खेलकुद

विश्वकपकाे पहिलाे ‘हाइ-प्रोफाइल’ खेल : राेनाल्डाेकाे ह्याट्रिक, स्पेन र पाेर्चुगल बराबरीमा !

विश्वकपकाे पहिलाे ‘हाइ-प्रोफाइल’ खेल : राेनाल्डाेकाे ह्याट्रिक, स्पेन र पाेर्चुगल बराबरीमा !

खेलकुद, मुख्य समाचार
एजेन्सी : फिफा विश्वकप फुटबल अन्तरगत रूसमा जारी २१ औँ संस्करणको पहिलो 'हाइ-प्राेफाइल' खेलमा स्पेन र पोर्चुगलले बराबरी गाेल गरेका छन् । दर्शककाे तीव्र चासाेका बीच दुवै टिमले राेमाञ्चक ३-३ गाेल गरेर बराबरीमा राेकिएका हुन् । शुक्रबार राति रुसको सोचीमा भएको खेलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले जारी विश्वकपमा पहिलाे ह्याट्रिक गरे । यो ह्याट्रिक रोनाल्डोको व्यक्तिगत ५२ अौँ ह्याट्रिक हो । खेलकाे चौथो मिनेटबाट गोल गर्न सुरु गरेका रोनाल्डोले खेलको निर्धारित समयभन्दा दुई मिनेटअघि ह्याट्रिक पूरा गरेका हुन् । चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गरेका रोनाल्डोले ४४ औँ मिनेटमा डीबक्स बाहिरबाट सुन्दर गोल गरे। पुन: खेलको ८८ अौँ मिनेटमा फ्रिकिकमार्फत गोल गरेसँगै पोर्चुगल र स्पेन ३-३ गोलको बराबरीमा राेकिएका हुन् । रोनाल्डोले ह्याट्रिक गर्दा पोर्चुगलका अन्य खेलाडीले बललाई जाली चुमाउन स
आजदेखि विश्वकप फुटबल सुरु हुँदै

आजदेखि विश्वकप फुटबल सुरु हुँदै

खेलकुद, मुख्य समाचार
काठमाडौं । आज रातिदेखि 'फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८' सुरु हुँदैछ। रसियाको मस्कोस्थित लुज्निकी रंगशालामा २१औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको विधिवत उद्घाटन हुनेछ। उद्घाटन खेलमा आज आयोजक रसिया र साउदी अरेबिया आमनेसामने हुँदैछन् । फुटबलको महासंग्राम अर्थात् विश्वकप फुटबलको आज मस्कोस्थित लुजनिकी रंगशालामा उद्घाटन हुँदैछ । २१ औ संस्करणको विश्वकपमा युरोपबाट १४,एसिया, अफ्रिका र दक्षिण अमेरिकाबाट ५–५ र उत्तर अमेरिकाबाट ३ टोली सहभागी छन् । ६ क्षेत्रबाट भएका छनोट प्रतियोगिताबाट छानिएका उत्कृष्ट ३२ टिमबीच विश्वकपमा प्रतिस्पर्धा हुँदैछ। ३२ स्थानका लागि कुल २ सय ९ टिमले सहभागिता जनाएका थिए। जहाँ ८ सय ६८ खेलमा २४ सय ५४ गोल भएर थिए, जसले ३२ टिमको भाग्यको फैसला भएको थियो। अब यी ३२ टिमबीच २१ संस्करणको उपाधिका लागि एक महिना प्रतिस्पर्धा चल्नेछ। ८ समूहका रहेका ४–४ टिमबीच समूह चरणमा प
सचिनका छोरा भारतको यू -१९ टिममा

सचिनका छोरा भारतको यू -१९ टिममा

खेलकुद
काठमाडौं । भारतको यू-१९ टिममा मास्टर ब्लास्टर सचिन तेन्दुलकरका छोरा अर्जुनले स्थान बनाएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड -बीसीसीआई)ले श्रीलंकाविरुद्धको चार एकदिवसयि म्याचका लागि घोषणा गरेको टोलीमा अर्जुन पनि अटाएका हुन् । भारतको यू-१९ टिमले ११ जुलाइदेखि ११ अगष्टको बीचमा दुई चार दिवसीय र पाँच एक दिवसीय खेल खेल्नेछ । बायाँ हाते फास्ट बलर एवं ब्याट्सम्यान अर्जुनले चार दिवसीय टिममा स्थान बनाएका हुन् । उनी एकदिवसीय टिममा भने परेनन् । उनी यसअघि मुम्बईको यू-१९ टिममा परेका थिए ।
विश्वकपका लागि जर्मनीको अन्तिम टोली घोषणा

विश्वकपका लागि जर्मनीको अन्तिम टोली घोषणा

खेलकुद
जर्मनीले यही जुन १४ बाट रसियामा हुने विश्वकप फुटबलका लागि सोमबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। यसअघि घोषणा गरिएको प्रारम्भिक २७ सदस्यीय टोलीबाट साने, लेनोसँगै जोनाथन ताह र निल पिटरसन भने अटाएनन्। टोलीमा पुनरागमन गरेका गोलकिपर मानुएल नोएले स्थान बनाउँदा विंगर लरेय साने र गोलकिपर बर्न्ड लेनोले ठाउँ पाएनन्। २३ सदस्यीय जर्मनीको टोली यस्तो छ : गोलकिपर : मानुएल नोए, मार्क आन्द्रे टेर स्टेघन, केभिन ट्राप डिफेन्डर : जेरोम बोएटाङ, माथियस जिन्टर, जोनास हेक्टर, माट्स हुमेल्स, जोसुआ किमिक, मार्भिन प्लाटेनहार्ड्ट, एन्टोनियओ रुडिगर, निकलस सुले मिडफिल्डर : जुलियन ब्रान्ड्ट, युलियन ड्राक्सलर, इकाए गुन्डागोन, सामी खेडिरा, टोनी क्रुस, मेसुट ओजिल, लियोन गोरेट्जका, सेबास्टियन रुडी फरवार्ड : मार्को रिउस, मारियो गोमेज, टिमो वेर्नर, थोमस मुलर ।
बिडिसिए क्रिकेट कपको फाइनलमा त्रिपुरा क्रिकेट क्लब

बिडिसिए क्रिकेट कपको फाइनलमा त्रिपुरा क्रिकेट क्लब

खेलकुद
बैतडी । बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिपुरा क्रिकेट क्लब प्रवेश गरेको छ । आइतबार निङ्गलाशैनी खेल मैदान देहिमाण्डौँमा भएको सेमिफाइनल खेलमा खोड्पे क्रिकेट क्लबलाई १०१ रनले हराउँदै त्रिपुरा उपाधि नजिक पुगेको हो । टस जितेर ब्याटिङ गरेको त्रिपुराले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै २५४ रन बनायो । दुई सय ५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा खोड्पेले सबै विकेट गुमाउँदै १५३ रङ मै सीमित रहन पुग्यो । त्रिपुराका लागि तेज चन्दले शतकीय पारी खेल्दै ११५ रनको योगदान दिए । महेन्द्र मार्कण्डले ४७ रन बनाए । बलिङतर्फ खोड्पेका कृष्ण बिष्टले दुई विकेट लिए । दुई सय ५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा खोड्पेका रुपक ऐरीले ६४ रन बनाए । बलिङतर्फ त्रिपुराका गणेश थापाले तीन विकेट लिए । शतकीय पारी खेलेका त्रिपुराका तेज चन्द म्यान अफ द म्याच भए । बैतडी जिल्ला
डीपीएलमा विदेशी खेलाडीहरू

डीपीएलमा विदेशी खेलाडीहरू

खेलकुद
'क्रिकेटको शहर' पनि भनिने धनगढी अहिले धनगढी प्रिमियर लिगको दोस्रो संस्करण (डीपीएल-२) का कारण चर्चामा छ। गत चैत्र १७ गते सुरु भएको प्रतियोगिता चैत्र ३० मा सम्पन्न हुँदैछ। नेपालमा भएका क्रिकेट प्रतियोगिता मध्ये डीपीएलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि राखिएको र स्तरीय खेल मैदान एवम् उच्चतम प्रविधि प्रयोग भएको बताइन्छ। डीपीएलमा देशभित्रका बाहेक विदेशी खेलाडीहरू पनि खेलिराखेका छन्। नेपालको घरेलु क्रिकेट प्रतियोगितामा विदेशी खेलाडीहरू संलग्न भएको यो पहिलो अवसर हो। राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थितिले दर्शकहरू पनि रोमाञ्चित देखिन्छन्। यो प्रतियोगतिमा विभिन्न छ टोलीमा गरेर कुल १२ विदेशी खेलाडीहरू छन्। छब्बीस वर्षीय सुफ्यान मेहमूद ओमनको राष्ट्रिय टोलीका कप्तान हुन्। उनी भन्छन्, "डीपीएल-२ ले नेपालका खेलाडीहरूलाई विभिन्न देशका खेलाडीहरूसँग खेल्ने र सिक्ने अवसर प्रदान
डीपीएल क्रिकेट शनिबारदेखि

डीपीएल क्रिकेट शनिबारदेखि

खेलकुद
काठमाडौं । सर्वाधिक पुरस्कार राशीको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता यही चैत १७ गतेदेखि सुरु हुँदैछ । प्रतियोगिता नजिकिँदै गर्दा ६ शहरका ६ टिमले विदेशी खेलाडीको टुंगो लगभग लगाएका छन् । प्रायः सबै टिमले विदेशी खेलाडीको टुंगो लगाएका छन् । यतिबेला डीपीएलमा सहभागी क्लबहरू आ–आफ्नै तारिकाले अभ्यासमा व्यस्त छन् । कुनै क्लब विदेशी भूमिमा गएर अभ्यास गरिरहेका छन् भने कुनै टिम स्वदेशमै डीपीएलको उपाधि उलाल्ने लक्ष्यका साथ तयारीमा छन् ।
डीपीएलले पायो आइसीसी मान्यता

डीपीएलले पायो आइसीसी मान्यता

खेलकुद
काठमाडौं । धनगढी प्रिमियर लिग(डीपीएल)ले आइसीसीको मान्यता पाएको छ । आगामी चैत्र १७ गतेदेखि धनगढीमा सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)को दोस्रो संस्करणलार्इ अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीले मान्यता दिइएको हो । आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार एकविज्ञप्ति जारी गरी आइसीसीले मान्यता प्रदान गरेको जनाएको छ । आइसीसीले डीपीएललार्इ दिएको मान्यताबाट नेपाली घरेलु प्रतियोगिताले अन्तराष्ट्रिय उचार्इ थप बढेको एकेडेमीले जनाएको छ । डीपीएलका अध्यक्ष सुवास शाही भन्छन् –रुस्लान डीपीएल–२लाई आइसीसीले मान्यता दिँदै आफ्ना सम्पूर्ण सदस्यहरुलाई जानकारी गराउनुले नेपाली घरेलु प्रतियोगिताले अन्तराष्ट्रियस्तरमा थप महत्व र उचाई हासिल गरेको हामीले महसुस गरेका छौं । आइसीसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनैपनि उच्चस्तरका विदेशी खेलाडी टोलीसँग अनुबन्ध गर्न सहज भएको छ–अध्यक्ष
नेपालद्वारा हङकङ ५ विकेटले पराजित

नेपालद्वारा हङकङ ५ विकेटले पराजित

खेलकुद
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गतको अन्तिम खेलमा हङकङलाई नेपालले ५ विकेटले पराजित गरेको छ । हङकङले दिएको १५४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ५५ बल बाँकी छँदै भेट्टाएको हो । नेपाललाई जिताउने क्रममा नटआउट रहेका रोहितकुमार पौडेलले सर्वाधिक ४८ रन बनाए । उनले ८६ बलको सामना गर्दै ५ चौका पनि हाने । त्यसैगरी नटआउट रहेका सोमपाल कामीले पनि उत्कृष्ट पारी खेल्दै ४० बलमा ३७ रन बनाए । सुरुवाती ब्याट्सम्यानहरु लगालग आउट भएको अवस्थामा सोमपाल र रोहितले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई तीन खेलको पराजयपछि जित दिलाएका हुन् । हङकङका लागि इशान खान र ऐज खानले समान २-२ विकेट लिन सफल भए । यसअघि पहिले टस जितेर ब्याटिङ गरेको हङकङले ४८.२ ओभर खेल्दै १५३ रन बनाएको थियो ।
नेपालले हङकङलाई हरायो, अफगान सुपर सिक्समा

नेपालले हङकङलाई हरायो, अफगान सुपर सिक्समा

खेलकुद
काठमाडौं । विश्वकप छनोटमा नेपालले हङकङमाथि ५ विकेटको जित निकालेको छ । यससँगै अफगानिस्तान सुपर सिक्समा पुगेको छ । सुपर सिक्समा पुग्न नेपाललाई ठूलो अन्तरको जित चाहिएको थियो । त्यो नभएपनि नेपालले एकदिवसीय मान्यता पाउने र डिभिजन टूमा घटुवा हुनबाट बच्ने सम्भावना रहृयो । पहिलो जितसँगै नेपाल समूहको चौथो स्थानमा रहृयो भने हङकङ समूह बीको पुछारमा रहृयो । रोहित र सोमपालको उत्कृष्ट साझेदारी १५४ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात औषत रहृयो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले ४१ रनको साझेदारी गरे । अनिल २६ रनमा आउट भए । त्यसपछि लगातार तीन विकेट गुमायो । मल्ल १२, पारस ११ र दिपेन्द्र सिंह ऐरी १२ रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ६६ रन थियो । तर, रोहित र सोमपालले अविजित ८९ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । रोहित ४८ रनमा अविजित रहँदा सोमपालले नटआउट ३७ रन
error: Content is protected !!