मनोरञ्जन

सम्झना लामिछाने संग मिलेर राजेश बर्देवा ले मलेसिया मा धमाका मच्चाउने

सम्झना लामिछाने संग मिलेर राजेश बर्देवा ले मलेसिया मा धमाका मच्चाउने

मनोरञ्जन
प्रकाश योगी, नेपाल मा बेला बेला मा हुने दैबिक प्रकोप सहयोगार्थ सुगुन सास्कृतिक युवा मन्च जोहर मलेसिया ले दिपावली को अबसर पारि दिपावली कन्सर्ट ३ आयोजना गर्ने भएको छ । कार्यक्रम मा यस समय का लोकप्रिय कलाकार ले आफ्नो प्रस्तुती दिई दर्शक लाई मनोरन्जन दिनेछ्न् । चर्चित गायिका मेलिना राई लोक गायिका सम्झना लामिछाने जादुकर कमेडियन महादेब त्रिपाठी लोक गायक राजेश बर्देवा गायक श्री राई मनोज बि सी लगायत दर्जनौ कलाकार को प्रस्तुती रहने छ । कार्यक्रम को तयारी तिब्र रुप मा अगाडि बडिरहेको आयोजक माया राई ले जानकारी दिनु भयो । कार्यक्रम मा उपस्थित भै कार्यक्रम को भरपुर मनोरन्जन लिन हुन र कार्यक्रम सफल पारीदिन हुन अर्का आयोजक राज थापा ले सम्पुर्ण नेपाली महानुभाब लाई आग्रह गर्नु भयो । गायिका लामिछानेले म स्टेज मा हुदा कुनै समय पनि दर्सक लाई दिक्क को अनुभूति हुन नदिने र सबै मलेसिया का नेपालीलाई कार
अभिनयमा फर्किए ‘माग्ने बुढा’ (भिडियोसहित)

अभिनयमा फर्किए ‘माग्ने बुढा’ (भिडियोसहित)

मनोरञ्जन
काठमाडौं, ३० भदौ । स्वास्थ्य समस्याले अभिनयबाटै टाढिएका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि अभिनयमा फर्किएका छन् । ‘डिप्रेसन’का कारण थलिएको भन्दै मिडियामा अनेक आशंका भइरहेकाबेला माग्ने बुढा एक म्यूजिक भिडियोमा देखिएका छन् । उनको आफ्नै स्वर तथा शब्द रहेको ‘मन्त्रीको सालो....’ गीतको म्यूजिक भिडियोको सुटिङ धमाधम भइरहेको छ । गीतमा संगीत भने हरि लम्सालको छ । माग्ने बुढा बानेश्वरमा त्यही गीतको सुटिङमा भेटिए । ‘छक्का पञ्जा’ फिल्मपछि माग्ने बुढाले अभिनय यात्रामा ब्रेक लिएका थिए । ‘स्वास्थ्य कमजोर भएका कारण म दर्शक माझ आउन सकेको थिइनँ,’ उनले भने, ‘अहिले सुधार भइरहेको छ, अब विस्तारै अभिनय यात्रालाई निरन्तरता दिन्छु ।’ माग्ने बुढासहितका कलाकार अभिनित फिल्म ‘छक्का पञ्जा’ले देश÷विदेशमा लोकप्रियता कमाइरहेको छ । विल्सनविक्रम राई ‘तक्मे बुढा’ र राज मोक्तानसहितको यूरोप या
बलिउड कलाकार सत्रुघ्न सिन्हा काठमाडौंमा

बलिउड कलाकार सत्रुघ्न सिन्हा काठमाडौंमा

मनोरञ्जन
काठमाडौं, २२ भदौ । भारतीय चर्चित कलाकार सत्रुघ्न सिन्हा मंगलबार काठमाडौं आइपुगेका छन् । बुधबार काठमाडौंमा आयोजना हुने ‘एलजी सिने अवार्ड’को विशेष अतिथिका रूपमा आएका सिन्हाले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमार्फत् यसअघि एकपटक नेपाल आइसकेको प्रतिक्रिया दिए । भारतको सत्तारुढ भारतीय जनता पार्टीका सांसदसमेत रहेका सिन्हाले नेपाल आउन पाउँदा खुसी लागेको बताए । बुधबारको दिन उनी बिहान पशुपति दर्शनका लागि जाने कार्यक्रम तय भएको छ । दिउँसो चौधरी ग्रुपका सदस्यहरुसँग भेटघाट गर्ने, दिउँसो अवार्ड कार्यक्रममा सरिक भई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्नुका साथै बोल्ने कार्यक्रम रहेको छ । यसै कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनबाट सिन्हाको आत्मकथा ‘एनिथिङ बट खामोस’को विमोचन पनि हुने भएको छ ।
कुहिरोको सहर चन्द्रागिरिबाट… (फाेटाे फिचर)

कुहिरोको सहर चन्द्रागिरिबाट… (फाेटाे फिचर)

पर्यटन, मनोरञ्जन
राजेन्द्र तारकिणी बाक्लो न बाक्लो कुहिरोको च्यादरभित्र । सुइँसुइँ बाजा बजाउँदै चल्ने बतास । डाँडामाथि थुरथुर कँपाउने चिसो भयो । एउटा सर्टको भरमा थिएँ म । साथमा थिए मित्र दीपसागर प्यासी, ढकबहादुर बस्नेत र उनको फुर्तिलो सानो छोरो । जम्माजम्मी चारजनाको टोली थियो हाम्रो । हाम्रो जस्तै ससानो टोली बाँधेर हजारौँ जन उक्लिएका थिए सतीदेवीको भाल खसेको यो चन्द्रागिरि डाँडामाथि । चल्तीको सेल्फी पुस्ता अर्थात् अधिकांश युवायुवतीहरू पनि छोटा र पातला लुगामा थिए । सब आआफ्नो मनमौजीमा । तर धेरैको मनमा भने मौसमले धोका दिएकोमा गुनासो गुम्सिँदै थियो । क्लिक–क्लिक सेल्फी जन्माइरहेको सेल्फी पुस्ता कुहिरोबाटै फुत्तफुत्त पानीका अणु हाम्फाल्न थालेपछि भने ओत लाग्न तँछाडमछाड भयो । बन्दै गरेको भ्युटावरको ग्रान्ड फ्लोर र फस्र्ट फ्लोरमा धुमधामले रेष्टुरेन्ट चलिरहेको थियो । मानिसहरू त्यहीभित्र अटेसमटेस भएर ताताताजा प
अर्चना पनेरुका दुइवटै फिल्म फ्लप

अर्चना पनेरुका दुइवटै फिल्म फ्लप

मनोरञ्जन
काठमाडौं, १० साउन । ‘पोर्न स्टार’ बन्ने लक्ष्य लिएकी अर्चना पनेरु अभिनीत दुवै फिल्म फ्लप भएका छन् । आफू पोर्न फिल्ममा अभिनय गर्न लालायित भएको भन्दै अश्लील तस्बिर खिचाएर चर्चा बटुलेकी उनलाई राजु गिरीले हतार–हतार ‘जिस्म’ फिल्मबाट हिरोइन बनाए । जति पनि अंग प्रदर्शन गर्न तयार अर्चनालाई आफ्नो फिल्ममा हिरोइन लिनका लागि फिल्म उद्योगका मै हुँ भन्ने केही निर्माता, निर्देशक पनि लागिपरेका थिए । तर, अर्चनाले राजु गिरीबाहेक अरूको फिल्म गर्दिनँ भनेर ‘अफर रिजेक्ट’ गरिन् । अर्चनालाई हिरोइन लिएर एडल्ट फिल्म बनाउने र रातारात मालामाल हुने सपना देखेका ती निर्देशक, निर्माताहरू उल्टै बदनाम भए । अर्चनाले आफूलाई फिल्म अफर गरेका ती निर्माता, निर्देशकले यौन प्रस्ताव राखेको दाबी गरिन्, जसकारण ती निर्माता, निर्देशक मर्माहत भए । सुरुमा राजुका फिल्ममा मात्र अभिनय गर्ने अडान देखाएकी अर्चनाले जिस्मको सुटिङ सक
माया गरेँ सधैभरि… बजारमा

माया गरेँ सधैभरि… बजारमा

मनोरञ्जन
साउन ३, काठमाडाैं । गायक लाेकहरि गेलालकाे स्वर तथा सुरेश थापाकाे निर्देशन रहेकाे म्युजिक भिडियाे हालै बजारमा अाएकाे छ । माया गरेँ सधैँभरि... बाेलकाे गीत रहेकाे म्युजिक भिडियाेमा टङ्क बुढाथोकीकाे सङ्गीत रहेकाे छ । म्युजिक भिडयाेमा युवा पुस्ताका उदीयमान कलाकार गाेकुल नेेपालका साथै अनिता, अनन्त र लिलाकाे अभिनय रहेकाे छ । म्युजिक भिडियो मार्फत पिहिलाेपल्ट कला क्षेत्रमा प्रवेश गरेका गाेकुलले नयाँ सोच लिएर अभिनय थालेकाे दाबी गरे । गायक लाेकहरिले गीतमा नयाँपन दिन खाेजेकाे बताए । हेर्नुस् म्युजिक भिडियाेकाे एक अंश- https://www.youtube.com/watch?v=ScHTQ22s5Gk
डेउडा क्षेत्रमा उदाउँदै प्यासी

डेउडा क्षेत्रमा उदाउँदै प्यासी

मनोरञ्जन
घनश्याम सागर पन्त, नेपालको सुदूरपश्चिम क्षेत्रमा गाइने एक प्रकारको नृत्यप्रधान गीत हो - डेउडा । सुदूरपश्चिम क्षेत्रमा डेउडाको एकदमै महत्व रहेको छ । सुदूरपश्चिम क्षेत्रमा डेउडा गीत सङ्गीतको मोह बढ्दो छ । पछिल्लो पुस्तामा बढ्दो यो मोहमा मरिमेट्ने उत्तिकै मात्रामा पाइन्छन् । चाहे त्यो गायनमा होस् या त सङ्गीत श्रृजनामा अथवा गीत रचनामा नै किन नहोस्, पछिल्लो पुस्तामा यसको क्रेज बढेको पाईन्छ । समय परिस्थिति अनि भोगाईहरुलाई उत्कृष्ट रचना मार्फत गीतमा उतार्न तल्लीन गीतकार तथा गायकहरु मध्येका एक हुन् बैतडी पाटनका दीपक कोलि प्यासी । पाटन नगरपालिका वार्ड नं ६, गुजर, बेण्डा बैतडीका स्वर्गीय शर्मादेबी कोली र रनिकोली को तेस्रो छोरा प्यासी  बाल्यकाल देखि नै डेउडा गीत संगीत तिर रुची राख्दथे । उनी पछिल्लो समयमा डेउडा गायन क्षेत्रमा उदाउँदै अर्थात जम्दै गएका छन् । केही वर्ष यता विषेश गरेर डेउडा गीत रच
अभिनेत्री करिश्माले आफ्ना पतिलाई छाडिन्

अभिनेत्री करिश्माले आफ्ना पतिलाई छाडिन्

मनोरञ्जन
जेष्ठ ३२, २०७३ - बलिउड अभिनेत्री करिश्मा कपूर र उनका पति संजय कपूरबीच सम्बन्ध विच्छेद भएको छ । करिश्मा र संजय लामो समयदेखि अलग–अलग बस्दै आएका थिए । उनीहरूबीचको पारिवारिक विवाद करीव आठ वर्षका दौरानमा बाहिरिएको थियो । सोमबार मुम्बईको पारिवारिक अदालतमा करिश्मा र संजयले सहमतिमा सम्बन्ध विच्छेद गरेका हुन् । यसअघि करिश्माले आफ्ना पति संजय र सासुविरुद्ध दाइजो मागेको भनेर उजुरी दिएकी थिइन् । पछि यो विषयलाई आपसी सहमतिमा मिलाइएको थियो । करिश्मा र संजयबीच सन् २००३ मा विवाह भएको थियो । करिश्मा र संजयका दुई बच्चा पनि छन् । सम्बन्ध विग्रिएपछि करिश्माले संजयको दिल्लीस्थित घर छाडेर गएकी थिइन् । त्यसपछि करिश्मा मुम्बईमा बस्दै आएकी छिन् । करिश्मा आजकाल टिभी कार्यक्रमका साथै अवार्ड कार्यक्रमहरूमा करिश्मा आफ्नी बहिनी करीनासँग जाने गरेकी छिन् । – एजेन्सी
भट्टको चक्काजाम (भिडियो सहित)

भट्टको चक्काजाम (भिडियो सहित)

मनोरञ्जन
बिनोद सिंह बिष्ट जेष्ठ ३१, २०७३ - नेपाली सांगितिक क्षेत्रका ताराका रुपमा परिचित राजेन्द्र भट्ट फेरी एकपटक चर्चामा आएका छन । भट्ट संगित क्षेत्रमा एक पछि अर्को नयाँ आयाम थप्दै चक्का जाम म्युजिक भिडियो सार्वजनिक पश्चात चर्चामा आएका हुन साथै बजार समेत तताएको छ । एक सय भन्दा बढी गितमा संलग्न रहेका भट्टले ७० भन्दा बढी गितमा सङ्गीत दिनुका साथै शब्द संकलन गरिसकेका छन । यसका साथै उहाले ३ं० भन्दा बढी म्युजिक भिडियोमा निर्देशन समेत गरिसकेका छन । यसपटक सार्वजनिक भएको चक्काजामले युवा पुस्तालाई उत्साहित बनाएको छ । युवा पुस्ताले निकै मन पराएको उक्त चक्काजाम भिडियो म्युजिकमा शब्द र संगित भट्टकै रहेको छ । यही जेठ २८ गते राजधानीमा सार्वजनिक गरिएको चक्काजाममा स्वर सुरेस रानाको रहेको छ भने र्यापरमा भट्ट आफै रहेका छन । सांगितिक क्षेत्रवाट धेरै संगितका पारखी पलायन भईरहेका बेला संगितलाई नै कर्मथलो बनाई
तारिफले मात्र घर चल्दैन

तारिफले मात्र घर चल्दैन

मनोरञ्जन
क्यामेरा मेन बन्छु भनेर बि स २०५९ सालमा बैतडी बाट काठमाण्डौको छिरेका सम्पादक एव क्यामेरामेन बिरेन्द्र भाट लाई सम्पादक भएर काम गर्न थालेको १३ भइसकेको छ । हिट हुन फ्रि मा गित गर्न नसक्ने र तारिफले मात्र घर नचल्ने उनको तर्क छ । बिपिन काठमाण्डौ आएको एक बर्ष नबित्दै भिडियो काट्न थालिसकेका थिए । छोटो समयमै काम सिकी १३ वर्षमा उनले लोक गित तथा आधुनिक गित गरेर करिव २५ सय भन्दा बढि गित र ७ वटा चलचित्र सम्पादन गरिसकेका छन् । यस्तै ३ दर्जन भन्दा बढि गित र २ वटा फिल्म छायांकन गरिसकेको बताउछन सम्पादक भाट । आफ्नो कोहि अरु सम्पादक एव सिनेमाटोग्राफर संग प्रतिस्पर्धा नभएको उनको भनाइ छ । बिजुलिबजारमा वल्र्डकभर मिडिया को कार्यलय स्थापना गरि आफ्नो कामलाइ अगाडि बढाइरहेका बिरेन्द्र भाटले आफ्नै मिडिया हाउसको व्यानरमा नेपाली कथानक चलचित्र नेटवर्क पनि निर्माण गरिसकेका छन् । जुन चलचित्र प्रर्दशनको लागि तयार छ