कला-साहित्य

उनको लोग्ने, उनी अनि म

उनको लोग्ने, उनी अनि म

कला-साहित्य
राजेन्द्र तारकिणी उनको लोग्नेः उनको लाग्नेलाई के रोग लागेको हो ? कुनै डक्टरले बताउन सक्दैन । युरोप÷अमेरिकातिरको कुरो यो होइन । ऊ कहिल्यै उताका डक्टर÷वैज्ञानिकलाई आफ्नो छालाको वस्तु स्क्यानिङ गराउन गएको छैन । यो उसको हैसियतको कुरो थिएन । तर उसकी महान् हैसियतवाली श्रीमतीले त पटकपटक कर गरेकै हो । तर, आफूले ओगटेको एक तुच्छ देशीय क्षेत्रफल छोडेर अन्तै जान उसले मान्दै मानेन । कति सङ्कुचित मान्छे ! नेपालभरका कुनै पनि डक्टरले उसलाई पत्ता लगाउन सकेनन् । ऊ को हो, आखिर किन यस्तो दुख्ने ग्रन्थीहरूको कारखाना आफूभित्र पालेर मर्दै गइरहेको छ ? तर, निको हुन चाहन्न । ऊ निको हुन चाहन्न ? अथवा उसको व्यथा÷पीडा डक्टरले निको बनाउन सक्दैन ? नेपालका अधिकांश डाक्टरमा विद्वताको घमण्ड छ, जसलाई उनीहरू आफ्नो योग्यता ठान्छन् भन्ने उसलाई लागेको छ । सेतोकोट र स्टेथेस्कोपधारी डक्टर स्वेत आतंककारी जस्ता लाग्
वसन्तका पाइला

वसन्तका पाइला

कला-साहित्य
तीर्थराज भट्ट सुदूरपश्चिमको कुनै विकट पहाडको फेदमा अवस्थित एउटा गाउँ । वसन्त ऋतुको आगमनसँगै गाउँको सुन्दरता दुगुना भएको थियो । गाउँका दुवैतर्फ नदीहरू निरन्तर बगिरहेका, गाउँको फेदमा दोभान बनाउँथे । छरिएका घरहरूबीच रहेका रूखहरूले विशुद्ध हरियाली छाउँदै शोभा बढाउँथे । गाउँकाबीचतिर एउटा देवस्थान थियो, मूलबाटो छेउ । ओहोर–दोहोर गर्नेहरू पाती चढाउँदै शिर निहुराएर जान्थे । गाउँको सिरानतिर घना जङ्गल देखिन्थ्यो । दिनमा चराहरू गाउँथे । रातीतिर जङ्गलमा विभिन्न जनावरहरू कराएको आवाज सुनिन्थ्यो, जसको जवाफ गाउँबाट कुकुरहरूले दिन्थे । गाउँको यस सुन्दरताको सत्रु थियो त्यहाँको गरिवि । कुरा आजभन्दा करिव पचास–पचपन्न बर्ष पहिलाको हो । आधुनिकता र विकासको कुनै प्रवाह पुगेको थिएन त्यहाँ । मानिसहरू निरन्तर संघर्षरत रहन्थे । केवल विहान बेलुकीको जीविकाका निम्ति । बालबालिकाहरूको जीवन प्रायः बात्सल्यबिहीन अनि निरी
स्वर्गतिरको यात्रामा

स्वर्गतिरको यात्रामा

कला-साहित्य
राजेन्द्र तारकिणी ‘कि गरी छोड्छु, कि मरी छोड्छु’ भन्ने लोकोक्ति मनभरि सुसेल्दै म उहिलेको नेपाल–खाल्डो र अहिलेको नेपाल–राजधानी काठमाडौँ शहर छिरेको थेँ, झण्डै दुई वर्षअघि । काठमाडौँ बसाइको यस अवधिमा जन्मकर्ता र जन्मधर्ताको झलझली याद नआएको होइन । तथापि घरतिर जान सकिनँ, भ्याइनँ । घरबाट बेलाबेला ‘बाआमा त तिमीलाई नै सम्झेर रुन्छन्’ भनेर भाइको हातबाट मेरो मोबाइलमा म्यासेज आउथ्यो । दश जोड दुई (कक्षा १२) को परीक्षा सक्काएर लगत्तै घर जाने मेरो एउटा मनस्थिति थियो । अर्को मनस्थिति थियो, केही समय रोकिने र अधुरा सपना पूरा गरेर जाने । रोकिएँ । तर कताकता दिक्दारी लागेर आयो । गाउँघरको यादले पनि सताउन थाल्यो । परीक्षा दिएर बसेको केही दिनपछि उमाशिपले सूचना जारी ग¥यो । कम्प्युटर साइन्सको परीक्षा देशव्यापी रूपमै रद्द भएको रे ! कारण थियो– काठमाडौँका केही ठालु शिक्षक र केन्द्राध्यहरूले परीक्षा अगावै प्
दीपक नेपालको पहिलो कथासङ्ग्रह बिमोचन

दीपक नेपालको पहिलो कथासङ्ग्रह बिमोचन

कला-साहित्य
राजेन्द्र तारकिणी काठमाडौं, १३, चैत्र, युवा कथाकार दीपक नेपाल आफ्नो पहिलो कथासङ्ग्रह रित्तो आकाश लिएर आएका छन् । कथासङ्ग्रहको शनिबार आख्यानकार नारायण ढकालले सार्वजनिक गरेका हुन् । प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा विमोचित किताबमाथि नारायण ढकाल, उपेन्द्र सुब्बा र गुरुङ सुशान्तले टिप्पणी एवं समीक्षा गरेका थिए । किताबमाथि बोल्दै समीक्षक गुरुङ सुशान्तले भने, ‘कथाले समकालीन समाजको व्यथा चित्रण गर्न सफल भए पनि जनयुद्धको वा राजनीतिको तटस्थतामा बसेको जस्तो लाग्यो ।’ आख्यानकार नारायण ढकालले भने, ‘अहिलेको समाजमा कथा लेख्न हिम्मत गर्नु राम्रो कुरा हो । यत्तिको उमेरमा कथाकारको रूपमा आउनु भएकोमा स्वागत गर्न चाहन्छु ।’ आफूले कथा लेख्न थाल्दाको समय सम्झिँदै ढकालले भने, ‘मैले लेखेको पहिले कथासङ्ग्रह यत्तिको पनि थिएन, आशा गरौँ दीपकबाट हामीले भविष्यमा राम्रो आख्यान पढ्न पाउनेछौं ।’ स
आशु गजल संग्रहको विमोचन

आशु गजल संग्रहको विमोचन

कला-साहित्य
भगिरथ अवस्थी दार्चुला, फाल्गुन २०, दार्चुलाको खलंगामा आज आयोजित एक कार्यक्रमका बीच हेमन्त खातिद्धारा डोट्याली भाषामा लिखित एक गजल संग्रह विमोचन गरीएको छ । कृति विमोचन कार्यक्रममा खातिद्धारा लिखित आशु नामक डोट्याली गजल संग्रहको विमोचनमा जिल्ला शिक्षा अधिकारी डा. बाबुराम ढुङगाना प्रमुख आतिथि रहनु भएको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी हर्क बहादुर सिह, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक शुसिल सिह राठौर लगायतले अगामि दिनहरुमा मुस्कान, खुशी र शान्ति नामक गजलहरु बजारमा पुगुन भन्दै शुभकामना व्याक्त गर्नु भएको थियो । साहित्यको एउटा विधालाइ अंगाल्दै सुदुरको भाषा जर्गेना गर्न निरन्तर कलम चलाइ रहेको गजल स्रष्टा हेमन्त खाँतीलाइ समसामयिक विषयमा पनि गजल भएकोमा कार्यक्रममा सहभागिहरुले खुशी व्याक्त गरेका थिए । कार्यक्रममा सुर्य लाईफ ईन्स्योरेन्स कम्पनीका नरेश भट, हेमन्त खाति लगायतले गजल वाचन
उदितनारायण झालाई पद्मभूषण सम्मान

उदितनारायण झालाई पद्मभूषण सम्मान

कला-साहित्य
गायक उदितनारायण झालाई भारतले पद्मभूषण पुरस्कारबाट सम्मान गरेको छ। भारत सरकारले दिने तेस्रो ठूलो नागरिक सम्मान पाएका नेपाली गायक झा लामो समयदेखि बलिउड फिल्म संगीतमा क्रियाशील छन्। उनले भारतमै रहेर पनि थुप्रै नेपाली गीत गाएका छन्। भारतीय गणतन्त्र दिवसको अवसरमा दिइने उक्त पुरस्कार उदितसँगै ब्याड्मिन्टन खेलाडी सायना नेहवाल, टेनिस खेलाडी सानिया मिर्जा, बलिउड अभिनेता अनुपम खेर, उद्योगपति धिरूभाई अम्बानी (मरणोपरान्त), अभिनेता रजनिकान्त, आध्यात्मिक गुरु रविशंकर र फिल्मकर्मी रामोजी रावलाई पद्मविभूषण प्रदान गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
एलियनको पृथ्वीभ्रमण बालकथा संग्रह लोकार्पित

एलियनको पृथ्वीभ्रमण बालकथा संग्रह लोकार्पित

कला-साहित्य
भक्तपर, पुस २५ - कथाकार जितेन्द्र रसिकको तेस्रो कृति एलियनको पृथ्वी भ्रमणको शनिबार भक्तपुरमा एक कार्यक्रमकाबिच लोकार्पण गरिएको छ ।   भक्तपुर साहित्यिक समाजको स्थापना दिवसको अवसरमा प्राध्यापक डाक्टर देवी सुवेदीले बाल कथा संग्रह लोकार्पण गर्नुभएको हो । कार्यक्रममा  प्राध्यापक डाक्टर सुवेदीले प्रकाशित सचित्र कथा पढेर बालबालिकाले मनोरञ्जन र ज्ञान हासिल गर्न सक्ने बताउनुभयो ।  स्वदेश प्रकाशन प्रालिले प्रकाशन गरेको संग्रहभित्र पेन्सिलको अदालत, क्यामेराको झगडा, काग र कोइलीको विहे, एलियनको पृथ्वी भ्रमण, टाइक्यापे खैरे, लाँकुरी र काजी शीर्षकमा ६ वटा कथाहरु संग्रहित छन् ।  कथाकार रसिकले बालबालिकाहरु मुछिएका माटो र स्रष्टाहरु कलाकार हुन् भन्दै मुछिएका माटोलाई कलाको स्वरुप दिने र  देशको बगैंचा सिंगार्ने काम स्रष्टाहरुबाट हने बताउनभयो । बालबालिकाको मनोभावलाई समेटिएको कथाहरुले उनीहरुलाई चेतना र
झमकलाई दोस्रो लैनसिंह वाङ्देल पुरस्कार

झमकलाई दोस्रो लैनसिंह वाङ्देल पुरस्कार

कला-साहित्य
मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेलाई ‘दोस्रो लैनसिंह वाङ्देल पुरस्कार’ प्रदान गरिएको छ । वाङ्देलको ९१औँ जन्मजयन्तीको अवसरमा आज धनकुटामा एक कार्यक्रमको आयोजना गरी भारतको कोलकत्तास्थित लैनसिंह वाङ्देल साहित्य कला प्रतिष्ठानले घिमिरेलाई पुरस्कृत गरेको हो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गणेश प्रधानले १० हजार एक नगद राशिको उक्त पुरस्कार घिमिरेलाई प्रदान गरे । मदन पुरस्कार विजेता सहित्यकार घिमिरेलाई पुरस्कृत गर्न भारतको कोलकत्तादेखि प्रतिष्ठानको टोली धनकुटा आइपुगेको हो । यसअघि उक्त पुरस्कार दार्जिलिङका राजनारायण प्रधानलाई प्रदान गरिएको थियो ।  पुरस्कृत भएपछि साहित्यकार घिमिरेले लिखित मन्तव्यमार्फत साहित्यमा आफूले सबैभन्दा मन पराएका थोरै व्यक्तिमध्येका वाङ्देलको स्मृतिमा स्थापित पुरस्कार पाउँदा खुसी लागेको बताइन् । धनकुटा नगरपालिका–३ कचिडे स्थायी घर भएकी साहित्यकार घिमिरे श