खेलकुद

विश्वकपमा छनोट हुन नेपालले आज नामिबियालाई जित्नै पर्ने

विश्वकपमा छनोट हुन नेपालले आज नामिबियालाई जित्नै पर्ने

खेलकुद
माघ २८, यु-१९ विश्वकप क्रिकेट अन्तर्गतको सातौँ स्थानका लागि आज नेपालले एसोसिएट टोली नामिबियासँग आज प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको फतुल्लाहस्थित  खान साहेब ओस्मन अली रंगशालामा नेपाल पौने ९ बजे नेपालले नामिबियासँग खेल्ने छ । आजको खेलमा जित निकाल्ने टोलीले सन् २०१८ मा न्यूजिल्याण्डमा आयोजना हुने आगामी संस्करणको लागि छनोट हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकपको शीर्ष स्थानमा रहने एसोसिएट टोलीलाई सन् २०१८ मा न्युजिल्याण्डमा आयोजना हुने विश्वकपमा सीधै छनोट गर्ने निर्णय अभिल्लो साता मात्र गरेको थियो । जारी यू-१९ विश्वकपमा एसोसिएट राष्ट्रका रुपमा दुईटोली मात्र क्वाटरफाइनलमा प्रवेश गरेका थिए ।
साग फुटबल : नेपालले आज बंगलादेशसँग खेल्ने

साग फुटबल : नेपालले आज बंगलादेशसँग खेल्ने

खेलकुद
काठमाडौं, माघ २८ – १२ औं सागको पुरुष फुटबल अन्तर्गत नेपालले बिहीबार बंगलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबिचको खेल भातरको गुवाहटीमा दिउँसो सवा दुई बजेपछि सुरु हुनेछ । समूहको एक अघि नै समेमिफाइनमाल स्थान बनाएको नेपाल आजको खेलमा विजयी भए वा बराबरी गर्न सके समूह ‘बी’ को विजेता बन्ने छ । सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएकोमा नेपाल बंगलादेश र भुटानसहित समूह ‘बी’ मा छ । समूह ‘ए’ मा भारत, माल्टिभ्स र श्रीलंका छन् । नेपालले यसअघि भएको खेलमा भुटानलाई ५–० ले हराएको थियो । समूह ‘ए’ बाट माल्दिभ्स समूह विजेता तथा भारत उपविजेतको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
टेनिसमा हुने गरेको भ्रष्टाचार नियन्त्रणका काम बारे स्वतन्त्र समीक्षा हुने

टेनिसमा हुने गरेको भ्रष्टाचार नियन्त्रणका काम बारे स्वतन्त्र समीक्षा हुने

खेलकुद, मुख्य समाचार
माघ १३ – टेनिस खेलमा भएका भ्रष्टाचार नियन्त्रणका कामबारे स्वतन्त्र समीक्षा गरिने भएको छ । खेल मिलेमतोका दाबी भैरहेका बेला अन्तराष्ट्रिय टेनिस महासंघ र चारवटै ग्राण्ड स्लामका प्रमुखसहितले विज्ञप्ति निकालेर यो खेलको मूल्य मान्यतालाई थप जोगाइ राख्नेमा समीक्षा केन्द्रित हुने बताएका छन् । उनीहरुले खेलकुद मिलेमतोलाई फौजदारी अपराधमा सामेल गर्न समेत विश्वका सबै सरकारलाई आग्रह समेत गरेका छन् । पछिल्लो दशकमा गैरकानुनी रुपमा टेनिसमा बाजी थापिने गरेको एउटा अनुसन्धानले देखाएपछि अष्ट्रेलियन ओपनका क्रममा समीक्षा गर्ने घोषणा गरिएको हो । विश्व वरियताक्रममा उत्कृष्ट ५० को सूचीमा परेका १६ जना खेलाडीले पटक–पटक खेल मिलेमतो गरेको हुन सक्ने आशंकासहितका उजुरी नियामक निकाय द टेनिस इन्टिग्रेटी युनिटमा परेको थियो । – एजेन्सीको सहयोगमा
बंगबन्धुको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किँदै, नगर परिक्रमा गराइने

बंगबन्धुको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किँदै, नगर परिक्रमा गराइने

खेलकुद
काठमाडौं, माघ ९ – बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेको नेपाली टोली शनिबार स्वदेश फकिँदैछ । नेपाली टोली दिउँसो साढे एक बजे नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । बंगलादेशको राजधानी ढाकामा शुक्रबार भएको फाइनलमा बहराइनलाई ३–० ले हराएर उपाधि जितेको नेपाली टोलीको स्वागतको तयारी गरिएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । नेपाली टोली दिउँसो त्रिभुवन विमानस्थलमा उत्रिए लगतै नगर परिक्रमा गराइ दशरथ रंगशाला त्रिपुरेश्वरमा पु¥याएर विशेष स्वागत कार्यक्रम गर्ने उहाँले जानकारी दिनुभयो । विमल घर्ति मगर, विशाल राई तथा नवयुग श्रेष्ठले एक एक गोलको मद्दतमा नेपाली टोलीले हिजो बहराइनलाई हराएर नेपालको लामो समयदेखिको उपाधि बिहिन यात्रा टुंग्याएको थियो । सन् १९९३ मा ढाकामा भएको दक्षिण एसियाली खेलकुद सागमा भारतलाई टाइब्रेकरमा हराएर उपाधि स्वर्णपदक जितेको
रोनाल्डोले रामोसको कान समाते

रोनाल्डोले रामोसको कान समाते

खेलकुद
माघ ७ – रियल मड्रिडका स्टाइकर क्रिष्टियानो रोनाल्डोले टिमका अर्को खेलाडी सर्जियो रामोसको कान समातेका छन् । रोनाल्डोले टिमका नयाँ प्रशिक्षक जिनेदिन जिदानसँगको टिमको पहिलो आधिकारिक तस्बिर खिचाउने क्रममा रामोसको कान समातेका हुन् । तस्बिरका लागि पहिलो क्रममा बसेका रामोसले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग कुरा गरिहरेका बेला पछिल्लो क्रममा उभिएका रोनाल्डोले कान समातेका हुन् । तस्बिरमा रोनाल्डोले रामोसको कानमा रहेको केही वस्तु फाल्दिन खोजे जस्तो पनि देखिन्छ । राफेल बेनिटेजलाई प्रतिस्थापन गर्दै जिदान रियलको प्रशिक्षक बनेका हुन् ।  – एजेन्सीको सहयोगमा
माल्दिभ्सविरुद्ध नवयुगको हृयाट्रिक, नेपाल बङबन्धु कपको फाइनलमा

माल्दिभ्सविरुद्ध नवयुगको हृयाट्रिक, नेपाल बङबन्धु कपको फाइनलमा

खेलकुद
५ माघ, काठमाडौं । नवयुग श्रेष्ठको हृयाट्रिकको मदतमा माल्दिभ्सविरुद्ध शानदार जित हात पार्दै नेपाल बंगबन्धु कप फुटबलको फाइनलमा पुगेको छ । नेपालले अब उपाधिका लागि शुक्रबार बहराइनसँग खेल्नेछ । मंगलबार भएको खेलमा नेपालले माल्दिभ्समाथि ४-१ गोल अन्तरको जित हात पारेको हो । माल्दिभ्सविरुद्ध नेपालले सन् १९९९ पछि पहिलो पटक जित हात पारेको हो । ढाकास्थित बङबन्धु नेशनल स्टेडियममा भएको खेलमा नेपालले ३० औं मिनेटमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । रविन श्रेष्ठको पासमा विमल घर्ती मगरको प्रहार बारमा लागेर फर्किर्एको बलमा नवयुगले गोल गरेका हुन् । उनको यो पहिलो अन्तराष्ट्रिय गोल समेत हो । पहिलो हाफको अन्तिमतिर गोलरक्षक विकेश कुथूले उत्कृष्ट बचाउ गर्दै नेपालको अग्रता कायमै राखे । इशा इमालीको प्रहार कुथूले पन्च गरेर मुस्किलले बचाएका हुन् । दोस्रो हाफमा नेपालले आफ्नो शानदार प्रदर्शन कायम
माल्दिभ्सविरुद्ध नेपालले कुनै पनि सर्तमा जित्नुपर्छः महर्जन

माल्दिभ्सविरुद्ध नेपालले कुनै पनि सर्तमा जित्नुपर्छः महर्जन

खेलकुद
४ माघ, काठमाडौं । नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले माल्दिभ्सविरुद्धको खेल जित्नै पर्ने बताएका छन् । बङबन्धु कपको सेमिफाइनलमा नेपालले भोलि मंगलबार माल्दिभ्सको सामना गर्नेछ । समूह चरणको तीन वटै खेलमा हार नव्यहोरेको नेपालले गोल भने एक मात्र गरेको छ । श्रीलंकालाई १-० ले पराजित गरेको नेपालले मलेसियाको फेल्डा युनाइटेड र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । मंगलबारको खेल अघि प्रशिक्षक महर्जनले सेमिफाइनलमा नेपालले आफ्नो खेल सुधार गर्नु पर्ने बताए । उनले भने-हामीले एक गोल मात्र गरेका छौं र हाम्रो फ्रन्ट लाइन सुधार गर्न जरुरी छ ।’ तर, नेपालले माल्दिभ्सविरुद्धको खेल कुनै सर्तमा जित्नु पर्ने उनले बताए । बराबरी पर्याप्त नहुने उनले बताए । ममाल्दिभ्सको टीममा टेक्निकल्ली राम्रो खेलाडीहरु रहेको भन्दै उनले ५०-५० को अवस्था रहेको बताए ।  पछिल्लो समय आफ्नो खेलमा सुधार गरेको भन्दै रि
क्रिस गेलले बनाए १२ बलमा ५० रन

क्रिस गेलले बनाए १२ बलमा ५० रन

खेलकुद
४ माघ, काठमाडौं । क्रिस गेलले युवराज सिंहको फस्टेस्ट ५० को रेकर्ड बराबरी गरेका छन् । बिग ब्यास लिगमा एडिलेड स्ट्रकर्सविरुद्धको खेलमा मेलबर्न रेन्जर्सबाट खेलेका गेलले १२ बलमा ५० रन बनाएका हुन् । भारतका युवराज सिंहले १९ सेप्टम्बर २००७ इंग्ल्याण्डविरुद्ध १२ बलमा ५० रनको रेकर्ड बनाएका थिए । गेलले पहिलो ओभरमा ग्रेग वेष्टको बलमा चार छक्का हानेका थिए भने तेस्रो ओभरमा उनले बेल लोफनिललाई दुई छक्का र दुई चौका हाने । चौथो ओभरको पहिलो बलमा छक्का हान्दै उनले युवराज सिंहको फास्टेस्ट ५० को रेकर्ड बराबरी गरे । गेल १७ बलमा ५६ रन बनाएर आउट भए ।
error: Content is protected !!