मनोरञ्जन

अक्षयकुमार पक्राउ

अक्षयकुमार पक्राउ

मनोरञ्जन
वैशाख ४, २०७३- चलचित्र छायांकनका क्रममा बेलायत पुगेका बलिउड अभिनेता अक्षयकुमार प्रहरीको फन्दामा परे । बेलायतस्थित हिथ्रो विमानस्थलबाट पक्राउ परेका अक्षयलाई वैध भिसा नभएको आरोपमा नियन्त्रणमा लिइएको बताइएको थियो । १५ दिने छायांकनको सेड्युअलमा लन्डन पुगेका अक्षय विमानस्थल कर्मचारीले उनको भिसा अवैध भएको बताएपछि चकित परेका थिए । अक्षय क्यानाडाका नागरिकका साथमा हिथ्रो विमानस्थल पुगेका थिए । क्यानाडाका नागरिक पर्यटकका रूपमा बेलायतमा बिनाभिसा आउन पाउने नियम भए पनि चलचित्र छायांकनका लागि भने भिसा लिनुपर्ने अधिकारीहरूको भनाइ थियो । विमानस्थल अधिकारीले दुवैसँग केही समय बयान लिएपछि कागजात बनाएर उनीहरूलाई छोडेका थिए । यस क्रममा अक्षयले डेढ घण्टा प्रहरी नियन्त्रणमा बस्नुपरेको भारतीय सञ्चारमाध्यमहरूको भनाइ छ । - एजेन्सी
देश छुट्याउने खेल नखेल्न धुर्मुसको आग्रह (भिडियोसहित)

देश छुट्याउने खेल नखेल्न धुर्मुसको आग्रह (भिडियोसहित)

मनोरञ्जन
माघ २२, हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले देश छुट्याउने खेल नखेल्न सबैसँग आग्रह गरेका छन् । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको राष्ट्रिय गीति एल्बम सजगमा समावेश भएको मेरो देश इन्द्रेणी बोलको गीतमा अभिनय गर्दै धुर्मुसले यस्तो आग्रह गरेका हुन् । टेलिभिजनको पर्दामा अनेक रुपमा देखिने सिताराम कट्टेल यो गीतको भिडियोमा भने सच्चा नेपाली भएर प्रस्तुत भएका छन् । गीतले नेपाललाई इन्द्रेणी रंगहरुसाग तुलना गर्दै मिलेर रहेका रंगहरु छुट्याउने खेल नखेल्न अपिल गरेको छ । गीतमा आफ्नो वास्तविक भावना पनि जोडिएकाले म्युजिक भडियोमा आफैंले अभिनय गरेको कट्टेलको भनाई छ । गीतमा स्वरुपराज आचार्यको स्वर छ भने बसन्त सापकोटाको संगीत छ । गीतलाई धुर्मुस सुन्तलीले निर्देशन गरेका हुन् ।
पलले सुन्तलीलाई आई लभ यू भनेपछि धुर्मुसले के गरे ? (भिडियाेसहित)

पलले सुन्तलीलाई आई लभ यू भनेपछि धुर्मुसले के गरे ? (भिडियाेसहित)

मनोरञ्जन
चर्चित हाँस्य कलाकार कुञ्जना घिमिरेलाई तपाइले विभिन्न रुपमा देख्नु भएको छ । तर, संभवत क्यूट मोडल भएर नृत्य गर्दै गरेको देख्नु भएको छैन होला । सिन्धुलीको वीपी राजमार्ग वरिपरी खिचिएको एक गीतमा उनले मोडल पल शाहसँग ‘आई लभ यू’ भन्दै रोमान्स गरेकी छिन् । दीनेश थपलियाको गीती एल्बम ‘सारांश २’मा समावेश ‘आई लभ यू’ बोलको गीतमा कुञ्जना र मोडल पल शाहले मोडलिङ गरेका छन् । भिडियोमा सिताराम कट्टेल ‘धुुर्मुस’ पनि देखिएका छन् । यो गीतमा इन्दिरा जोशी र सरोज ओलीको स्वर छ । बसन्त सापकोटाले संगीत भरेको यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतको छायांकन संजय लामाले गरेका छन् भने अर्जुन पोख्रेलको यसमा सम्पादन छ । भिडियोलाई रोमान्चक बनाइएको छ । संभवत दर्शकले कुञ्जना र सितारामलाई पहिलो पटक यस्तो अवतारमा देख्न पाएका छन् ।
कमेडी नाइट विद कपिलकी पलक पक्राउ

कमेडी नाइट विद कपिलकी पलक पक्राउ

मनोरञ्जन
पुस ३० – भारतीय हाँस्य अभिनेता किकू शारदा अर्थात पलकलाई प्रहरीले पक्राउ गरेको छ । चर्चित भारतीय टेलिभिजन कार्यक्रम कमेडी नाइट्स विद कपिलमा पलकको भूमिकामा अभिनय गर्ने गरेका शारदालाई धार्मिक गुरु गुरमित राम रहिम सिंहको नक्कल गरेकोमा प्रहरीले पक्राउ गरेको हो । उनलाई हरियाणा प्रहरीले मुम्बईबाट पक्राउ गरेर अदालतमा पेश गरको थियो । अदालतले किकुलाई १४ दिनको न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । धार्मिक गुरु राम रहिमका समर्थकले किकु विरुद्ध धार्मिक भावनामा आघात पुर्‍याएको भन्दै रिट दायर गरेका थिए । गएको वर्षको डिसेम्बर २७ मा प्रशारण भएको कमेडी नाइट विद कपिलमा किकु राम रहिमको रुपमा प्रस्तुत भएर उनको नक्कल गरेका थिए । त्यसपछि ३१ डिसेम्बरमा राम रहिमका समर्थकले किकु विरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । किकुले आफ्नो ट्वीटरमा राम रहिमको नक्कल गरेकोप्रति माफि मागेका थिए । किकुले आफ्नो उद्देश्य
मुसहर बस्तीमा धुर्मुस-सुन्तलीले वितरण गरे न्यानोका कपडा

मुसहर बस्तीमा धुर्मुस-सुन्तलीले वितरण गरे न्यानोका कपडा

मनोरञ्जन
गरिबीका कारण बिहान-बेलुकीको खाना के खाने भन्ने अवस्थामा रहेका मुसहर वस्तीका ५५ परिवारलाई चर्चित हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले २-२ वटा सिरक र डस्ना वितरण गरेका छन् । अमेरिकामा बस्दै आएका नगेन्द्र ढकालले यी दुई कलाकारलाई सम्पर्क गरेका थिए । यसपछि, नेपाली कम्यूनिटी सेन्टर ओल्र्याण्डो र यूनाइटेड फ्लोरिडयाको सहयोगमा प्राप्त साढे ५ लाखबाट यो राहत वितरण गरिएको हो । यी दुई कलाकारले सरकार र सरोकारवालाको समेत आँखा खोलेपछि अहिले मुसहर बस्तीमा पुगेर सहयोग गर्नेहरु पनि बढेका छन् । उनीहरुले ५५ परिवारलाई एक-एक बोरा चामल, दाल लगायतका खाद्य सामाग्री पनि वितरण गरेका छन् । यस्तै, मुसहर वस्तीमा सबैभन्दा बढी अध्ययन गरिरहेका मञ्जे सदालाई ‘धुर्मुस-सुन्तली फाउण्डेशन’ मार्फत प्रोत्साहन स्वरुप नगद ५ हजार पनि प्रदान गरिएको छ । विद्यालय नजिक रहेर पनि पढ्न नजाने समस्या रहेकाले अरुलाई पनि ह
आफ्नै गीतमा प्रियंका कार्की टु पिसमा

आफ्नै गीतमा प्रियंका कार्की टु पिसमा

मनोरञ्जन
काठमाडौं । ग्ल्यामरस एवं बोल्ड नायिकाको रुपमा चिनिन्छिन् प्रियंका कार्की । चलचित्रका गीतमा होस् या म्यूजिक भिडियो । बोल्ड अभिनय गर्न गार्‍हो मान्दिनन् उनी । उनै नायिका पछिल्लो समय गायिकाको रुपमा समेत परिचित छिन् । उनको आफ्नै स्वर रहेको गीतको भिडियोमा टु पिसमा अभिनय गरेकी छिन् । स्वतन्त्र बोलको गीत गाएकी प्रियंकाले नयाँ वर्षको अवसरमा युट्युववाट सोही गीतको भिडियो सार्वजनिक गरेकी छिन्  । प्रियंका आफ्नै स्वर रहेको भिडियोमा मोडलिङ र निर्देशन समेत प्रियंकाकै रहेको छ । उनको स्वरको वारेमा चर्चा होला नहोल भन्न सकिन्न तर, भिडियो निर्देशनमा उत्कृष्ट क्षमता प्रस्तुत गरेकी छिन् । सैलश सिंहले रचना गरेको गीतमा संगीत पनि सैलेशकै छ । नेपालमा नायिकाहरुले स्वर दिन थालेको धेरै भएको छैन । यस अघि पनि रेखा थापा, गौरी मल्ल लगायतका नायिकाले स्वर  दिएका थिए । तर, उनीहरुको स्वरको खास चर्चा भएन । प्रियंकाको
१ करोड पारिश्रमिक माग्ने पहिलो कलाकार हुन् नाना

१ करोड पारिश्रमिक माग्ने पहिलो कलाकार हुन् नाना

मनोरञ्जन
मुम्बई । बलिउड अभिनेता नाना पाटेकर ६५ वर्ष लागेका छन् । नायिका विद्या वालान ३७ लागेकी छिन् । ढाडमा समस्या भएको भन्दै अस्पताल भर्ना भएकी विद्यालाई जन्मदिनकै दिन अस्पतालले डिस्चार्ज गरिदिएको छ । उनको स्वास्थ्य स्थिती सामान्य रहेेको अस्पतालले जनाएको छ । सन १९५१ जनावरी १ मा जन्मिएका नाना बलिउडमा जिवन्त अभिनय गर्ने कलाकारका रुपमा चिनिन्छन् । उनको जन्म महाराष्ट्रको रायगढ जिल्लाको मूरुद जजीरामा भएको थियो । कुनै वेला बलिउडमा सबै भन्दा धेरै चर्चा उनकै हुन्थ्यो । अहिले पनि उनको शैलिको संवाद बोल्न सक्ने अर्को कलाकार बलिउडमा छैन भनिन्छ । यस्तो छ उनको रहस्यः १. नाना पाटेकरको अभिनय क्षमता देखेर अभिनेत्री स्मिता पाटिलले नानालाई जसरी पनि अभिनयमा ल्याउनु पर्ने कुरा गरेकी थिइन् । २. चलचित्र ‘प्रहार’ मा कमान्डोको भूमिका निर्वाह गर्ने भएपछि उनले पूर्णेमा गएर प्रशिक्षण लिएर आएका थिए । यो उनको पहिलो
error: Content is protected !!