अन्तर्राष्ट्रिय

विश्वकै सर्वाधिक धनी व्यक्ति बने बेजोस

विश्वकै सर्वाधिक धनी व्यक्ति बने बेजोस

अन्तर्राष्ट्रिय
विश्वप्रसिद्ध अनलाइन सपिङ् साइट अमेजनका सिइओ जेफ बेजोस विश्वकै सबै भन्दा धनी व्यक्ति बनेका छन् । समाचार पत्र द गार्जियनले जनाएअनुसार माइक्रोसफ्टका सिइओ बिल गेट्सलाई पछि पार्दै उनी एक सय पाँच अर्ब अमेरिकी डलर कुल सम्पत्तिसँगै उनी आजसम्मकै सर्वाधिक धनी व्यक्ति समेत बनेका हुन् । उनले यो सम्पत्तिको अधिकांश हिस्सा अमेजन डट कमको ७८ लाख कित्ता सेयर मार्फत आर्जन गरेका हुन् । स्रोतका अनुसार ५३ वर्षीय बेजोसको जीवन साह्रै उतार चढावपूर्ण छ । कुनै समय पैसाको समस्या झेलिराख्ने उनले आफ्नो बाल्यकाल मावलीका हजुर बुवासँग बिताएका थिए । द गार्जियनले जनाए अनुसार २०१७ मा अमेजनको सेयरमा ५६ प्रतिशत वृद्धि भएको थियो । २०१८ को पहिलो महिना सिद्दिन नपाउँदै अमेजनको सेयरमा सात प्रतिशत वृद्धि भइसकेको छ । गत सोमवार मात्रै एक दशमलव चार प्रतिशतको रेकर्ड वृद्धि भएपछि बेजोसको सम्पत्तिमा पनि अप्रत्याशित वृद्धि
ट्रम्पको शारीरिक र मानसिक स्वास्थ्य परीक्षण गरिने

ट्रम्पको शारीरिक र मानसिक स्वास्थ्य परीक्षण गरिने

अन्तर्राष्ट्रिय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शारीरिक तथा मानसिक रूपमा स्वस्थ भए नभएको बारे चिकित्सकीय जाँच हुने भएको छ । उनका आलोचकहरूले ट्रम्प मानसिक रूपमा स्वस्थ नभएकाले उनी राष्ट्रपति पदका लागि अयोग्य भएको भन्ने अरोपहरू लगाइहँदा ट्रम्पले यसै हप्ता यस किसिमको जाँच गराउने व्हाइट हाउस ले जनाएको छ । राष्ट्रपति कार्यालय ले दिएको जानकारी अनुसार पूर्व राष्ट्रपति बराक ओबामाको परीक्षण गर्ने चिकित्सकहरुलेनै ट्रम्पको स्वास्थ परीक्षण गर्नेछन् । परीक्षण पश्चात राष्ट्रपति ट्रम्पको सम्पूर्ण स्वास्थ विवरण सार्वजनिक गरनै जनाइएको छ । सबैभन्दा बढी उमेरमा राष्ट्रपति डोनाल्ड ट्रम्प ७० वर्षको उमेरमा पदभार ग्रहण गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् । हाल ७१ वर्ष पुगेका ट्रम्पले हालसम्म कुनै मेडिकल रेकर्ड सार्वजनिक गरेका छैनन् । इजरायल भ्रमणमा लागे बिमारी जस्ता हालैको आफ्नो इजरायल भ्रमणका दौरान ट्रम्प केही
ट्रम्प प्रशासनको दुई लाख आप्रवासीलाई स्वदेश फर्कन आदेश

ट्रम्प प्रशासनको दुई लाख आप्रवासीलाई स्वदेश फर्कन आदेश

अन्तर्राष्ट्रिय
वासिंटन । ट्रम्प प्रशासनले अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन निर्देशन दिएको छ । अमेरिकामा आप्रवासीको चाप रोक्ने संकल्प यसअघि नै लिइसकेका राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक मध्य अफ्रिकी मुलुक एल साल्भाडोरका दुई लाख नागरिकलाई अमेरिकाबाट फर्काउने प्रक्रिया सुरु गरेका हुन् । अमेरिकामा एल साल्भाडोरका आप्रवासी दुई लाखको हाराहारीमा छन् । उनीहरुलाई अमेरिकामा बस्त र काम गर्न दिइएको अनुमति रद्द गर्ने तयारीमा ट्रम्प प्रशासन जुटेको हो । सन् २००१ मा लगातार आएको भूकम्पपछि अमेरिका प्रवेश गरेका उनीहरुलाई मानवतावादी कार्यक्रम ‘टेम्प्रोरी प्रोटेक्टेड स्टेटस’ (टीपीएस) दिइएको थियो । उनीहरुलाई सन् २०१९ सम्ममा स्वदेश फर्कन समयसीमा तोकिएको छ । सो अवधिभित्र नफर्किएमा गिरफ्तार गरी कानुनअनुसार कारवाही हुने जनाइएको छ । ट्रम्प प्रशासनले यसअघि निकारागुवा र हाइटीका हजारौं आप्रवास
पुर्व सेनाप्रमुखद्वारा जिम्बावेको उपराष्ट्रपति पदमा सपथग्रहण

पुर्व सेनाप्रमुखद्वारा जिम्बावेको उपराष्ट्रपति पदमा सपथग्रहण

अन्तर्राष्ट्रिय
सेवा निबृत्त सेना प्रमुख कोस्टान्टीनो चिवेङगा र वरिष्ठ राजनीतिज्ञ केम्बो मोहादीले विहीबार जिम्बावेको उपराष्ट्रपति पदमा सपथ ग्रहण गर्नुभएको छ । दुवै जनालाई राष्ट्रपति इमर्ससन नान्गाग्वाले नियुक्त गरे लगत्तै प्रधान न्यायाधिश लुक मालाबाले सपथग्रहण गराउनु भएको थियो । राष्ट्रपति इमर्सनले गत महिना मात्रै पुर्व राष्ट्रपति रोबर्ट मुगाबेपछि नयाँ राष्ट्रपतिको रुपमा जिम्मेबारी ग्रहण गर्नुभएको थियो । राष्ट्रपतिको जिम्मेवारी ग्रहण गरेपछि उहाँले आर्थिक पुर्नजीवन दिने, भ्रष्टाचार विरुद्ध लड्ने र रोजगारी सृजना गर्ने लगायतका प्रतिबद्धता जनाउनु भएको छ । पुर्वप्रधान सेनापति चिवेङगाले गत महिना मुगाबेलाई अपदस्त गर्ने बेला सेनामा रहँदा हस्तक्षेपकारी भूिमका निर्वाह गर्नुभएको थियो । - रासस/सिन्ह्वा
भारतीय प्रधानमन्त्री मोदीद्वारा चुनावी अभियान सुरु

भारतीय प्रधानमन्त्री मोदीद्वारा चुनावी अभियान सुरु

अन्तर्राष्ट्रिय
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातबाट औपचारिक रुपमा आफ्नो चुनावी अभियान शुरु गरेका छन् । उनले सोमबार प्रमुख प्रतिपक्षी पार्टी भारतीय काँग्रेसका विरुद्धमा केन्द्रित गरेर चुनावको प्रचारप्रसार अभियान शुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुजरात राज्यमा पनि भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) कै सरकार रहेको छ । गुजरात राज्यमा आउँदो डिसेम्बर ९ तारिखका दिन मतदान हुन लागेको छ । निर्वाचनको अन्तिम नतिजा भने आउँदो डिसेम्बर १८ मा घोषणा गर्ने कार्यतालिका रहेको छ । -एजेन्सी
न्यूयोर्कमा ट्रकले किचेर आठ जनाको मृत्यु

न्यूयोर्कमा ट्रकले किचेर आठ जनाको मृत्यु

अन्तर्राष्ट्रिय
न्यूयोर्कको लोअर म्यानहटमा एक ट्रक ड्राइभरले ट्रक फुटपाथ र साइकल लेनमा चढाउँदा आठ जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा १२ जना घाइते भएका छन्। प्रहरीले घटनालाई चरमपन्थी हमलाको रुपमा लिएको छ। २९ वर्षीय ट्रक चलाक सेफुलो साइपोवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। न्युयोर्कका केयर बिल ब्लाजियोले घटनालाई कायरतापूर्ण भएको टिप्पणी गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क हमला विरामी र खतरनाक व्यक्तिले गराएको टिप्पणी गरेका छन्। -बिबिसी
चिनियाँ राष्ट्रपति सी पार्टी प्रमुखमा पुनः निर्वाचित

चिनियाँ राष्ट्रपति सी पार्टी प्रमुखमा पुनः निर्वाचित

अन्तर्राष्ट्रिय
बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव (प्रमुख) एवम् चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको अर्को पाँचबर्षे कार्यकालका लागि पनि निर्वाचित भएका छन्। राजधानी बेइजिङ्मा जारी चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले उनलाई सो पदमा पुन अर्को पाँच बर्षका लागि निर्वाचित गरेको हो। सो महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले बुधबार मतदान गरी सीलाई अर्को पाँच बर्षे कार्यकालका लागि पनि पार्टीको महासचिव चयन गरेको हो। चिनियाँ समाचार समिति, सिन्ह्वाले दिएको जानकारीअनुसार चीनको सबैभन्दा शक्तिशाली उक्त पदमा उनलाई बुधबार बिहान बन्द कोठाभित्र भएको मतदानले निर्वाचित गरेको थियो। सो महाधिवेशनले नै हिजो आगामी कार्यकालका लागि कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यहरु पनि नियुक्त गरेको थियो। गएको करिब हप्तादिनदेखि बेइजिङ्मा जारी पार्टीको महाधिवेशनमा एकपछि अर्क
अमेरिकाको डिभी आवेदन भोलिदेखि खुल्दै

अमेरिकाको डिभी आवेदन भोलिदेखि खुल्दै

अन्तर्राष्ट्रिय, विविध
काठमाडौँ । अमेरिकाले सन् २०१९ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि आवेदन दर्ता भोलिदेखि खुल्ने भएको छ । अक्टोबर ३ तारिखदेखि नोभेम्बर ७ सम्म डिभी भर्न सकिने भएको छ । अक्टोबर ३ अर्थात् मंगलबार मध्याह्नदेखि डिभी भर्न सकिने भएको हो । अमेरिकी सरकारले जारी गरेको निर्देशिका अनुसार यसपाली अमेरिकामै बस्ने नेपालीले पनि नेपालमा बस्ने नेपालीले जसरी नै डिभि आवेदन फर्म भर्न सक्नेछन् । यसपटक भरिने डिभीको नतिजा आगामी २०१८ को मे १ तारिखबाट आउन सुरु गर्नेछ । हालसम्म करिब ५० हजार नेपालीलाई डिभी परिसकेको छ । अमेरिकी विदेश मन्त्रालयले यसपाली डिभि आवेदन भर्ने नियममा कुनै परिवर्तन नभएको तर अन्तिम समयतिर बढी चाप हुने भएकाले समयमै अनलाइन फर्म भर्न सूचित गरेको छ । डिभी कसरी भर्ने? फर्म भर्ने अवधिमा www.dvlottery.state.gov मा गई ई-डिभीको आवेदन फारम भर्नु पर्नेछ । डिभीको लागि आवेदन दिँदा कुनै पनि श
अमेरिकाको लसभेगासमा गोली चल्दा २० को मृत्यु

अमेरिकाको लसभेगासमा गोली चल्दा २० को मृत्यु

अन्तर्राष्ट्रिय
काठमाडौँ । अमेरिकाको लस भेगस शहरस्थित एउटा क्यासिनोमा अन्धाधुन्धा गोली हानाहान हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको र १ सयजनाभन्दा बढी घाइते भएकाे बीबीसीले जनाएको छ । प्रहरीले बन्दुकधारी एक जना स्थानीयवासी रहेको बताएपनि उसको नाम खुलाइएको छैन । उक्त आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारिदिएका छन्। बन्दुकधारीसँगै रहेकी भनिएकी उसकी केटी साथीको प्रहरीले खोजी गरिरहेको छ। अमेरिकी सुरक्षा अधिकारीले क्यासिनोमा गोली चलाउने आक्रमणकारीको जवाफी कारवाहीमा मृत्यु भएको बताएका छन् । घटनापछि लस भेगासको विमानस्थलबाट कयौं हवाई उडानको रुट परिवर्तन गरिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अाइतबार करीब १० बजे राती एउटा सांगीतिक कार्यक्रम भइरहँदा फायरिङ भएको थियो । बन्दुकधारीले म्यान्डले बे होटल तथा कसिनोको ३२औं तलाबाट गोली चलाएको बताइएको छ।
उत्तर कोरियाले भन्यो : ट्रम्पको सम्बोधन ‘कुकुर भुकाइ’

उत्तर कोरियाले भन्यो : ट्रम्पको सम्बोधन ‘कुकुर भुकाइ’

अन्तर्राष्ट्रिय
उत्तर कोरियालार्इ ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अभिव्यक्तिलाई उत्तर कोरियाका उच्च अधिकारीहरुले "कुकुरको आवाज"को संज्ञा दिएका छन् । बुधबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले उत्तर कोरियाले अमेरिका र उसका मित्र शक्तिलाई खतरा पुर्‍याइरहेकाले उत्तर कोरियालाई पूर्ण रुपमा ध्वस्त पार्ने चेतावनी दिएका थिए। मंगलबार ट्रम्पले सोल– संयुक्त राष्ट्रसंघको ३२ औं महासभामा गरेको सम्बोधनमाथि प्रतिक्रिया दिँदै उत्तर कोरियाका उच्च कूटनीतिज्ञले उक्त जवाफ दिएका हुन् । ट्रम्पको उक्त सम्बोधनप्रति उत्तर कोरियाका विदेश मन्त्री री योङ–होले पहिलो औपचारिक प्रतिक्रिया दिए । राष्ट्रसंघले पटक पटकको प्रतिबन्धलाई वेवास्ता गर्दै उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम निरन्तर अघि बढाइरहेको छ । उत्तर कोरियाली विदेशमन्त्री रीले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालय नजिकै
error: Content is protected !!