राजनीति

एमालेलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न सक्दैन : केपी ओली

एमालेलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न सक्दैन : केपी ओली

राजनीति
दमौली । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ । एमाले तनहुँले भानु नगरपालिका–२ नारेश्वरटारमा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेश र संघको चुनावपछि एमाले पहिले शक्ति हुने र उसकै नेतृत्वमा सरकार बन्ने जिकिर गर्नुभयो । पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा एमाले पहिलो शक्ति भइसकेको र २ नं प्रदेशको चुनावमा पनि एमाले नै अगाडि आउने उहाँको भनाइ छ । एमाले मधेस विरोधी होइन भन्दै उहाँले राष्ट्रियता जोगाउने भूमिकामा पार्टी अडिग रहेको बताउनुभयो । नाकाबन्दीका बेला आफू प्रधानमन्त्री रहेको र त्यतिबेला राष्ट्रवादी काम गरेकाले जनताको साथ पाएको बुझाइ उहाँको भनाइ छ । एमाले तनहुँका अध्यक्ष केदार सिग्देल, सचिव भगवती न्यौपानेलगायतले जनताको हितमा काम गरेकाले एमालेको पक्षमा जनलहर आएको जिकिर गर्नुभयो । रासस
उम्मेदवारको घरमा बम विस्फोट

उम्मेदवारको घरमा बम विस्फोट

राजनीति, विविध
धनुषा, २३ भदौ । तेस्रो चरणको स्थानीय निर्वाचनको मुखमा आएर धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवारको घरमा अज्ञात समूहले बम विस्फोट गरेको छ । बिहीबार राति घरको कम्पाउण्डभित्र गएर अज्ञात व्यक्तिले बम विस्फोटन गराएको हो । सो घटनापछि धनुषाधामको सुरक्षा अवस्था अत्यन्तै कडा बनाइएको छ । धनुषाधाम नगरपालिकाको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखका उम्मेदवार प्रक्षा शाह मल्लको घरमा विस्फोट भएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिएका छन् । विस्फोट घरको कम्पाउण्डमा भएकाले कुनै मानवीय क्षति नभएको र प्रहरी निरीक्षकको कमाण्ड टोली घटनास्थलस्थलमा राति नै पुगेर घटनामा संलग्नको खोजी कार्यसहित अनुसन्धान शुरु गरिसकेको प्रहरी नायब उपरीक्षक धितालले बताए । रासस
भ्रष्टाचारीले चुनाव लड्न नपाउने गरी प्रतिनिधि सभा विधेयक पारित

भ्रष्टाचारीले चुनाव लड्न नपाउने गरी प्रतिनिधि सभा विधेयक पारित

मुख्य समाचार, राजनीति
काठमाडौँ, १९ भदौ । भ्रष्टाचारी ठहर भएर सजाय भोगेका व्यक्तिले चुनाव लड्न पाउने/नपाउने विवाद टुङ्गिएको छ । संसदको राज्य व्यवस्था समितिले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन विधेयक पारित गरेसँगै यो विवाद टुङ्गिएको हो । संशोधनकर्ता सदस्यले सबै संशोधन फिर्ता लिएपछि विधेयक सर्वसम्मत पारित भएको हो। सरकारले प्रस्ताव गरेको ‘नो भोट’को व्यवस्था पनि फिर्ता भएको छ। संशोधन फिर्ता भएसँगै विवादित रहेका नैतिक पतन देखिने फौजदारी कसुरका कसुरदारले चुनाव लड्न पाउने बाटो बन्द भएको छ। सरकारले ल्याएको विधेयकमा भ्रष्टाचारी ठहर भएकालाई आजीवन चुनाव लड्न रोक लगाउने व्यवस्था प्रस्ताव गरिएको थियो। तर, कांग्रेसका १९ सांसदले भ्रष्टाचारको सजाय पाएको तीन वर्षपछि चुनाव लड्न पाउनुपर्ने भन्दै संशोधन हालेका थिए। कांग्रेस सांसदहरुको संशोधन फिर्ता भएसँगै राज्य व्यवस्था समितिले दुवै विधेयक पास गरेको हो।
भारत भ्रमणले देशको शिर उँचो बनाएको छः प्रधानमन्त्री देउवा

भारत भ्रमणले देशको शिर उँचो बनाएको छः प्रधानमन्त्री देउवा

मुख्य समाचार, राजनीति
काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ७ भदौमा भारत गएका थिए । स्वदेश फर्कनेक्रममा त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा ११ भदौ साँझ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणले देशको शिर उँचो बनाएको बताए । भारतमा संविधानबारे बोलिएको प्रसङ्गको जिज्ञासामा प्रधानमन्त्री देउवाले सरकारले अघिसारेको संविधान संशोधनको प्रस्ताव मधेशी जनताको भावनालाई समेट्ने प्रयासस्वरुप संशोधन प्रक्रिया अघि बढाइएको र यही विषयलाई आफूले भारतमा प्रसंग उठाएको भन्दै भ्रमणका बेला विदेशमा के बोल्ने के नबोल्ने भन्ने कुराको आचार संहिता बन्नुपर्ने धारणा राखे । “के बोल्ने भनेर मैले सोधेर जाने ? केही पनि बोल्न नपाउने ? कि
सम्पूर्ण राज्यशक्तिको ध्यान प्रदेश नं २ को निर्वाचनमा

सम्पूर्ण राज्यशक्तिको ध्यान प्रदेश नं २ को निर्वाचनमा

मुख्य समाचार, राजनीति
काठमाडौँ, १० भदौ । नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलगायत सम्पूर्ण राज्यशक्तिको ध्यान अहिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेको छ । नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तेस्रो चरणमा १३६ स्थानीय तहमा आगामी असोज २ मा निर्वाचन हुन लागेको हो । प्रदेश नं २ का आठ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह कायम भएका छन् । मुलुकमा हाल ७५३ स्थानीय तह कायम रहेकामा त्यसमध्ये महानगरपालिका छ, उपमहानगरपालिका ११, नगरपालिका २७६ हाल मुलुकमा छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ र गाउँपालिकाको संख्या ४६० रहेको छ । उक्त निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । छ हजार ६२७ जनप्रतिनिधि स्थानीय तहको तेस्रो चरणको निर्वाच
राजपा सबै निर्वाचनमा सहभागी हुने

राजपा सबै निर्वाचनमा सहभागी हुने

मुख्य समाचार, राजनीति
काठमाडौं, ९ भदौ । राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहसहित प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने भएको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गरेको राजपा नेपालले सबै निर्वाचनमा सहभागी हुने घोषणा गरेको हो । राजपा नेपालको पदाधिकारी बैठकले गरेको निर्णय बिहीबार बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक गर्दै संयोजक महन्थ ठाकुरले पार्टी स्थानीय तह तेस्रो चरणको निर्वाचनका साथै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा समेत सहभागी हुने बताएका हुन् । संविधान संशोधनसहित विभिन्न माग गर्दै आन्दोलनरत राजपा नेपाल केही माग पूरा भएको र बाँकी माग मुद्दाका रूपमा लिएर जनताका बीचमा जाने निष्कर्षमा पुगेको हो । महिनौंदेखि अड्काएर राखिएको संविधान संशोधन विधेयकलाई संसद्मा निर्णयार्थ प्रस्तुत गरिएको, स्थानीय तहको संख्या बढाउने, शहीद घोषणा, क्षतिपूर्तिलगायतका माग सरकारले पूरा गर
१३ लाख मतदाता थपिए

१३ लाख मतदाता थपिए

मुख्य समाचार, राजनीति
काठमाडौं, ९ भदौ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलन गरेको छ । नामावलीमा १३ लाख मतदाता थपिएका छन् । साउन १ गतेदेखि आयोगले ७५ जिल्ला निर्वाचन कार्यालय र साउन १६ देखि भदौ ३ गतेसम्म ७४४ स्थानीय तहमा मतदाता नामावली संकलन गरेको थियो । जसमा १३ लाख मतदाता थपिएको आयोगले जानकारी दिएको छ । यो सँगै अब मतदाताको संख्या १ करोड ५३ लाखभन्दा बढी पुग्ने भएको छ । गाउँपालिका तथा नगरपालिकाको अझै केही तथ्यांक आउन बाँकी भएकाले संख्यामा केही वृद्धि हुन सक्ने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता कायम गरिएको थियो । गत फागुन ९ गते १८ वर्ष पुरा भएर फोटोसहितको नामावलीमा समावेश भएका स्थानीय तह निर्वाचनमा भाग लिन योग्य भएका थिए । १६ वर्ष पुगेका र नागरिकता भएका सबै नेपाली नागरिकले मतदाता नामावली संकलनमा भाग
प्रधानमन्त्री देउवा भारत प्रस्थान

प्रधानमन्त्री देउवा भारत प्रस्थान

मुख्य समाचार, राजनीति
काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणमा त्यसतर्फ प्रस्थान गरेका छन् । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा पत्नी आरजू राणा देउवाका साथ ६० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन्। दुवै देशको उच्चस्तरीय वार्तासहित नयाँदिल्लीमा बिहीबार भेटघाट र अन्य कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयले भारतको बाह्यत मामिला मन्त्रालयसँगको समन्वयमा तयार पारेको भ्रमण तालिकाअनुसार भोलि अपराह्नय नयाँदिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछ उनले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन्। बिहीबार बिहान
बैतडी क्षेत्र नं २ का सांसद चन्द वाणिज्य राज्य-मन्त्रीमा नियुक्त

बैतडी क्षेत्र नं २ का सांसद चन्द वाणिज्य राज्य-मन्त्रीमा नियुक्त

राजनीति, विविध
बैतडी, ६ भदौ । बैतडी क्षेत्र नं २ बाट निर्बाचित सांसद नरबहादुर चन्द वाणिज्य राज्य-मन्त्रीमा नियुक्त हुनुभएको छ । आज मंगलबार गरिएको मन्त्रीपरिषद विस्तारमा चन्द वाणिज्य राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो । २०१९ साल भदौ १३ गते बुवा गौरी चन्द र आमा गौरा चन्दको कोखबाट जन्मेका चन्दले २०४४ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीति शुरु गर्नुभएको थियो । व्यवस्थापन बिषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातोकोत्तर गरेका राज्यमन्त्री चन्दले विरेन्द्र मावि शाहीलेकबाट माध्यमिक शिक्षा उत्तीर्ण गर्नुभएको थियो । २०४९ सालमा नेपाली कांग्रेसको जिल्ला सचिव रहेकै बेला उहाँ जिल्ला विकास समितिको सभापति समेत बन्नुभएको थियो । चन्द २०६७ सालमा नेपाली कांग्रेस बैतडीको सभापति समेत बन्नु भएको थियो । २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं २ बाट विजयी भएका चन्दले पहिलो पटक राज्यमन्त्री बन्ने अवस
दुई तिहाई नपुग्दा संविधान संशोधन प्रयास असफल

दुई तिहाई नपुग्दा संविधान संशोधन प्रयास असफल

मुख्य समाचार, राजनीति
काठमाडौं, ०५ भदौ । सरकारले व्यवस्थापिका संसद्‍मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव असफल भएको छ । नेपालको संविधानअनुसार संविधान संशोधन गर्न आवश्यक दुई तिहाइ बहुमत नपुग्दा संविधान संशोधनको प्रयास असफल भएको हो। सोमबार बेलुका भएको मतविभाजनमा प्रस्तावको पक्षमा ३४७ र विपक्षमा २०६ मत प्राप्त भएको थियो । प्रस्ताव पारित हुन कम्तिमा पनि ३९५ मत आवश्यक पर्थ्यो । नेकपा एमाले, राप्रपा, नेमकिपा, राजमोलगायतका राजनीतिक दल प्रस्तावको विपक्षमा उभिएका थिए । प्रस्तावको पक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र, राजपालगायत साना दल पक्षमा थिए । उक्त संख्या तत्काल कायम रहेको ५९२ को दुई तिहाई मत नभएकाले अस्वीकृत भएको घोषणा सभामुख ओनसरी घर्तीले गरेकी थिइन् । विपक्षमा एमाले, राप्रपाका २०६ जना सांसदले मतदान गरे। संविधान संशोधनमाथि मतदान हुँदा संसदमा उपस्थित कोही पनि तटस्थ बसेका थिएनन्। संसदको अर्को बैठक भ
error: Content is protected !!