खेलकुद

बिडिसिए उद्घाटन खेलमा निङ्गलाशैनी क्रिकेट क्लब विजयी

बिडिसिए उद्घाटन खेलमा निङ्गलाशैनी क्रिकेट क्लब विजयी

खेलकुद
विनोद सिंह विष्ट, बैतडी, २ कात्तिक । जिल्ला क्रिकेट संघ बैतडीको आयोजनामा आजदेखि बिडिसिए क्रिकेट कप प्रतियोगिता १६ औ संस्करण सुरु भएको छ । निङ्गलाशैनी खेल मैदान देहिमाण्डौं र बुढाबाजे खेलमैदान दनपा ११ रातामाटामा सञ्चालन भईरहेको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । देहिमाण्डौमा भएको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले ब्याटिङ र नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य जयदेव जोशीले बलिङ गरेर उद्घाटन गरिएको हो । आज भएको उद्घाटन खेलमा निङ्गलाशैनी क्रिकेट क्लब एनसिसिले महारुद्र क्रिकेट क्लबलाई ३४ रनले पराजित गरेको छ । निङ्गलाशैनी खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको निङ्गलाशैनीले खडक बोहराको उत्कृष्ठ प्रदर्सनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १८६ रन बनाएको थियो । निङ्गलाशैनीका खडक बोहराले अर्धसतकिय पारी खेल्दै ३९ बलमा ९ चौका र १ छक्काको मद्दतले ५७ रन
बिडिसिए क्रिकेट कप आजदेखि

बिडिसिए क्रिकेट कप आजदेखि

खेलकुद
विनोद सिंह विष्ट, बैतडी, २ कात्तिक । जिल्ला क्रिकेट संघ बैतडीको आयोजनामा आज मंगलवारदेखि बिडिसिए क्रिकेट कप प्रतियोगिता १६ औ संस्करण हुने भएको छ । निङ्गलासैनी खेल मैदान देहिमाण्डौं र बुढाबाजे खेलमैदान दनपा ११ रातामाटामा सञ्चालन हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष रमेश बोहराले जानकारी दिनुभयो । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भईसकेको र मंगलवार देहिमाण्डौमा प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको प्रमुख आथित्यमा एक कार्यक्रमका विच उद्घाटन गरिने उहाले बताउनुभयो । कात्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता टी २० फर्म्याटमा हुुनुका साथै प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा खेलाइने जनाएको छ । प्रतियोगिताबाट उत्कृष्ठ खेलाडीबाट क्षेत्रिय प्रतियोगिताका लागी क्षेत्र नम्बर ६ बैतडीको टिम बनाईने बताईएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद २५
बैतडीमा हुने बिडिसिए क्रिकेट कप मंगलबारदेखि

बैतडीमा हुने बिडिसिए क्रिकेट कप मंगलबारदेखि

खेलकुद
विनोद सिंह विष्ट, बैतडी, १ कात्तिक । जिल्ला क्रिकेट संघ बैतडीको आयोजनामा मंगलवारदेखि बिडिसिए क्रिकेट कप प्रतियोगिता १६ औ संस्करण हुने भएको छ । निङ्गलासैनी खेल मैदान देहिमाण्डौं र बुढाबाजे खेलमैदान दनपा ११ रातामाटामा सञ्चालन हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष रमेश बोहराले जानकारी दिनुभयो । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भईसकेको र भोली मंगलवार देहिमाण्डौमा प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको प्रमुख आथित्यमा एक कार्यक्रमका विच उद्घाटन गरिने उहाले बताउनुभयो । कात्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता टी २० फर्म्याटमा हुुनुका साथै प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा खेलाइने जनाएको छ । प्रतियोगिताबाट उत्कृष्ठ खेलाडीबाट क्षेत्रिय प्रतियोगिताका लागी क्षेत्र नम्बर ६ बैतडीको टिम बनाईने बताईएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद २
बेलौरीमा शुभ दिपावली स्वराजकप फुट्बल प्रतियोगिता हुने

बेलौरीमा शुभ दिपावली स्वराजकप फुट्बल प्रतियोगिता हुने

खेलकुद
हरिश चन्द्र बाग, कञ्चनपुर, २६ असोज । बेलौरीमा शुभ दिपावली स्वराजकप फुट्बल प्रतियोगिता हुने भएको छ । गत विगतका वर्षहरू झैं यस वर्ष पनि यही कार्तिक ५ गते देखि फुटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । नगर खेलकुद विकास समिति बेलौरीले आयोजना गर्ने प्रतियोगितामा जेवी अटो मोबाइल्स धनगढीले मुख्य प्रायोजन गर्ने नगर खेलकुद विकास समिति बेलौरीका सचिव तेज बहादुर चन्दले बताउनु भयो । खेलकुदका लागि टिम दर्ता लगायतका कार्यहरू भोली असोज २७ गते देखि सुरु भई कात्र्तिक ४ गते सम्म जारी रहने र कार्तिक ५ गते विहान ११ बजेबाट खेल उद्घाटन र सञ्चालन हुने नगर खेलकुद विकास समिति बेलौरीले जनाइएको छ । यस वर्षको शुभ दिपावली स्वराजकप फुट्बल प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ५५,५५५।– र द्वितीय हुने टिमलाई रु. २५,५५५।– पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
गुरुखोलामा किक्रेट प्रतियोगिता

गुरुखोलामा किक्रेट प्रतियोगिता

खेलकुद
इन्द्रसरा खड्का, बैतडी, २२ असोज । बैतडीको गुरुखोलामा जारी किक्रेट प्रतियोगितामा आज पनि विभिन्न खेल भएका छन् । दशैको अवसरमा आयोजना गरीएको प्रतियोगीतामा आज पहिलो खेल डाडाबाग र बलब्रेकर बिच भएको थियो । पहिले टस जितेर ब्याटिङ गरेको डाडाबागले सबै विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो डाडाबागले दिएको लक्ष्य बलब्रकरले ११ ओभरमा ९८ रन बनाइ बिजयी भएको थियो । यस्तै दोस्रो खेल एनएमसि र एनएमसि स्टार ब्वाइज बिच भएको थियो । जसमा पहिले टस जितेर ब्याटिङ गरेको एनएमसि स्टार ब्वाइजले सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो । जवाफमा एनएमसिले उक्त लक्ष ११ ओभरमा पुरा गरी फाइनलमा प्रबेश गरेको छ । यस्तै आजै भएको तेस्रो खेल भुमिराज र बलब्रेकर बिच भएको थियो । पहिले ब्याटिङ गरेको बलब्रेकरले १५ ओभरमा १ सय ४० रन बनाएको थियो । उक्त लक्षयलाइ पच्छयाउने क्रममा भुमिराजले सबै विकेट गुमाएर १ सय १४ रनमा समेटी
बडादशैंको अवसरमा भलिबल प्रतियोगिता र सांस्कृति कार्यक्रम हुने

बडादशैंको अवसरमा भलिबल प्रतियोगिता र सांस्कृति कार्यक्रम हुने

खेलकुद
भगीरथ अवस्थी, बैतडी, १७ असोज । बडादशैको अवसरमा बैतडीको रौलेश्वरमा भलिबल प्रतियोगिता, सांस्कृतिक तथा सम्मान कार्यक्रम हुने भएको छ । पूर्व विद्यार्थी समाज रौलेश्वरको आयोजनामा यही असोज १८ गतेदेखि २० गते विविध सांस्कृति कार्यक्रम र भलिबल प्रतियोगिता सञ्चालन गरिने कार्यक्रम संयोजक रीजन मडैले जानकारी दिनुभयो । हिन्दू नेपालीहरुको महान चाड बडादशैैंको अवसर पारेर शुभकामना आदान प्रदानका लागि भलिबल प्रतियोगिता, सांस्कृतिक र सम्मान कार्यक्रम राखिएको उहाँले बताउनुभयो । भलिबल प्रतियोगिता १८ र १९ गते सञ्चालन हुने छ भने २० गते सांस्कृतिक तथा सम्मान कार्यक्रम हुने आयोजकले जनाएको छ । रौलेश्वर मावि रामकी बरायलमा सञ्चालन हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । भलिबल प्रतियोगिता समूह दर्ताको कार्य भइरहेको छ भने सांस्कृतिक कार्यक्रममा गायक जनक धानुक र गायिका पूर्णिमा ठगुन्नाको बिशे
सरस्वतीले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडिन्, निशा ८ दिनपछि ओलम्पिक खेल्दै

सरस्वतीले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडिन्, निशा ८ दिनपछि ओलम्पिक खेल्दै

खेलकुद
धुर्ब बिष्ट, डडेल्धुरा, २९ साउन । डडेल्धुराकी सरस्वती भट्टराई रियो ओलम्पिकको पहिलो चरण हिटबाट बाहिरिएकी छन । रियो ओलम्पिक अन्तर्गत १५ सय मिटर मध्यम दूरीको दौडमा निर्धारित दूरी चार मिनेट ३३ दशमलव ९४ सेकेण्डमा पूरा गरिन । ४१ जना खेलाडी रहेको स्पर्धामा सरस्वती ३७ औं स्थानमा रहिन । हिट १ मा रहेकी सरस्वती यो समूहमा भने १३ औं स्थानमा रहिन । पहिलो चरणबाटै बाहिरिए पनि सरस्वतीले राष्ट्रिय कीर्तिमान भने बनाउन सफल भइन । आज बिहान भएको प्रतिस्पर्धामा उनले चार मिनेट ३३ दशमलव ९४ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी हुन । उनले राजकुमारी पाण्डेको नाममा रहेको कीर्तिमान तोडेकी हुन । राजकुमारीले सन १९९० को एसियन गेम्समा ४ मिनेट ३४ दशमलव ४५ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन । यस्तै सुदूरपश्चिमकै चेली निशा रावलले भने अबको आठ दिनपछि ओलम्पिक खेलमा सहभागिता जनाउँदै छिन । तेक्वान्दोकी
कर छलीको अभियोगमा मेसीलाई २१ महिना जेल सजाय

कर छलीको अभियोगमा मेसीलाई २१ महिना जेल सजाय

खेलकुद
काठमाडौं, २२ असार । बार्सिलोनाका फुटबल खेलाडी लियोनल मेसीलाई कर छलीको अभियोगमा बुधबार स्पेनको एक अदालतले २१ महिना जेल सजाय सुनाएको छ । साथै उनलाई २४ करोड रुपैंया जरिवाना पनि तोकेको बिबिसीले जनाएको छ। -एजेन्सी
कोपा अमेरिका फुटबलको उपाधी चिलीलाई

कोपा अमेरिका फुटबलको उपाधी चिलीलाई

खेलकुद
काठमाडौँ, १३ असार । कोपा अमेरिकाको उपाधी चिलीले जितेको छ । आज बिहान अमेरिकामा सम्पन्न खेलमा चिलीले ४–२ गोल अन्तरले अर्जेन्टिनालाइ जितेको हो । पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरले पराजित गर्दै चिलीले उपाधी हात पारेको हो। निर्धारित ९० मिनेटमा गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । दुवै टोलीका एकएक खेलाडी रातो कार्ड खाएर मैदान छाडेका थिए । अर्जेन्टिनामा रोजो र चिलीका रोजासलाई रेफ्रीले रातोकार्ड देखाएका थिए । -एजेन्सी
अत्तरियामा क्रिकेटको माहोल तताउँदै रवि खनाल

अत्तरियामा क्रिकेटको माहोल तताउँदै रवि खनाल

खेलकुद
क्रिकेट भनेपछि आजभोलि नबुझ्ने प्राय कमै होलान् । पछिल्ला केही वर्षयता नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गइरहेको छ । नेपालले हात पारेको महत्त्वपूर्ण सफलताहरुले झनै क्रिकेटका फ्यानहरु बढाइदियो । देशको सुदूरमा रहेको सुन्दर सुदूरपश्चिममा पनि क्रिकेटको भविष्य सुनौलो देखिन्छ । केही वर्षयता सुदुरमा क्रिकेट प्रतियोगिताहरुको निरन्तर संञ्चालनले खेलाडीहरुको उत्पादन त भई नै रहेको छ क्रिकेट प्रति झुकाव समेत बढिरहेको छ । प्राय: सबै फ्म्याटका प्रतियोगिताहरु यहाँ आयोजना भइरहेका छन् । अत्तरिया क्रिकेट त्यो शहरको नाम हो- अत्तरिया । जुन सुदूरपश्चिमको केन्द्र हो । अत्तरिया प्राकृतिक रुपमा जति सम्पन्न छ त्यति नै सम्भावनाको हिसाबले समेत उच्च सामर्थ्य राख्दछ । क्रिकेटको शहरको नामले चिनिने धनगढी शहर भन्दा केही  कि.मी.को दुरीमा मात्रै रहेको अत्तरियामा क्रिकेटका गतिविधिहरु संञ्चालन नहुदा सम्भावना सम्भावना
error: Content is protected !!