खेलकुद

नेपालद्वारा हङकङ ५ विकेटले पराजित

नेपालद्वारा हङकङ ५ विकेटले पराजित

खेलकुद
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गतको अन्तिम खेलमा हङकङलाई नेपालले ५ विकेटले पराजित गरेको छ । हङकङले दिएको १५४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ५५ बल बाँकी छँदै भेट्टाएको हो । नेपाललाई जिताउने क्रममा नटआउट रहेका रोहितकुमार पौडेलले सर्वाधिक ४८ रन बनाए । उनले ८६ बलको सामना गर्दै ५ चौका पनि हाने । त्यसैगरी नटआउट रहेका सोमपाल कामीले पनि उत्कृष्ट पारी खेल्दै ४० बलमा ३७ रन बनाए । सुरुवाती ब्याट्सम्यानहरु लगालग आउट भएको अवस्थामा सोमपाल र रोहितले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई तीन खेलको पराजयपछि जित दिलाएका हुन् । हङकङका लागि इशान खान र ऐज खानले समान २-२ विकेट लिन सफल भए । यसअघि पहिले टस जितेर ब्याटिङ गरेको हङकङले ४८.२ ओभर खेल्दै १५३ रन बनाएको थियो ।
नेपालले हङकङलाई हरायो, अफगान सुपर सिक्समा

नेपालले हङकङलाई हरायो, अफगान सुपर सिक्समा

खेलकुद
काठमाडौं । विश्वकप छनोटमा नेपालले हङकङमाथि ५ विकेटको जित निकालेको छ । यससँगै अफगानिस्तान सुपर सिक्समा पुगेको छ । सुपर सिक्समा पुग्न नेपाललाई ठूलो अन्तरको जित चाहिएको थियो । त्यो नभएपनि नेपालले एकदिवसीय मान्यता पाउने र डिभिजन टूमा घटुवा हुनबाट बच्ने सम्भावना रहृयो । पहिलो जितसँगै नेपाल समूहको चौथो स्थानमा रहृयो भने हङकङ समूह बीको पुछारमा रहृयो । रोहित र सोमपालको उत्कृष्ट साझेदारी १५४ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात औषत रहृयो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले ४१ रनको साझेदारी गरे । अनिल २६ रनमा आउट भए । त्यसपछि लगातार तीन विकेट गुमायो । मल्ल १२, पारस ११ र दिपेन्द्र सिंह ऐरी १२ रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ६६ रन थियो । तर, रोहित र सोमपालले अविजित ८९ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । रोहित ४८ रनमा अविजित रहँदा सोमपालले नटआउट ३७ रन
विश्वकप छनौट: हङकङसँगको खेल नेपालका लागि ‘निर्णायक’

विश्वकप छनौट: हङकङसँगको खेल नेपालका लागि ‘निर्णायक’

काठमाडौं । विश्वकप छनोट क्रिकेटबाट बनाएको वान–डे लक्ष्यसम्म पुग्न नेपालका लागि आगामी दुई खेल निकै निर्णायक रहेको छ । हङकङसँग सोमबार हुने खेलले अझै यसको स्पष्ट निक्र्यौल गर्नेछ । हङकङका चुनौती पन्छाउन सकेमा मात्र नेपालसँग आफ्नो गन्तव्य पुग्ने सम्भावना रहन सक्छ । नेपाल शनिबार अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो । विश्वकप छनोट जस्तो प्रतियोगिता नेपाललाई निकै कठिन भइरहेको यो पहिलो भने होइन । २०१४ मा न्युजिल्यान्डमा भएको पछिल्लो विश्वकप छनोटमा पनि नेपाल समूह चरणको सबै ४ खेलमा पराजित भई विश्व क्रिकेट लिग डिभिजन ३ मा झरेको थियो । इतिहास दोहोरिएमा नेपाल पुन: डिभिजन २ मा झर्न सक्छ । नेपालले गत महिना मात्र नामिबियामा डिभिजन २ को फाइनल पुग्दै विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाएको हो । गत वर्षको विश्वकप छनोटमै देखाएको प्रदर्शनका आधारमा अहिले हङकङसँग वान–डे अन्तर्राष्ट्रिय मान्यता छ । अ
​विश्वकप क्रिकेट छनोट : नेपालले दियो स्कटल्याण्डलाई १५० रनको लक्ष

​विश्वकप क्रिकेट छनोट : नेपालले दियो स्कटल्याण्डलाई १५० रनको लक्ष

खेलकुद
विश्वकप छनोट अन्तरगतको दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपाललले स्कटल्याण्डसामु १५० रनको झिनो विजयी लक्ष्य प्रस्तुत गरेको छ । सुरुवातदेखि नै खराब प्रदर्शन गरेको नेपालले ४७ ओभर ४ बलमा आफ्ना सबै विकेट गुमाउँदै १४९ रन बनाएको हो । नेपालका लागि कप्तान पारस खड्का बाहेक अरु कुनै ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् । पारस खड्काले ७५ बलमा १० चौकासहित ६३ रन बनाए । पारसले व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गरे पनि नेपालका अन्य ब्याट्सम्यानले सम्मानजनक स्कोर बनाउन सकेनन् । नेपालले दोस्रो ओभरको पहिलो बलमै ओपनर ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । त्यस्तै दोस्रो ओभरको दोस्रो बलमा दिलिप नाथलाई नेपाललाई गुमायो । आजको खेलमा फेरि नेपालको ब्याटिङ एकदमै कमजोर रहेको पुष्टि भयो । नेपाल ८ ओभरको समाप्तिमा ५ विकेट गुमाएर जम्मा ३९ रन बनाएको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका
बैतडीमा राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी मणिलेक मावि काँडालाई (फोटोसहित)

बैतडीमा राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी मणिलेक मावि काँडालाई (फोटोसहित)

खेलकुद, मुख्य समाचार
पाटन । बैतडीको पाटनमा सम्पन्न १० औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी मणिलेक मा वि काँडा मेलौलीले हात पारेको छ । फागुन १९ गते देखि कृष्ण मा बि पाटनको खेल मैदानमा शुरु भएको १० औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता बुधबार सम्पन्न भएको हो । सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि बैतडी क्षेत्र नं क का प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट 'आदित्य'ले बिद्यार्थीहरुले पढाईका साथै खेलकुदलाई पनि उत्तिकै महत्त्व दिएर ब्यबसायीक बनाउनु पर्ने बताउनुभयो । बैतडी जिल्लाको खेलकुदको गुणात्मक र दीगो विकासका लागि यथासक्य प्रयास गर्ने समेत उहाले बताउनुभयो । कृष्ण मावि पाटनको खेल मैदानमा बुधबार सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको १० औं संस्करणमा १३ स्वर्ण, ५ रजत र ५ कास्य पदक सहित मणिलेक मा वि काँडा मेलौली प्र
कराँते खेलाडी ठकुरीले तोडे आफ्नै कीर्तिमान

कराँते खेलाडी ठकुरीले तोडे आफ्नै कीर्तिमान

खेलकुद, मुख्य समाचार
अमेरिकाको डिसी महानगर क्षेत्रका नेपाली मूलका विश्व कीर्तिमानी उज्ज्वल ठकुरीलाई अर्को विश्व किर्तिमान प्राप्त भएको छ । उनले आफैंले बनाएको कीर्तिमान तोड्दै छोटो समयभित्र पुनः दोस्रोपटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका हुन् । उनले गत वर्ष २०१७ को सेप्टेम्बर २३ का दिन १३९.४९ पौण्ड ( ६३.९७ केजी) मा विश्व कीर्तिमान गरेका थिए । उनले अर्को कीर्तिमान अमेरिकाको ओहायोको टोलेडोमा गएर गत वर्ष २०१७ को नोभेम्बर ४ मा १४२.४८ पौण्ड (६४.६३ केजी) को तौल दाँत र शरीरमा राखेर दुवै खुट्टा फाडेर विश्व कीर्तिमान गरेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई गत मार्च २ मा अमेरिकामा पत्राचार गरि विश्व कीर्तिमानी भनेर घोषणा गरेको छ। यस्तो अभ्यास विश्वमा नयाँ मानिन्छ । ठकुरीले पाँच विधाको निर्माण गर्नुका साथै तीन वटा विधामा अन्तर्राष्ट्रिय पदक हासिल गरेका छन् ।
पाटनमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

पाटनमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

खेलकुद, मुख्य समाचार
पाटन । बैतडीको सुन्दर नगरी पाटनमा शनिबार देखि राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । पाटन स्थित श्री कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालित सो प्रतियोगिताको पदेश नं. ७ का पर्यटन, उद्योग बाताबरण तथा वन मन्त्री मायादेबी भट्टले उद्घाटन गर्नु भएको हो । १० औं राष्ट्रिपति कप रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दे मन्त्री भट्टले खेलाडीहरुले अनुशासित भएर देश निर्माणमा लाग्नुपर्ने बताउनुभयो । सो प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टले युवाहरुलाई स्वरोजगार दिलाउन प्रत्येक स्थानीय तहमा घरेलु उद्योग स्थापना गरीने बताउनुभयो । सोही कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्ट, पाटन नगरपालिका उप–प्रमुख सरस्वती कोली, जिल्ला विकास समितिका पूर्व–सभापति परमानन्द भट्ट, पाटन बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख उत्तम सिंह भण्डारी र नेपाल क
कञ्चनपुर क्षेत्र नं. १ स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी लक्ष्मी मावि जब्दियालाई 

कञ्चनपुर क्षेत्र नं. १ स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी लक्ष्मी मावि जब्दियालाई 

खेलकुद
हरिशचन्द्र बाग, कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न १०औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी लक्ष्मी मावि जब्दियाले हात पारेको छ । पुनर्वास जनता माविको खेल मैदानमा आज सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको १०औं संस्करणमा १० स्वर्ण, ३ रजत र १ कास्य पदक सहित लक्ष्मी मावि जब्दिया प्रथम भएको हो । यसैगरी प्रतियोगितामा ५ स्वर्ण, ५ रजत र ४ कास्य सहित शान्ति मावि शाान्तिपुर दोस्रो भएको छ । ३ स्वर्ण, ३ रजत र ५ कास्य सहित जनज्योति मावि कलकत्ता तृतीय भएको छ । पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेल्डाँडी गाउँपालिका सम्मिलित क्षेत्र नं. १ स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुने तीन ओटै विद्यालय बेलौरी नगरपालिका भित्र पर्ने विद्यालय हुन् । १० औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्
पाटनमा खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न

पाटनमा खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न

खेलकुद
पाटन । पाटन नगरपालिकाद्वारा पाटनमा आयोजित खुल्ला ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रजातन्त्र दिवसको अवसरमा आयोजित प्रतियोगितामा १२ टिमको सहभागीता रहेको थियो । मेन्स डबल्स खुल्ला प्रतियागितामा मोहित भण्डारी र सन्तोष कनौजियाको समुह प्रथम भएका छन् भने नरेन्द्र नाथ योगी र चन्द्र सिंह बबालको समुह द्धितिय भएका छन् । तृतिय हुनेमा राजेन्द्र बहादुर सिंह र लोकेन्द्र बिष्ट रहेका छन् । प्रतियोगीतामा सहभागी भई उत्कृष्ट स्थान हासिल गर्ने सबै टिमलाई प्रमाण-पत्र, पदक र पुरस्कार वितरण गरिएको छ । फाल्गुन ६ गतेदेखि  सञ्चालन भएको प्रतियोगीता सोमबार सकिएको हो । यसैबीच, प्रतियोगीता सम्पन्न भएपछि पाटन नगरपालिका वडा नं ६ का अध्यक्ष राजेन्द्र सिंह बिष्टले आगामी वर्षदेखि ब्याटमिन्टन प्रतियोगितालाई निरन्तरता दिनका लागि नगरपालिकाबाटै बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । खेल सञ्
तेस्रो अन्तर्राष्ट्रिय शतक प्रहार गरे कप्तान पारस खड्काले

तेस्रो अन्तर्राष्ट्रिय शतक प्रहार गरे कप्तान पारस खड्काले

खेलकुद
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत युएई विरुद्धको खेलमा तेस्रो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्। उनी नेपालका लागि तेस्रो शतक बनाउने पहिलो खेलाडी हुन्। उनले खेलमा नटआउट १ सय १२ रन जोडे। उनले १ सय ३ बल खेल्दा ३ चौका र ८ छक्का प्रहार गरे। खेलमा नेपाल ७ रनले पराजित भयो। पराजयसँगै नेपाल उपविजेतामै सीमित बन्यो। अन्तिम ओभरमा युएईलाई पराजित गर्न २८ रन चाहिएको बेला पारसले अन्तिम ४ बलमा तीन छक्का प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन। कीर्तिपुर मैदानमा भएको खेलमा पारसले ९४ बलमा ५ चौका र ७ छक्काको सहयोगमा १०३ रनको शतकीय पारी खेलेका थिए।
error: Content is protected !!