राजनीति

नेविसङ्घको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

नेविसङ्घको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

राजनीति
काठमाडौं, १ भदौ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनको लागि बुधबार मतदान हुँदैछ। महाधिवेशन उदघाटन भएको १० दिनपछि बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय, सानेपामा नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ । त्यसको लागि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ । नेवि संघमा अध्यक्षसहित १ सय २९ सदस्यीय कार्यसमितिका लागि हुने निर्वाचनमा झन्डै सात सय विद्यार्थी नेता प्रतिस्पर्धामा उत्रिएका छन् । मतदानमा ३ हजार ८ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने छन् । मतदानमा सभापति देउवा र सिटौलाको संयुक्त प्यानलको नेतृत्व नैनसिंह महरले गरेका छन् भने पौडेल पक्षका उमेदवार मनोजमणि आचार्य रहेका छन् । अध्यक्ष उम्मेदवारी दिने अन्य विद्यार्थी नेतामा शुभराम बस्नेत, लक्ष्मण आचार्य, आनन्दराज त्रिपाठी, नगेनसिंह ठकुरी, बचन कार्की रहेका छन् भने पदमराज पन्तले उम्मेदवारी र्
नेपाल विद्यार्थी संघको प्रतिनिधि विवाद मिल्यो

नेपाल विद्यार्थी संघको प्रतिनिधि विवाद मिल्यो

राजनीति
काठमाडौं, २६ साउन। नेपाल विद्यार्थी संघको ११ अाैं महाधिवेशनमा देखिएको प्रतिनिधि छनोट सम्बन्धी विवाद सुल्झिएको छ। गएराति निर्देशक समितिले विवाद सुल्झाएपछि स्थगित भएको बन्दसत्र बुधवार १२ बजेबाट पुनः सुचारु हुने भएको छ। विवाद सुल्झाउन विद्यार्थी नेताहरूको माग सम्बोधन गरिएको छ। नेविसंघको महाधिवेशनमा ११ जिल्ला तथा केही क्याम्पसका गरी तीन सय महाधिवेशन प्रतिनिधि थप गरिएको छ। केही विधार्थी नेताहरू विधिवत अधिवेशनको माग राख्दै अनसनमा बस्दै आएका थिए। उनीहरूका माग शीर्ष नेताहरूले मिलेर सम्बोधन गर्ने निष्कर्ष निकालेका हुन्। अध्यक्षमा सभापति शेरबहादुर देउवा निकटका पूर्वमहामन्त्री जितजंग बस्नेत र पूर्वउपाध्यक्ष नैनसिंह महर तथा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मनोजमणि आचार्य, लक्ष्मण आचार्य, निलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, दिपक भट्टराई लगायतले उम्मेदवारी घोषणा गरेका छन् भने कृष्ण सिटौला पक्ष
नेवि सङ्घको ११ औँ महाधिवेशन सुरु हुँदै

नेवि सङ्घको ११ औँ महाधिवेशन सुरु हुँदै

राजनीति
काठमाडौँ, २३ साउन । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको एघारौं महाधिवेशन आज राजधानीमा सुरु हुँदैछ । तीनदिनसम्म चल्ने महाधिवेशनका लागि आवश्यक सबै तयारी पुरा भइसकेको संगठनले जनाएको छ। यस महाधिवेशनको नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीस्थित भृकुटीमण्डमा भव्य समारोहबीच दिउँसो १ बजे दीप प्रज्ज्वलन गरी उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनसत्रलाई सभापति देउवासहित अन्य नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । महाधिवेशनमा देशभरका जिल्ला, क्याम्पस तथा विदेशस्थित सम्पर्क समितिका गरी करिब तीन हजार ४०० प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनमा सहभागिता जनाउन आएका अधिकांश प्रतिनिधि राजधानी आइसकेका छन् । पार्टीले डेमोक्र्याटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष ग
विधानसम्मत अधिवेशनको माग गर्दै काँग्रेस केन्द्रिय कार्यालयमा रिले अनशन

विधानसम्मत अधिवेशनको माग गर्दै काँग्रेस केन्द्रिय कार्यालयमा रिले अनशन

राजनीति
काठमाडौँ, १३ साउन । विधानसम्मत अधिवेशनको माग गर्दै नेपाल विद्यार्थी सङ्घका नेताहरुले आजदेखि नेपाली काँग्रेस पार्टी कार्यालय सानेपा, ललितपुरमा रिले अनशन सुरु गरेका छन् । बिहीबार साँझदेखि नेपाल विद्यार्थी सङ्घका पूर्व कोषाध्यक्ष एवम् अध्यक्ष पदका दावेदार पदमराज पन्तको नेतृत्वमा एक दर्जन बढी विद्यार्थी नेताहरुले पार्टी कार्यालयभित्रै अनशन थालेका हुन् । सङ्घको ११औँ अधिवेशनका लागि फर्जि प्रतिनिधि छनौट गरेको भन्दै उक्त कार्यको विरोध गर्दै अनशनमा वस्नु परेको पूर्व कोषाध्यक्ष पन्तले बताउनुभयो । “एक हजार एक सय बढी फर्जि प्रतिनिधि छनौट गरिएको छ, उक्त कार्य तत्काल सच्याउनु पर्छ,” उहाँले भन्नुभयो । संघका केन्द्रिय अध्यक्षले आसेपासेलाई प्रश्रय दिई विधानविपरित प्रतिनिधि छनौट गरेको पन्तको आरोप छ । संघको विधानले कामय गरेको भन्दा बढी फर्जि प्रतिनिधि खारेज गर्नुपर्ने र वास्तविक प्रतिनिधि मात्र क
कांग्रेस–माओवादीबीच यस्तो छ भित्री सहमति

कांग्रेस–माओवादीबीच यस्तो छ भित्री सहमति

काठमाडौं, २ साउन । प्रचण्ड र देउवाले पालैपालो सरकारको नेतृत्व गर्दै दुई चरणमा स्थानीय तह, प्रदेश र संघको चुनाव गर्ने सहमति कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय राख्ने कांग्रेस–माओवादीबीच गठबन्धन निर्माण गर्नुअगावै भावी सरकारको नेतृत्व र स्वरूपलगायतका विषयमा भित्री सहमति भइसकेको छ। कति मन्त्रालय कसले राख्ने भन्ने सहमति जुटेर कुन मन्त्रालय कसले राख्ने भन्नेमा अहिले छलफल चलिरहेको छ। त्यसको टुंगो लगाउने जिम्मा पाएका दुवै पार्टीका दोस्रो तहका नेताहरू अहिले छलफलमा छन्। स्रोतका अनुसार कांग्रेसले १३ र माओवादीले नौ मन्त्रालय राख्ने सहमति भएको छ। बााकी मन्त्रालय गठबन्धनमा आउने अन्य दललाई दिने सहमति भएको छ। संविधान कार्यान्वयन सम्बन्धी सहमति मधेसी, थारूलगायतका आन्दोलनकारीको मागलाई अधिकतम सम्बोधन गरी संविधान कार्यान्वयन कार्यमा लाग्ने सहमति कांग्रेस–माओवादीको छ। तर, त्यसका लागि सहमतिका आ
स्ववियु चुनाव फागुन १४ गते तोकियो

स्ववियु चुनाव फागुन १४ गते तोकियो

राजनीति
सीधारेखा समाचारदाता, काठमाडौं, २६ असार, । लामो समयदेखि अन्यौलमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को केन्द्रीय चुनाव आउँदो फागुन १४ गते हुने तय भएको छ । आइतबार बसेको त्रिभुवन विश्वविद्यालय सभाको बैठकले आगामी सो निर्णय गरेको हो । स्ववियु चुनाव २०६५ सालयता भएको छैन । क्याम्पसहरू विगत आठ वर्षदेखि स्ववियुविहीन हुँदा विद्यार्थीहरू हकहितबाट वञ्चित भएको भन्दै विद्यार्थी संघ–संगठनहरूले त्रिभुवन विश्वविद्यालयलाई छिटो चुनाव गराउन दबाव दिँदै आएका थिए । विद्यार्थी नेताहरूसहित बसेको त्रिवि सभाको बैठकले स्ववियु चुनावमा उमेरहद सम्बन्धी विवाद मिलाउन शिक्षाध्यक्ष सुधा त्रिपाठीको संयोजकत्वमा एक समिति पनि गठन गरेको छ । समितिमा गंगाबहादुर थापा र भिसीले तोकेको एक व्यक्ति सदस्य छन् । समितिमा नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका अध्यक्षहरूलाई पनि राख्ने छलफल चलेको भए तापनि सहमति भइनसकेको
बिच्कियाे माओवादी केन्द्र, सरकार फेर्ने निर्णय

बिच्कियाे माओवादी केन्द्र, सरकार फेर्ने निर्णय

राजनीति
काठमाडौँ, १९ असार । पछिल्लाे समय सत्तारूढ दल नेकपा माअाेवादी केन्द्र अाेली सरकारदेखि निकै बिच्किएकाे छ । मधेसवादी दल, आदिवासी जनजाति समूहलाई वार्तामा ल्याएर राष्ट्रिय समस्याको समाधान गर्ने लक्ष्यसहित केन्द्रले राष्ट्रिय सहमतिको सरकारको पहल गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय बैठकले राष्ट्रिय सहमतिको सरकार नबनेसम्म मुलुकका विद्यमान समस्या समाधान हुन नसक्ने र त्यसमा प्रमुख राजनीतिक दल एकै ठाउँमा आउनुपर्नेमा जोड दिएको छ । राष्ट्रिय सहमतिको सरकारका लागि नेपाली काँग्रेस, नेकपा (एमाले)लगायतका दलले विशेष योगदान गर्नुपर्ने निष्कर्ष निकाल्दै बैठकले त्यसको पहल माओवादीले गर्ने निष्कर्षसमेत निकालेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्न बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा दिएको छ । गत वैशाखमा प्रमुख
बैतडीमा तरुणदलको नयाँ नेतृत्व चयन

बैतडीमा तरुणदलको नयाँ नेतृत्व चयन

राजनीति
इन्द्रसरा खड्का, बैतडी, ११ असार । नेपाल तरुणदल बैतडीको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले सर्बसम्मतमा नयाँ नेतृत्व चयन गरेको छ । अधिबेशनले घनश्याम भट्टको अध्यक्षतामा १० सदस्यीय कार्यसमिती चयन गरेको हो । जसमा उपाध्यक्ष राकेस सिंह बिस्ट, कर्ण बहादुर राना महेशदत्त भट्ट सचिबमा शेर सिंह बिस्ट, कोषाध्यक्षमा धर्मानन्द जोशी लगायत रहनु भएको छ । क्षेत्र नम्बर १ र २ मा क्षेत्रीय अधिबेसशन गरीसके पश्चात जिल्लाको अधिबेशन सम्पन्न गरेको तरुणदलका जिल्ला निर्बचान अधिकृत नन्दराज भट्टले जानकारी दिनु भयो । शुक्रबार सम्पन्न क्षेत्रीय अधिबेशनबाट क्षेत्र नम्बर १ मा जय बहादुर कुवरको अध्यक्षतमा १० सदस्य कार्य समिती चयन गरेको छ भने क्षेत्र नम्बर २ बाट जितेन्द्र महताको अध्यक्षतामा १० सदस्य कार्य समिती चयन गरेको पनि उहाले बताउनु भयो ।
नेपाल तरुण दलको गाउँ, नगर र जिल्ला अधिवेशनको तयारी तीव्र

नेपाल तरुण दलको गाउँ, नगर र जिल्ला अधिवेशनको तयारी तीव्र

राजनीति
भगीरथ अवस्थी असार ०४ - नेपाल तरुण दल बैतडीको गाउँ, नगर र जिल्ला अधिवेशनको तयारी तीव्र रुपमा भइरहेको तरुण दलले जनाएको छ । अधिवेशन अन्तर्गत गाउँ र नगरको अधिवेशन सम्पन्न गर्न निर्वाचन अधिकृत समेत तोकिसकिएको नेपाल तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्टले जानकारी दिनुभयो । गाउँ अधिवेशन सम्पन्न गर्नका लागि सम्बन्धित सम्बन्धि गाउँ कार्यसमितिका सभापतिलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ भने पाटन नगरपालिकाका लागि शिक्षक संघका सदस्य लक्ष्मीदत्त भट्टलाई निर्वाचन अधिृकत तोकिएको छ । यस्तै दशरथचन्द नगरपालिकाको अधिवेशन सम्पन्न गर्न ट्रेड युनियनका घनश्याम लेखकलाई निर्वाचन अधिकृत तोकिएको छ । गाउँ अधिवेशन यही असार ५ र ६ गते सम्पन्न गर्ने तयारी भएको छ भने पाटन नगरपालिकाको अधिवेशन असार ५ गते सम्पन्न गर्ने तयारी भइरहेको तरुण दलका अध्यक्ष भट्टले बताउनुभयो । यस्तै दशरथचन्द नगरपालिकाको नगरअधिवेशन भने
नयाँशक्ति नेपालले आइतबार पार्टी घोषणा गर्दैै

नयाँशक्ति नेपालले आइतबार पार्टी घोषणा गर्दैै

राजनीति
जेष्ठ २९, २०७३- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले आइतबार एक समारोहबीच दशरथ रङ्गशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्नेभएको छ। आइतबार खुल्लासत्र सञ्चालन हुनेछ भने सोमबार र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र चल्ने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए। बन्दसत्रले पार्टीका थप पदाधिकारीको समेत टुङ्गो लगाउने छ। पार्टी घोषणका लागि नेता देवेन्द्र पौडेलको नेतृत्वमा मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति गठन गरिएको छ। घोषणा समारोहमा ७५ जिल्लाबाटै प्रतिनिधिले सहभागिता जनाउने र विदेशबाट समेत प्रतिनिधि आउने उनले जानकारी दिए। प्रधानमन्त्री केपी ओलीसहित नेपालका क्रियाशील सबै दल, नेपालस्थित २५ देशका राजदूतलाई समेत निम्तो गरिएको उक्त पार्टीले जनाएको छ। घोषणा सभामा शुभकामना दिन भारतीय नेता केसी त्यागी, डिपी त्रिपाठी, वामपन्थी पत्रकार आनन्दस्वरु