मनोरञ्जन

याँ सम्झीन्या कोई भएन डेउडा गीतको म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

याँ सम्झीन्या कोई भएन डेउडा गीतको म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

मनोरञ्जन
पाटन । गीतकार पदम खड्काको “याँ सम्झीन्या कोई भएन” गितको म्युजिक भिडियो भर्खरै बजारमा आएको छ । मुई डोली चढ्न्या बेला गीत बाट निकै चर्चा पाएका गायक बीरेन्द्र जोहारी र सिम्पल सिम्पल कान्छीको गीतकी गायिका माण्डबी त्रिपाठीको स्वरमा रहेको उक्त गीतका शब्दहरु पदम खड्काले लेखेका छन् भने लय गायक जोहारीकै रहेको छ । बिपिन आचार्यको संगीत संयोजन रहेको गीतको दृश्य निर्माण वर्ल्ड कभर मिडियाले गरेको छ भने उक्त गीतको छायांकन हरिश महरा र बिरेन्द्र भाट बिपिनले गरेका छन् । यस गीतमा निर्देशक बिरेन्द्र भाट बिपिनले करिश्मा ढकाल र राजेश खड्कालाई अभिनय गराएका छन । बिरेन्द्र भाट बिपिन र दिलिप तामाङ्गले सम्पादन गरेको यस गीतलाई गायक बीरेन्द्र जोहारीले आफ्नै युट्युब च्यानलबाट सार्बजनिक गरेका छन् । गीतको भिडियो तल हेर्नुहोस् :
‘पद्मावत’ फेम दीपिका पादुकोण नेपाल आउँदै साथमा इरफान पनि

‘पद्मावत’ फेम दीपिका पादुकोण नेपाल आउँदै साथमा इरफान पनि

मनोरञ्जन
काठमाडौं । चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता इरफान खान फिल्म ‘रानी’ को सुटिङका लागि नेपाल आउने भएका छन् । उनीहरु मार्च ५ मा नेपाल आउन लागेका हुन् । पादुकोण सञ्जयलिला भन्सालीको ‘पद्मावत’को सफलतासँगै अब लेडी डन बन्ने भएकी छन्। ‘पद्मावत’मा रानी पद्मावतीको भुमिका निर्वाह गरेर चर्चाको पात्र बनेकी दीपिका विशाल भारद्वाजको फिल्म ‘रानी’मा लेडी डन बन्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। माफिया क्वीन रहीमा खान उर्फ सपना दिदीको जीवनमा आधारित फिल्ममा दीपिकासँगै इरफान खान पनि देखिनेछ। दीपिका सपना दिदीको भूमिकामा देखिने छिन भने इरफानले सपना दिदीको पतिको रुपमा ग्याङ्गस्टारकै भूमिका निभाउने छन्। दिपीकाले सपना दिदीको अभिनय गर्न माफिया र गुण्डाको भाषा सिकिरहेकी छन्। सपना दिदी १९८० को दशकमा मुम्बईकी माफिया डन थिइन्।
मोडलिङमा जम्दै पुष्कर

मोडलिङमा जम्दै पुष्कर

मनोरञ्जन
बैतडी । छोटो समयमै चर्चित मोडल बन्न सफल बैतडीको पाटन नगरपालिका गुजरमा जन्मिएका पुष्कर बिष्ट आजभोली मोडलिङमा व्यस्त छन् । २६ बर्षका पुष्कर अहिले मोडलिङ क्षेत्रमा भिजेका छन् । पछिल्लो समयमा मोडलिङको रहर अवसर को खोजीमा धेरै रहेको पाइन्छ, रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङ गर्न त्यति सजिलो पक्कै छैन । म्युजिक भिडियोमा मोडलिङ गर्ने र फोटो सुट गराउनेहरु धेरै नै छन तर मोडलिङमा सबैले स्थान पक्कै पाएका छैनन त्यस्तै निरन्तर रुपमा लागेका पुष्कर बिष्ट आफनो प्रतिभालाई चिनाउने क्रममा छन् । करिब ४ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । उनले हामी संग कुरा गर्दै भने एक्टिङ गर्नु भनेजस्तो सजिलो छैन यो क्षेत्र, पछिल्लो समय यो पेशामा मेहनत गरेर लागेको छु, आसा छ भोली मोडेल पुष्कर भनेर चिनिने छु । उनले अभिनय गरेका केहि देउडा गीतहरुले राम्रो बजार पाएका छन् । त्यस्तै पुष्करले ए
हेर्नुस् संसारकै सबैभन्दा महँगा व्हिस्कीहरू यस्ता छन्

हेर्नुस् संसारकै सबैभन्दा महँगा व्हिस्कीहरू यस्ता छन्

मनोरञ्जन, विविध
संसारमा व्हिस्की सबैभन्दा महँगो मदिराजन्य पेय पदार्थ मानिन्छ । विशेष गरेर व्हिस्कीको कुनै बोतलको मूल्य निर्धारणका दुई विधि रहेका छन् । पहिलो, केही बोतलहरू जति पुराना भए त्यति महँगा हुन्छन भने अर्को, केही व्हिस्कीहरू दुर्लभ र विशेष भएका कारण पनि महँगा हुन्छन् । कुनै कुनै भने ब्रान्डको नामैले या बोतलको गुणस्तरका कारणले मात्रै पनि मुल्यवान रहेका हुन्छन् । यदि संसारकै महँगा व्हिस्कीहरूको कुरा गर्ने हो भने कतिसम्म मूल्य तिर्न तयार होलान त पारखीहरू ? यदि संसारकै सबैभन्दा महँगा व्हिस्की बोतलहरूको कुरा गर्ने हो भने यस सूचीको शीर्षमा पचास वर्ष पुरानो ‘बाल्भेनी स्पेसाइड सिंगल माल्ट व्हिस्की’ पनि रहेको छ । यस उच्च स्तरीय मदिराको प्रति बोतलको मूल्य ३६ हजार अमेरिकी डलर पर्दछ । यदि गोजी केही हलुको छ र यतिविधि महँगो रक्सी किन्न सकिँदैन, केही सस्तैले काम चलाउने हो भने पनि विकल्प छ । त्यस्तो अवस्थामा
सलमानसँग नेपाली नायिकालाई कोरसमा नाच्न अफर

सलमानसँग नेपाली नायिकालाई कोरसमा नाच्न अफर

मनोरञ्जन
बलिउडका चर्चित नायक सलमान खान नेपाल आउँदैछन् । मार्च १० मा आयोजना हुन लागेको ‘दबंग टुर’मा उनी आफ्नो टिमसहित नेपाल आउँदैछन् । सलमानको यो शो हेर्नका लागि ५० हजार दर्शक हुने अपेक्षा आयोजक ओडीसी गुप्रले गरेको छ । तर, यो शोका लागि नेपाली चलचित्रका चर्चित नायिकाहरुलाई सित्तैमा कोरस नृत्यका लागि प्रस्ताव गरिएको दाबी गरे । जुन, प्रस्तावलाई नेपाली नायिकाहरुले अस्विकार गरेको बताए । यसै सन्दर्भमा अनलाइनखबरले आयोजक ओडीसी नेपालसँग सम्पर्क गर्दा ‘कुनैपनि कलाकारलाई निशुल्क रुपमा नृत्यको लागि प्रस्ताव नगरिएको’ जिकिर गरे । नायिका प्रियंका कार्की, स्वस्तिमा खड्का र मोडल एलिसा राइलाई सलमानसँग कोरस नाच्नका लागि अफर गरिएको ति अभिनेत्रीहरुले बताए । सेलेब्स म्यानेजमेन्ट कम्पनीले यो कार्यक्रमको लागि नेपाली सेलिब्रेटीको व्यवस्थापन मिलाउनेे जिम्मा लिएको छ । वुझिएअनुसार ८ जना नायिकालाई यो अफर गरिएको थियो ।
सात बलिउड फिल्म, जसले निर्माताको भाग्य चम्काए

सात बलिउड फिल्म, जसले निर्माताको भाग्य चम्काए

मनोरञ्जन
बलिउडको २०१७ को रिपोर्ट कार्ड सार्वजनिक भइसकेको छ । कमाइका आँकडाहरूले ‘टाइगर जिन्दा है‘को दबदबा देखाए पनि सबैभन्दा बढी प्रतिशत मुनाफा कमाउने सात चलचित्रमा भने यो पर्न सकेको छैन । आखिर को हुन त निर्माताको भाग्य चम्काउने सात बलिउड चलचित्र ? हेरौँ ती फिल्म : बाहुबली-२ चार सय ६३ प्रतिशत मुनाफा कमाएर राजामौली निर्देशित म्याग्नस ओपस बाहुबली-२ भारतको आजसम्मकै सर्वाधिक कमाउने चलचित्र पनि हो । ट्वाइलेट- एक प्रेमकथा कुल २४ करोड भारतीय रुपैयाँको लागतमा बनेको यस फिल्मले बक्स अफिसमा लगभग एक सय ३४ करोड कमाएको थियो । यसले लगभग चार सय ५७ प्रतिशत मुनाफा कमाएको देखिन्छ । फुकरे रिटर्न्स कुल २२ करोड भारतीय रुपैयाँ लगानीको यस चलचित्रले बक्स अफिसमा अस्सी करोडभन्दा बढी कमाएर दुइ सय ६४ प्रतिशत मुनाफा कमाइसकेको छ । हिन्दी मिडियम सामाजिक र शैक्षिक मुद्दालाई विषयवस्तु बनाएर निर्माण गरिएको यस चलचित्रक
सलमान खान मार्च ९ मा नेपाल आउने

सलमान खान मार्च ९ मा नेपाल आउने

मनोरञ्जन
काठमाडौं । अभिनेता सलमान खान सांगीतिक कार्यक्रम ‘दबंग द टुर’ अअन्तर्गत नेपाल आउने पक्का भएको छ । यसअघि सलमान नेपाल आउने चर्चा भएपनि निश्चित भने भएको थिएन । सलमान खान आफैले ‘टाइगर जिन्दा है’ बारे बलिउड हंगामासँग कुरा गर्दै दबंग द टुर मा नेपाल पनि सेड्युलमा रहेको बताएका हुन् । सलमान सन् १९९४ पछि दोस्रोपल्ट नेपाल आउन लागेका हुन् । उनी मार्च ९ को बिहान काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । उनी तीन दिनका लागि नेपाल आउन लागेको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । कन्सर्टको लागि सलमान मार्च ९ मा नेपाल आउने सलमान तीन दिन नेपाल बस्नेछन् । सलमान ११ मार्चमा पुनः मुम्बई फर्किनेछन् । ‘दबंग द टुर’ मार्च १० अर्थात फागुन २६ मा टुडिखेलमा हुनेछ । मार्च १० मा हुने कार्यक्रमको लागि १२ बजेबाट नै गेट खुल्ला गरिने बताइएको छ । सलमान साढे ६ बजे स्टेजमा देखा पर्ने छन् । सलमानसँगै कार्यक्रममा नायिक
म्युजिक भिडियो निर्देशनमा जम्दै सुदूरपश्चिमका बिपिन

म्युजिक भिडियो निर्देशनमा जम्दै सुदूरपश्चिमका बिपिन

मनोरञ्जन
काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रमा दृष्य सम्पादनलाई आफ्नो पेशा बनाएर प्रवेश गरेका व्यक्तिको नाम हो बिरेन्द्र भाट ‘बिपिन’ । सुदूरपश्चिमको बैतडी जिल्ला गुजरमा जन्मेका विपिनले अहोरात्र यसै क्षेत्रमा खटेर कम्प्युटरको किबोर्डमा चल्ने हातहरुलाई त्यतिमा मात्र सिमित राखेनन् । अरुले खिचेर ल्याएका दृष्यका सटहरु काट्दा र जोड्दाका अनुभव संगालेका उनी आफैं क्यामराको लेन्स घुमाउँदै फ्रेम बनाउँन थाले जसले सम्पादक बिरेन्द्रलाई कुशल छायाँकारको रुपमा पनि स्थापित बनायो । हरेक मान्छेको चाहना एउटा सफलताबाट अर्को हुँदै सफलताको सिंढी खोज्न मै बित्ने गर्दछ तर बिरेन्द्रको अनुभव खोजाईमा मात्र बितेन । आफु उक्लिएका हरेक सिंढीहरुमा उनी सफल बन्दै गए र कुनै बेलाको केवल एउटा भिडियो सम्पादक परिचय अहिले फेरिएको छ । सम्पादक र छायाँकारको परिचय बोकेका बिरेन्द्रले अहिले आफ्नो परिचय निर्देशकमा पनि दर्ता गराउँन सफल भएका छ
सातौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सुदूरपश्चिमको साङ्गीतिक जोडी सम्मानित

सातौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सुदूरपश्चिमको साङ्गीतिक जोडी सम्मानित

मनोरञ्जन
काठमाडौँ । नेपाली लोकबाजा संग्रहालयद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय लोकसंगीत फिल्म महोत्सवमा सुदूरपश्चिमको एक साङ्गीतिक जोडी सम्मानित भएको छ । यही मंसिर ६ देखि ९ गतेसम्म भएको बृहत् वृत्तचित्र प्रदर्शनी अर्थात् लोकसंगीत फिल्म महोत्सवमा सुदूरपश्चिमेली गायक शङ्करसिंह बिष्ट र चाँदनी मल्ल सम्मानित भएका हुन् । सो कार्यक्रममा शंकरसिंह बिष्टको निर्देशनमा रहेकोे SACRED MUGIC OF THE GODDESS” ले SPECIAL CONSERVATION AWARD पाएको छ भने “SHAKTI”THE DIVINE FEMAL POWER AMATEUR FILM AWARD द्वारा गायिका तथा सञ्चारकर्मी चाँदनी मल्ल सम्मानित भएकी हुन् । राष्टिय नाचघर जमलमा ४ दिनसम्म सञ्चालित कार्यक्रममा नेपाल, भारत, अमेरिका, क्यानडा, जापान, फिलिपिन्स, भुटान, जिम्बाबे, फ्रान्सलगायत १७ वटा देशका ३२ वटा फिल्म मध्ये १८ वटा फिल्मले अवार्ड हात पारेका छन् । नेपाली लोकसंगीत, लोकगीत, लोकबाजा, लोकनाच, लोक
सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्द हुँदै

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्द हुँदै

मनोरञ्जन
नयाँ दिल्ली (एजेन्सी) । सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ (केबिसी) बन्द हुने भएको छ । बलिउडका सुप्रसिद्ध नायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको यस सोको अन्तिम एपिसोड सोमबार प्रसारण हुनेछ । कार्यक्रम बन्द हुन लाग्दा यसका प्रशंसकसँगै सञ्चालक अमिताभ पनि दुःखी छन्।अमिताभले सन् २००० मा सुरु भएको यस शो प्रति माया दिने दर्शकलाई पनि धन्यवाद दिएका छन् । '१७ वर्षअघि यस शो ले इतिहास रचेको थियो र तपाईंले फेरि पनि यस्तो इतिहास रच्न सहयोग गर्नुभयो । यो कुनै सानो काम थिएन।' सिजन ९ को अन्तिम एपिसोड आउनु अगाडि अमिताभले ट्विट गर्दै कार्यक्रमसँग जोडिएका सबैसँग टाढा हुनुपर्ने प्रसंग उल्लेख गर्दै यसलाई दुःखद भनेका छन्। केबिसीको सिजन-९ समापन हुने अवसरमा अमिताभले भनेका छन्, 'केबिसीसँग जोडिएका ४ सय ५० जनाको टिमले मिहिनेतपूर्वक काम नगरेको भए शो कहिल्यै यति सानदार हुने थिएन।'