कला-साहित्य

देविका तिमिल्सिनाको कथाकारितामाथि परिचर्चा

देविका तिमिल्सिनाको कथाकारितामाथि परिचर्चा

कला-साहित्य
काठमाडौँ । कथाकार देविका तिमिल्सिनाको  कथाकारिता र उनको  नविनतम कृति ’पृथ्वी आफ्नै अक्षमा घुमिरहेछ’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाल वाङ्मय परिषदको आयोजनामा शनिबार राजधानीमा भएको सो परिचर्चा कार्यक्रम परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षता एवम् प्रगतिशिल लेखक संघका अध्यक्ष, प्राज्ञ मातृका पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । साहित्यकार दीपसागर पन्तको उदघोषणमा सम्पन्न भएको सो समारोहमा कविराज भट्ट बिलौनाले स्वागत भाषण गरेका थिए । कथाकार देविका तिमिल्सिनाको कथाकृति ‘पृथ्वी आफ्नै अक्षमा घुमिरहेको छ’ माथि आर.एम. डंगोल एवम् डा. शान्तिमाया गिरीले आफ्ना अभिमत राखे भने पुरुषोतम सुवेदीले कथाकार तिमिल्सिनाको व्यक्तित्व एवम् उनको कथायात्राका बारेमा चर्चा गरेका थिए । समारोहमा आख्यानकारहरू नारायण ढकाल, इस्माली, गोपाल अश्क, पवन आलोकले लेखकलाई शुभकामना दिनुका साथै समकाल
धनगढीमा लघुुकथा विमर्श र वाचन गोष्ठी

धनगढीमा लघुुकथा विमर्श र वाचन गोष्ठी

कला-साहित्य
धनगढी । धनगढीमा लघुुकथा विमर्श र वाचन गोष्ठी सम्पन्न भएको छ । लघुकथा समाज, काठमाडौं र नेपाल वाङ्मय परिषद, धनगढीका आयोजनामा गत बिहीबार भएको सो समारोहको अध्यक्षता नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुुष्करराज भट्ट र प्रमुुख अतिथि लघुकथा समाजका कोषाध्यक्ष सुुमन सौरभ थिए । कार्यक्रमको सञ्चालन नेपाल वाङ्मय परिषदका कोषाध्यक्ष तिलकबहादुुर सिंह एवम् स्वागत भाषण उपाध्यक्ष मेघनाथ खनालले गरेका थिए । कार्यक्रममा आफ्नो विचार राख्ने क्रममा सुुमन सौरभले नेपाली साहित्यका क्षेत्रमा लघुुकथा समाजले गरेका क्रियाकलापको बारेमा चर्चा गर्नाका साथै लघुकथा बन्न आवश्यक तत्वका बारेमा समेत चर्चा गरे । कार्यक्रममा सहभागीहरुले नेपाली लघुुकथा विषयमा आफ्ना जिज्ञासा एवम् विचार प्रस्तुुत राखेका थिए । यस गोष्ठीमा श्रेष्ठ प्रिया पत्थर, हेमन्ती जोशी, जनक रसिक, पुुष्पा जोशी, डिल्लीराज जोशी, मिन बाब्ली, प्रदिप उदास, कलम चलाउ
धनगढीमा आख्यान एवम् बालसाहित्य गोष्ठी सम्पन्न

धनगढीमा आख्यान एवम् बालसाहित्य गोष्ठी सम्पन्न

कला-साहित्य
धनगढी । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वाङ्मय परिषदको संयुुक्त आयोजनामा धनगढीमा आख्यान एवम् बालसाहित्य गोष्ठी सम्पन्न भएको छ । यही वैशाख १४ र १५ गते स्थानीय कैलाली जनपुस्तकालयको सभाकक्षमा भएको गोष्ठीको उद्घाटन प्रमुुख अतिथि प्रदेश नम्बर सातका माननीय सभामुुख अर्जुुनबहादुुर थापाले गरेका थिए । समारोहमा प्रदेश नम्बर सातका आन्तरिक मामिला एवम् कानुनमन्त्री प्रकाशबहादुुर शाहको विशिष्ट आतिथ्य एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम् आख्यान विभाग प्रमुख मातृका पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम् बालसाहित्य एवम् लोकवार्ता विभाग प्रमुुख नर्मदेश्वरी सत्यालको महत्वपूूर्ण उपस्थिति रहेको थियो । पहिलो दिनको कार्यक्रममा उदघाटन समारोह, कार्यपत्र प्रस्तुुत, स्रष्टा सम्मान एवम् रचना वाचनको कार्यक्रम रहेको थियो । नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुुष्करराज भट्टको
साहित्यकार हरिहर खनाल सम्मानित

साहित्यकार हरिहर खनाल सम्मानित

कला-साहित्य
काठमाडौँ । नेपाली साहित्यका सुप्रसिद्ध स्रष्टा हरिहर खनाल नेपाली वाङ्मय साधना सम्मानबाट सम्मानित भएका छन् । नेपाल वाङमय परिषद्‍, धनगढीले आज दिउँसो राजधानीमा एक समारोहका बीच साहित्यकार हरिहर खनाललाई 'नेपाली वाङमय साधना सम्मान' प्रदान गरेको छ | प्रमुख अतिथि मोहन दुवाल, अतिथि प्राज्ञ मातृका पोखरेल र सभाध्यक्ष डा. पुष्करराज भट्टको हातबाट प्रदान गरिएको उक्त सम्मानको राशी रू दस हजार एक नगद रहेको छ | कार्यक्रममा उपस्थितहरूको स्वागत तिलकबहादुर सिंहले गरेका थिए भने लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, त्रिपुर साहित्य समाजका अध्यक्ष महेश प्रसाईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए | त्यसरी नै प्रा. तेजविलास अधिकारीले सम्मानित व्यक्तित्त्वबारे विस्तृत प्रकाश पारेका थिए | उपप्राध्यापक भुवन बोहोराको उद्‍घोषणमा संचालित कार्यक्रममा करीब तीन दर्जन जति साहित्यकारहरूको उपस्थिति
प्रलेस परिसंवाद सम्पन्न

प्रलेस परिसंवाद सम्पन्न

कला-साहित्य
काठमाडौँ । प्रगतिशील लेखक संघ केन्द्रीय समितिद्वारा हरेक महिनाको पहिलो शुक्रवार संचालन गरिने ‘प्रेलेस परिसंवाद’को तेह्रौं शृंखलामा अन्तर्गत ‘नेपाली गजलमा प्रगतिवाद’ विषयमा परिचर्चा सम्पन्न गरेको छ । नेपाली गजलमा विद्यावारिधि गरेका डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले गजल साहित्यको ऐतिहासिक परम्परा, नेपाली गजलको इतिहास, र नेपाली गजलमा प्रगतिवादको प्रारम्भ, विकास एवं मूल स्रस्टा तथा तिनका मूल प्रवृत्तिको बारेमा आफ्ना दृष्टिकोण प्रस्तुत गरेका थिए । सो परिचर्चामा डा. विन्दु शर्मा, डा. भागवत ढकाल, भुवन निस्तेज, विष्णु थिङ्, आर. एम. डङ्गोल, नारायण निरासी आदिले विमर्शमा भाग लिएका थिए । प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोख्रेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन प्रलेस केन्द्रीय महासचिव आर. एम. डङ्गोलले संचालन गर्नका साथै केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक डा. पुस्करराज भट्टले कार
‘स्वको खोजी’ सार्वजनिक

‘स्वको खोजी’ सार्वजनिक

कला-साहित्य
काठमाडौँ । साहित्यकार एकदेव अधिकारीले विभिन्न विदेशी भाषामा लेखिएका लघुुकथालाई नेपाली भाषामा अनुुवाद गरेर कृति प्रकाशन गरेका छन् । हिजो राजधानीमा एक समारोहका बीच लघुुकथा अनुुवाद कृति 'स्वको खोजी'को विमोचन सम्पन्न भयो । बि.एन. पुुस्तक संसारबाट प्रकाशित यो कृतिको विमोचन कार्यक्रमको संयोजन साहित्यकार श्रीराम राईले गरेका थिए । उक्त विमोचन समारोहमा लघुुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नेपाली लघुकथामा विद्यावारिधि गर्नुुभएका डा. पुुष्करराज भट्ट, पत्रकार एवम् लेखक यशोदा अधिकारी, कृतिका अनुुवादक एकदेव अधिकारी, लघुुकथा कुुनोका नारायण तिवारी एवम् घनश्याम डल्लाकोटीले आफ्नो शुुभकामना मन्तव्यका साथै समीक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा सहभागी सबैलाई बि एन पुुस्तक संसारको तर्फबाट सूूर्य विसीले स्वागत गरेका थिए ।
टेकराज भट्टको डोटेली गजल

टेकराज भट्टको डोटेली गजल

कला-साहित्य
त्यारबाणो उसोइ छ कपक्क खाइ झाँ प्यारबाणो खोयौलो लसक्क आइ झाँ खुट्टेसो गरि बरी उछिट्टो लाग्यो मान्नी, जोत्यो खेत मनौनिको सपक्क साइ झाँ साझा माइको बाझो निरुठो धेकिन्छ, वीउ दाना गेडा हाल टमक्क बाइ झाँ उमाल कौल झान्छे जन उमल तती, पख पख गेदा छन् थोक्कै त थाइ झाँ इचलो फुटलो धेक्या कनलो उदरलो, मल बगलो उच्चो सारो उकेरो लाइ झाँ ।
साहित्यकार इन्द्रबहादुर राईको निधन

साहित्यकार इन्द्रबहादुर राईको निधन

कला-साहित्य
काठमाडौँ । नेपाली भाषा साहित्यका अथक साधक इन्द्रबहादुर राईको मंगलबार साँझ निधन भएको छ। ९० वर्षीय प्रख्यात साहित्यकार राई लीलालेखनका सुरुवातकर्ता तथा आयामेली साहित्यका सर्जक दार्जिलिङमा बसोबास गर्थे। उनी लामो समयदेखि विभिन्न विरामीसँग जुधिरहेका थिए। दार्जिलिङका साहित्यकारहरुले उनको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक सञ्जालहरुमा दु:ख व्यक्त गरिरहेका छन्। उनको ‘आज रमिता छ’लगायत पुस्तक तथा अन्य सिर्जनाहरु प्रकाशित छन्।
वरिष्ठ साहित्यकार मनु ब्राजाकीको निधन

वरिष्ठ साहित्यकार मनु ब्राजाकीको निधन

कला-साहित्य, विविध
काठमाडौँ । वरिष्ठ सहित्यकार मनु ब्राजाकीको निधन भएको छ। ७५ वर्षीय ब्राजाकीको शुक्रबार बिहान निधन भएको हो। मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । ललितपुर जिल्लाको सैँबुमा बस्ने उनका श्रीमती, एक छोरा र एक छोरी छन् । ब्राजाकी कथा तथा गजल लेखनमा सुप्रसिद्ध छन् । उनका ‘तिम्री स्वास्नी र म’, 'पारदर्शी मान्छे', ‘अन्नपूर्णाको भोज’ कथासंग्रह तथा गजल गङ्गा, काँडाका फूलहरु आदि गजल सङ्ग्रह प्रकाशित छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनी केही समययता अमेरिका बस्दै बएका थिए ।
जनमत प्रकाशनले यस वर्ष १० स्रष्टालाई सम्मान गर्ने

जनमत प्रकाशनले यस वर्ष १० स्रष्टालाई सम्मान गर्ने

कला-साहित्य
काठमाडौँ । विगत तीन दशकदेखि नेपाली साहित्यको सेवामा समर्पित जनमत प्रकाशनले कृति प्रकाशन, विमोचन, अन्तर्क्रियाका साथै विभिन्न साहित्यिक समारोहको आयोजना गर्ने गरेको छ । तीन दशक अघिदेखि जनमत साहित्यिक मासिकका तर्फबाट नेपाली साहित्यको सेवामा निरन्तरता दिइरहेको जनमत वाङ्मय प्रतिष्ठानको तर्फबाट यसपटक चैत्र २४ गते वार्षिकोत्सवमा सम्मान एवम् पुरस्कार वितरण गर्ने भएको छ । जनमत प्रकाशनले यस वर्ष प्रदान गर्ने पुरस्कार एवम् सम्मानको घोषणा गरेका सम्मान, पुुरस्कार यस प्रकार रहेका छन् । (१) केवलपुरे जनमत सम्मान– पूर्णदेवी न्यौपाने (लमजुुङ) (२) भारती जनमत साहित्यिक पत्रकारिता सम्मान– सरस्वती शर्मा जिज्ञासु (पर्वत) (३) दिपा जनमत सम्मान–भारद्वाज मित्र (सिन्धुुपलाञ्चोक) (४) जनमत जनक सेवा सम्मान–रत्नप्रसाद अनामणि श्रेष्ठ (काभ्रे) (५) जनमत महेन्द्रलाल कलाकार सम्मान–मञ्जुु स्याउला (काभ्रे) (६) ह्