कला-साहित्य

चित्रकला प्रतियोगितामा संस्कृतिका गोपेश बाहेती प्रथम

चित्रकला प्रतियोगितामा संस्कृतिका गोपेश बाहेती प्रथम

कला-साहित्य
काठमाडौँ । राजधानीमा 'काठमाडौँ भ्याली इन्टरस्कुल आर्ट कम्पिटिसन' सम्पन्न भएको छ । उपत्यकाभित्रका ५३ वटा विद्यालयको सहभागिता रहेको उक्त चित्रकला प्रतियोगितामा संस्कृति इन्टरनेसनल स्कुलका कक्षा ९ का छात्र गोपेश बाहेती प्रथम भएका छन् । त्यसै गरी दोस्रो स्थान ब्राइट होराइजन स्कुलका छात्र रविना थापा र तेश्रो स्थान हिलटाउन इन्टरनेसनल स्कुलका छात्र रोशन महर्जनले हात पारेका छन् । यस प्रतियोगिताको टप १० विजेतामध्ये संस्कृति इन्टरनेसनल स्कुलका ६ जना सहभागीले मुख्य स्थान हात पार्न सफल भएको छन् । प्रतियोगितामा कक्षा ५, ६ र ७ का विद्यार्थीको एउटा समूह र कक्षा ८, ९ र १० को अर्को समूह निर्माण गरी प्रतियोगिताको आयोजना गरिएको थियो । पुष्पसदन आल्मुनियम एसोसिएसनले आयोजना गरेको उक्त चित्रकला प्रतियोगितामा संस्कृति स्कुलबाट सहभागी अन्य टप १० मा पर्न सफल विद्यार्थीमा सिद्धी बाहेती, आयुश नकर्मी, ऋतिका भ
नीलम कार्कीको ‘योगमाया’लाई मदन पुरस्कार

नीलम कार्कीको ‘योगमाया’लाई मदन पुरस्कार

कला-साहित्य
काठमाडौं । नीलम कार्की ‘निहारिका’को उपन्यास ‘योगमाया’लाई २०७४ सालको मदन पुरस्कार प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीले योगमाया कृतिका लागि निहारिकालाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यसैगरी गुठी प्रदान गर्ने जगदम्बाश्री पुरस्कार शान्तदास मानन्धरलाई दिइने भएको छ । बाल साहित्यको विकास, विस्तार तथा प्रवर्द्धनमा पाँच दशकदेखि समर्पित रहेकोले मानन्धरलाई जगदम्बाश्री पुरस्कार दिइने निर्णय गरिएको गुठीले बताएको छ । दुबै पुरस्कारको राशी दुई दुई लाख रुपैयाँको रहेको छ । मदन पुरस्कारका लागि यो वर्ष योगमायासहित नयनराज पाण्डेको यार, सरस्वती प्रतीक्षाको नथिया, ध्रुवसत्य परियारको कैरन, मोहन वैद्यको हिमाली दर्शन, यज्ञशको भुइयाँ, तीर्थ गुरुङको पाठशाला र राज माङ्लाकको लिम्बुनी गाउँ अन्तिम ८ को सूचीमा थिए ।
बाल कविता : प्रकृति र चित्रकला

बाल कविता : प्रकृति र चित्रकला

कला-साहित्य
आयुश बलामी नकर्मी  कक्षा ८  संस्कृति इन्टरनेसनल स्कुल हलचोक, स्वयम्भू, काठमाडौँ चित्रकला संसारलाई चम्काउँछ सधैँ सभ्यता र संस्कृतिलाई झल्काउँछ सधैँ एउटै चित्रले हजारौँ शब्द बोल्दछ एउटै चित्रले विश्वमा शान्ति जगाउँछ धेरै कुरा थोरैमा भन्न चित्र कोर्नु पर्छ कलाकारले प्रकृतिको कला चोर्नु पर्छ जुन कुरालाई मनले छुन्छ त्यसलाई कोर्न सक्छौँ चित्रकला भित्र हामी जीवन जोड्न सक्छौँ कला विना हाम्रो जीवन फिक्का हुने गर्छ कलाले नै मानिसको जीवन छुने गर्छ कलाले नै संसारको रहस्यलाई खोल्छ प्रकृतिको विराटता चित्रले नै बोल्छ ।
बलात्कारपछि हत्या गरिएकी निर्मालाको यथार्थ घटनामा आधारित गीत सार्वजनिक (भिडियोसहित)

बलात्कारपछि हत्या गरिएकी निर्मालाको यथार्थ घटनामा आधारित गीत सार्वजनिक (भिडियोसहित)

कला-साहित्य
बैतडी । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएको यथार्थ घटनामा आधारित गीत सार्वजनिक भएको छ । बसन्ती भट्ट, गौरव गिरी र नानु तामाङ्को स्वरमा रहेको मनै रुवाउने हृदयस्पर्शी गीत लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फ सार्वजनिक गरिएको हो । किशोर भट्टले लेखेको ‘संगिका घर झान्झ्या श्रद्धाञ्जली पाएइ निर्माला’ बोलको गीत निकै नै भावुक बनाउन खालको रहेको छ । उक्त गीतको भिडियोलाई नवराज भट्टले सम्पादन गरेका छन् । गीतको बजाव्यवस्थापनको काम बह्मगुरु म्युजिकले गरेको छ । स्थानिय भाषामा बनाईएको गीतलाई प्रदेश नं. ७ मात्रै नभएर देशैभरीबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ । यो समाचार तयार पार्दासम्म गीतलाई करिब १० हजार पटक हेरिएको छ । उक्त गीतको भिडियोले ५ सयको हाराहारीमा लाईक पाएको छ । उक्त गीतमा आएका सबै एक सय प्रतिक्रिया निकै नै भावुक अनि गीत निर्माण पक्षको प्रशंसामा केन्द्रित छन् । साउन १२ गते कञ्चनपुरको
‘ऋतु फेरिँदै जान्छ’ कथा कृतिमाथि विमर्श

‘ऋतु फेरिँदै जान्छ’ कथा कृतिमाथि विमर्श

कला-साहित्य
काठमाडौँ । कथाकार इन्द्रकुुमार श्रेष्ठ सरितको कथा कृति "ऋतु फेरिँदै जान्छ" माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष मातृका पोखरेलको अध्यक्षता, महासचिव आरएम डंगोलको सञ्चालनमा सम्पन्न भएको सो कार्यक्रममा कोषाध्यक्ष कृष्णहरि भट्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा समालोचक प्रा.डा. गोपिन्द्र पौडेलले इन्द्रकुमारका कथा सङ्क्रमणकालीन नेपाली समाजको जीवन्त इतिहास भएको विचार व्यक्त गर्नुभयो । संग्रहमा संग्रहित २५ थान कथाहरुमाथि विहंगम समालोचकीय मन्तब्य राख्दै कथाकार सरितको यो संग्रहले दश बर्षे सशस्त्र संघर्ष र १९ दिने जनआन्दोलनको मर्म र भावनालाई टपक्क टिपेर पाठकहरु समक्ष प्रस्तुत गरेको कुरा बताए. मन्तव्यको क्रममा उनले अबको चालिस पचास बर्षपछी उनको यस कृतिमा तत्कालीन समाजले नेपाली समाजको एउटा इतिहास आख्यान मार्फत खोज्ने कुरा बताए. प्रगतिवादी कथाका दृष्टिले सरितका कथ
केपी ओलीको कविताः मरे पनि केही छैन, सपना देख्न पाऊँ !

केपी ओलीको कविताः मरे पनि केही छैन, सपना देख्न पाऊँ !

कला-साहित्य, मुख्य समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरिमा गएर कविता लेखेका छन् । मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको तीन दिने हिमवत कला साहित्य सम्मिलनको अन्तिम दिन प्रधानमन्त्री ओली पनि चन्द्रागिरि पुगेका हुन् । आइतबार बिहान चन्द्रागिरि पुगेका प्रधानमन्त्री ओलीले त्यहीँ कविता लेखेका हुन् । शीर्षकबिनाको प्रधानमन्त्रीको कवितामा मरेपछि पनि सपना देख्न पाइयोस् भन्ने कामना गरिएको छ । यस्तो छ प्रधानमन्त्रीको कविता: परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र ! बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदै छ। मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ सगरमाथा, लुम्बिनी, मेची, महाकाली हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली । सपनामा भए पनि देख्न पाउँ चन्द्रागिरिको डाँडामा आएर सपनामा भावी सन्तति मुस्कुराएको देख्न पाउँ तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ म मरेपनि के
गीत : तिम्रो याद जब आँउछ…

गीत : तिम्रो याद जब आँउछ…

कला-साहित्य
विश्व सिग्देल तिम्रो याद जब आँउछ, गुनगुनाउदै जून हिँड्छ ओठको गीत छोई हावा, सुनाउँदै धुन हिँड्छ बाटो छेउको पत्थरझैँ, भाग्य छ कि थाहा छैन काटी मूर्ति बनावटी, बनाउने चाह छैन जता जान्छु सँगसँगै गुन हिँड्छ बैगुन हिँड्छ तिम्रो याद ............................................ सपना हौ तिमी भने, निँद पनि भूल्न सकूँ विपना हौ तिमी भने आकाशझैँ खुल्न सकूँ तिमीले छोए फलामको आत्माभित्र सुन हिँड्छ तिम्रोे याद ........................................ ।
बाल कविता : मेरी आमा

बाल कविता : मेरी आमा

कला-साहित्य
तनुशा महरा  कक्षा ७, संस्कृति इन्टरनेसनल स्कुल हलचोक, काठमाडौँ  मेरी आमा तिमी धर्तीजस्तै महान् छ्यौ सागरजस्तै विशाल छ्यौ रातीको आकाशजस्तै जगमगाउँदी छ्यौ। आमा तिम्रो माया त असाध्यै गाढा रहेछ ममता, स्नेह र भावनाले भरिपूर्ण रहेछौ तिमी आफ्नो दु:ख र पीडालाई भुलाई मलाई मुस्कुराउन सिकायौ तिमीले। तिमीले ममाथि साहस भर्दै भनेकी थियौ जीवनमा थुप्रै उकाली ओराली आउने छन् हर क्षण, हरपल, हर मोडमा आमाको याद आउने छ। आमा तिमी त एउटा कुवा हौ जो महानताले आफूभन्दा माथि उठेर जिन्दगीभर सन्तानको प्यास मेटाइरहन्छ्यौ आमा तिमी त एउटा सिङ्गो नदी हौ जसमा म आफ्नो डुङ्गा तैराउँछु । आमा तिमी त एउटा बाटो हौ जसमा म कठिनाइसँग जुधेर आफ्नो गन्तव्यसम्म पुग्छु आमा तिमी त एउटा खुला आकाश हौ जहाँ म आफ्नो चङ्गा उडाउँछु त्यसैले त आमा तिमी कति महान् छौ ।
यादहरू : समयका आहारा

यादहरू : समयका आहारा

कला-साहित्य
गजल  दीपसागर प्यासी आकाशभरि देखिने ती तिम्रो यादका सितारा हुन् यस्तो लाग्छ आँखा हैन फेवा अनि यी रारा हुन् सम्पत्तिलाई आमाबुबा ठान्ने यस्तो जमानामा भो नभन्नु छोराछोरी बुढेसकालका सहारा हुन् रफ्तारमा बगेको छ जीवन नदी यहाँ हाम्रो यो नदीलाई भिन्न गर्ने मात्र दुई किनारा हुन् कसको केके निलेको छ समयले आज यहाँ तिम्रा यादहरू पनि समयका आहारा हुन् समुन्द्रमा देखिएका ती तुफानी लहर होइनन् ‘प्यासी’लाई बोलाउन गरिएका इशारा हुन् ।
गीत : जीवन ज्योति बाल्न खोजेँ…

गीत : जीवन ज्योति बाल्न खोजेँ…

कला-साहित्य
–विश्व सिग्देल जीवन ज्योति बाल्न खोजेँ रात खस्यो अँगेनामा साथ दिने साथी थाक्यो आघात खस्यो अँगेनामा फाँटभरि गहुँ फुल्दा अगाएका थियौँ हामी भिरभरि फूल फुल्दा अगाएका थियौँ हामी आगो लाग्यो वसन्तमा वर्षात् खस्यो अँगेनामा साथ दिने .............................................. भिड भए आफ्ना सबै प्राण छिनमै पराई भयो कान्ति छिनमै उडिगयो जीवन रित्तो कराई भयो माया सद्भाव जीवन ठान्ने मात खस्यो अँगेनामा साथ दिने .............................................