विविध

शंख बजाउनुका फाइदा के छन् जानी राखौं

शंख बजाउनुका फाइदा के छन् जानी राखौं

विविध, स्वास्थ्य
हिन्दू धर्ममा कैयौं प्रकारका धार्मिक तौरतरिका छन्, जसको हाम्रो जीवनमा गहिरो महत्व छ। कतिपय यस्ता कार्यका पछाडि वैज्ञानिक कारण पनि छन् । प्राचीन परम्पराहरु हाम्रो स्वास्थ्य राम्रो बनाउन बनाइएको पाइन्छ । यस्तै एक परम्परा हो शंख बजाउनु । हिन्दू धर्ममा शंखको महत्वपूर्ण स्थान छ। शंख राख्दा नकारात्मक उर्जा आउँदैंन र नराम्रो शक्ति टाढा भाग्छ । आयुर्वेदमा शंख निकै लाभदायी मानिन्छ । शंख बजाउनाले मूत्राशय, पेटको तल्लो भाग, छाति र गर्धनको मांसपेशीको स्वतः अभ्यास हुन्छ । जानौं शंख बजाउनाका फाइदा : फोक्सोका लागि फाइदाजनक शंख बजाउँदा फोक्सोको राम्रो अभ्यास हुन्छ । यदि श्वासका रोगी नियमित रुपमा शंख बजाउँछन् भने यसको पूर्णतः निर्मूृल हुन्छ । शंख बजाउनाले अनुहार, श्वासतन्त्र, श्रवण तन्त्र तथा फोक्सोको अभ्यास हुन्छ । स्मरणशक्ति पनि बढ्छ। छाला र हड्डीको हेरविचार शंख छालाका लागि पनि फाइदाजनक हुन्छ
भारतद्वारा नेपाललाई ‘लचिलो’ बिप्पाको प्रस्ताव

भारतद्वारा नेपाललाई ‘लचिलो’ बिप्पाको प्रस्ताव

विविध
द्विपक्षीय लगानी संरक्षणसम्बन्धी अघिल्लो विवादास्पद बिप्पा सम्झौता निष्क्रिय भएपछि भारतले प्रस्ताव गरेको नयाँ सन्धिलाई आगामी असोजसम्ममा टुङ्गो लगाइने अधिकारीहरूले बताएका छन्। विगतको तुलनामा नयाँ प्रस्तावमा क्षतिपूर्ति लगायतका विषयमा भारत लचिलो बनेको बताइएको छ। लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा)मा भारतसँग सहमति भए पनि चर्को विवाद निम्तिएपछि त्यो कार्यान्वयन हुन सकेको थिएन। नेपाललाई लगानी चाहिएको अवस्थामा भारतबाहेक चीन, बांग्लादेश, कतार, मलेसिया लगायतका मुलुकले लगानी गर्ने इच्छा व्यक्त गरिरहेको अधिकारीहरू बताउँछन्। ढाँचा भारतले नयाँ सन्धिका लागि मस्यौदा प्रस्ताव गरेपछि नेपाल सरकारले लगानीका लागि इच्छुक मुलुकहरूसँग एकै ढाँचामा सम्झौता गर्ने गरी मस्यौदा तयारीका लागि सम्बद्ध मन्त्रालय र विज्ञहरूसँग छलफल गरिररहेको बताइएको छ। केही वर्षअघि भारतसँग बिप्पा सम्झौता भए पनि उक्
महेन्द्रनगरमा बम विस्फोट, अनुसन्धान जारी

महेन्द्रनगरमा बम विस्फोट, अनुसन्धान जारी

विविध
कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजारमा एकाबिहानै बम विस्फोट भएको छ । महेन्द्रनगरको भानु पाटी प्यालेस र सिटी हलको बीचमा नगर विकास समितिको जग्गा लिज लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधिन भवनमा बिहान बम विस्फोट भएको सञ्चालक कैलाश सुनारले बताउनुभयो । बम कस्ले विस्फोट गराएको भन्ने खुल्न सकेको छैन । बम विष्फोटबाट मानवीय क्षती नभएपनि निर्माणाधिन भवनको पर्खाल प्वाल परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर सेटीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । - रेडियो एनआरएनबाट
प्रदेशसभाका सांसद लामिछानेको निधन

प्रदेशसभाका सांसद लामिछानेको निधन

विविध, समाज
काठमाडौं । प्रदेश नम्बर ३ अन्तर्गत भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य हरिशरण लामिछानेको मस्तिष्काघातका कारण मृत्यु भएको छ । आइतबार नै ब्रेनडेथ भएको चिकित्सकले अनौपचारिक जानकारी गराए पनि सोमबार १ बजे मृत घोषणा गरिएको हो। मस्तिष्काघात भएपछि उनको आइतबार दिउँसोदेखि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचार भइरहेको थियो। लामिछाने भक्तपुर क्षेत्र नम्बर १ (ख)बाट नेकपा (एमाले)का तर्फबाट विजयी भएका थिए।
रेडियोमा अन्तर्वार्ता दिँदै गर्दा विप्लवका कार्यकर्ता पक्राउ

रेडियोमा अन्तर्वार्ता दिँदै गर्दा विप्लवका कार्यकर्ता पक्राउ

विविध
कैलाली । कैलाली प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई लम्की स्थित रेडियो स्टेशनबाट पक्राउ गरेको छ। प्रहरीले रेडियो पश्चिम आवाजमा अन्तर्वार्ता दिँदादिँदै नेकपाका कार्यकर्ता दिलबहादुर साउदलाई पक्राउ गरेको हो। उनलाई रेडियो स्टेशनबाटै प्रहरीले पक्राउ गरेको भन्दै नेपाल पत्रकार महासंघ, कैलाली, नेपाल प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, आदिवासी जनजाति महासंघ फोनिज लगायतले विज्ञप्ति निकाल्दै आपत्ति प्रकट गरेका छन्। पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन हुनेगरी निरंकुश शैलीमा प्रहरीले सञ्चार माध्यम भित्रै प्रवेश गरी धरपकड गरेकोमा भर्त्सना गर्दै अबदेखि यस्ता घटना दोहोरिन नदिन आग्रह समेत गरेको छ।
पूरा नभएका भारतीय प्रधानमन्त्री मोदीका पाँच वाचा

पूरा नभएका भारतीय प्रधानमन्त्री मोदीका पाँच वाचा

विविध
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले करिब चार वर्षपहिले आफू नेपालको औपचारिक भ्रमणमा आउँदा धेरै वाचा गरेका थिए। कैयौं, दुई मुलुकको संयुक्त वक्तव्यमा लिपिबद्ध छन् त कति, तत्कालीन संविधानसभामा सम्बोधन गर्दा वा अन्य औपचारिक संवादका क्रममा उनले प्रतिबद्धता व्यक्त गरेका हुन्। यही शुक्रबार उनी नेपालको राजकीय भ्रमणमा आउँदै गर्दा समीक्षा गर्ने हो भने ती वाचामध्ये अधिकांश पूरा भएका छैनन्। प्रस्तुत छन्, पूरा नभएका मोदीका पाँच वाचाहरू। पेचिलो पञ्चेश्वर तत्कालीन संसद्‌मा सम्बोधन गर्दै बहुचर्चित पञ्चेश्वर परियोजनाबारे मोदीले भनेका थिए, "म ठान्दछु कि, एक वर्षभित्र ५ हजार ६ सय मेगावटको यो योजनाको काम सुरु हुनेछ र त्यसबाट नेपालको कति ठूलो सेवा हुनेछ भनेर तपाईँले कल्पना गर्न सक्नुहुन्छ। नेपालसँग अहिले जति बिजुली छ त्यसको पाँच गुणा…त्यो भनेको सानो कुरा होइन।" दुई देशका प्रधानमन्त्रीको संयुक
व्यावसायिक रेडियोका समस्या माथी वानले गराए मुख्यमन्त्रीको ध्यानाकर्षण 

व्यावसायिक रेडियोका समस्या माथी वानले गराए मुख्यमन्त्रीको ध्यानाकर्षण 

विविध
धनगढी । सात नम्वर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सात नम्वर प्रदेशका व्यावसायिक रेडियोहरुले भोगिरहेका समस्या समाधानका लागि आफुले प्राथमिकताका साथ काम अधि वढाउने वताउनुभएको छ । व्रोडकास्टिङ एसोसियसन अफ नेपाल वानका नवनिर्वाचित पदाधिकारिहरुले वुझाएको ज्ञापन पत्र वुझ्दै मुख्यमन्त्री भट्टले आफु, रेडियोका समस्या प्रति गम्भीर रहेको भन्दै समस्या समाधानका लागि कुनै कसर वाँकि नराख्ने वताउनुभयो । व्यावसायीक रेडियो संचालकहरुको साझा संस्था व्रोडकाष्टीङ एसोसिएसन अफ नेपाल(वान) प्रदेश नम्वर सातको प्रथम वैठकले समग्र रेडियोहरुको हितका साथै व्यावसायीक सुरक्षा र संस्थाको विकास तथा प्रवर्दनका लागी अघि वढ्ने महत्वपुर्ण निर्णय गरेको जानकारी गराउदै ५ बुदे माग राख्दै मुख्यमन्त्री भट्टलाई बुधबार ज्ञपन पत्र बुझाएको हो । ज्ञापन पत्रमा विगत तिन वर्ष देखि वन्द अवस्थामा रहेको कैलालीको टिकापुर स्थित सात न.
प्रहरी जवानले प्रहरी महानिरीक्षकलाई पत्र लेखर यसरी पोखे पीडा

प्रहरी जवानले प्रहरी महानिरीक्षकलाई पत्र लेखर यसरी पोखे पीडा

विविध, समाज
बैतडी । “श्रीमान् प्रहरी महानिरीक्षकज्यू, प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौँ । प्रहरी कर्मचारीले पहुँचका आधारमा मात्रै फाँटमा बस्न पाउँने चलन अन्त्य गरेर सबैले समान रुपमा फाँटमा बस्न पाउँने व्यवस्था गर्न सुझाव पठाएको छु ।” बैतडी जिल्ला मेलौली नगरपालिका–२ सलेना घर भई हाल वडा प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान दिपेन्द्रबहादुर चन्दले प्रहरीभित्रको पीडा पोख्दै प्रहरी महानिरीक्षकलाई लेख्नुभएको पत्र हो यो । प्रहरी संगठन भित्रका विभिन्न फाँटहरुमा पहुँचका भरमा जागिर अवधिभर वर्षौदेखि एउटै व्यक्ति शानले जागिर खाने तर, कुनै पहुँच नभएको योग्य व्यक्ति जतिसुकै योग्य र क्षमतावान भए पनि कहिल्यै पनि फाँटमा बस्न नपाउने कुरा प्रहरी जवान चन्दले पत्रमा लेख्नु भएको छ । प्रहरीभित्रको यो पीडा प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको पालादेखि राख्दै आए पनि कुनै सुनुवाई नभएको चन्दले पत्रमा लेख्नुभए
नेपाली भाषा बचाउन अभियान

नेपाली भाषा बचाउन अभियान

विविध
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले नेपाली विषयको पाठ्यक्रम निर्माणका क्रममा गरिरहेको गतिविधिप्रति नेपाली विषय बचाउ अभियानले असन्तुष्टी जनाएको छ । त्रिभुवन विश्वविद्यालय नेपाली विभागमा एमफिल तहमा अध्ययनरत विद्यार्थीहरुले थालेको यस अभियानले पाठ्यक्रम विकास केन्द्रको कक्षा ११ र १२ मा नेपाली विषय ५०-५० पूर्णाङ्कको गराउने योजनाप्रति असन्तुष्टी जनाएको हो । अभियानले कक्षा ११ र १२ मा १००/१०० पूर्णाङ्कको अनिवार्य नेपाली विषय हुनुपर्ने माग गरेको छ । अभियानले यो माग सामान्य नभएर सिङ्गो नेपालाी जातिको पहिचान र राष्ट्रियतासँग गाँसिएको विषय भएकाले यसप्रति वेवास्ता गरिए राष्ट्रिय रुपमा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।
बैतडीका नक्कली हलियाका विषयमा उच्च अदालतले जारी गर्‍यो कारण देखाऊ आदेश

बैतडीका नक्कली हलियाका विषयमा उच्च अदालतले जारी गर्‍यो कारण देखाऊ आदेश

मुख्य समाचार, विविध, समाज
बैतडी । कमाई खान मात्र होइन, वास बस्न आफ्ना नाममा एक टुक्रा पनि जमिन नभएका मुक्त हलियालाई सरकारले “क” वर्गको परिचय पत्र वितरण गरेर पाँच लाखका दरले पुनःस्थापना प्याकेजमा रकम प्रदान गर्ने काम भइरहेको छ । यही प्रक्रियामा नक्कली हलियालाई परिचय पत्र दिएर राज्य कोषको दुरुपयोग गरेको भन्दै परेको रिट निवेदन उपर उच्च अदालत महेन्द्रले मालोपत कार्यालय बैतडी र जिल्ला प्रशासन कार्यालयका नाममा कारण देखाउ आदेश जारी गरेको छ । बैतडीको मेलौली नगरापालिका –२ सलेना बस्ने दिपेन्द्र बहादुर चन्दले हलिया परिचय पत्र बनाउँदा नक्कली व्यक्तिलाई परिचय पत्र दिएर राज्य कोषको दुरुपयोग गरेको भन्दै रिट दायर गर्नु भएको थियो । उच्च अदालत महेन्द्रनगरमा दायर भएको रिटमा चन्दले जिल्ला मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारी र मेलौली नगरपालिका–२ बस्ने फन्नीराम लोहार र पत्नी भागरथी लोहारसहितलाई विपक्
error: Content is protected !!