विज्ञान-प्रविधि

सामसङ ग्यालेक्सी एस नाइन प्लस १२८ जीबीसहित बजारमा

सामसङ ग्यालेक्सी एस नाइन प्लस १२८ जीबीसहित बजारमा

विज्ञान-प्रविधि
काठमाडौं । सामसङले नेपाली बजारमा सामसङ ग्यालेक्सी एस नाइन प्लस १२८ जीबीसहित ल्याउने भएको छ । सामसङ ग्यालेक्सी एस नाइन प्लस १२८ जीबीको लागि अप्रिल १७ देखि सुरु भएको सामसङले जनाएको छ । उक्त स्मार्टफोनको खरिदसँगै प्रयोगकर्ताहरुले एनसेलको तर्फबाट १२ हजार एमबी डाटा र १२ हप्ताका लागि हरेक हप्ता एक हजार एमबी र एक वर्षे बीमा पनि प्राप्त गर्नेछन् । उपभोक्ताहरुलाई ग्यालेक्सी एस नाइन प्लस १२९ जीबी मोवाइलको मुल्य १ लाख ९ हजार ९ सय को मुल्य रु ५ हजारको क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ ।
मोबाइललाई ह्‍याक हुन र डाटा चोरिनबाट कसरी सुरक्षित राख्ने ?

मोबाइललाई ह्‍याक हुन र डाटा चोरिनबाट कसरी सुरक्षित राख्ने ?

विज्ञान-प्रविधि
क्याम्ब्रिज एनालिटिकाले गोप्य रुपमा फेसबुक प्रयोगकर्ताहरूको व्यक्तिगत विवरण चोरी गरेको समाचार आए यता संसार भरी नै डेटा सुरक्षासम्बन्धी बहस सुरु भएको छ । हुन त वर्तमान समयमा आफ्नो व्यक्तिगत विवरण पूर्ण रुपमा गोप्य राख्नु असम्भव जस्तै हो तर यस्ता विवरण सबैको पहुँचमा सहजै पुग्ने हो भने यसले व्यक्तिको सामाजिक र आर्थिक सुरक्षामा पनि तमाम प्रश्नहरू खडा गरिदिन्छ । सामान्यतया पारदर्शिता सभ्य समाजको परिचायक हो तर व्यक्तिका केही जानकारीहरू गोप्य नै राख्नु पर्ने हुन्छ । आजभोलि संसारका कतिपय देशमा क्यासलेस अर्थतन्त्रको अभ्यास सुरु गरिंदैछ । यस्तो अवस्थामा हाम्रो सम्पूर्ण सम्पत्तिको साँचो भनेको हाम्रो डाटामा नै हुन्छ । कथंकदाचित हाम्रो मोबाइल या ल्यापटपमा राखिएको हाम्रो डेबिट कार्ड, क्रेडिट कार्ड या बैंक खाता सम्बन्धी कुनै पनि गोप्य सूचना चुहिएको खण्डमा हामीले ठुलो आर्थिक क्षति व्यहोर्नु पर्ने हु
कारवाहीमा परे यूटीएल र स्मार्ट टेलिकम

कारवाहीमा परे यूटीएल र स्मार्ट टेलिकम

विज्ञान-प्रविधि
काठमाडौं । युनिफाइड लाइसेन्स लिएर पनि तोकिएअनुरुप सेवा विस्तार गर्न नसकेपछि यूटीएल र स्मार्ट सेललाई कारवाहीमा परेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स लिँदा पेश गरेको रोलअाउट प्लानअनुरुप सेवा विस्तार गर्न नसकेको भन्दै यूटीएल र स्मार्ट टेलिकमलाई ५-५ लाख रुपैयाँ जरिवाना गराएको छ । युटीएलले लाइसेन्स पाएको लामो समयसम्म पनि सेवा विस्तार नसकेपछि कारवाही गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । दूरसञ्चार ऐनमा उल्लेखित व्यवस्थाअनुरुप यूटीएललाई जरिवाना गराउने गरी पत्राचार गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । युटिएलललाई प्राधिकरणले २०७३ को भदौ २०मा युनिफाइड लाइसेन्स दिएको थियो । उसले लाइसेन्स लिएको एक वर्षभित्रै ४४ जिल्लामा सेवा विस्तार गर्ने बताएको थियो । उसको स्वीकृत योजनाअनुसार यतिबेला ५४ जिल्लामा सेवा पुग्नुपर्छ । तर, उसले जीएसएम मोबाइलसह
फेसबुकविरुद्ध ब्लाकबेरीले हाल्यो मुद्दा

फेसबुकविरुद्ध ब्लाकबेरीले हाल्यो मुद्दा

विज्ञान-प्रविधि
क्यानडाको टेक्नोलोजी कम्पनी ब्लाकबेरीले मंगलबार फेसबुक तथा उसका अन्य दुई भ्रातृ कम्पनीहरु ह्वाट्सएप र इन्स्टाग्रामविरुद्ध मुद्दा दायर गरेको छ । बौद्धिक सम्पत्ति अर्थात् पेटेन्ट उल्लंघनको आरोप लगाउँदै ब्लाकबेरीले फेसबुकविरुद्ध मुद्दा हालेको हो । फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले आफ्नो ब्लाकबेरी मेसेन्जरको प्रविधि तथा फिचर्स हुबहु नक्कल गरेको दाबी ब्लाकबेरीको छ । ब्लाकबेरीले अमेरिकाको लस एन्जल्स संघीय अदालतमा पेटेन्ट उल्लंघनको मुद्दा दर्ता गरेको हो । कम्पनीले विज्ञप्ती जारी गर्दै भनेको छ– फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्रामले ब्लाकबेरीको आविष्कार तथा प्रविधिलाई नक्कल गरी मोबाइल मेसेजिंग एप बनाएको छ । यी सबैले हाम्रा कैयन् इनोभेटिभ सेक्योरिटी फिचर, युजर इन्टरफेस तथा फंक्सनालिटी इन्ह्यान्सिंग जस्ता फिचर्स नक्कल गरेका छन् । साथै, मननीय पक्ष के छ भने फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामल
‘सामसुङ ग्यालेक्सी नोट–८’ खरिदमा बीमा सुविधा

‘सामसुङ ग्यालेक्सी नोट–८’ खरिदमा बीमा सुविधा

विज्ञान-प्रविधि
काठमाडौं । सामसुङले ग्यालेक्सी नोट–८ स्मार्टफोनको खरिदमा विभिन सुविधा उपलब्ध गराएको छ । जसअनुसार ग्राहकले सामसङको बटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा तथा एनसेलसँगको सहकार्यमा १६ जिबिको फोर जि डाटा सुविधा पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ । साथै फोर जि डाटा प्रति महिना २ जिबिका दरले ८ महिनासम्म ग्राहकलाई निरन्तर प्राप्त हुने र विभिन्न साझेदार बैंकबाट सहज किस्ताबन्दीको सुविधा पनि मिलाइएको विज्ञप्तीमा उल्लेख छ । ग्यालेक्सी नोट–८ फोनमा भएको इन्फिनिटी डिस्प्ले, सुधारिएको एस पेन र टुरु डिउल क्यामेरा उच्च अकांक्षा भएका ग्राहकको लागि भएको कम्पनीको दाबी छ । यसमा भएको डिउल क्यामराको साथ अप्टिकल इमेज स्टेबलाइजेसनले जस्तोसुकै अवस्थमा पनि जीवन्त एवम् सशक्त फोटो खिच्न सक्ने जनाइएको छ ।
क्यान इन्फोटेकमा ‘हुवावे मेट–१०’ सार्वजनिक

क्यान इन्फोटेकमा ‘हुवावे मेट–१०’ सार्वजनिक

विज्ञान-प्रविधि
काठमाडौं । भृकुटीमण्डपमा चलिरहेको क्यान इन्फोटेक २०१८ को प्रायोजक रहेको चिनियाँ स्मार्टफोन निर्माता हुवावेले ‘हुवावे मेट १० प्रो’ मोडल सार्वजनिक गरेको छ । यो स्मार्टफोनको मूल्य १ लाख ३ हजार रुपैयाँ राखिएको छ । ६ जीबी र्याम तथा १२८ जीबी रोम मेमोरी रहेको यो मोवाइल झण्डै १७८ ग्राम तौलमा उपलब्ध छ । यसको ब्याट्री क्षमता ४ हजार एमएएच तथा क्यामरा २० मेगापिक्सेलको रहेको छ । यसका अन्य विशेषताहरुमा १८ बाइ ९० डिस्प्ले, २१६० बाइ १०८०–४०२ पिपिआई, कलर स्याचुरेशन ११२ प्रतिशतलगायत रहेका छन् ।
१० गुणा चाँडो चार्ज हुने मोबाइल

१० गुणा चाँडो चार्ज हुने मोबाइल

विज्ञान-प्रविधि
कुनै समय १५ सय, २ हजार एमएएच ब्याट्री नै पर्याप्त मानिने मोबाइलहरू अचेल ४ हजार एमएएच या सोभन्दा ठुलो साइजमा आउन थालेका छन् । अचेल स्मार्ट फोनको प्रयोग यति धेरै बढेको छ कि तिनीहरूलाई दिनभरि टिकाइराख्नु चुनौतीको विषय बन्न थालेको छ । अब ठुलो साइजको ब्याट्री छ भने त्यसलाई चार्ज गर्न लाग्ने समय पनि बढी नै होला । यसको समाधान ल्याइदिएको थियो फास्ट चार्ज र टर्बो फास्ट चार्ज जस्ता विशेषताहरूले । यी विशेषता युक्त मोबाइलहरू एक-दुई घण्टामा नै फुल चार्ज हुने गर्दछन् । तर एक दुई घण्टा पनि थोरै समय त होइन । मान्छेहरू त चाहन्छन् कि मोबाइल चार्ज गरनै जस्तो काममा कमभन्दा कम समय खर्च होस् । उपभोक्ताहरूको यसै मागलाई संबोधन गर्न चिनियाँ कम्पनी ‘हुआवे’ले एउटा बिल्कुलै नयाँ चार्जिंग प्रविधिको अविष्कार गरेको छ जसले फोन चार्ज हुने गतिलाई १० गुना बढाइदिनेछ । ‘हुआवे’को ‘वाट ल्याब’मा विकसित यस प्रविधियुक्
बिर्सेर पनि इन्स्टल नगर्नुस् यी सात एन्ड्रोइड एप

बिर्सेर पनि इन्स्टल नगर्नुस् यी सात एन्ड्रोइड एप

विज्ञान-प्रविधि
एपब्रेन डट कमका अनुसार जनवरी १३ का दिनसम्ममा गुगल प्ले स्टोरमा ३५ लाख ८९ हजार दुई सय ३३ एपहरू रहेका छन् । अर्थात् हरेक कामका लागि एउटा न एउटा एप उपलब्ध रहेको छ । यस्ता अधिकांश एपहरू नि:शुल्क छन् भने केहीका लागि पैसा समेत तिर्नु पर्ने हुन्छ । ब्राउजिङ्, गेमिङ्, सोसल नेटवर्किङ् या ने युटिलिटी एपहरूले हाम्रो जीवन पत्त्याउनै नसकिने गरी सहज र रोमांचक बनाइदिए जस्तो लाग्छ । तर बुझ्नु पर्ने कुरा के छ भने यसरी उपलब्ध सबै एपहरू सुरक्षित भने हुँदैनन् । यस्ता एपहरूले हामीलाई सघाएको जस्तो जानकारी दिनेगरे पनि भित्रभित्रै हाम्रो डिभाइस या डाटामा ठुलो क्षति पुऱ्याइरहेका हुन्छन् या अनावश्यक स्पेस ओगटेर बसिदिनाले डिभाइस ल्यागिङको कारण समेत बनिरहेका हुन्छन् । गुगल प्रवर्द्धित प्ले स्टोर बारम्बार कम नलाग्ने र हानिकारक एपहरूलाई स्थान दिएको भनेर आलोचित भइराख्ने गर्दछ । केही साह्रै फाइदाजनक लाग्ने तर वास्त
सामसुङ ग्यालेक्सी एस ९ र एस ९ प्लस आउँदै, यस्ता छन् विशेषता

सामसुङ ग्यालेक्सी एस ९ र एस ९ प्लस आउँदै, यस्ता छन् विशेषता

विज्ञान-प्रविधि
विश्वप्रसिद्ध मोबाइल फोन निर्माता कम्पनी सामसुङ्ले बहुप्रतीक्षित सामसुङ् ग्यालेक्सी एस-९ बजारमा ल्याउने तयारी पुरा भइसकेको जनाएको छ । ग्याजेट प्रेमीहरूले खुबै प्रतीक्षा गरिरहेको भनेको यस प्रिमियम फ्ल्यागसिप फोनले एप्पलको आइफोन एक्सलाई सिधा टक्कर दिने जनाएको छ । सामसुङ्को मोबाइल बिजनेस विभागका अध्यक्ष डीजे कोहले ग्यालेक्सी एस श्रृंखलाका दुई प्रिमियम उत्पादन एस ९ र एस ९ प्लसका लागि उपभोक्ताहरूले धेरै प्रतीक्षा गर्नु नपर्ने बताएका छन् । एउटा अन्तरवार्ताका क्रममा कोहले यी दुबै भर्सन फेब्रुअरी २६ देखि मार्च १ सम्म बार्सिलोनामा आयोजित हुने विश्वकै सर्वाधिक ठुलो मोबाइल फोन व्यापार प्रदर्शनी द मोबाइल वर्ल्ड कङ्ग्रेसमा सार्वजनिक हुनेछन् । कस्ता छन् विशेषता ? हालै मिडियामा ग्यालेक्सी एस ९ र एस ९ प्लस को रिटेल बक्सको फोटो र यसका स्पेसिफिकेसनहरू सार्वजनिक भएका छन् जुन हालसम्म गोप्य राखिएका
एसियाली बजारमा ओपो ब्राण्ड उत्कृष्ट, दोस्रो स्थानमा भिभो

एसियाली बजारमा ओपो ब्राण्ड उत्कृष्ट, दोस्रो स्थानमा भिभो

विज्ञान-प्रविधि
काठमाडौं । ओपो ब्राण्डले एसियाली बजारमा उत्कृष्ट स्थान हात पार्न सफल भएको छ । ओपोले भिभो, सियाओमी, सामसुङ र हुआवे लगायत स्मार्टफोन निर्मातालाई पछि पारी १५ प्रतिशत बजार हिस्सा ओगट्दै अग्रणी स्थान हात पार्न सफल भएको हो । प्राविधिक मार्केट रिचर्स फर्म काउण्टरपोइन्टले आफ्नो नयाँ प्रतिवेदनमा उल्लेख गरे अनुसार ओपोलाई पछ्याउँदै १३ प्रतिशत बजार हिस्सा सहित भिभो दोस्रो स्थानमा रहेको छ भने १२ प्रतिशत बजार हिस्सा सहित सियाओमी र सामसुङ तेस्रो स्थान हासिल गरेका छन् । त्यसैगरी, ११ प्रतिशत बजार हिस्सा सहित हुआवे भने चौथौँ स्थानमा रहेको छ । ‘एसिया हाम्रो लागि एक प्रमुख बजारका रुपमा रहँदै आएको छ,’ एक विज्ञप्ती जारी गर्दै ओपोले भनेको छ, ‘हामीले आफ्ना उत्पादनका माध्यमबाट यहाँका उपभोक्ताको माग र आवश्यकताको सम्बोधन गर्न सफल भएको हाम्रो विश्वास छ । ’ ढुवानीका आधारमा उत्कृष्ट ३ ब्राण्ड भित्र पर्न
error: Content is protected !!