकले सामसङको बटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा तथा एनसेलसँगको सहकार्यमा १६ जिबिको फोर जि डाटा सुविधा पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ । साथै फोर जि डाटा प्रति महिना २ जिबिका दरले ८ महिनासम्म ग्राहकलाई निरन्तर प्राप्त हुने र विभिन्न साझेदार बैंकबाट सहज किस्ताबन्दीको सुविधा पनि मिलाइएको विज्ञप्तीमा उल्लेख छ । ग्यालेक्सी नोट–८ फोनमा भएको इन्फिनिटी डिस्प्ले, सुधारिएको एस पेन र टुरु डिउल क्यामेरा उच्च अकांक्षा भएका ग्राहकको लागि भएको कम्पनीको दाबी छ । यसमा भएको डिउल क्यामराको साथ अप्टिकल इमेज स्टेबलाइजेसनले जस्तोसुकै अवस्थमा पनि जीवन्त एवम् सशक्त फोटो खिच्न सक्ने जनाइएको छ ।
क्यान इन्फोटेकमा ‘हुवावे मेट–१०’ सार्वजनिक

क्यान इन्फोटेकमा ‘हुवावे मेट–१०’ सार्वजनिक

विज्ञान-प्रविधि
काठमाडौं । भृकुटीमण्डपमा चलिरहेको क्यान इन्फोटेक २०१८ को प्रायोजक रहेको चिनियाँ स्मार्टफोन निर्माता हुवावेले ‘हुवावे मेट १० प्रो’ मोडल सार्वजनिक गरेको छ । यो स्मार्टफोनको मूल्य १ लाख ३ हजार रुपैयाँ राखिएको छ । ६ जीबी र्याम तथा १२८ जीबी रोम मेमोरी रहेको यो मोवाइल झण्डै १७८ ग्राम तौलमा उपलब्ध छ । यसको ब्याट्री क्षमता ४ हजार एमएएच तथा क्यामरा २० मेगापिक्सेलको रहेको छ । यसका अन्य विशेषताहरुमा १८ बाइ ९० डिस्प्ले, २१६० बाइ १०८०–४०२ पिपिआई, कलर स्याचुरेशन ११२ प्रतिशतलगायत रहेका छन् ।
१० गुणा चाँडो चार्ज हुने मोबाइल

१० गुणा चाँडो चार्ज हुने मोबाइल

विज्ञान-प्रविधि
कुनै समय १५ सय, २ हजार एमएएच ब्याट्री नै पर्याप्त मानिने मोबाइलहरू अचेल ४ हजार एमएएच या सोभन्दा ठुलो साइजमा आउन थालेका छन् । अचेल स्मार्ट फोनको प्रयोग यति धेरै बढेको छ कि तिनीहरूलाई दिनभरि टिकाइराख्नु चुनौतीको विषय बन्न थालेको छ । अब ठुलो साइजको ब्याट्री छ भने त्यसलाई चार्ज गर्न लाग्ने समय पनि बढी नै होला । यसको समाधान ल्याइदिएको थियो फास्ट चार्ज र टर्बो फास्ट चार्ज जस्ता विशेषताहरूले । यी विशेषता युक्त मोबाइलहरू एक-दुई घण्टामा नै फुल चार्ज हुने गर्दछन् । तर एक दुई घण्टा पनि थोरै समय त होइन । मान्छेहरू त चाहन्छन् कि मोबाइल चार्ज गरनै जस्तो काममा कमभन्दा कम समय खर्च होस् । उपभोक्ताहरूको यसै मागलाई संबोधन गर्न चिनियाँ कम्पनी ‘हुआवे’ले एउटा बिल्कुलै नयाँ चार्जिंग प्रविधिको अविष्कार गरेको छ जसले फोन चार्ज हुने गतिलाई १० गुना बढाइदिनेछ । ‘हुआवे’को ‘वाट ल्याब’मा विकसित यस प्रविधियुक्
बिर्सेर पनि इन्स्टल नगर्नुस् यी सात एन्ड्रोइड एप

बिर्सेर पनि इन्स्टल नगर्नुस् यी सात एन्ड्रोइड एप

विज्ञान-प्रविधि
एपब्रेन डट कमका अनुसार जनवरी १३ का दिनसम्ममा गुगल प्ले स्टोरमा ३५ लाख ८९ हजार दुई सय ३३ एपहरू रहेका छन् । अर्थात् हरेक कामका लागि एउटा न एउटा एप उपलब्ध रहेको छ । यस्ता अधिकांश एपहरू नि:शुल्क छन् भने केहीका लागि पैसा समेत तिर्नु पर्ने हुन्छ । ब्राउजिङ्, गेमिङ्, सोसल नेटवर्किङ् या ने युटिलिटी एपहरूले हाम्रो जीवन पत्त्याउनै नसकिने गरी सहज र रोमांचक बनाइदिए जस्तो लाग्छ । तर बुझ्नु पर्ने कुरा के छ भने यसरी उपलब्ध सबै एपहरू सुरक्षित भने हुँदैनन् । यस्ता एपहरूले हामीलाई सघाएको जस्तो जानकारी दिनेगरे पनि भित्रभित्रै हाम्रो डिभाइस या डाटामा ठुलो क्षति पुऱ्याइरहेका हुन्छन् या अनावश्यक स्पेस ओगटेर बसिदिनाले डिभाइस ल्यागिङको कारण समेत बनिरहेका हुन्छन् । गुगल प्रवर्द्धित प्ले स्टोर बारम्बार कम नलाग्ने र हानिकारक एपहरूलाई स्थान दिएको भनेर आलोचित भइराख्ने गर्दछ । केही साह्रै फाइदाजनक लाग्ने तर वास्त
सामसुङ ग्यालेक्सी एस ९ र एस ९ प्लस आउँदै, यस्ता छन् विशेषता

सामसुङ ग्यालेक्सी एस ९ र एस ९ प्लस आउँदै, यस्ता छन् विशेषता

विज्ञान-प्रविधि
विश्वप्रसिद्ध मोबाइल फोन निर्माता कम्पनी सामसुङ्ले बहुप्रतीक्षित सामसुङ् ग्यालेक्सी एस-९ बजारमा ल्याउने तयारी पुरा भइसकेको जनाएको छ । ग्याजेट प्रेमीहरूले खुबै प्रतीक्षा गरिरहेको भनेको यस प्रिमियम फ्ल्यागसिप फोनले एप्पलको आइफोन एक्सलाई सिधा टक्कर दिने जनाएको छ । सामसुङ्को मोबाइल बिजनेस विभागका अध्यक्ष डीजे कोहले ग्यालेक्सी एस श्रृंखलाका दुई प्रिमियम उत्पादन एस ९ र एस ९ प्लसका लागि उपभोक्ताहरूले धेरै प्रतीक्षा गर्नु नपर्ने बताएका छन् । एउटा अन्तरवार्ताका क्रममा कोहले यी दुबै भर्सन फेब्रुअरी २६ देखि मार्च १ सम्म बार्सिलोनामा आयोजित हुने विश्वकै सर्वाधिक ठुलो मोबाइल फोन व्यापार प्रदर्शनी द मोबाइल वर्ल्ड कङ्ग्रेसमा सार्वजनिक हुनेछन् । कस्ता छन् विशेषता ? हालै मिडियामा ग्यालेक्सी एस ९ र एस ९ प्लस को रिटेल बक्सको फोटो र यसका स्पेसिफिकेसनहरू सार्वजनिक भएका छन् जुन हालसम्म गोप्य राखिएका
एसियाली बजारमा ओपो ब्राण्ड उत्कृष्ट, दोस्रो स्थानमा भिभो

एसियाली बजारमा ओपो ब्राण्ड उत्कृष्ट, दोस्रो स्थानमा भिभो

विज्ञान-प्रविधि
काठमाडौं । ओपो ब्राण्डले एसियाली बजारमा उत्कृष्ट स्थान हात पार्न सफल भएको छ । ओपोले भिभो, सियाओमी, सामसुङ र हुआवे लगायत स्मार्टफोन निर्मातालाई पछि पारी १५ प्रतिशत बजार हिस्सा ओगट्दै अग्रणी स्थान हात पार्न सफल भएको हो । प्राविधिक मार्केट रिचर्स फर्म काउण्टरपोइन्टले आफ्नो नयाँ प्रतिवेदनमा उल्लेख गरे अनुसार ओपोलाई पछ्याउँदै १३ प्रतिशत बजार हिस्सा सहित भिभो दोस्रो स्थानमा रहेको छ भने १२ प्रतिशत बजार हिस्सा सहित सियाओमी र सामसुङ तेस्रो स्थान हासिल गरेका छन् । त्यसैगरी, ११ प्रतिशत बजार हिस्सा सहित हुआवे भने चौथौँ स्थानमा रहेको छ । ‘एसिया हाम्रो लागि एक प्रमुख बजारका रुपमा रहँदै आएको छ,’ एक विज्ञप्ती जारी गर्दै ओपोले भनेको छ, ‘हामीले आफ्ना उत्पादनका माध्यमबाट यहाँका उपभोक्ताको माग र आवश्यकताको सम्बोधन गर्न सफल भएको हाम्रो विश्वास छ । ’ ढुवानीका आधारमा उत्कृष्ट ३ ब्राण्ड भित्र पर्न
अब औंलाले मात्रै कल रिसिभ गर्न सकिने

अब औंलाले मात्रै कल रिसिभ गर्न सकिने

विज्ञान-प्रविधि
अमेरिकाको लास भेगास सहरमा यो वर्षको पहिलो विद्युतीय उपभोग्य सामग्री हरूको मेला सीइएस ( कंज्युमर इलेक्ट्रिक सो ) सुरु भएको छ जसमा कोरियाको Innomdle Lab भन्ने कम्पनीले बिल्कुलै नयाँ ग्याजेट पहिलो पल्ट प्रदर्शित गरेको छ । जसमा औंलाको प्रयोग गरेर कल सुन्न सकिने भएको छ । Sgnl नाम दिइएको यो एउटा रिस्ट ब्याण्ड स्ट्रेप हो । विश्वकै पहिलो यस बडी कंडक्सन युनिटले फोन रिसिभ गर्दा औंलाको टुप्पोले मात्र कुरा सुन्न सकिने भएको छ । यस रिस्ट ब्याण्डले फोन रिसिभ गर्दा औंलालाई फोनको रिसिभरमा परिवर्तित गरिदिने बताइएको छ । कम्पनीले जनाए अनुसार यस रिस्ट ब्याण्ड स्ट्रेपलाई सबैभन्दा पहिले ब्लुटुथका माध्यमले आफ्नो स्मार्ट फोनसँग पेअर गर्नु पर्दछ र यसलाई नाडीमा लगाउनु पर्नेछ । फोनसँग पेअर भएपछि कल आउँदा औंलाको टुप्पो काननेर लगेर कुराकानी गर्न सकिने बताइएको हो । कम्पनीका अनुसार यसको अडियो गुणस्तर उत्कृष्ट
१३ हजार अवैध वेभसाइट बन्द

१३ हजार अवैध वेभसाइट बन्द

विज्ञान-प्रविधि, विविध
चीनले अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको जनाइएको छ । चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको जानकारी दिनुभएको हो । यो अवधिमा अरु दुई हजार २०० वेभसाइटका सञ्चालकलाई पनि बोलाएर कुराकानी गरिएको उहाँले बताउनुभयो । इन्टरनेट सेवाको आचार संहिता उल्लङ्घन गरेको भन्दै झण्डै एक करोड इन्टरनेट एकाउन्ट बन्द गरिएको छ । ती वेभसाइटले आतङ्कवादीलाई सहयोग गरिरहेको तथा अश्लिल दृश्यको प्रयोग गरिरहेकाले हटाइएको बताइएको छ । “यो हटाउने कार्य निकै प्रभावशाली र रक्षात्मक कदम हो,” वाङले भन्नुभयो । हटाइएको सम्वन्धी विवरण आगामी संसदीय बैठकमा पेस गरिने भएको छ । सो बैठक आगामी बुधबार बस्ने जनाइएको छ ।
एनसेलले सुरु गर्‍यो अनलाइन रिचार्ज सेवा

एनसेलले सुरु गर्‍यो अनलाइन रिचार्ज सेवा

विज्ञान-प्रविधि
काठमाडौं । आफ्ना ग्रहकहरुलाई थप सेवा दिने उद्देश्यका साथ एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ। अनलाइन रिचार्ज सेवा एनसेल एप डाउनलोड गरेर पनि लिन सकिन्छ । त्यस्तैगरी वेबसाइटमा गई डेबिट र क्रेडिट कार्ड रिचार्ज छनोट गरी मोबाइल नम्बर, रिचार्ज गर्ने रकम, कार्ड नम्बर र कार्डको पछाडि उल्लेखित तीन वटा सेक्युरिटी कोड भरेर रिचार्ज गर्न सकिने व्यवस्था छ। एनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियन पेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी प्रिपेड मोवाइलमा रिचार्ज गर्न र पोस्टपेडको बिल भुक्तानी गर्न सक्ने सुविधा पनि छ। एनसेलका ग्राहकले यो वेबसाइटबाट रिचार्ज कार्ड पिन प्रयोग गरी कुनै पनि एनसेल नम्बरमा ब्यालेन्स रिचार्ज गर्न पनि सक्नेछन्।