पर्यटन

आलितालमा पहिलोपटक साईकल

आलितालमा पहिलोपटक साईकल

पर्यटन
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा साईकल पर्यटनको सम्भावना अध्ययन र यस क्षेत्रको पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार गर्ने उद्देश्य अनुरुप कंञ्चनपुरको पुनर्वास क्षेत्र बाट सुरु गरेको ३ जना साईकल यात्रीहरुले डडेल्धुराका विभिन्न पर्यटकिय गन्तव्यहरुको भ्रमण गर्दै शुक्रबार आलिताल पुगी साईकल बाटै ताल परिक्रमा गरि आलितालमा साईकल पुर्याउने पहिलो समुह बनेको छ । कैलालीका भरत शाह, कञ्नपुर पुनर्वास घर भै हाल पोखरा मणिपाल शिक्षण अस्पतालमा कार्यरत तिर्थ अवस्थी तथा कास्की पोखराका युधिर गुरुङ्गको समुहले यस प्रदेशको विभिन्न पर्यटकीय गन्तव्यहरुको भ्रमण गर्दै आलिताल सम्मको यात्रा गरेका थिए भने उक्त समुह लाई आलिताल परिसरमा आलिताल गाँउपालीकाका उपाध्यक्ष जला देवी बोगटी, प्रमुख प्रशासकिय अधिकृत हर्ष बहादुर रोका, वडा नं.३ का वडा अध्यक्ष लोकेश साउद लगायत स्थानीयहरुले फुल माला सहित स्वागत गर्नु भएको थियो ।
नेपाल आउने पर्यटकको संख्या ७३ प्रतिशतले बढ्यो

नेपाल आउने पर्यटकको संख्या ७३ प्रतिशतले बढ्यो

पर्यटन
काठमाडौँ । नेपाल भित्रिने पर्यटकको संख्या गत वर्षको तुलनामा यस वर्षको जुलाई महिनामा ७३ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ। सन् २०१८ को जुलाई महिनामा ७३ हजार २ सय ८५ पर्यटक नेपाल भित्रिएका छन्। गत वर्ष भने सोहि महिनामा ४२ हजार २ सय ४० पर्यटक भित्रिएका थिए। देश विदेशमा तीव्र रुपमा प्रचार भएका कारण पनि पर्यटकको संस्या वृद्धि भएको हो । हिमालयल ट्रभलमार्टको आयोजनाले पर्यटकको संख्खा वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। यो वर्ष सात महिनाको अवधिमा ५ लाख ९३ हजार २ सय ९९ जना जना पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो वर्ष सोही अवधिमा ५ लाख २ हजार ४ सय ५७ जान पर्यटक नेपाल भित्रिएका थिए। अघिल्लो वर्षको तुलनामा यो वर्ष नेपाल आउने पर्यटकको संख्यामा ९० हजार ८ सय ४२ ले वृद्धि भएको हो।
खप्तड आउने पर्यटकको संख्या न्यून

खप्तड आउने पर्यटकको संख्या न्यून

पर्यटन
डोटी । खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटकको आगमन न्यून मात्रामा पाइएको छ । चालु आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटक भित्रिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिए । निकुञ्जमा बाहृय पर्यटकभन्दा आन्तरिक पर्यटक बढी आउने गरेको उनले बताए । खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकन तथा भ्रमणमा आउने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जको भ्रमण गर्न आउने पर्यटकबाट चालु आवको सात महिनामा दुई लाखभन्दा बढी राजश्व संकलन भएको छ । आन्तरिक पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । बाहृय पर्यटकबाट प्रतिव्यक्ति ३ हजार ३ सय ९० का दरले भ्रमण शुल्क लिने गरिएको छ । खप्तड निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै जनावरसमेत हेर्न सकिन्छ । यहाँ त्रिवेणी धाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२
सुदूरपश्चिम महोत्सव सम्पन्न

सुदूरपश्चिम महोत्सव सम्पन्न

अर्थतन्त्र, पर्यटन
धनगढी । सुदूरपश्चिम महोत्सवमा बिक्री भएको प्रत्येक टिकटबाट केही रकम जिल्ला दैविप्रकोप उद्धार कोष र शिवपुरी धामको विकासका लागि छुट्याइएको छ। बिक्री भएको प्रत्येक टिकटबाट एक रुपैयाँ जिल्ला दैविप्रकोप उद्धार कोषमा र एक रुपैयाँ शिवपुरी धामको विकासका लागि छुट्याउने निर्णय भएको महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका महासचिव रुपेस स्वाँरले बताए। ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ गत मंसिर २९ गतेदेखि सुरु भएको महोत्सव मंगलबार सम्पन्न भएको हो। प्रदेशसभा सदस्य डिल्लीराज पन्तले महोत्सवको समापन गर्दै विकासका मुद्दालाई प्राथमिकतामा राखेर आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। दुई सय ५० व्यापारिक स्टल राखिएको महोत्सवको १२ दिनको अवधिमा झन्डै रु १६ करोडको कारोबार भएको महासचिव स्वाँरले जानकारी दिए। सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापार व्यवसायको विकास तथा प्रवर्द्धन
ग्वाल्लेक पर्यटकीय सडकको उद्घाटन

ग्वाल्लेक पर्यटकीय सडकको उद्घाटन

पर्यटन
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक पर्यटकीय सडकको बुधबार उद्घाटन गरीएको छ । सडकको निर्माण कार्य सम्पन्न भएपछि बुधबार एक कार्यक्रमका बिच सडकको उद्घाटन नगरप्रमुख नरेन्द्र थापाले उद्घाटन गर्नुभएको हो । दशरथचन्द नगरपालिका वडानम्बर २ देहिमाण्डौको सुन्दरखाली ग्वाल्लेकधाम सुन्नाखान सम्मको ३.३ किलोमिटर सडक निर्माण गरीएको छ । दशरथचन्द नगरपालिका २ को १० लाखको सहयोगमा सडक निर्माण गरीएको हो । ग्वाल्लेक धाममा आन्तरीक तथा बाह्य पर्यटकका लागि उक्त सडक निर्माणले सहज हुने दशरथचन्द नगरपालिका २ का वडा अध्यक्ष रन बहादुर बोहराले जानकारी दिनुभयो। यसका साथै देहिमाण्डौ गिरेगडा जोड्ने छोटो सडकका रुपमा पनि उक्त सडकलाइ बिस्तार गरिने बताइएको छ ।
क्रिसमस डे र अंग्रेजी नयाँ वर्षमा आकर्षक ‘प्याकेज’

क्रिसमस डे र अंग्रेजी नयाँ वर्षमा आकर्षक ‘प्याकेज’

पर्यटन
काठमाडौँ । नजिकिएको अंग्रेजी नयाँ वर्ष (सन् २०१८) र ‘क्रिसमस डे’ लाई लक्षित गरेर यतिखेर पर्यटन व्यवसायीले नयाँ–नयाँ ‘प्याकेज’ सार्वजनिक गरेका छन् । पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिने यी पर्वमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बाक्लिने र व्यवसाय पनि फस्टाउने भएकाले व्यवसायीले विभिन्न सेवामा छुटसहितका आकर्षक प्याकेज बनाएका हुन् । खासगरी रात्रिकालीन मनोरञ्जन व्यवसायीले पाहुनालाई विभिन्न सेवामा विशेष अफर ल्याएका छन् । इशाई धर्मावलम्बीले उक्त धर्मका संस्थापक जिसस क्राइस्टको जन्मदिनका रुपमा क्रिसमस डेलाई मनाउने गर्छन् । दुई हजार १७ वर्ष अगाडिदेखि सोही धर्मावलम्बीले इस्वी संवत् प्रारम्भ गरेका हुन् । पर्यटनलाई संस्कृतिसँग जोडेर व्यवसायीले विभिन्न पर्वका अवसरमा नयाँ कार्यक्रम ल्याउने गरेका छन् । ठमेलको ‘रियल थेरापी एण्ड ब्यूटी प्वाइन्ट’ले नयाँ ग्राहकका लागि विभिन्न सेवामा ५० प्रतिशत
खोड्पेमा खुल्यो सुविधा सम्पन्न होटेल हरिहर प्लाजा

खोड्पेमा खुल्यो सुविधा सम्पन्न होटेल हरिहर प्लाजा

पर्यटन
बैतडी । बैतडी जिल्लाको खोड्पेमा सुविधा सम्पन्न होटेल संचालनमा आएको छ । खोड्पे बझांगरोडमा मंगलबार एक कार्यक्रमका विच हरिहर प्लाजाको उद्घाटन गरिएको छ । बैतडीको प्रमुख व्यापारीक केन्द्र एबं डडेल्धुरा, बझांग र दार्चुलाको मध्यभागमा रहेको खोड्पे बजारमा पहिलो पटक उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले युवा व्यवसायीहरुले होटल हरिहरप्लाजा संञ्चालनमा ल्याएका हुन । कुल १६ वटा अटयाज र ३ वटा नन्अटयाज कोठा र ५० जनाको क्षमता रहेको सेमिनार हल सहित सुविधा सम्पन्न अध्याधुनीक रेष्टुरेन्ट सहित सुरु भएको होटेल बाट नजिकै हिमश्रृखंलाको दृश्यावलोकन गर्न सकिन्छ । उद्घाटन कार्यक्रममा बक्ताहरुले बोल्दै युवाहरुले होटेलमा लागानी गर्नको लागी आट देखाउनु भएकोमा धन्यवाद दिएका छन् । बक्ताहरुले बैतडीको पर्यटन, सास्कृतिक प्रवद्र्धनमा सहयोग पुर्याउन होटेल व्यवस्थापन ले ध्यान दिनेछ भन्दै वैतडीको पर्यटकिय प्रवद्र्धनका ल
पत्तालभुमेश्वरको विकासका लागि फेसबुकबाटै जुटे युवा

पत्तालभुमेश्वरको विकासका लागि फेसबुकबाटै जुटे युवा

पर्यटन, मुख्य समाचार
बैतडी । पत्तालभुमेश्वरको विकासका लागि प्रवासमा रहेका बैतडीका युवाहरु जुटेका छन् । रोजगारीको सिलसिलामा देश बाहिर रहेका बैतडीका युवाले प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वर क्षेत्रको विकास तथा संवद्र्धनका लागि सामाजिक सञ्जालमार्फत रु एक लाख बढी रकम संकलन गरेका छन् । सुर्नया गाउँपालिका– २ मा रहेको नेपालकैै गहिरो पत्तालभुमेश्वर गुफा रहेको तथा धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रचारप्रसारका लागि मलेसिया, कतार तथा भारतमा रहेका युवाले गत मंसिर १५ गतेदेखि पत्ताल भुमेश्वर युवा जागरण मञ्च प्रवासको अनलाइन अभियान नाम दिएर उक्त रकम संकलन गरेका हुन् । उक्त अभियानका सह–कोषाध्यक्ष वीरबहादुर विष्टका अनुसार हालसम्म रु एक लाख एक हजार ६१७ संकलन भएको छ । उक्त संकलित रकमले पत्ताल भुमेश्वरको प्रवेशद्वारमा मूलगेट र अन्य भौतिक विकासका लागि खर्च गरिने बताइएको छ । प्रसिद्ध धार्मि
पर्यटन पत्रकार संघ बैतडी शाखा गठन, संयोजकमा भट्टराई

पर्यटन पत्रकार संघ बैतडी शाखा गठन, संयोजकमा भट्टराई

पर्यटन
बैतडी । पर्यटन क्षेत्रमा क्रियाशिल पत्रकारहरुको साझा संगठन नेपाल पर्यटन पत्रकार संघको बैतडी शाखा गठन गरिएको छ । अमरराज भट्टराईको संयोजकत्वमा ११ सदस्यीय बैतडी शाखा तदर्थ समिति गठन गरिएको हो । शुक्रबार पत्रकारहरुको एक भेलाले तदर्थ समिति गठन गरेको हो । भेलाले अमरराज भट्टराई संयोजक, सदस्यहरुमा घनश्याम सागर पन्त, भगिरथ अवस्थी, लोकेश साउद, गोकर्ण दयाल, खगेन्द्र अवस्थी, नरी वडु, बिरा गडाल, मिलन प्रकाश ढुंगाल, सिपी लोहिया, चन्द्रकान्त अवस्थी रहेका छन् । तदर्थ समितिको आगामी बैठकले प्रथम अधिवेशनको मिति तय गर्ने बताइएको छ ।
पाटन विमानस्थल स्तरोन्नतिको काम तीव्र गतिमा

पाटन विमानस्थल स्तरोन्नतिको काम तीव्र गतिमा

पर्यटन, मुख्य समाचार
बैतडी । पाटन विमानस्थल स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । विमानस्थललाई २०७५ असार मसान्त भित्र कालोपत्रे गर्ने लक्ष्य सहित कटिङको काम तीव्र गतिमा भइरहेको हो । गतसालको बजेट भाषणमा सरकारले झण्डै दुई दशकदेखि बन्द रहेको पाटन विमानस्थललाई स्तरोन्नति गरि पुनः सुचारु गर्ने गरी बजेट विनियोजन गरेको थियो । सोही अनुसार गत मंसीरमा विमानस्थल सञ्चालनको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार पारिएको थियो । सोही डिपीआर अनुसार विमानस्थललाई स्तरोन्नति गरि पुनः सुचारु गर्न ठेक्का आवह्वान गरेर निर्माण कार्य शुरु गरिएको हो । करीब १३ करोडको लागतमा ५८० मिटर लम्बाई २० मिटर चौडाई क्षेत्रफलमा कालोपत्रे गरिने नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत समृद्धि श्रेष्ठले जानकारी दिनुभयो । यस बिमानस्थलमा टुईनेटर बिमान अवतरण गर्ने सक्ने र दुई बिमान पार्किंग गर्न सकिने उहाले बताउनुभयो । गाल्वा च्याङमिल