राजनीति

नयाँ शक्तिको भेलामा २ करोड खर्च हुने

नयाँ शक्तिको भेलामा २ करोड खर्च हुने

जेष्ठ २९, २०७३- नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभामा दुई करोड रुपैयाँ खर्च हुने भएको छ। नयाँ शक्तिले घोषणासभामा सहभागी हुने प्रतिनिधिहरुको व्यवस्थापन, मञ्च व्यवस्थापन, प्रचारप्रसार गर्नका लागि दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरेको हो। निर्वाचन आयोगमा पार्टी दर्ताका लागि प्रक्रिया अगाडि बढाएको नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले एमाओबादीबाट अलग भएर आठ महिनापछि पार्टी घोषणा गर्न लागेका हुन्। पार्टी स्थापना सभालाई व्यवस्थित गर्नका लागि देवेन्द्र पौडेलको संयोजकत्वमा सभा व्यवस्थापना समिति र १४ वटा उपसमितिमार्फत गठन गरेर तयारी अन्तिम चरणमा पुर्याएको छ। पार्टी घोषणा सभामा सहभागी हुनका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि विभिन्न २६ देशका प्रतिनिधिहरुलाई निमन्त्रणा पठाएको छ। एक संस्थापक ससदस्यहरुबाट १ सय ५ रुपैयाँको दरले १ करोड ५ लाख, अन्तरिम केन्द्रीय परिष
पदीय भागबन्डामा माओवादी केन्द्रभित्र किचलो

पदीय भागबन्डामा माओवादी केन्द्रभित्र किचलो

जेष्ठ १०, २०७३- पार्टी एकताको सकारात्मक सन्देश प्रवाह गर्नुको सट्टा ६ सय ९९ सदस्यीय जम्बो केन्द्रीय समिति बनाएकोमा आलोचना खेपिरहेको नवगठित नेकपा माओवादी केन्द्रमा पदीय भागबन्डामा किचलो भएको छ । पदीय भागबन्डाको किचलोका कारण आइतबार कार्यविभाजनका लागि बोलाइएको केन्द्रीय समिति बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । एकल नेतृत्व प्रणालीमा जाने वा बहुपदीय प्रणालीमा जाने विवाद तथा अर्कोतिर अध्यक्ष पुष्पकमल दाहाल पछाडिको दोस्रो नेता को हुने भन्नेमा विवाद देखिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । एकताप्रक्रियामा आएका नेताहरू एमाओवादीका केही पुराना नेताहरूको साथ लिएर कम्युनिस्ट पार्टीलाई एकल नेतृत्वमा लैजानुपर्ने र रामबहादुर थापालाई दोस्रो नेता बनाउनुपर्ने पक्षमा उभिएका छन् भने पूर्वमाओवादीका कतिपय नेताहरू बहुपदीय प्रणालीमा जानुपर्ने पक्षमा छन् । एमाओवादीमा सचिव रहेका टोपबहादुर रायमाझी
ट्रेड युनियन: चुनावी सरगर्मी

ट्रेड युनियन: चुनावी सरगर्मी

राजनीति
भगीरथ अवस्थी निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव नजिक आएका बेला बैतडीमा चुनावी सरगर्मी बढेको छ । प्रत्येक कर्मचारी संगठनहरुले आफ्ना पक्षमा मत तान्नका लागि निर्वाचन प्रचार प्रसार समितिको कार्यालय समेत स्थापना गरेका छन् । आधिकारिक टे«ड युनियनको निर्वाचनका लागि आफूहरुले गोठलापानीमा आधिकारिक ट्रेड युनियन निर्वाचन प्रचारप्रसार परिचालन समितिको कार्यालय स्थापना गरेको नेपाल निजामति कर्मचारी युनियन संघका बैतडी अध्यक्ष कृष्णदत्त भट्टले बताए । लोकतन्त्रका आधारभूत मूल्य र मान्यतालाई आत्मसात साथै आफ्नो संगठन कर्मचारीहरुको हक हितमा लागेको बताए । उनले भने“हामीहरु अहिले आधिकारिक ट्रेड युनियनको निर्वाचनको संघारमा छौं यो बेला सबै कर्मचारीहरुले बुद्धिमतापूर्ण तरीकाले अगाडि बढ्नुपर्छ । कर्मचारीहरुको हकहितका लागि रहेका छौं । त्यसैले सबै कर्मचारीहरुलाई सहयोग पनि मागि रहेका छौं ।” बैतडी