कला-साहित्य

देउडा गीत : लोक जीवन-स्पन्दनको कलात्मक अभिव्यक्ति

देउडा गीत : लोक जीवन-स्पन्दनको कलात्मक अभिव्यक्ति

कला-साहित्य
दीपसागर प्यासी लोकगीतको आविर्भाव पृथ्वीमा मानव जीवनको अस्तित्वसंगै भएको हुनुपर्छ । त्यसैले त यसको सम्बन्ध मानव जीवनको जरादेखि टुप्पोसम्म छ । यो जीवनको आदिदेखि अन्त्यसम्म लयमा प्रवाहित छ । उसो त सृष्टिको हरेक स्पन्दनमा लय, संगीत र नृत्य विद्यमान हुन्छ । नदीको कल-कल/सुसाहट, हावाको सरसराहट, झरनाको संगीत, भवरांको गुन्जन, कोयलीको तान, बच्चाको मुस्कान, कृषकको श्रम, बादलको गर्जन, पंक्षिको उडान तथा भैंसी दुहिंदा, ओखल कुट्दा निस्कने संगीत आदि सबैमा एक पृथक लय र चाल विद्यमान हुने गर्दछ । यी हरेक चिज संगीतको सहायतालले प्रकृतिमा आआफ्नै सूरतालमा नाँचिरहेका हुन्छन् । प्रकृतिको यही आदिम संगीत र नृत्य मानव जीवनमा ऊर्जाको संचार गर्दछ । अब देउडा गीतलाई परिभाषित गर्न र यसको महत्त्व दर्शाउनतिर लागौं । देउडा गीत नेपालको सुदूरपश्चिम क्षेत्रमा मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्यप्रधान गीत हो । यस
तिमी त साँच्चै पुरुष रहेछौ… !

तिमी त साँच्चै पुरुष रहेछौ… !

कला-साहित्य
कविता तिमी त साँच्चै पुरुष रहेछौ... ! सिर्जना जोशी ‘मन्जरी’ सुन्दर ती भावनासँग हृदयस्पर्शी ती शब्दसँग झण्डै एकाकार गर्दा लाग्थ्यो, तिमी त एउटा कोमल पुरुष रहेछौ जसभित्र एउटा नारीत्व मन जुरमुराउँछ प्रत्येक दिन मनुष्य भीडभन्दा धेरै पर तिम्रो अस्तित्व चलमलाउन खोज्छ प्रत्येक दिन उफ ! यी आदर्श र वास्तविकताहरु एकाएक ठोक्किन पुग्छन् अनायासै र एउटा साँचो निष्कर्ष उम्कन खोज्छ बिस्तारै बाहिर आफै–आफै तिमी त साँच्चै पुरुष रहेछौ ...... यो ठूलो त्राटनको जमातजस्तै संवेदनाको एक तह तल खस्केको खोक्रो मानवीयताको खोल पहिरिएको प्रकृतिको विशाल भवितव्यजस्तै उही आकार, उही मन र उही मस्तिष्क अनि, उही पशुतुल्य झम्टाइ पुरुषत्वको तिर्खाएको मृगको दौडाईजस्तै कोमल अंग प्रत्यंगलाई गलाउने बिझाउने निला दागका धब्बाहरु अघिपछि पुरुस्कारका रुपमा सुम्पदै पुनः नारीको स्वरुपभित्र बिलाउँछ ऊ स
निस्तेजका दुई गज़ल

निस्तेजका दुई गज़ल

कला-साहित्य
भुवन निस्तेज हिसाबै पुराना नराखी कुनै कहाँ साथ दिन्छन् र साथी कुनै कहाँ गाईराको तिमी कोइली दबाएर मन भित्र आँधी कुनै पँधेरो बनाएछ कसले यहाँ न बाटो कतैको न बस्ती कतै ठुला स्वप्न छन् मुक्त आकाशका र मन भित्र मेरो छ कैदी कुनै रगत नै रगत घात नै घात रे समाचार हो या कटारी कुनै छरेको छ बारुद पो खेतमा ठुलै दाउमा रैछ घाती कुनै छ जीवित त्यँही देश रे पुसमा जहाँ ओढनै छैन राडी कुनै नबर्से दुखै बर्सिए झन दुखै छ ‘निस्तेज’ जस्तै अभागी कुनै बिहानै छ ‘निस्तेज’ पतझड् सरी जहाजै डुबा’को जहाजी कुनै । १) उदुर्कीउदुर्की गया कै बटा है लगौँथ्या ब घुर्की गया कै बटा है न धेक्या कि काँ हो झडेकी त पौमा थि टोपी हजुर्की गया कै बटा है ठूलो झाल सिण्णो पलाया कि गर्ला जडा नान खुर्की गया कै बटा है न डौना रुपैयाँ किनौँला भणी छन् न भित्रै छ बुर्की गया कै बटा है छ बाँकी अजीँ
रूपान्तरण : एक नयाँ वर्षमा

रूपान्तरण : एक नयाँ वर्षमा

कला-साहित्य
कविता रूपान्तरण : एक नयाँ वर्षमा महेशप्रसाद भट्ट साथी ! दशकभन्दा बढीको सहयात्रामा मैले धेरैथोक सिकेको छु धेरैथोक बिर्सेको पनि छु कतै सबैमाझ आफूलाई पाउन सके भने कतै आफूभित्र आफैं हराउन पुगेको छु । म उज्यालो मन पराउने मान्छे अन्धकारमा पनि रमाउन थालेको छु म सम्पन्नता मन पराउने मान्छे विपन्नतामा पनि रमाउन थालेको छु म अरूको दुःख हेर्नसम्म नसक्ने मान्छे आफ्नै दुःखमा रमाउन थालेको छु । परिवर्तन भनेको यद यही हो कि ? मैले खोजेको, हामीले रोजेको ? यो प्रश्न म प्रत्येक नयाँ वर्षको पूर्व सन्ध्यामा आफैंसित सोध्ने गर्दछु यो हामीले सोचेको परिवर्तन हैन कि ? यथास्थितिमा रमाउने– हो, हाम्रो विडम्बना वा मानसिकता । अल्मलिएर यथास्थितिको जिजीविषामा रोक्नु हुन्न मैले मेरा पाइलाहरू तमाम प्रतिकूलताहरूका माझबाट पहिल्याउनु पर्छ मैले मेरो अवस्था उकालो उक्लिदा लाग्ने लेकजस्तै यो मेर
बैतडेली काव्यिक सिर्जना र सर्जकहरू

बैतडेली काव्यिक सिर्जना र सर्जकहरू

कला-साहित्य
पुरन दयाल जुनसुकै राष्ट्रको भए पनि साहित्य लोक साहित्यबाट नै उठेको हुन्छ । मानव विकासको गतिले साहित्यलाई पनि संस्थागत गर्ने, परिस्कृत गर्ने र समृद्ध गर्ने काम गर्दछ । जुन राष्ट्र, जुन भाषा र जुन जातिले आफ्नो बहुआयामिक प्रगति गरेको छ त्यसको साहित्यले पनि त्यसै अनुपातमा विकास विस्तार गरेको देखिन्छ । संस्कृत, अंग्रेजी, हिन्दी, उर्दु आदि भाषाहरूलाई नै लिन सकिन्छ । लेख्य लिपिको विकास नहुञ्जेलसम्म त आखिर वैदिक मन्त्रहरू पनि कण्ठ गरेर एक पुस्ताबाट अर्को पुस्तामा सार्ने काम हुँदै आयो । हजारौं वर्ष पछिको लिपि र लेखनीको विकास भएपछि मात्र जनजिव्रोमा रहेका ज्ञानगुन र मनोरञ्जन दिने काव्य, इतिहास, कथा कहानीहरूले एउटा लेख्य स्वरुप प्राप्त ग¥यो । यो बीचको समयमा जनमानसमा सिर्जना भएका कतिका लोक साहित्यको अवसान भए होला भन्ने कुरा आजको हाम्रै समाजका विभिन्न मेला–पर्व, चाडबाड र विभिन्न संस्कारिक कार
निहारिकाको चीरहरण उपन्यास प्रकाशित

निहारिकाको चीरहरण उपन्यास प्रकाशित

कला-साहित्य
सीधारेखा सम्बादाता युबा आख्यानकार नीलम कार्की निहारिकाले आफ्नो जन्म दिनको अबसरमा पारेर चीरहरण उपन्यास प्रकाशित गरेकी छिन् । महाभारतका लिनकथा भित्र पसेर लेखिएको चीरहरणमा, द्वापर युगकीसत्यवतीदेखि द्रोपदीसम्म पुग्दा  बर्तमान समयभोगाई र घटनाहरुबुनिएका छन् । अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएकी निहारिका कविता, कथा र उपन्यास मा कलम चलाउने चलाउने गर्छिन । रास्ट्रिय स्तरका कबिता प्रतियोगिताहरुमा पुरस्कृत हुदै अघि बढेकी निहारिका कथामा पनि सिद्द हस्त मानिन्छन । उनका कथा संग्रहहरु हवन, कागजमा दस्तखत र बाल मनोविज्ञानमा आधारित बेली प्रकाशित छन । बिगत नौ बर्स देखि अमेरिकामा रहेर कलम चलाई रहेकी निहारिकाको पछिल्लो प्रकासन अर्की आइमाई उपन्यास पनि चर्चाको सिखरमा रह्यो । जुन उपन्यास पाठकले अति मन पराएका थिए । चीरहरण बैशाख को द्रोस्रो साता देखि पाठकको हातमा पुग्ने कुरा प्रकाशन हाउस  सांग्रिलाले
‘मैले देखेको दुनियाँ’ लिएर आए विपीन

‘मैले देखेको दुनियाँ’ लिएर आए विपीन

कला-साहित्य
विपीन सलामीको पहिलो गजलसङ्ग्रह 'मैले देखेको दुनियाँ' शनिबार काठमाडौंमा विमोचित भएको छ । ७४ वटा गजल रहेको संग्रहलाई कालिकास्थान स्थित सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा स्रष्टा ज्ञानुवाकर पौडेल, नवराज लम्साल, गैरे सुरेश र हेम प्रभासले संयुक्त रूपमा लोकर्पण गरे । कार्यक्रममा विमोचित गजलसंग्रहका सबल र दुर्बल पक्षमाथि गजलकार पौडेल, कवि लम्साल, संगीतकार गैरे र कवि प्रभासले समीक्षा गरे । संग्रहमाथि बोल्दै ज्ञानुवाकर पौडेलले पछिल्लो समयमा नेपाली गजल क्षेत्रमा प्रकाशित भइरहेका गजलसङ्ग्रह मध्ये यो सङ्ग्रह स्तरीय रहेको धारणा राखे । उनले थपे - 'गजल उत्कृष्ट बन्नका लागि त्यसमा काव्यिक सुगन्ध हुनु आवश्यक हुन्छ, जुन सुगन्ध विपीनका गजलमा पाइन्छ । त्यसैले यस कृतिमार्फत् उनको गजलकार व्यक्तित्वसंगै कवि व्यक्तित्व पनि सार्वजनिक भएको छ ।' अर्का वक्ता हेम प्रभासले कुनै पनि साहित्यिक कृति प्रकाशन भए
पञ्चेश्वरको नाक ठोक्किने उकालो काट्दा

पञ्चेश्वरको नाक ठोक्किने उकालो काट्दा

कला-साहित्य
लोकेश साउद काठमाडौँको खुलामञ्चको गर्जनले पञ्चेश्वरका नेपाली पेटहरूलाई भोको राख्न र भारतीय सीमा सुरक्षा बलको जुत्ताको लात बाहेक केही खुवाउन सक्दैन । चर्को घाम मधुरो हुँदै गएकाले सूर्य ओरालो लागेको थियो । तर हाम्रा पाइला भने उकालोतर्फ हानिँदै थिए । कतिखेर मनै शीतल हुने गरी मन्द हावा चल्थ्यो । आफ्नै गतिमा दगुरिरहेको महाकालीको सुसाएको आवाज हावाको झोक्कासँगै कानको भित्तासम्म ठोक्किएर ओरालो लाग्थ्यो । हाम्रो भने पञ्चेश्वरको नाकै ठोक्किने उकालो चढ्नुको कुनै विकल्प थिएन । दुई दिनको पैदल यात्रापछि हामी उच्च सम्भावनाको स्थल पञ्चेश्वरमा पुगेका थियौँ । करिब तिन घण्टाको रिपोर्टिङपछि हामीले कुलाउतर्फ फर्किने कार्यक्रम तय गरेका थियौँ । जिल्लाकै दुर्गम क्षेत्रका रूपमा कहलिएको तल्लो स्वराडको पञ्चेश्वरमा पाइला टेक्ने योजना भने पुरानै थियो । महाकाली नदीमा ३१५ मिटर उच्चो बाँध बाधेर साढे छ हजार मेगावाट
फेसबुक महिमा : कबिता

फेसबुक महिमा : कबिता

कला-साहित्य
बासुदेव पाण्डेय गर्दा उन्नति तीव्र यो प्रविधिले संसार सानो भयो साझा गाउँ समान विश्व अहिले आकाश छानो भयो । को टाढा र समीप हुन्छ अहिले 'भू-ग्राम 'मा फेरियो सानो यन्त्र चलाउँदै घर बसी संसार नै हेरियो ।। साथी भेट्न र खोज्न फेसबुकले बाटो बतायो तर मान्छेमा मन छैन लाग्छ मुटुमा राखेछ झैॅ पत्थर । मारी उच्च छलाङ यो प्रविधिले संसार फेरे पनि मान्छे बस्दछ मूर्तितुल्य नजिकै बोल्दैन हेरे पनि ।। फोटो टाँस्छ कि प्रेम गाँस्छ र त ऊ हेर्दा सधैॅ व्यस्त छ खेली खेल रमाउने हरघडी वा च्याटमा मस्त छ । आँखा जोत्छ र पत्र पोत्छ जसले त्यो देह नै लस्त छ आस्था सङ्कटमा परेर कतिको सम्बन्ध सन्त्रस्त छ ।। सिङ्गो विश्व बने नि गाउँ मनको मैदान सानो भयो धेरै मित्र भए नि फेसबुकमा आफ्नै बिरानो भयो । बढ्छन्, द्वन्द्व, विकार वा कलुषता राखे झुटा तस्विर आफ्नाको बदनाम, ज्यान कतिले फाले,
उनको लोग्ने, उनी अनि म

उनको लोग्ने, उनी अनि म

कला-साहित्य
राजेन्द्र तारकिणी उनको लोग्नेः उनको लाग्नेलाई के रोग लागेको हो ? कुनै डक्टरले बताउन सक्दैन । युरोप÷अमेरिकातिरको कुरो यो होइन । ऊ कहिल्यै उताका डक्टर÷वैज्ञानिकलाई आफ्नो छालाको वस्तु स्क्यानिङ गराउन गएको छैन । यो उसको हैसियतको कुरो थिएन । तर उसकी महान् हैसियतवाली श्रीमतीले त पटकपटक कर गरेकै हो । तर, आफूले ओगटेको एक तुच्छ देशीय क्षेत्रफल छोडेर अन्तै जान उसले मान्दै मानेन । कति सङ्कुचित मान्छे ! नेपालभरका कुनै पनि डक्टरले उसलाई पत्ता लगाउन सकेनन् । ऊ को हो, आखिर किन यस्तो दुख्ने ग्रन्थीहरूको कारखाना आफूभित्र पालेर मर्दै गइरहेको छ ? तर, निको हुन चाहन्न । ऊ निको हुन चाहन्न ? अथवा उसको व्यथा÷पीडा डक्टरले निको बनाउन सक्दैन ? नेपालका अधिकांश डाक्टरमा विद्वताको घमण्ड छ, जसलाई उनीहरू आफ्नो योग्यता ठान्छन् भन्ने उसलाई लागेको छ । सेतोकोट र स्टेथेस्कोपधारी डक्टर स्वेत आतंककारी जस्ता लाग्
error: Content is protected !!