राजनीति

माओवादी सकियो, केन्द्रमात्रै बाँकी : ओली

माओवादी सकियो, केन्द्रमात्रै बाँकी : ओली

राजनीति
काठमाडौं, २६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी पार्टीमा अब केही पनि बाँकी नरहेको र केन्द्रमात्रै बाँकी रहेको बताएका छन् । ‘अब माओवादीमा जे छ, केन्द्रमात्रै छ, अरु केही पनि बाँकी छैन, माओवादी केन्द्र !’ विहीबार धुम्बाराहीस्थित एमाले मुख्यालयमा माओवादीका केही कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै ओलीले भने-‘तपाईहरुले अलिकति हल्लाइदिनुभयो, अब एकपल्ट हल्लाइदिने हो भने माओवादी सकिन्छ ।’ रुखमा पात अडिनका लागि जीवन आवश्यक पर्ने भन्दै ओलीले माओवादीभित्र जीवन नरहेकाले अब पातहरु झर्दै जाने बताए । माओवादी पार्टीमा ०५५ सालदेखि एउटै नेताको जमिन्दारी चलेको ओलीले बताए । माओवादी छाडेर एमालेमा आएका सिराहातिरका केही माओवादी कार्यकर्तालाई ओलीले भने- ‘त्यहाँ आजीवन एउटै नेता हुन्छन्, पीए पनि आफ्नैलाई बनाउँछन्, उम्मेदवार पनि आफ्नैलाई बनाउँछन्, तपाईहरु अहिलेसम्म कसरी बस्नुभयो हो
चुनावमा सहभागी नहुने राजपाको घोषणा

चुनावमा सहभागी नहुने राजपाको घोषणा

मुख्य समाचार, राजनीति
काठमाडौं, २७ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी असार १४ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग नलिने घोषणा गरेको छ । राजपाले चुनाव सार्न राखेको प्रस्ताव सत्ता गठबन्धनले अस्वीकार गरेपछि सो पार्टीले चुनावमा भाग नलिने निर्णय गरेको हो । राजपाका नेतालाई मनाउने अन्तिम प्रयास स्वरुप शनिवार साँझ र आइतवार पनि पुन छलफल गर्ने समझदारी भएको एक नेताले बताएका छन् ।
पाटन बहुमुखी क्याम्पसमा अनेरास्ववियुको उम्मेदवारी दर्ता

पाटन बहुमुखी क्याम्पसमा अनेरास्ववियुको उम्मेदवारी दर्ता

राजनीति
बैतडी, ६ फागुन । नेकपा एमाले निकटको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले यही फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि पाटन बहुमुखी क्याम्पसमा आफ्नो उम्मेदवारी दर्ता गरेको छ । २८ वर्षे उमेरहदसहित मिश्रित निर्वाचन प्रणालीको आधारमा हुने स्ववियुको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिएको पार्टीबाट पाटन बहुमुखी क्याम्पस हेर्ने जिम्मेवारी पाउनु भएका नेकपा एमाले बैतडी काठमाडौं सम्पर्क मन्च का सचिब, पाटन संयोजक लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो । पाटन बहुमुखी क्याम्पसमा प्रारम्भिक कमिटिको तर्फबाट महेश प्रसाद भट्ट – सभापति,  यसोदा चन्द - सचिब, डम्बर दत्त भट्ट - कोषाध्यक्ष, सदस्यहरु सचिन भण्डारी, किरन चन्द, पुजा थलाल, दुर्गा कुमारी बिष्ट र ४ जना बन्दसुची मा गरि ११ जना को उम्मेद्बारी दर्ता गरिएको भण्डारीले जानकारी दिनुभयो
नेविसंघ अध्यक्षमा नैनसिंह महर विजयी

नेविसंघ अध्यक्षमा नैनसिंह महर विजयी

राजनीति
काठमाडौ, २ भदौ । नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर विजयी भएका छन् । महर आफ्ना प्रतिद्वन्द्वी मनोनमणि आचार्यलाई पराजित गर्दै विजयी भएका हुन्। आचार्य वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट अध्यक्षका प्रत्याशी थिए भने विजयी महर कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवार बनेका थिए । निर्वाचित महरले १४९६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी आचार्यले १३३२ मत प्राप्त गरेका छन् । महामन्त्रीमा महर प्यानलकै कुन्दन काफ्ले विजयी भएका छन् । मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।
नेविसङ्घको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

नेविसङ्घको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

राजनीति
काठमाडौं, १ भदौ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनको लागि बुधबार मतदान हुँदैछ। महाधिवेशन उदघाटन भएको १० दिनपछि बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय, सानेपामा नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ । त्यसको लागि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ । नेवि संघमा अध्यक्षसहित १ सय २९ सदस्यीय कार्यसमितिका लागि हुने निर्वाचनमा झन्डै सात सय विद्यार्थी नेता प्रतिस्पर्धामा उत्रिएका छन् । मतदानमा ३ हजार ८ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने छन् । मतदानमा सभापति देउवा र सिटौलाको संयुक्त प्यानलको नेतृत्व नैनसिंह महरले गरेका छन् भने पौडेल पक्षका उमेदवार मनोजमणि आचार्य रहेका छन् । अध्यक्ष उम्मेदवारी दिने अन्य विद्यार्थी नेतामा शुभराम बस्नेत, लक्ष्मण आचार्य, आनन्दराज त्रिपाठी, नगेनसिंह ठकुरी, बचन कार्की रहेका छन् भने पदमराज पन्तले उम्मेदवारी र्
नेपाल विद्यार्थी संघको प्रतिनिधि विवाद मिल्यो

नेपाल विद्यार्थी संघको प्रतिनिधि विवाद मिल्यो

राजनीति
काठमाडौं, २६ साउन। नेपाल विद्यार्थी संघको ११ अाैं महाधिवेशनमा देखिएको प्रतिनिधि छनोट सम्बन्धी विवाद सुल्झिएको छ। गएराति निर्देशक समितिले विवाद सुल्झाएपछि स्थगित भएको बन्दसत्र बुधवार १२ बजेबाट पुनः सुचारु हुने भएको छ। विवाद सुल्झाउन विद्यार्थी नेताहरूको माग सम्बोधन गरिएको छ। नेविसंघको महाधिवेशनमा ११ जिल्ला तथा केही क्याम्पसका गरी तीन सय महाधिवेशन प्रतिनिधि थप गरिएको छ। केही विधार्थी नेताहरू विधिवत अधिवेशनको माग राख्दै अनसनमा बस्दै आएका थिए। उनीहरूका माग शीर्ष नेताहरूले मिलेर सम्बोधन गर्ने निष्कर्ष निकालेका हुन्। अध्यक्षमा सभापति शेरबहादुर देउवा निकटका पूर्वमहामन्त्री जितजंग बस्नेत र पूर्वउपाध्यक्ष नैनसिंह महर तथा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मनोजमणि आचार्य, लक्ष्मण आचार्य, निलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, दिपक भट्टराई लगायतले उम्मेदवारी घोषणा गरेका छन् भने कृष्ण सिटौला पक्ष
नेवि सङ्घको ११ औँ महाधिवेशन सुरु हुँदै

नेवि सङ्घको ११ औँ महाधिवेशन सुरु हुँदै

राजनीति
काठमाडौँ, २३ साउन । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको एघारौं महाधिवेशन आज राजधानीमा सुरु हुँदैछ । तीनदिनसम्म चल्ने महाधिवेशनका लागि आवश्यक सबै तयारी पुरा भइसकेको संगठनले जनाएको छ। यस महाधिवेशनको नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीस्थित भृकुटीमण्डमा भव्य समारोहबीच दिउँसो १ बजे दीप प्रज्ज्वलन गरी उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनसत्रलाई सभापति देउवासहित अन्य नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । महाधिवेशनमा देशभरका जिल्ला, क्याम्पस तथा विदेशस्थित सम्पर्क समितिका गरी करिब तीन हजार ४०० प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनमा सहभागिता जनाउन आएका अधिकांश प्रतिनिधि राजधानी आइसकेका छन् । पार्टीले डेमोक्र्याटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष ग
विधानसम्मत अधिवेशनको माग गर्दै काँग्रेस केन्द्रिय कार्यालयमा रिले अनशन

विधानसम्मत अधिवेशनको माग गर्दै काँग्रेस केन्द्रिय कार्यालयमा रिले अनशन

राजनीति
काठमाडौँ, १३ साउन । विधानसम्मत अधिवेशनको माग गर्दै नेपाल विद्यार्थी सङ्घका नेताहरुले आजदेखि नेपाली काँग्रेस पार्टी कार्यालय सानेपा, ललितपुरमा रिले अनशन सुरु गरेका छन् । बिहीबार साँझदेखि नेपाल विद्यार्थी सङ्घका पूर्व कोषाध्यक्ष एवम् अध्यक्ष पदका दावेदार पदमराज पन्तको नेतृत्वमा एक दर्जन बढी विद्यार्थी नेताहरुले पार्टी कार्यालयभित्रै अनशन थालेका हुन् । सङ्घको ११औँ अधिवेशनका लागि फर्जि प्रतिनिधि छनौट गरेको भन्दै उक्त कार्यको विरोध गर्दै अनशनमा वस्नु परेको पूर्व कोषाध्यक्ष पन्तले बताउनुभयो । “एक हजार एक सय बढी फर्जि प्रतिनिधि छनौट गरिएको छ, उक्त कार्य तत्काल सच्याउनु पर्छ,” उहाँले भन्नुभयो । संघका केन्द्रिय अध्यक्षले आसेपासेलाई प्रश्रय दिई विधानविपरित प्रतिनिधि छनौट गरेको पन्तको आरोप छ । संघको विधानले कामय गरेको भन्दा बढी फर्जि प्रतिनिधि खारेज गर्नुपर्ने र वास्तविक प्रतिनिधि मात्र क
कांग्रेस–माओवादीबीच यस्तो छ भित्री सहमति

कांग्रेस–माओवादीबीच यस्तो छ भित्री सहमति

काठमाडौं, २ साउन । प्रचण्ड र देउवाले पालैपालो सरकारको नेतृत्व गर्दै दुई चरणमा स्थानीय तह, प्रदेश र संघको चुनाव गर्ने सहमति कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय राख्ने कांग्रेस–माओवादीबीच गठबन्धन निर्माण गर्नुअगावै भावी सरकारको नेतृत्व र स्वरूपलगायतका विषयमा भित्री सहमति भइसकेको छ। कति मन्त्रालय कसले राख्ने भन्ने सहमति जुटेर कुन मन्त्रालय कसले राख्ने भन्नेमा अहिले छलफल चलिरहेको छ। त्यसको टुंगो लगाउने जिम्मा पाएका दुवै पार्टीका दोस्रो तहका नेताहरू अहिले छलफलमा छन्। स्रोतका अनुसार कांग्रेसले १३ र माओवादीले नौ मन्त्रालय राख्ने सहमति भएको छ। बााकी मन्त्रालय गठबन्धनमा आउने अन्य दललाई दिने सहमति भएको छ। संविधान कार्यान्वयन सम्बन्धी सहमति मधेसी, थारूलगायतका आन्दोलनकारीको मागलाई अधिकतम सम्बोधन गरी संविधान कार्यान्वयन कार्यमा लाग्ने सहमति कांग्रेस–माओवादीको छ। तर, त्यसका लागि सहमतिका आ
स्ववियु चुनाव फागुन १४ गते तोकियो

स्ववियु चुनाव फागुन १४ गते तोकियो

राजनीति
सीधारेखा समाचारदाता, काठमाडौं, २६ असार, । लामो समयदेखि अन्यौलमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को केन्द्रीय चुनाव आउँदो फागुन १४ गते हुने तय भएको छ । आइतबार बसेको त्रिभुवन विश्वविद्यालय सभाको बैठकले आगामी सो निर्णय गरेको हो । स्ववियु चुनाव २०६५ सालयता भएको छैन । क्याम्पसहरू विगत आठ वर्षदेखि स्ववियुविहीन हुँदा विद्यार्थीहरू हकहितबाट वञ्चित भएको भन्दै विद्यार्थी संघ–संगठनहरूले त्रिभुवन विश्वविद्यालयलाई छिटो चुनाव गराउन दबाव दिँदै आएका थिए । विद्यार्थी नेताहरूसहित बसेको त्रिवि सभाको बैठकले स्ववियु चुनावमा उमेरहद सम्बन्धी विवाद मिलाउन शिक्षाध्यक्ष सुधा त्रिपाठीको संयोजकत्वमा एक समिति पनि गठन गरेको छ । समितिमा गंगाबहादुर थापा र भिसीले तोकेको एक व्यक्ति सदस्य छन् । समितिमा नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका अध्यक्षहरूलाई पनि राख्ने छलफल चलेको भए तापनि सहमति भइनसकेको
error: Content is protected !!