खेलकुद

गणतन्त्र दिवसको अवसरमा मैत्रीपूर्ण फूटबल सम्पन्न

गणतन्त्र दिवसको अवसरमा मैत्रीपूर्ण फूटबल सम्पन्न

खेलकुद, मुख्य समाचार
बिनोद सिंह बिष्ट जेष्ठ १५, २०७३, बैतडीमा पनि विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाईदै छ । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा शुक्रवार बेलुका ५ बजे श्री कृष्ण उच्च माध्यमिक विद्यालय पाटनमा कर्मचारी ११ र राजनैतिक दल ११ बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा कर्मचारीले राजनितिक दललाई १ का बिरुद्ध ५ गोलले हराएको थियो । कर्मचारीको तर्फबाट प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र राजनैतिक दलका तर्फबाट पुस्कर राज जोशी (लख्खा भाई) टिम कप्तान रहनु भएको थियो । शुक्रवार बिहान सदरमुकाम गोठलापानी र शाहीलेक बजारमा सरसफाई गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो । यस्तै शनिवार बिहान जिल्ला अस्पताल बैतडीका बिरामीहरुलाई फलफूल वितरण गरिनेछ भने दिउँसो अन्तरक्रियाको आयोजना गरिने छ ।
खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न

खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न

खेलकुद
भगीरथ अवस्थी बैशाख १९ २०७३, डिलेश्वरी उच्च माविको आयोजना, नेपाल विद्यार्थी संघको सहआयोजना र युनाइटेड युथ अफ नेपालको प्रायोजनमा यही वैशाख १६ गते देखि हाटमा संचालन भएको खुल्ला पुरुष भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि नेपाल विद्यार्थी संघको टीमले चुमेको छ । उपाधिसंगै नेविसंघको टीमले ३१ हजार नगद पनि प्राप्त गरेको छ । यस्तै प्रायोजक युनाइटेड युथ अफ नेपालको टीम द्वितीय भएको छ । उसले १५ हजार ५ सय नगद सहित ट्रफी र प्रमाण पत्र हात पारेको छ । आयोजक डिलेश्वरी उच्च मावि तृतीय भएको छ । उसले नगद ७ हजार ५ सय सहित प्रमाणपत्र र ट्रफी हात पारेको छ । प्रतियोगितामा ८ टीमको सहभागिता रहेको ने. वि. संघ बैतडीका कार्यबाहक अध्यक्ष कपिल केसीले बताउनु भएको छ ।
पुरुष खुल्ला भलिबल प्रतियोगिता सुरु

पुरुष खुल्ला भलिबल प्रतियोगिता सुरु

खेलकुद
बैशाख १६, २०७३, बैतडी पुर्चौडी हाँटमा प्रथम शुभकामना पुरुष खुल्ला भलिबल प्रतियोगिता शुरु भएको छ । बैसाख १६ देखि १८ गते सम्म हुने उक्त प्रतियोगिता डिलेश्वरी उमावि आयोजक, ने.वि. संघ बैतडी सह–आयोजक रहेको उक्त प्रतियोगिताको प्रायोजन युनाईटेड युथ अफ नेपालले गरेको हो । नयाँ वर्षको शुभ–कामना तथा एक आपसी एकताको लागि यस प्रतियोगिताको आयोजना गरीएको युनाईटेड युथ अफ नेपालका अध्यक्ष तेज बहादुर चन्द ले सीधारेखा लाई बताउनु भएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु. ३१ हजार, द्धितिय हुनेलाई १५ हजार ५ सय र तृतिय हुनेलाई ७ हजार ५ सय पुस्कार राखीएको ने. वि. संघ बैतडीहका कार्यबहाक अध्यक्ष कपिल केसीले जानकारी दिनु भएको छ ।
विश्व क्रिकेट लिग च्याम्पियनशिप : नेपाल र नामेविया मैदानमा

विश्व क्रिकेट लिग च्याम्पियनशिप : नेपाल र नामेविया मैदानमा

खेलकुद
वैशाख ३, काठमाडौं, त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शनिबार र सोमबार विश्व क्रिकेट लिग च्याम्पियनशिपको खेलमा नेपाल र नामिबिया भिड्दैछन् । नामिबियाको क्रिकेट टोली दिल्ली हुँदै आज दिउँसो काठमाडौं आइपुगेको छ । त्रिवि क्रिकेट मैदानमा खेलको लागि कडा सुरक्षा व्यवस्था हुने भएको छ । खेलका लागि कुल १५ हजार टिकट विक्रिमा राखिने भनिए पनि १० हजार टिकट सकिएपछि शुक्रबार साँझ टिकट विक्री बन्द गरिएको छ । टिकट नपाएर क्रिकेटप्रेमीहरू निराश बनेका छन् ।
खेल मैदान निर्माणका लागि सम्भाव्यता अध्ययन

खेल मैदान निर्माणका लागि सम्भाव्यता अध्ययन

खेलकुद
बैतडीको पाटन नगरपालिका वडा नं ९ वसन्तपुर भरतपुरमा खेल मैदान निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको छ । सो ठाउँमा राष्ट्रिय स्तरको खेलमैदान निर्माणका लागि प्रमुख जिल्ला अधिकारी, खेलकुद विकास समितिका अध्यक्ष लगायतको टोलीले निरीक्षण गरेको हो । पाटनको भरतपुरमा खेलमैदान निर्माणका लागि उपयुक्त ठाउँ रहेको निरीक्षण पछि प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो । अब जिल्ला प्रशासन, मालपोत कार्यालय, नापी शाखा, जिल्ला वन कार्यालय र खेलकुद विकास समितिको बैठक बसी खेलमैदान निर्माणका लागि योजना बनाइने जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमन भण्डारीले जानकारी दिनुभयो । खेलमैदान निर्माणका लागि बनेको योजना यूवा तथा खेलकुद मन्त्रालयमा पेश गरिने उहाँले बताउनुभयो । मन्त्रालयमा योजना पेश भएपछि मन्त्रीपरिषदको निर्णयबाट खेल मैदान निर्माणको कार्य शुरु हुने अध्यक्ष भण्डारीले जानकारी दिन
अत्तरियामा राष्ट्रव्यापी नकआउट फुटवल प्रतियोगिता

अत्तरियामा राष्ट्रव्यापी नकआउट फुटवल प्रतियोगिता

खेलकुद
धुर्ब बिष्ट कैलाली, फाल्गुन २८, कैलालीको अत्तरियामा शुक्रबारदेखि राष्ट्रव्यापी नकआउट फुटवल प्रतियोगिता ‘मालिका यातायात वनदेवी यूवा क्लव विवाइसी कप २०७२’ सञ्चालन भएको छ । वनदेवी युवा क्लवको आयोजनामा अत्तरियाको तेघरी व्यारेक नजिक सो प्रतियोगिता सञ्चालन भएको हो । पहिलोपटक सुदूर तथा मध्यपश्चिमै सर्वाधिक धनराशिमा आयोजना हुन लागेको यो फुटवल प्रतियोगितामा भारतको बनारसबाट एक टीम, विभागीय टीम दुई र नेपालका क्लवहरु गरी १६ टिमको सहभागिता रहेको क्लवका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रकाश शाहीले जानकारी दिएका छन । प्रतियोगितामा विजेता हुने टीमलाई एक लाख ५१ हजार एक सय ११, उपविजेतालाई ७५ हजार एक सय ११ र सेमीफाईनलमा पुग्ने टीमलाई १५ हजार नगद पुरस्कार दिईने उनले जानकारी दिएका छन ।
डडेलधुराका दिलबहादुरलाई आइपीएल खेल्ने मौका!

डडेलधुराका दिलबहादुरलाई आइपीएल खेल्ने मौका!

खेलकुद
डडेल्धुरा आलितालका क्रिकेट खेलाडी दिलबहादुर बोहरा इण्डियन प्रिमियर लिग (आइपीएल) खेल खेल्न पाउने भएका छन्। भारतको पञ्जाब क्रिकेट संघले उनलाई अन्तिम छनोटको लागि बोलाएको छ । छनोटको दुई चरण पार गरिसकेका बोहराको अब अन्तिम छनोट मात्र बाँकी छ । आगामी मार्च ४ देखि १३ तारेखसम्म मोहालीमा हुने अन्तिम क्याम्पमा सफलता हासिल गर्न सके खेलाडी बोहरा किङ्ग्स इलेवेन पञ्जाबबाट आइपीएल खेल्न पाउनेछन् । सो टीमले बोहरालाई वार्षिक २५ लाख रूपैयामा अनुबन्ध गर्ने स्रोतले बताएको छ । ‘यदि बोहोरा अन्तिम क्याम्पबाट पनि छानिए भने उनलाई किंग्स इलेभेनले वार्षिक २५ लाख रूपैयाँमा अनुबन्धन गर्ने पक्का छ,’ स्रोतले भन्यो । उनलाई पञ्जाब क्रिकेट एसोशिएसनले एक पत्र पठाएर शुभकामना समेत दिदैं आइपीएलमा सहभागिताका लागि अन्तिम् छनोटसम्म पुग्ने पहिलो नेपाली क्रिकेट खेलाडी रहेको जनाएको छ। पहिलो चरणको छनोटमा बोहराले ४२ बलमा ८४ रन
पत्रकार र कर्मचारीबीच मैत्रीपुर्ण भलिबल

पत्रकार र कर्मचारीबीच मैत्रीपुर्ण भलिबल

खेलकुद
लोकेश साउद बैतडी, १५ फागुन । फ्रेबुबरी महिनालाई आयोडिन महिनाको रुपमा मनाइरहँदा आयोडिनको प्रवद्र्धनका लागि कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण भलिबलको आयोजना गरिएको छ । स्थानीय जनसरोकार पोष्ट दैनिकले आयोजना गरेको प्रतियोगिताको अर्थराज्य मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले कर्मचारी समुहको कप्तानी गर्नुभएको थियो भने पत्रकार महासंघ, बैतडीका अध्यक्ष नरेन्द्र भट्टले पत्रकार समुहको कप्तानी गर्नुभएको थियो । दुई समुहबीच भएको मैत्रीपूर्ण भलिबलमा नीजामती कर्मचारी समुहले जीत हाँसिल गरेको छ । प्रतियोगितामा खेलाइएका तीन खेलमा दुई खेल जित्दै कर्मचारी समुहले प्रतियोगिता जितेको हो । खेल समापनको अवसरमा प्रजिअ अधिकारीले आयोडिनका लागि सधै दुई बालवालिकाको चिन्ह अंकित आयोडिन युतm प्याकेटको नुनकोमात्र प्रयोग गर्नु पर्ने धारण राख्नुभयो । आयोडिन मानव शरि
राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सम्पन्न

राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सम्पन्न

खेलकुद
इन्द्रसरा  खड्का, फाल्गुन ७, बैतडीमा शुक्रबार सम्पन्न राष्टपति रनिङ्ग सिल्ड सितलपुर माबि मेलौली बैतडीले हात पारेको छ । जिल्लाको क्षेत्रनम्बर १ र २ बाट छनोटमा परेका टिमहरुको जिल्लास्तरमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितमा १ सय ९४ अंक प्राप्त गरी सितलपुर माबि मेलौली प्रथम, १ सय १७ अंक प्राप्त गरी कृष्ण उमाबि पाटन द्धितीय र ७७ अंक प्राप्त गरी मणीलेख उमाबि काँडा मेलैली तृतीय भएका छन् । प्रतियोगितामा प्रथमहुने टिमलाई नगद रु १५ हजार सिल्ड र प्रमाणपत्र दिएको छ भने द्धित्तीयलाई नगद रु १२ हजार र प्रमाणपत्र र तृतियलाई नगद रु ९ हजार र प्रमाणपत्र बितरण गरीएको बताइएको छ । ३ दिन देखी जारी प्रतियोगीतामा कबड्डी, दौड, भलीबल प्रतियोगीता, ज्याब्लीङ थ्रो लगायत बिभीन्न खेलमा प्रतिष्पर्धा गरीएको जिल्ला खेलकुद बिकास समिति का अध्यक्ष चमन भण्डारीले सिघारेखा संगको कुराकानीमा बताउनु भएको छ । यस्तै भलिबल तर्फ र
१२ बर्षियाले जितिन तीन हजार मिटर दौड

१२ बर्षियाले जितिन तीन हजार मिटर दौड

खेलकुद
लोकेश साउद बैतडी, १२ फागुन । बैतडीमा सम्पन्न आठौं राष्टपति रनिङ सिल्डको तीन हजार मिटरको लामो दौड एक १२ बर्षिया छात्राले जितेकी छन् । रौलेश्वर माबि सात कक्षामा अध्ययनरत छात्रा सरस्वती कुवँरले ३६ वटा विद्यालयको प्रतिश्पर्धीहरुलाई पछि पार्दै तीन हजार मिटरको दौड जितेपछि आयोजक र दर्सकहरु नै अचम्मित भएका थिए । प्रतियोगिताको पुरष्कार बितरण समारोहमा सबैभन्दा आकर्षणको केन्द्र बिन्दु बनेकी कुँवरलाई नगद पुरष्कार दिनेहरुको समेत भिड लागेको थियो । निकै सानो उमेरमा जिल्लाभरीबाट उत्कृष्ठ खेलाडी बनेकी कुवँर दौडका लागि प्रतिभावान खेलाडी रहेको खेलकुद विकास समितिका अध्यक्ष चमन भण्डारीले बताउनुभयो । हालसम्मकै कम उमेरमा लामो दौड जित्ने उनि जिल्लाकै पहिलो खेलाडी रहेको खेलकुद कार्यालय प्रमुख तर्कराज जोशीले बताउनुभयो । यस बर्षको राष्टपति सिल्ड एक सय ९४ अंकका साथ शितलपुर माबि मेलौलीले हात पारेको छ भने उप बिजेता