अन्तर्राष्ट्रिय

उत्तर कोरियाले भन्यो : ट्रम्पको सम्बोधन ‘कुकुर भुकाइ’

उत्तर कोरियाले भन्यो : ट्रम्पको सम्बोधन ‘कुकुर भुकाइ’

अन्तर्राष्ट्रिय
उत्तर कोरियालार्इ ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अभिव्यक्तिलाई उत्तर कोरियाका उच्च अधिकारीहरुले "कुकुरको आवाज"को संज्ञा दिएका छन् । बुधबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले उत्तर कोरियाले अमेरिका र उसका मित्र शक्तिलाई खतरा पुर्‍याइरहेकाले उत्तर कोरियालाई पूर्ण रुपमा ध्वस्त पार्ने चेतावनी दिएका थिए। मंगलबार ट्रम्पले सोल– संयुक्त राष्ट्रसंघको ३२ औं महासभामा गरेको सम्बोधनमाथि प्रतिक्रिया दिँदै उत्तर कोरियाका उच्च कूटनीतिज्ञले उक्त जवाफ दिएका हुन् । ट्रम्पको उक्त सम्बोधनप्रति उत्तर कोरियाका विदेश मन्त्री री योङ–होले पहिलो औपचारिक प्रतिक्रिया दिए । राष्ट्रसंघले पटक पटकको प्रतिबन्धलाई वेवास्ता गर्दै उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम निरन्तर अघि बढाइरहेको छ । उत्तर कोरियाली विदेशमन्त्री रीले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालय नजिकै
उत्तर कोरियाले प्रहार गर्‍यो छोटो दूरीका तीन क्षेप्यास्त्र

उत्तर कोरियाले प्रहार गर्‍यो छोटो दूरीका तीन क्षेप्यास्त्र

अन्तर्राष्ट्रिय
काठमाडौँ, भदौ १० ।  शनिबार बिहानै उत्तर कोरियाले छोटो दूरीका तीन वटा मिसाइल परीक्षण गरेको छ । चिनियाँ टेलिभिजन 'सीजीटीएन'ले दिएका खबरअनुसार स्थानीय समय अनुसार शनिबार बिहान ६:४९ मा आधा घण्टाभित्र उत्तर कोरियाले छोटो दूरीका तीन क्षेयास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाको ग्याङवान प्रान्तबाट प्रहार गरिएको क्षेप्यास्त्र करिब २५० किलोमिटर दूरी पार गरी विस्फोट भएको थियो दक्षिण कोरियाली अधिकारीले बताएका छन् । अमेरिकी प्यासिफिक कमाण्डका कमाण्डर 'डेभ बेन्हाम'ले परीक्षण गरिएका मध्ये पहिलो र तेस्रो क्षेप्यास्त्र विफल भएको र दोस्रो क्षेप्यास्त्र मात्रै विस्फोट भएको दावी गरेका छन् । अमेरिकी र दक्षिण कोरियाली सेनाले केही दिनदेखि गरिरहेको संयुक्त सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूलाई उक्साउन गरिएको गतिविधिको संज्ञा दिई विरोध जनाइरहेको छ । अमेरिकाको सैन्य अधार क्षेत्र 'गुआम'मा आक्रमण गर्ने चेतावन
लद्दाखमा भारत–चीनबीच झडप भएको पुष्टि (भिडियोसहित)

लद्दाखमा भारत–चीनबीच झडप भएको पुष्टि (भिडियोसहित)

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, ४ भदौ । केही दिनदेखि भारत र चीनबीचको सीमा विवाद तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । डोक्लामको सीमा विवादले सार्थक निकास नपाउँदै लद्दाखमा दुई देशका सेनाबीच झडप नै भएको भिडियो सार्वजनिक भएको छ । भारतद्वारा प्रशासित कास्मिर क्षेत्रमा पर्ने लद्दाखमा दुवै देशले झडप भएको वा नभएको भन्नेबारे आ–आफ्नै दाबी गरिरहेका बेला त्यसको भिडियो सार्वजनिक भएको हो । भिडियोमा कसैले मोबाइलमार्फत् टाढैबाट भारत र चीनका सेनाबीच ढुंगा, लात्ती र मुक्का हानाहान भइरहेको दृश्य कैद गरेको छ । भिडियो भारतीय सेनाका एक जना अवकासप्राप्त रथी प्रकाश कटोचले शनिबार आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरेको एजेन्सीहरुले जनाएका छन् । ४४ सेकेन्ड लामो उक्त भिडियोमा दुवै देशका सेनाबीच घम्साघम्सी भएको र केही सेना घाइते भएको दाबी एजेन्सीहरुको छ । यही अगष्ट १५ मा लद्दाखको प्याङयोङ भन्ने ठाउँमा भिडन्त भएको भारतीय मिडियाले समाचार प्
भारतको ७० औं स्वतन्त्रता दिवस : मोदी भन्छन्- ‘सुरक्षा प्रमुख प्राथमिकता’

भारतको ७० औं स्वतन्त्रता दिवस : मोदी भन्छन्- ‘सुरक्षा प्रमुख प्राथमिकता’

अन्तर्राष्ट्रिय, मुख्य समाचार
नयाँदिल्ली, ३१ साउन । भारतमा विशेष कार्यक्रमका साथ मङ्गलबार ७१ औँ स्वतन्त्रता दिवस मनाइएको छ। स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा सम्बोधन गरेका छन्। स्वतन्त्रता दिवस मनाउन लाल किल्लामा हजारौँ भारतीय नागरिक जम्मा भएका थिए। उनीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतको प्रमुख प्राथमिकता सुरक्षा भएको बताए। उनले नागरिकको सुरक्षाका लागि वर्तमान सरकार सबैभन्दा बढी चिन्तित रहेको बताए। उनले २०२२ सम्म भारतलाई 'न्यू इन्डिया' बनाउन संकल्प लिनुपर्ने बताए । मोदीले भारतको विपक्षमा लाग्ने र भारतीय भूमिमा असुरक्षा मच्चाउन प्रयास गर्ने जो सुकै विदेशी होस वा स्वदेशीलाई पनि भारतले नछोड्ने चेतावनी दिए। त्यस्तो शक्तिका विरुद्धमा लडन् भारत पूरै सक्षम रहेको उनले बताए। भारतका मिडियाहरुले चीन र भारतका बीचमा पछिल्लो समयमा सीमा क्षेत्रमा तनाव बढिरहेको भनिएका
भारतका राष्ट्रपति रामनाथ कोविन्दले लिए सपथ

भारतका राष्ट्रपति रामनाथ कोविन्दले लिए सपथ

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, १० साउन । भारतका नवनियुक्त १४ औँ राष्ट्रपति रामनाथ कोविन्दले सपथ लिएका छन्। संसदको सेन्ट्रल हलमा आयोजित समारोहमा राष्ट्रपतिले सपथ लिएका हुन्। उनले सपथमा आफू सधैं भारतीय जनताको पक्षमा काम गर्ने बताएका छन्। सपथमा उनले देशको सेवामा लाग्‍ने, लामो यात्रा र गाउँमा गरीबीले पढ्‍नेले अवसर पाउँने, भारतको उपलब्धीले सधै सफलताकमो दिशा तय गर्ने, देशका नागरिकले आफ्नो काम आफैले रोज्‍न पाउने, प्रत्‍येक नागरिक संस्कृति, विविधता तथा सर्वधर्म समभाव राख्‍नु नै गर्व गर्न लायक हुने लगायतका १० वटा महत्त्वपूर्ण कुरा व्यक्त गरेका छन् ।
भारतका नयाँ राष्ट्रपतिमा रामनाथ कोविंद निर्वाचित

भारतका नयाँ राष्ट्रपतिमा रामनाथ कोविंद निर्वाचित

अन्तर्राष्ट्रिय
बिहीबार सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार सत्तारुढ भारतीय जनता पार्टिका उम्मेदवार रामनाथ कोविंद भारतका नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। भाजपा तथा उसका गठबन्धन सहयोगी एनडीएका दलहरुको समर्थन प्राप्त कोविंदले विपक्षी कंग्रेस र उसका सहयोगी दलहरुको समर्थन प्राप्त उम्मेदवार मिरा कुमारलाई ठूलो मतान्तरले हराएका छन् । कोविंद र कुमार दुवै दलित समुदायका हुन् । कोविंद दलित समुदायबाट भारतको राष्ट्रपति पदमा निर्वाचित हुने दोस्रा व्यक्ति हुन् । को हुन् कोविंद? रामनाथ कोविंद बिहारका राज्यपाल थिए। शुरुमा राष्ट्रपति उम्मेद्वारको दौडमा उनको नाम उतिसारो चर्चामा थिएन्। भारतीय जनता पार्टीको उत्तर प्रदेशका दलित नेता उनी दुई पटक राज्यसभाका सदस्य भएका थिए। उनीसँग दिल्ली हाइकोर्ट-सुप्रीम कोर्टमा १६ वर्ष कानून व्यवसायीको रुपमा अभ्यास गरेको अनुभव छ। उत्तर प्रदेशबाट सन् १९९४ मा राज्यसभामा प्रवेश गरेका
भारत-पाकिस्तान युद्धमा पिता गुमाएकी गुरमेहरले लेखिन् यस्तो हृदयस्पर्शी सन्देश

भारत-पाकिस्तान युद्धमा पिता गुमाएकी गुरमेहरले लेखिन् यस्तो हृदयस्पर्शी सन्देश

अन्तर्राष्ट्रिय
बिबिसी एउटा भिडियोलाई लिएर सामाजिक सञ्जालमा चर्चामा आएकी भारतीय छात्रा गुरमेहर कौर फेरि मंगलबार ट्विटरमा दुई दिनअघि लेखिएको ब्लगको लिंक सेयर गरेर चर्चामा आएकी छन्। उनले लेखेकी छन्, 'तपाईँले मेरो बारेमा पढ्नु भएको छ, त्यही अनुरुप आफ्नो धारणा पनि बनाउनु भएको होला, अब म आफ्नो बारेमा आफ्नै शब्दमा धारणा राख्दैछु। मेरो पहिलो ब्लग जसको शीर्षक हो- 'आइ एम'। दिल्लीको श्रीराम कलेजमा अङ्ग्रेजी साहित्य अध्ययन गरिरहेकी कौर फेब्रुअरी २०१७ मा दिल्ली विश्वविद्यालयको रामजस कलेजमा भइरहेको विद्यार्थी संघर्षका कारण चर्चामा आएकी थिइन्। त्यसै क्रममा उनले २२ फेब्रअरीका दिन फेसबुकमा आफ्नो प्रोफाइल फोटो बदलेकी थिइन्। जसमा उनी एउटा पोस्टरसँगै देखिन्थिन्। त्यसमा लेखिएको थियो, 'म दिल्ली युनिभर्सिटीकी छात्रा हुँ, म एबिभिपीसँग डराउँदिनँ, म एक्ली छैन, भारतका सबै विद्यार्थी मेरो साथमा छन्। #StudentsAgainstABVP"
उत्तराखण्डसंग जोडिएका सीमा नाकाहरु ७२ घण्टाका लागि बन्द

उत्तराखण्डसंग जोडिएका सीमा नाकाहरु ७२ घण्टाका लागि बन्द

अन्तर्राष्ट्रिय
इन्द्रसरा खड्का, भारतको उत्तराखण्डमा फागुन ४ गते हुने विधानसभा निर्वाचनलाई लक्षित गरेर नेपालसंग सीमा जोडिएका नाकाहरु भारतले ७२ घण्टाका लागि बन्द गरेको छ । आईतबार बेलुका ५ बजेबाट फागुन ४ गते बिहानसम्म सिमनाकामा आवत जावत बन्द गरिएको जिल्ला सिमानाका झुलाघाट बैतडीका प्रहरी निरीक्षक चक्रदेब पाण्डेले बताउनु भयो । पाण्डेका अनुसार सिकीस्त बिरामी बाहेक अन्य सर्बसाधरणलाई नाकामा आवतजावत गर्न रोक लगाइएको छ  । सिमानाका ७२ घण्टाका लागि बन्द भएपछि मजदुरी गरेर खानेहरुलाई भने समस्या भएको छ । सीमानाकामा समानहरु ओसारपसार गरेर गुजरा गर्नेलाई समस्या भएको हो । यस्तै दार्चुलामा पनि भारतसंग सीमा जोडिएका सबै नाकाहरु ७२ घण्टाका लागि बन्द भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
‘ट्रम्पले आफ्नो जिब्रोमा नियन्त्रण गर्नु पर्छ’

‘ट्रम्पले आफ्नो जिब्रोमा नियन्त्रण गर्नु पर्छ’

अन्तर्राष्ट्रिय
अमेरिकी गुप्तचर निकाय सिआइएका प्रमुख जोन ब्रेननले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि आफूले गर्ने गरेका टिप्पणीमा नियन्त्रण गर्नु पर्ने चेतावनी दिनुभएको छ । सिआइएका प्रमुख ब्रेननको कार्यकाल चाँडै नै सकिँदैछ । ट्रम्पले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा नियमित रुपमा ट्वीटर मार्फत टिप्पणी गर्ने गरेका छन् । तर ट्रम्पको विचार अब व्यक्तिगत मात्रै नभएर त्यसले राष्ट्रिय सुरक्षामा असर गर्ने भएकाले नियन्त्रण कायम गर्नु पर्ने सिआइए प्रमुख ब्रेननको भनाई छ । कुनै ठाउँमा बोल्दा वा ट्वीटरमा केही कुरा खेल्दा अब ट्रम्पले आफ्नो भनाई वा पोस्ट गर्न लागेको विचारले देशको आन्तरिक हित प्रभावित हुँदैन भन्ने सुनिश्चित गर्नुपर्ने ब्रेननले बताउनुभयो । राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि ट्रम्पका हरेक विचार उहाँको व्यक्तिगत नभएर अमेरिकाको बन्ने भएकाले सचेत रहन उहाँले
काश्मिरमा भारतीय सेनामाथि आक्रमण, तीन जनाको मृत्यु

काश्मिरमा भारतीय सेनामाथि आक्रमण, तीन जनाको मृत्यु

अन्तर्राष्ट्रिय
२५ पुस । भारत प्रशासित काश्मिरको अखनुरमा सेनामाथि आक्रमण भएको छ । आक्रमणमा तीन जना भारतीय सैनिकको ज्यान गएको छ । अखनुरको बटालामा रहेको भारतीय सेनाको जनरल इन्जिनियरिङ कोरका सैनिकमाथि आक्रमण भएको हो । आक्रमणकारी फरार भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो आतंककारी आक्रमण रहेको भारतीय अधिकारीको भनाई छ । तर सेनाले यस विषयमा औपचारिक रुपमा केहि भनेको छैन । सेनाले अहिले त्यस क्षेत्रमा घेराबन्दी गरेको छ । आक्रमणकारीलाई पक्रिन सेनाले अभियान चलाएको छ ।
error: Content is protected !!