राजनीति

एमाले माओवादी नेताको उद्घोष एकता आजै

एमाले माओवादी नेताको उद्घोष एकता आजै

राजनीति
काठमाण्डौ । पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षले आजै पार्टी एकता हुने बताएका छन् । जननेता मदन भण्डारीको स्मृति दिवसमा एमालेले राजधानीको बुल्खु स्थित पुरानो पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकिकरण घोषणा आजै हुने बताउनु भएको हो । एकताको प्रक्रियागत कार्य आजै टुंगो लगाउने बताउदै प्रधानमन्त्री ओलीले एकीकरण पछि बन्ने बृहत पार्टीबाट डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नु भयो । संयुक्त केन्द्रिय समितिको बैठकपछि प्रक्रियागत एकता हुने बताउदै अध्यक्ष ओलीले आफुहरु दुवै पार्टी एकता प्रति उत्साहित रहेको बताउनुभयो । कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले मदन–आश्रित स्मृति दिवसकै अवसर पारेर एमाले–माओवादी एकता गर्न आफैँले प्रस्ताव गरेको बताउ
एकीकृत पार्टीको स्थायी कमिटीमा दुई जना थपिए

एकीकृत पार्टीको स्थायी कमिटीमा दुई जना थपिए

राजनीति
काठमाडौं । एमाले र माओवादी केन्द्रबीच एकतापछि बन्ने एकीकृत पार्टीको स्थायी कमिटीमा दुई जना थपिएका छन् । बुधबार केपी शर्मा ओली र प्रचण्डले ४३ जना रहने गरी टुंग्याएको स्थायी कमिटीमा दुई जना थप गरिएको हो । जसमा एमालेबाट २६ र माओवादीबाट १९ जना रहने माओवादी केन्द्रकी प्रवक्ता पंफा भुसालले जानकारी दिइन् । अब एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुने भएको छ । अब एमालेको हालको स्थायी कमिटीका सबै नेताहरु एकीकृत पार्टीको पनि स्थायी कमिटीमा नै रहने भएका छन् । नेकपा माओवादीबाट भने एकीकृत पार्टीमा रहने नेताहरुको नाम टुंग्याइएको छैन । नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई जिम्मा दिइएको छ ।
एमाले-माअाेवादी एकतापछि स्थायी समितिमा काे काे रहने ? (नामावलीसहित)

एमाले-माअाेवादी एकतापछि स्थायी समितिमा काे काे रहने ? (नामावलीसहित)

मुख्य समाचार, राजनीति
काठमाडाैं । नेकपा एमाले  र माअाेवादी केन्द्र अाजबाट एउटै कम्युनिष्ट पार्टीमा समाहित हुँदै छन् । एकीकृत पार्टीमा दुई अध्यक्ष, ४४१ सदस्यीय केन्द्रीय समिति र ४३ सदस्यीय स्थायी समिति रहने सहमति भएकाे छ । साथै एकीकृत पार्टीकाे चुनाव चिन्ह सूर्य नै रहने बताइएकाे छ । एमालेसँग माअाेवादीकाे ४५ प्रतिशत अर्थात ५५:४५ काे 'स्वाप रेसियाे' हुनेगरी भागबण्डा तय भएकाे जनाइएकाे छ । एकीकृत पार्टीकाे ४३ सदस्यीय स्थायी समितिमा एमालेका २५ तथा माओवादीका १८ सदस्य रहने छन्, जसकाे नामावली यसप्रकार छ- एमालेबाट : १) केपी शर्मा ओली, झापा २) झलनाथ खनाल, इलाम ३) माधवकुमार नेपाल, रौतहट ४) वमदेव गौतम, बर्दिया ५) सुवासचन्द्र नेंवाङ, इलाम ६) भीम रावल, अछाम ७) युवराज ज्ञावाली, दाङ ८) अष्टलक्ष्मी शाक्य, काठमाडौ ९) इश्वर पोखरेल, काठमाडौ १०) बिष्णु पौडेल, रुपन्देही ११) घनश्याम भुसाल, रुपन्देही १२) प्रदिप ज्ञा
प्रदश २ काे सभामा यसरी भयाे चर्काचर्की,  मुख्यमन्त्री राउतको बचाउमा राजपा-फाेरम

प्रदश २ काे सभामा यसरी भयाे चर्काचर्की, मुख्यमन्त्री राउतको बचाउमा राजपा-फाेरम

मुख्य समाचार, राजनीति
धनुषा । प्रदेश नं. २ काे प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ । मंगलबार बसेकाे बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले बाेलेकाे कुरालार्इ लिएर सभामा सांसदहरूबीच चर्काचर्की परेकाे हाे । बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले मुख्यमन्त्रीको अभिव्यक्तिकाे खुलेर विरोध जनाए । तर मधेश केन्द्रित दल संघीय समाजवादी फोरम र राजपाका सांसदहरूले भने मुख्यमन्त्री राउतकाे बचाउ गरेका थिए । के थियाे अभिव्यक्ति ? दुर्इदिने नेपाल भ्रमणका क्रममा बैशाख २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम अाएका थिए । उनलार्इ यहाँ गरिएकाे नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री राउतले प्रदेश २ केन्द्र सरकारको विभेदका कारण पछि परेको र विभेदकारी संविधानका विरुद्ध आफूहरुको संघर्ष जारी रहेको
‘देशवासीको हित, सुख र समृद्धिमा लाग्नु पर्दछ’ : प्रधानमन्त्री ओली

‘देशवासीको हित, सुख र समृद्धिमा लाग्नु पर्दछ’ : प्रधानमन्त्री ओली

मुख्य समाचार, राजनीति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको सामुहिक प्रयासले मात्रै देशमा शान्ति कायम गर्न सकिने बताएका छन् । श्रमण भगवान महावीरको २६१७ औं जन्म कल्याणक महोत्सवको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । नेपाल जैन परिषदले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै उनले भने, ‘समाजमा शान्ति सुव्यवस्था कायम गर्न हरेक ब्यक्तिको योगदान महत्वपूर्ण हुन्छ’ प्रधानमन्त्री ओलीले भने ‘मानिस मानसिक, आत्मिक रुपमा शान्त भएपछि व्यक्तिले अरुलाई दुःख दिनु हुँदैन भन्ने महसुस गर्दछ । यस्तो भावनाको विकास गर्न सकिए मात्र समाजमा शान्ति कायम हुन्छ।’ प्रधानमन्त्री ओलीले जनताको बलले संविधान निर्माण भएकोले अब देश निर्माणमा लाग्नु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘अब सबै जात, धर्म, सम्प्रदायले देश र देशवासीको हित, सुख र समृद्धिमा लाग्नु पर्दछ’ ।
नयाँ रुप र आधारमा निरन्तर क्रान्ति अगाडि बढ्छ– प्रचण्ड

नयाँ रुप र आधारमा निरन्तर क्रान्ति अगाडि बढ्छ– प्रचण्ड

मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति अझै नसकिएको बताएका छन् । काठमाडौँमा आज अखिल नेपाल जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ रुप र आधारमा निरन्तर क्रान्ति अगाडि बढ्ने बताएका हुन् । अबको क्रान्तिको आधार समृद्धि र विकास हुने भएकाले सोही दिशामा अग्रसर हुन कलाकर्मीलाई आग्रह गरे । उनले कम्युनिष्ट आन्दोलनले विश्वव्यापी उतारचढावका कारण आफ्ना रणनीतिमा उतारचढाव गरे पनि उद्देश्य र लक्ष्यलाई परिवर्तन नगर्ने र आफ्नो लक्ष्यमा निरन्तर अगाडि बढ्ने बताए । आर्थिक समृद्धि र विकासको कुरा गर्दा सांस्कृतिक क्रान्ति र गतिविधिलाई पनि सँगसँगै अगाडि बढाउनुपर्नेमा उनको रह्ययो । अध्यक्ष प्रचण्डले भने, “हामीले समाजवाद, समृद्धि र स्थायित्वको कुरा गर्दा सांस्कृतिक क्रान्तिलाई जीवन्त राख्न नसकिए विचलन आउने खतरा छ, ठूलो बलिदान र संघर्षम
उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध

मुख्य समाचार, राजनीति
काठमाडौं । उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध भएका छन्। आज दिउँसो २ बजेसम्मको समयसीमामा उनको मात्र एकल उम्मेदवारी परेकाले पुन निर्विरोध भएका हुन् । सत्ताको नेतृत्वकर्ता दल एमालेको प्रस्ताव र माओवादी केन्द्रको समर्थनमा पुनले उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रपतिमा उम्मेदवारी दिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपराष्ट्रपतिका लाागि भने उम्मेदवारी दिएन। उनको प्रस्तावकमा सुवास नेम्वाङ, पम्फा भुसाल, भानुभक्त ढकाल, रेखा शर्मा र पर्शुराम नेगी गुरुङ छन्। समर्थकमा देव गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्ती, रामनारायण विडारी र राजेन्द्रप्रसाद गौतम रहेको छन्।
प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तार, को–को भए मन्त्री ?

प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तार, को–को भए मन्त्री ?

मुख्य समाचार, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । सत्तारुढ दल एमालेबाट ७ र माओवादी केन्द्रबाट ५ मन्त्री थप गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो । आज पद तथा गोपनियताको शपथ लिने मन्त्रीहरु प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, रवीन्द्र अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रघुवीर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात, शेरबहादुर तामाङलाई कानुन, न्याय तथा संसदीय मामिला, जगत विकलाई युवा तथा खेलकूल, मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै वर्षमान पुन, ऊर्जा जलस्रोत तथा सिंचाई, गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान प्रविधि, शक्तिबहादुर बस्नेत वन तथा
राष्ट्रपति निर्वाचनका लागि राति १२ बजेदेखि मौन अवधि

राष्ट्रपति निर्वाचनका लागि राति १२ बजेदेखि मौन अवधि

मुख्य समाचार, राजनीति
काठमाडौँ । फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार राष्ट्रपतिको निर्वाचनका लागि मौन अवधि शुरु भएपछि कुनै पनि उम्मेदवार र राजनीतिक दलले प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन् । यो आचारसंहिता सञ्चार माध्यमलाई पनि लाग्नेछ । सो पदका लागि वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका कुमारी लक्ष्मी राईले उम्मेदवारी दिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य रहेको निर्वाचक मण्डलले सो पदमा मतदान गर्नेछ ।
कृष्णबहादुर महरा बने सभामुख

कृष्णबहादुर महरा बने सभामुख

मुख्य समाचार, राजनीति
काठमाडौं । माओवादी केन्द्रका सांसद कृष्णबहादुर महारा प्रतिनिधिसभाको सभामुख चयन भएका छन् । संसदको शनिबार बसेको बैठकले महरालाई सभामुखमा निर्वारोध निर्वाचित गरेको हो । महरालाई सभामुख बनाउन एमाले सांसद एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव गरेका थिए भने माओवादीका देव गुरुङले समर्थन गरेका थिए । साथै प्रमुख विपक्षी कांग्रेसका मिनेन्द्र रिजालले पनि महरालाई समर्थन गरेका छन् ।