राजनीति

सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति प्रतिवद्ध : प्रधानमन्त्री

सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति प्रतिवद्ध : प्रधानमन्त्री

मुख्य समाचार, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितिलाई बधाई दिंदै प्रधानमन्त्री ओलीले वर्तमान सरकार र नेपाल कम्युनिस्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने बताए । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ वर्ष जेल बसेको, पार्टीको कयौं नेता, कार्यकर्ता सहिद भएको बताउँदै लोकतन्त्रलाई खतरामा पर्न नदिने बताएका हुन् । केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टी व्यक्त गरे । उनले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन मिडियाको ठूलो भूमिका हुने बताए ।
हेमबाबु बने राप्रपाकाे प्रदेश प्रवक्ता

हेमबाबु बने राप्रपाकाे प्रदेश प्रवक्ता

राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ नम्बर प्रदेश प्रवक्तामा पार्टीका केन्द्रीय सदस्य हेमबाबु लेखक नियुक्त भएका छन् । पार्टीका अध्यक्ष कमल थापाले लेखकलाई प्रवक्ता नियुक्त गरेका हुन् । अखण्ड सुदूरपश्चिम अान्दाेलनका मुख्य याेजनाकार तथा साहित्यकार लेखक राप्रपाभित्र अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनका विश्वासपात्र मानिन्छन् । ७ नम्बर प्रदेशमा लेखक थापा र लिङ्देनका नजिकका नेता मानिन्छन् । साहित्यिक क्षेत्रमा समेत महत्त्वपूर्ण याेगदान पुरयाएका लेखकले कालापानीदेखि सुस्तासम्म माटाे बचाउ अभियान चलाएका थिए । उनका अाधा दर्जन पुस्तक प्रकाशित छन् । जानकारहरुका अनुसार मिलनसार स्वभावका लेखकको सम्बन्ध अन्य पार्टीका ठूला नेताहरुसित समेत सुमधुर रहेको छ । अहिले लेखककै परिकल्पना र सक्रियतामा बैतडी सदरमुकाममा पृथ्वीनारायण शाहको सर्वाधिक ठूलो शालिक निर्माण अभियान समेत सुरु भएको छ ।
प्रदेश ७ मा बजेट प्रगति ५४ प्रतिशत मात्र, ‘हेल्लाे सीएम’लार्इ नतिजामुखी बनाइने

प्रदेश ७ मा बजेट प्रगति ५४ प्रतिशत मात्र, ‘हेल्लाे सीएम’लार्इ नतिजामुखी बनाइने

अर्थतन्त्र, मुख्य समाचार, राजनीति
धनगढी । प्रदेश ७ काे प्रदेशस्तरीय समीक्षा बैठक मङ्गलबार सम्पन्न भएकाे छ । बैठकमा विभिन्न मन्त्रालय र निकायद्वारा आर्थिक वर्ष २०७४/७५ मा गरिएको कार्य प्रगति, देखिएका समस्या समाधानका उपाय लगायतका विषयमा समीक्षा गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेकाे बैठकले गत आवमा देखिएका संरचनागत तथा व्यवस्थापकीय चुनौतीबाट अनुभव लिई चालू आवको बजेट तथा कार्यक्रम कार्यान्वयन नीति तथा कानूनको निर्माणतर्फ प्रभावकारिता बढाउन कार्ययोजनासहित कार्यान्वयन गर्ने निर्णय गरेकाे हाे । ‘हेलो सिएम’ गुनासो व्यवस्थापन कार्यक्रमलाई प्रदेशैभरि नतिजामुखी बनाउन चालू आवमा कार्ययोजना बनाई कार्यान्वयन गर्ने निर्णयसमेत बैठकले गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले जनाएकाे छ । प्रदेश नं ७ को सरकारले गत अार्थिक वर्षमा कूल रु एक अर्ब दुई करोड पाँच लाख बजेट विनियोजन गरेकामा सो बजेटको पूँजीगत र चा
बैतडी कांग्रेसमा पदाधिकारी चयन बिषयमा विवाद

बैतडी कांग्रेसमा पदाधिकारी चयन बिषयमा विवाद

राजनीति
बैतडी । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीमा पदाधिकारी चयन बिषयमा विवाद भएको छ । जिल्ला सभापति नरेन्द्रसिंह थापाले एकलौटी रुपमा पदाधिकारीहरुलाई समेत जानकारी नदिइ उपसभापति पदमा चतुरबहादुर चन्दलाई मनोनयन गरेको आरोप लगाएको छ । जिल्ला सचिव बीरबहादुर बिष्टका अनुसार पार्टी सभापतिले नै शनिबारका लागि जिल्ला कार्यसमितिको बैठक डाँकेको तर अध्यक्षता गर्नका लागि पार्टी सभापतिले आनाकानी गर्नुभएको छ । जिल्ला सचिव बीरबहादुर बिष्ट, जिल्ला कोषाध्यक्ष रमेश पाण्डेय लगायत १२ जना जिल्ला कार्यसमितिका सदस्यहरु र आमन्त्रीत सदस्यहरु सहित बसेको बैठकले सभापतिले एकलौटी रुपमा उपसभापतिलाई विधान विपरीत मनोनयन गरेको भन्दै खारेज गर्ने निर्णय गरेको छ । यस्तै केन्द्रिय कार्यसमितिको परिपत्र अनुुसार राय सुझाव पेश गर्नका लागि क्षेत्रीय समितिहरुलाई आग्रह गर्ने निर्णय गरेको छ । यसैगरी नेपाली कांग्रेसले चारत
कांग्रेसमा ३ केन्द्रीय र ३ महासमिति सदस्य मनाेनित

कांग्रेसमा ३ केन्द्रीय र ३ महासमिति सदस्य मनाेनित

राजनीति
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले तीन नेतालाई नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । सभापति देउवाले पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागाई (काभ्रे) र शीला शर्मा खड्का (दाङ्ग) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् । यसैगरी, देउवाले पार्टी विधानको धारा ४९(१३) (क) र (ख) बमोजिम दमननाथ ढुंगाना (काठमाडौं), तीर्थराम डंगोल (काठमाडौं) र हिरादत्त भट्ट (कैलाली) लाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिनिधिसभामा नेकपा संसदीय दलको उपनेता नेम्वाङ, राष्ट्रियसभाको नेता शर्मा

प्रतिनिधिसभामा नेकपा संसदीय दलको उपनेता नेम्वाङ, राष्ट्रियसभाको नेता शर्मा

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा सुवास नेम्वाङलाई जिम्मेवारी दिने तयारी गरेको छ । दलको नेता भने प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली छन् । यसैगरी प्रतिनिधिसभाको प्रमुख सचेतकको जिम्मेवारी देव गुरुङले र सचेतकको जिम्मेवारी शान्ता चौधरीले पाउने सम्भावना छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार बालुवाटारमा भएको भेटमा प्रतिनिधिसभा र राष्ट्रियसभाको कार्यविभाजनबारे छलफल भएको थियो । सो छलफलमा नेम्वाङ, गुरुङ र चौधरीको जिम्मेवारीलाई यथावत राख्ने सहमति भएको हो । यसअघि नेम्वाङ तत्कालीन एमालेको संसदीय दलको उपनेता र गुरुङ तत्कालीन माओवादीको प्रमुख सचेतकको जिम्मेवारी थिए । यसैगरी सचेतक तत्कालीन एमालेबाट शान्ता चौधरी थिइन् । अब नेकपाको सचेतक पनि चौधरीलाई बनाउने तयारी छ । उनीहरु पहिले जुन जिम्म
कांग्रेसबाट निर्वाचित डिलासैनि ७ का वडा अध्यक्ष नेकपामा प्रबेश

कांग्रेसबाट निर्वाचित डिलासैनि ७ का वडा अध्यक्ष नेकपामा प्रबेश

राजनीति
बैतडी । नेपाली कांग्रेसबाट बैतडीको डिलासैनि गाउपालिका ७ का निर्वाचित वडा अध्यक्ष प्रेम सिंह धामीले नेकपामा प्रबेश गर्नुभएको छ । धामीलाई नेकपा बैतडीका नेता तथा तत्कालिन एमाले जिल्ला अध्यक्ष सुरेन्द्र पालले टिका लगाई पार्टी प्रबेश गराउनु भएको हो । पार्टी प्रबेश गर्दै वडा अध्यक्ष धामीले पहिला आफु एमाले टिकट रहेको र बिचमा काग्रेशमा गएपनि फेरी फर्किएको बताउनुभयो ।
पाटनमा तरुणदलको प्रशिक्षण कार्यक्रम

पाटनमा तरुणदलको प्रशिक्षण कार्यक्रम

राजनीति
बैतडी । नेपाली काँग्रेसको भातृ संगठन तरुणदलको प्रशिक्षण कार्यक्रम आज हुने भएको छ । बैतडी पाटन स्थीत महिला बिकाश हलमा दिइने प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकास शर्माले प्रशिक्षण गर्नुहुनेछ । प्रशिक्षण कार्यक्रमका लागी प्रबक्ता शर्मा बैतडी पुग्नुभएको छ । प्रशिक्षणमा देशमा बाम गठबन्धनको सरकार रहेको अवस्थामा सरकारले गर्ने हरेक कामको खबरदारी गर्न तरुणदलले आफ्ना युवा कार्यकर्तालाई प्रशिक्षण दिन लागेको हो । तरुण दलले सरकारको सकारात्मक कामलाई रचनात्मक सहयोग गर्ने र नराम्रा कामका बारेमा खबरदारी गर्ने बिषयमा प्रशिक्षण केन्द्रीत हुने तरुणदल बैतडीका नव नियुक्त प्रबक्ता महेश भट्टले बताउनुभयो । बैतडीमा हुने प्रशिक्षण कार्यक्रममा जिल्लाका दशवटै स्थानीयतहबाट १०/१० जना दरुणदलका प्रतिनिधिहरुको उपस्थिति रहने उहाले बताउनुभयो । प्रशिक्षण कार्यक्रम बैतडी लगायत देशका ७७ वटै जिल
एमाले र माओवादी विघटन ! आजै नयाँ दल दर्ता

एमाले र माओवादी विघटन ! आजै नयाँ दल दर्ता

राजनीति
काठमाडौं । एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको छ । दुई दल मिलेर ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्दैछन् । एकता घोषणा पूर्व एमालेको केन्द्रीय कार्यसमिति र माओवादीको सचिवालयको विस्तारित बैठक बसेको छ । एमालेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र माओवादीको प्रचण्ड निवास खुमलटारमा बैठक बसेको हो । अब केही बेरमा नै प्रधानमन्त्री निवास बालुवाटारमा एकीकृत पार्टीको बैठक बस्दैछ । दुई दलले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनेछन् । तर, यो नाम गरेको पार्टी अहिले नै निर्वाचन आयोगमा दर्ता भएकाले समस्या भएको छ । स्रोतका अनुसार यहि नाममा निवेदन दिने र दल दर्ता प्रक्रियाअघि बढाउँदै समस्या परे संशोधन गर्ने सहमति भएको छ । एमालेको बैठकमा नेता बामदेव गौतमले ‘नेकपा कम्युनिष्ट पार्टी’ का पछाडि केही थप्ने विकल्प दिएका थिए ।
एमाले माओवादी नेताको उद्घोष एकता आजै

एमाले माओवादी नेताको उद्घोष एकता आजै

राजनीति
काठमाण्डौ । पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षले आजै पार्टी एकता हुने बताएका छन् । जननेता मदन भण्डारीको स्मृति दिवसमा एमालेले राजधानीको बुल्खु स्थित पुरानो पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकिकरण घोषणा आजै हुने बताउनु भएको हो । एकताको प्रक्रियागत कार्य आजै टुंगो लगाउने बताउदै प्रधानमन्त्री ओलीले एकीकरण पछि बन्ने बृहत पार्टीबाट डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नु भयो । संयुक्त केन्द्रिय समितिको बैठकपछि प्रक्रियागत एकता हुने बताउदै अध्यक्ष ओलीले आफुहरु दुवै पार्टी एकता प्रति उत्साहित रहेको बताउनुभयो । कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले मदन–आश्रित स्मृति दिवसकै अवसर पारेर एमाले–माओवादी एकता गर्न आफैँले प्रस्ताव गरेको बताउ
error: Content is protected !!