मनोरञ्जन

म्युजिक भिडियो निर्देशनमा जम्दै सुदूरपश्चिमका बिपिन

म्युजिक भिडियो निर्देशनमा जम्दै सुदूरपश्चिमका बिपिन

मनोरञ्जन
काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रमा दृष्य सम्पादनलाई आफ्नो पेशा बनाएर प्रवेश गरेका व्यक्तिको नाम हो बिरेन्द्र भाट ‘बिपिन’ । सुदूरपश्चिमको बैतडी जिल्ला गुजरमा जन्मेका विपिनले अहोरात्र यसै क्षेत्रमा खटेर कम्प्युटरको किबोर्डमा चल्ने हातहरुलाई त्यतिमा मात्र सिमित राखेनन् । अरुले खिचेर ल्याएका दृष्यका सटहरु काट्दा र जोड्दाका अनुभव संगालेका उनी आफैं क्यामराको लेन्स घुमाउँदै फ्रेम बनाउँन थाले जसले सम्पादक बिरेन्द्रलाई कुशल छायाँकारको रुपमा पनि स्थापित बनायो । हरेक मान्छेको चाहना एउटा सफलताबाट अर्को हुँदै सफलताको सिंढी खोज्न मै बित्ने गर्दछ तर बिरेन्द्रको अनुभव खोजाईमा मात्र बितेन । आफु उक्लिएका हरेक सिंढीहरुमा उनी सफल बन्दै गए र कुनै बेलाको केवल एउटा भिडियो सम्पादक परिचय अहिले फेरिएको छ । सम्पादक र छायाँकारको परिचय बोकेका बिरेन्द्रले अहिले आफ्नो परिचय निर्देशकमा पनि दर्ता गराउँन सफल भएका छ
सातौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सुदूरपश्चिमको साङ्गीतिक जोडी सम्मानित

सातौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सुदूरपश्चिमको साङ्गीतिक जोडी सम्मानित

मनोरञ्जन
काठमाडौँ । नेपाली लोकबाजा संग्रहालयद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय लोकसंगीत फिल्म महोत्सवमा सुदूरपश्चिमको एक साङ्गीतिक जोडी सम्मानित भएको छ । यही मंसिर ६ देखि ९ गतेसम्म भएको बृहत् वृत्तचित्र प्रदर्शनी अर्थात् लोकसंगीत फिल्म महोत्सवमा सुदूरपश्चिमेली गायक शङ्करसिंह बिष्ट र चाँदनी मल्ल सम्मानित भएका हुन् । सो कार्यक्रममा शंकरसिंह बिष्टको निर्देशनमा रहेकोे SACRED MUGIC OF THE GODDESS” ले SPECIAL CONSERVATION AWARD पाएको छ भने “SHAKTI”THE DIVINE FEMAL POWER AMATEUR FILM AWARD द्वारा गायिका तथा सञ्चारकर्मी चाँदनी मल्ल सम्मानित भएकी हुन् । राष्टिय नाचघर जमलमा ४ दिनसम्म सञ्चालित कार्यक्रममा नेपाल, भारत, अमेरिका, क्यानडा, जापान, फिलिपिन्स, भुटान, जिम्बाबे, फ्रान्सलगायत १७ वटा देशका ३२ वटा फिल्म मध्ये १८ वटा फिल्मले अवार्ड हात पारेका छन् । नेपाली लोकसंगीत, लोकगीत, लोकबाजा, लोकनाच, लोक
सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्द हुँदै

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्द हुँदै

मनोरञ्जन
नयाँ दिल्ली (एजेन्सी) । सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ (केबिसी) बन्द हुने भएको छ । बलिउडका सुप्रसिद्ध नायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको यस सोको अन्तिम एपिसोड सोमबार प्रसारण हुनेछ । कार्यक्रम बन्द हुन लाग्दा यसका प्रशंसकसँगै सञ्चालक अमिताभ पनि दुःखी छन्।अमिताभले सन् २००० मा सुरु भएको यस शो प्रति माया दिने दर्शकलाई पनि धन्यवाद दिएका छन् । '१७ वर्षअघि यस शो ले इतिहास रचेको थियो र तपाईंले फेरि पनि यस्तो इतिहास रच्न सहयोग गर्नुभयो । यो कुनै सानो काम थिएन।' सिजन ९ को अन्तिम एपिसोड आउनु अगाडि अमिताभले ट्विट गर्दै कार्यक्रमसँग जोडिएका सबैसँग टाढा हुनुपर्ने प्रसंग उल्लेख गर्दै यसलाई दुःखद भनेका छन्। केबिसीको सिजन-९ समापन हुने अवसरमा अमिताभले भनेका छन्, 'केबिसीसँग जोडिएका ४ सय ५० जनाको टिमले मिहिनेतपूर्वक काम नगरेको भए शो कहिल्यै यति सानदार हुने थिएन।'
पुष्करलाई धोका दिएर राजेन्द्रसंग घर बसाईन् मनिषाले (भिडियोसहित)

पुष्करलाई धोका दिएर राजेन्द्रसंग घर बसाईन् मनिषाले (भिडियोसहित)

मनोरञ्जन
बैतडी । लामो समय पुष्करसंग प्रेममा रहेकी मनिषाले उनलाई धोका दिएर राजेन्द्रसंग बिबाह गरेकी छिन् । लामो समयसम्म प्रेममा रहेकी प्रेमिकाले एक्कासी अर्कैसंग विवाह गरेर गएपछी कसको मन नरोला र? त्यस्तै भएको छ पुष्करलाई पनि । राजेन्द्रसंग बिबाह भएपछी भक्कानिंदै मनिषालाई पुष्कर भन्दैछन्: 'हे मैना चडी मलाई छाडी तैंत गई अर्काई डोली ।' मनिषासंग पुष्करको गुनासो छ: 'यो जिन्दगी तुईको भन्थी, मायामा घात गरि, मैलाई छाडी नदी किनार तैंले त पार गरी ।' यो जिन्दगीमा आफ्नो बनाउन नसके पनि उनी मनिषासंग भन्दैछन्: 'निक्केरी खाएई मैना अर्का जन्म मेरी होलि ।' यो कसैको जीवनमा घटेको घटना नभई डेउडा गायन क्षेत्रमा सर्वाधिक लोकप्रिय गायक दीपक कोली 'प्यासी'को सुमधुर स्वरमा रहेको गीतको म्युजिक भिडियोको अंश हो । उक्त म्युजिक भिडियोमा पुष्कर बिष्ट, मनिषा कटुवाल र राजेन्द्र बिष्टको अभिनय रहेको छ । “तैत गई अर्काई डोली”
बैतडीको झुलाघाँटमा बलिउड फिल्म छायांकन हुने

बैतडीको झुलाघाँटमा बलिउड फिल्म छायांकन हुने

मनोरञ्जन
लोकेश साउद, बैतडी । बैतडीको सिमावर्ती नाका झुलाघाँटमा बलिउड फिल्म छायांकन हुने भएको छ । बलिउडका स्टार नायक अर्जुन कपूर तथा नायिका परिणीति चोपड़ाको अभिनयमा निर्माण हुन लागेको फिल्म ‘सन्दीप और पिंकी फरार’को छायांकनका लागि निर्माण समुहले बैतडी प्रशासनबाट अनुमती मागेको छ । फिल्म निर्देशक दिबाकर बेनर्जीद्वारा निर्देशित फिल्म ‘सन्दीप और पिंकी फरार’को छायांकनका लागि जिल्ला प्रशासन कार्यालय बैतडीसँग अनुमती माग गर्दै पत्र पठाएको हो । नेपाल भारत सिमाना झुलाघाँटमा भारतको जन्ती नेपाल आउँदै गरेको दृष्य छायांकन हुने र उक्त दृष्य फिल्मको लागि निकै महत्वपूर्ण भएको निर्माण समुहले पठाएको पत्रमा उल्लेख छ । झुलाघाँट पुलमा छायांकनका लागि भारत प्रशासनले अनुमती दिइसकेपनि नेपालको अनुमती पाउन कठिन हुने देखिएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले स्थानीय प्रशासनले अनुमति दिन नमिल्ने र आफू
बुद्ध लामा बने पहिलो नेपाल आइडल

बुद्ध लामा बने पहिलो नेपाल आइडल

मनोरञ्जन, मुख्य समाचार
काठमाडौं, पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल बनेका छन् । कतारको दोहास्थित ग्राण्ड मलमा शुक्रबार राति भएको फाइनल प्रतिस्पर्धामा दर्शकको भोटिङको आधारमा लामा नेपाल आइडल घोषित भएका हुन् । प्रतियोगितामा इटहरीका निशान भट्टराई फस्ट रनरअप र काठमाडौंका प्रताप दास सेकेण्ड रनरअप घोषित भए । तीन उत्कृष्ट प्रतिस्पर्धीबाट विजेता चयन गर्न दर्शकहरुले ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट गरेकोमा लामाले मात्र ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट पाएका थिए । जितसँगै उनले २ लाख रुपैयाँ नगद, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँ बराबरको एल्बम कन्ट्र्याक पाएका छन् । त्यस्तै मोरङ उर्लाबारीका निशान भट्टराई फस्ट रनर अप भए भने ललितपुर झरुवाराशीका प्रताप दास सेकेन्ड रनर अप भए । निशानले ३ करोड ५० लाख ५६ हजार २ सय २३ भोट पाए भने प्रताप दासले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ मत पाए। फस्ट रनर अप भट्टराईले १५ लाख रुपैया
सरोजको “मसँग छ खाली जुन, प्रकाश छ तिमीसँग” बजारमा

सरोजको “मसँग छ खाली जुन, प्रकाश छ तिमीसँग” बजारमा

मनोरञ्जन
काठमाडौं, १६ साउन । प्रेम र बिछोडको भावलाई सबल र सरस शब्दमा उतार्न सफल सरोज गिरीको पहिलो सांगितीक कोसेली “सुभाषितः मसँग छ खाली जुन, प्रकाश छ तिमीसँग” बजारमा आएको छ । त्रिभुवन विश्व बिद्यालयमा सामाजिक कार्य विषयका उप प्राध्यापक, युवा अभियन्ता, साहित्य र शिक्षामा लामो समयदेखि क्रियाशील गिरीले सांगितीक क्षेत्रमा योे पहिलो कदम भएको बताए । यसै गरी अंग्रेजी बिषय अध्यापन गराउने अभिषेक श्रेष्ठको स्वर र सङ्गीत रहेको यो गीतलाई सुन्दर बनाउन संजिव बराइलीको सङ्गीत संयोजन र श्यामश्वेत रसाइलीको ध्वनी समिश्रण रहेको छ । भिडियो यहाँ हेर्नुहोस्:
नेपाल आइडलकी दावेदार सन्ध्या जोशी

नेपाल आइडलकी दावेदार सन्ध्या जोशी

कला-साहित्य, मनोरञ्जन, मुख्य समाचार
दीपसागर पन्त/सीधारेखा काठमाडौँ, ११ साउन । रियालिटी शो ‘नेपाल आइडल’ यतिखेर निकै चर्चामा छ । एपी वान टेलिभिजनमा प्रशारण भइरहेको यस शोले गायन क्षेत्रका थुप्रै प्रतिभाहरुलाई आफ्नो कला देखाउने अवसर प्रदान गरेको छ । विभिन्न चरणहरु पार गरेर प्रतियोगिताको उत्कर्षतिर आइपुग्न लागेको यस पटकको शोले ती प्रतिभाहरुलाई हौसला दिनुका साथै सङ्गीत पारखीहरुलाई मनोरञ्जन पनि दिइरहेको छ । ‘नेपाल आइडल’का लागि सुरुमा देशका विभिन्न स्थानका २८००० जना प्रतिस्पर्धीबाट लिइएको अडिसनबाट १ सय ५० जना युवा-युवती छनोट भएका थिए । त्यसपछि छानिएर ६४ जना रहे भने थिएटर राउण्डमा १८ जना छानिएर अहिले जम्मा ९ जना प्रतिस्पर्धीहरु बाँकी रहेका छन् । छनोटका क्रममा केही उच्च सम्भावना बोकेका प्रतिभाहरु रहँदै आएका छन् । यिनै ९ जना मध्येकी गायनमा राम्रो सम्भावना बोकेकी प्रतिभा हुन्- सन्ध्या जोशी । सन्ध्या कैलाली जिल्लाको धनगढी उपम
राजेश हमाल बने उर्जामन्त्री, कुलमानको ठाउँमा विजय लामा

राजेश हमाल बने उर्जामन्त्री, कुलमानको ठाउँमा विजय लामा

मनोरञ्जन
‘महानायक’ राजेश हमाल उर्जा मन्त्री बनेका छन् । यस्तै क्याप्टेन बिजय लामा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका छन् । देशलाई लोडसेडिङमुक्त बनाउने अभियानको कथावस्तुमा केन्द्रित रहेर निर्माण गरिएको चलचित्रमा राजेश हमालले उर्जामन्त्री जनार्दन शर्माको भूमिका निर्वाह गरेका छन् भने  क्याप्टेन विजय लामाले विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको भूमिका निभाएका छन् । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको हो । उर्जामन्त्री भएपछि जर्नादन शर्माले लिनुभएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई चलचित्रमा देखाइएको छ । सरोज ओलीको निर्देशन रहेको चलचित्रमा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु
युसुफको तिम्रो नयनमा अनु शाह र समिमको यस्तो रोमान्स (भिडियो सहित)

युसुफको तिम्रो नयनमा अनु शाह र समिमको यस्तो रोमान्स (भिडियो सहित)

मनोरञ्जन
पछील्लो समय खाडी मुलुककतारलाई प्याटफर्म बनाएर नेपाली सांगीतिक आकाशमा चम्कने कलाकारहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । यसैक्रमबाटै उदाएका गायक हुन युसुफ खान । मेलिडियस स्वरको धनी युसुफको जादुमाय आवाजको कारण कतारमा दर्जनौ कार्यक्रममा आफ्नो प्रस्तुती दिएर हजारौलाई मोहित बनाईसकेका छन । यिनै गायकको साङितिक यात्राको पहिलो कोशेली स्वरुप नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । “युसुफ” नामक एल्बममा समेटिएको “तिम्रो नयन” बोलको भिडियोलाई ‘आर्टिस्ट नेपाल’ ले सार्वजनिक गरेको छ । यस आधुनिक गीतमा स्वर र शब्द रचना युसुफ खान आफैले गरेका छन् भने कल्याण सिंहले संगीत भरेका छन् । राजाधानीको डोरेमी स्टुडियोमा प्रदिप जोशीले यस् गीतको संगीत संयोजन गरेका छन । भने त्यस्तै म्युजिक भिडियोमा अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेको सम्पादन रहेको छ । गीतलाई संचारकर्मी तथा संचारकर्म संगै म्युजिक भिडियो तथा बिज्
error: Content is protected !!