अन्तर्राष्ट्रिय

क्युबामा विमान दुर्घटना, एक सयभन्दा बढीले ज्यान गुमाए

क्युबामा विमान दुर्घटना, एक सयभन्दा बढीले ज्यान गुमाए

अन्तर्राष्ट्रिय
हवाना । क्युबामा शुक्रबार बोइङ ७३७ विमान दुर्घटनामा परी एक सय एक जनाले ज्यान गुमाएका छन्। बाँचेका ३ जनाको अवस्था पनि चिन्ताजनक छ। क्युबाका उड्डयन अधिकारीहरुले विमानमा १०४ यात्रु र चालक दलका ५ सदस्य सवार रहेको बताएका छन्। क्युबाको राजधानी हवानास्थित जोसमार्टी अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै सो विमान दुर्घटनाग्रस्त भएको हो। हवानाबाट उडेको सो विमान क्युबाको पूर्वी भूभागमा पर्ने ओल्गिन सहरतर्फ जान लागेको थियो। मृत्यु हुने यात्रुहरुमा अधिकांश क्युबाली र केही मेक्सिकन पनि रहेका बताइएको छ। उडेको केही क्षणमा विमान बाँझो जमिनमा धस्सिएको थियो। धुँवाको ठूलो मुस्लो देखिएलगत्तै उद्धारको कार्य सुरु भएको थियो। परिचालित सबै जनाले उद्धारको काम थालेको भए पनि विमानमा आगो लागेकोले समयमै यात्रुहरुलाई बाहिर निकाल्न नसकिएको अधिकारीहरुले जनाएका छन्। -अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरु
आँधीका कारण भारतमा ४१ को मृत्यु

आँधीका कारण भारतमा ४१ को मृत्यु

अन्तर्राष्ट्रिय
नयाँदिल्ली । भारतीय राज्य उत्तर प्रदेश, पश्चिम बंगाल, आध्र प्रदेश र राष्ट्रिय राजधानी नयाँ दिल्लीमा आएको आँधीका कारण सोमबार बिहानसम्ममा कम्तीमा पनि ४१ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएरातिदेखि धुलोका कणसहितको आँधी बेहरी र वर्षा शुरु भएको थियो । ती राज्यमा आँधीको प्रकोप आइतबार साँझबाट शुरु भएको बताइएको छ । यस आँधी बेहरी र वर्षामा परी उत्तर प्रदेशमा १८, पश्चिम बंगालमा १२ आन्ध्र प्रदेशमा नौजना र नयाँ दिल्लीमा दुईजना व्यक्तिको ज्यान गएको छ । यस आँधीमा परी दर्जनौँ स्थानीय घाइते भई अस्पतालमा उपचार जारी रहेको भारतीय अल इण्डिया रेडियो (एआइआर) ले जानकारी दिएको छ । यस प्रकोपको कारण कतिपय स्थानमा विद्युत्का लाइन अवरुद्ध भएका छन् । यस आँधीमा परी ज्यान गुमाएका परिवार र घाइते व्यक्तिप्रति भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले दुःख प्रकट गरेका छन्। - एजेन्सी
नोवेल पुरस्कार विजेता मलाला छ वर्षपछि पाकिस्तानस्थित गृहनगर पुगिन्

नोवेल पुरस्कार विजेता मलाला छ वर्षपछि पाकिस्तानस्थित गृहनगर पुगिन्

अन्तर्राष्ट्रिय
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई पाकिस्तानस्थित आफ्नो गृहनगर पुगेकी छन्। इस्लामवादी उग्रवादीहरूले छ वर्षअघि उनलाई उपत्यकास्थित मिङ्गोरामा गोली हानेयता पहिलोपटक उनी त्यहाँ पुगेकी हुन्। हाल पाकिस्तानमा रहेपनि उनी सुरक्षा चिन्तामाझ आफ्नो गृहनगर जानेछिन् वा छैनन् भन्नेबारे प्रष्ट थिएन। ब्रिटेनस्थित अक्फोर्ड विश्वविद्यालयमा पढाइ सकेपछि स्थायी रुपमा उनी स्वदेश फर्कन चाहन्छिन्। उनले तत्काल आफ्नो कुनै राजनीतिक महत्त्वकांक्षा नरहेको बताएकी छन्। आफ्नो परोपकारी संस्था मलाला फन्डुमार्फत गरिरहेको कामबाट आफू खुसी रहेको उनले बताएकी छन्। उक्त संस्थाले बालिकाहरूको शिक्षाको क्षेत्रमा काम गर्दछ। पाकिस्तानी बाल शिक्षा अभियानकर्ता मलाला युसुफजाइ र भारतीय बाल अधिकार अभियानकर्ता कैलाश सत्यार्थीलाई २०१४ को नोबेल शान्ति पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको थियो।
श्रीलंकामा संकटकाल घोषणा

श्रीलंकामा संकटकाल घोषणा

अन्तर्राष्ट्रिय
श्रीलंकामा मस्जिद र मुसलमानहरूको स्वामित्वमा रहेका व्यापारव्यवसाय विरुद्ध आक्रमणहरू भएपछि संकटकाल घोषणा गरिएको छ। बौद्धमार्गी सिंहला समुदायको बाहु्ल्य रहेको क्यान्डी सहरमा मुसलमानहरूका पसलमा तोडफोड र आगजनी गरिएपछि पुन: कर्फ्यु आदेश जारी गरिएको छ। एउटा जलेको भवनबाहिर एक जना मुसलमान युवाको शव फेला परेपछि श्रीलंकाका अधिकारीहरूले प्रत्याक्रमण हुन सक्ने आशंका व्यक्त गरेका छन्। गत हप्ता सडकमा भएको एउटा विवादमा केही मुसलमानहरूले एक जना बौद्धमार्गी पुरुषलाई पिटेका थिए। पछि उनको मृत्यु भएको थियो। तत्पश्चात् दुई सम्प्रदायबीच तनाब बढेको थियो। गत हप्ता पूर्वी नगर अम्परामा पनि मुसलमानविरोधी हिंसाहरू भएका थिए। सन् २०१२ देखि श्रीलंकामा तनाव बढेको छ। चरमपन्थी बौद्धमार्गीहरूको एउटा समूह बीबीएसलाई तनाव बढाएको आरोप लाग्ने गरेको छ। श्रीलंकाको कुल जनसंख्या दुई करोड १० लाख रहेको बताइन्छ। त्यसम
भारतमा बीजेपीका कार्यकर्ताले ढाले लेनिनको शालिक

भारतमा बीजेपीका कार्यकर्ताले ढाले लेनिनको शालिक

अन्तर्राष्ट्रिय
काठमाडौं । त्रिपुरा राज्यको बेलोनिया शहरको केन्द्रमा पाँच वर्षसम्म रुसी क्रान्तिका नायक लेनिन शालिक रह्यो । तर, विधानसभा चुनाव जितेसँगै भारतीय जनता पार्टीका कार्यकर्ताले लेनिनको शालिकमा धाबा बोलेका छन् । बीजेपीका समर्थकले डोजर लगाएर शालिक ढालेका छन् । त्यसक्रमममा उनीहरुले ‘भारत माता कि जय’ को नारा लगाएका थिए । प्रत्यदर्शीहरुले बताए अनुसार शालिक ढालेपछि बीजेपीका कार्यकर्ताले लेनिनको टाउकोको फुटबल खेलेका छन् । त्रिपुरामा वाम सरकारको २१ वर्ष पुरा भएको अवसरमा त्यहाँ लेनिनको शालिक बनाइएको थियो । ११.५ फिट अग्लो शालिक बनाउन ३ लाख बढी लागेको थियो । तर, २५ वर्षे वाम किल्ला ढालेसँगै बीजेपीका समर्थकले लेनिनको शालिक पनि हटाएका छन् । लेनिनको शालिक तोडफोड भएपछि वामपन्थी दलहरु पनि प्रतिकारमा उत्रेका छन् । राज्यका विभिन्न ठाउँमा तोडफोड भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । २५ वर्
पाकिस्तानी प्रधानमन्त्री भोलि काठमाडौं आउँदै

पाकिस्तानी प्रधानमन्त्री भोलि काठमाडौं आउँदै

अन्तर्राष्ट्रिय, विविध
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा भोलि राजधानी आउने भएका छन् । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा विचारविमर्श गर्नेछन् । साथै उनले प्रधानमन्त्री अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।
स्टिभ जब्सले जागिरका लागि लेखेको निवेदन ५१ लाखमा बिक्री हुँदै

स्टिभ जब्सले जागिरका लागि लेखेको निवेदन ५१ लाखमा बिक्री हुँदै

अन्तर्राष्ट्रिय, चित्र-विचित्र
विश्वविख्यात प्रविधि कम्पनी एप्पलका सह संस्थापक स्टिभ जब्सले नोकरीका लागि भरेको आवेदन फार्म लिलाम गरिने भएको छ । सन १९७३ मा भरिएको यस आवेदन फार्म मूल्य ५० हजार डलर राखिएको छ । उनलाई खरबपति बनाउने कंपनी एप्पल स्थापना गर्नुभन्दा तीन वर्ष पहिले स्टिभले यो आवेदन भरिका थिए । उनले लेखेका उत्तरमा धेरै शब्दहरूका हिज्जे गलत छन् । यो एक पानाको दस्तावेजले प्रविधि क्षेत्रप्रति उनको रुचि प्रतिविम्बित गर्दछ । आफ्नो विशिष्ट योग्यताका ठाउँमा उनले ‘इलेक्ट्रोनिक्स, टेक या डिजाइन इंजिनियर’ भनेर लेखेका छ । उनले ‘के तपाईंलाई कम्प्युटर आउँछ ?’ भन्ने प्रश्नको उत्तर उनले ‘हो’ भन्दै दिएका छन् । यस आवेदनबाट जब्सले जागिर पाए या पाएनन् भन्ने जानकारी अझै आउन सकेको छैन । उनले आफ्नो नाम ‘स्टेभेन जब्स’ र ठेगानामा ‘रिड कलेज’ लेखेका छन् ।पोर्टल्याण्डस्थित यस कलेजमा जब्सले केही समय पढेका थिए । त्यस्तै उ
हवाई हमला परी सिरियामा बालबालिकासहित ७७ जनाको मृत्यु

हवाई हमला परी सिरियामा बालबालिकासहित ७७ जनाको मृत्यु

अन्तर्राष्ट्रिय
सरकारी सेनाको हवाइ आक्रमणमा परी सिरियामा ७७ जनाको मृत्यु भएको छ । अन्य ३ सय घाइते भएका छन् । राजधानी दमास्कसनजिक सरकारी सेनाले विद्रोहीलाई मारेको दावी गरे पनि मृत्यु हुनेमा २० जना बालबालिका र धेरै सर्वसाधारण छन् । राजधानी दमासकस नजिक गुटा भन्ने स्थानमा हवाइ र रकेट आक्रमण गरिएको हो । सरकारी सेनाले विद्रोहीलाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ । तर मृत्यु हुनेमा धेरैजसो सर्वसाधारण रहेको सिरियन अब्जरभेटरी ह्युमन राइट्सले जनाएको छ । चार लाखभन्दा बढी व्यक्तिहरुको बसोबास रहेको गुटालाई सन् २०१३ देखि विद्रोहीहरुले नियन्त्रणमा लिएका छन् । यसलाई विद्रोहीबाट मुक्त पार्ने प्रयासमा सरकार लागेको छ । सोमबार हवाइ आक्रमण गरेको सिरियाली सेनाले स्थल आक्रमण पनि गर्ने तयारी गरेको छ । -एजेन्सी
अमेरिकाद्वारा सिरियामा आक्रमण, १ सय सैनिक मारिए

अमेरिकाद्वारा सिरियामा आक्रमण, १ सय सैनिक मारिए

अन्तर्राष्ट्रिय
सिरियामा आईएसविरुद्ध लडिरहेको अमेरिका नेतृत्वको गठवन्धन सेनाले गरेको हवाई हमलामा १०० बढी सत्ता समर्थक सैनिकको मृत्यु भएको छ । राष्ट्रपति बसार अल-असादले अमेरिका समर्थित सिरियाली लडाकुसँग काम गरिरहेको ‘सिरियाली प्रजातान्त्रिक शक्ति’को प्रधान कार्यालयमा ‘अप्रत्याशित आक्रमण’ गराएपछि जवाफी हमला गरिएको गठबन्धन सेनाले बताएको छ । करिब ५ सय सत्ता समर्थक फौजले तोप, मोर्टार फायर र रुसमा निर्मित ट्यांकसहित आक्रमण गरेको थियो । ‘सिरियाको खुशाममा उनीहरुले प्रजातान्त्रिक शक्तिहरुमाथि संगठित आक्रमण गरे,’ एक सैन्य अधिकारीले बताए । उनका अनुसार २० देखि ३० तोप र ट्यांकले ५०० मिटर क्षेत्र ओगटेर सिरियाली प्रजातान्त्रिक शक्तिको हेर्डक्वार्टरमा आक्रमण गरेपछि अमेरिका समर्थित लडाकू र गठबन्धन शक्तिले हवाई र स्थल प्रत्याक्रमण गरेको थियो । ‘हाम्रो अनुमानमा एक सय जनाभन्दा बढि सिरियाली सत्ता पक्षधर लडाकुहरु म
काबुलमा एम्बुलेन्स बम विस्फोट, कम्तिमा ९५ को मृत्यु

काबुलमा एम्बुलेन्स बम विस्फोट, कम्तिमा ९५ को मृत्यु

अन्तर्राष्ट्रिय
अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा कम्तिमा ९५ को मृत्यु भएको छ। विस्फोटमा परी १५८ जना घाइते भएका छन्। यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको रुपमा लिइएको छ। काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थान लक्ष्य गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोट गराइँदा कम्तीमा ९५ जनाको मृत्यु भएको हो। घटनामा अन्य १५८ जना घाइते भएका र तीमध्ये केहीको अवस्था गम्भीर रहेको हुनाले मृतकको सङ्ख्या बढ्नेसमेत प्रहरीको अनुमान छ। घाइतेको सङ्ख्या बढी भएकाले स्थानीय अस्पतालहरुमा उपचारमा समस्या भएको पनि उनीहरुले जानकारी दिएका छन्। विद्रोही र इस्लामिक स्टेट (आइएस) लडाकू समूहले बेलाबेलामा आक्रमण गरिरहने भएकाले काबुलका आमनागरिकका लागि अत्यन्त प्राणघातक भएको छ। एएफपीका संवाददाताले जामुरिते अस्पतालमा मृत्यु हुने र घाइते हुनेहरुको संख्या अत्यधिक देखेक
error: Content is protected !!