शिक्षा

दुर्गामावि सिमारमा साढे ४ बर्षपछी विद्यालय व्यवस्थापन समिति

दुर्गामावि सिमारमा साढे ४ बर्षपछी विद्यालय व्यवस्थापन समिति

मुख्य समाचार, शिक्षा
बैतडी । राजनितिक खिचातानिका कारण लामो समयदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको बैतडीको डिलासैनी गाउँपालिकामा रहेको दुर्गामावि सिमारमा बुधबार विद्यालय व्यावस्थापन समिती गठन गरीएको छ । डिलाशैनी गाउँपालिका ३ रुद्रेश्वर सिमारमा करिव साढे ४ बर्षपछि आज बिद्यालयमा बिद्यालय व्यावस्थापन समिति गठन भएको विद्यालयका शिक्षक गंगासागर जोशीले जानकारी दिनुभयो। समिति गठनको लागि पटक पटक बिद्यालयमा अभिभावकको भेला गरिएको भएपनि राजनितीक खिचातानिका कारण समिती गठन हुन सकेको थिएन । बुधवार विद्यालयमा भएको अभिभावकको भेलाले स्रोतब्यक्ती हरेन्द्र प्रसाद जोशीको सहभागितामा बिरेन्द्र बोहराको अध्यक्षतामा ६ सदस्य विद्यालय व्यावस्थापन समिती गठन गरेको हो । सदस्यहरु जन्तरा बोहरा,अर्जुन राना, गिताराना, गंगोत्री बुढाथोथी बोहरा र दुर्गादत्त भट्ट गरी ६ सदस्यीय समिती चयन गरिएको हो । विद्यालय व्यावस्थापन समिति
नमूना बन्दै दुर्गमको लक्ष्मीपुर आधारभूत विद्यालय

नमूना बन्दै दुर्गमको लक्ष्मीपुर आधारभूत विद्यालय

मुख्य समाचार, शिक्षा
विनोद सिंह विष्ट, बैतडी। बैतडीको मेलौली नगरपालिका–७ मा रहेको लक्ष्मीपुर आधारभूत विद्यालय पछिल्लो समय नमूना बन्दै गएको छ । विद्यालयमा सरसफाइका कार्यक्रमलाई संगठित रुपमा अघि बढाएपछि विद्यालयको वातवरणीय, शैक्षिक गुणस्तरमा समेत सुधार आएको विद्यालयका प्रधानाध्यापक पवित्रा कलौनीले जानकारी दिनुभयो । जिल्ला शिक्षा कार्यालयसँगको समन्वय तथा विश्व खाद्य कार्यक्रमको सहयोगमा विकास तथा प्रकोप व्यवस्थापन केन्द्रले खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन कार्यक्रमअन्तर्गत विद्यालयमा सरसफाइका कार्यक्रम चलाउन सहयोग गरेपछि विद्यालयमा सुधार आएको उहाँले बताउनुभयो । अहिले विद्यालयमा बालबालिकालाई दिवा खाजा खानेबेला हात धुनका लागि साबुन पानीको व्यवस्था गरिएको छ, उहाँले भन्नुभयो “विद्यालय परिसरमा फोहर हुन नदिनका लागि डस्टबिन र खाडलको व्यवस्था गरिएको छ ।” विद्यालयलाई प्लास्टिकमुक्त बनाउने प्रयास गरिएको
दिवा खाजा कार्यक्रमले विद्यार्थीमा नियमितता

दिवा खाजा कार्यक्रमले विद्यार्थीमा नियमितता

मुख्य समाचार, शिक्षा
बैतडी । बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउनुका साथै विद्यालयतर्फ आकर्षण बढाउने उद्देश्यले सुरु भएको दिवा खाजा कार्यक्रमले विद्यार्थीको नियमितता बढाएको छ । दिवा खाजा कार्यक्रम सुरु भएका विद्यालयमा विद्यार्थीको नियमितता बढ्नुका साथै उमेर नै नपुगेका बालबालिका पनि विद्यालयतर्फ आकर्षित हुन थालेका पाइएको छ । बैतडीका बिद्यालयमा बालबालिकाका लागि दिइने दिवा खाजा कार्यक्रम अनुगमनका क्रममा प्रभावकारी देखिएको हो । पुर्चौडी नगरपालिका ६ को बेउरेश्वर आधारभुत बिद्यालयका प्रधानाध्यापक परमानन्द जोशीले खाजा पाउने भएपछि विद्यार्थी नियमित आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा छाडेर जाने विद्यार्थीको संख्यामा पनि कमी आएको छ ।” विकास तथा प्रकोप ब्यबस्थापन केन्द्र (सिडीएम) नेपालले बैतडीका १९९ वटा विद्यालयमा खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि विद्यालयको वातव
शहरका विद्यार्थी गाउँमा बसेर प्राविधिक शिक्षा पढ्दै

शहरका विद्यार्थी गाउँमा बसेर प्राविधिक शिक्षा पढ्दै

शिक्षा
कञ्चनपुर । कृषि क्षेत्रमा दक्ष प्राविधिकको अभाव पूर्ति गर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयले सञ्चालन गरेको बाली विज्ञान(पिजेटिए) विषय शहरका विद्यार्थी गाउँमा बसेर पढ्न थालेका छन् । प्राविधिक बाली विज्ञान विषयको पढाइ गाउँकै विद्यालयमा सञ्चालन भएपछि धनगढी, महेन्द्रनगर, बैतडीलगायत क्षेत्रका विद्यार्थी झलारीमा रहेको विद्यालयमा पढ्न थालेका छन् । थोरै शुल्कमा प्राविधिक शिक्षा पढेर सहजै सरकारी र गैरसरकारी संस्थामा रोजगारी पाइने भएकाले बाली विज्ञानप्रति विद्यार्थीको आकर्षण बढ्न थालेको हो । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा वसोवास गर्दै आएका हिक्मत धामीले कृषि विषयमा पढाइ हुने विद्यालय बजार क्षेत्रमा नहँुदा ग्रामीण क्षेत्रमा रहेको विद्यालयमा भर्ना भएर पढ्दै आएको बताउनुभयो । अठार महिना पढेर सहजै रोजगारी पाउन सकिने भएकाले यस विद्यालयमा भर्न
अर्बौँको छात्रवृत्ति छरपस्ट वितरण

अर्बौँको छात्रवृत्ति छरपस्ट वितरण

काठमाडौं । सरकारले एकद्वार प्रणालीबाट व्यवस्थित गर्न नसक्दा अर्बौँ रुपैयाँको छात्रवृत्ति भद्रगोल रूपमा वितरण भइरहेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्म छात्रवृत्तिमा अर्बौँ खर्च भए पनि एकीकृत रूपमा व्यवस्थित नहुँदा उपलब्धिमूलक बन्न सकेको छैन । शिक्षा विभागले अहिले एक दर्जनभन्दा बढी विभिन्न शीर्षकमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । एकीकृत छात्रवृत्ति नबन्दा शिक्षा मन्त्रालयमा स्थापना भएको ‘छात्रा शिक्षा छात्रवृत्ति कोष’मा जम्मा भएको करोडौँ रुपैयाँ त्यत्तिकै थन्किन पुगेको छ । विद्यार्थीले त्यसबाट लाभ लिन नसकेको शिक्षाका अधिकारीले समेत स्वीकार गरेका छन् । शिक्षा विभागका निर्देशक केशव दाहालले विद्यार्थीलाई दिइने छात्रवृत्ति छरिएका कारण त्यसबाट पूर्ण रूपमा फाइदा लिन नसकेकाले गरिब केन्द्रित छात्रवृत्ति वितरणको प्रयास भएको बताए । यस वर्ष शिक्षा विभागले जिल्ला शिक्षा कार्यालय र स्थानीय
प्रश्नपत्रमा हदै लापरबाही

प्रश्नपत्रमा हदै लापरबाही

काठमाडौं । दसैंमा के-के गरिन्छ’ भन्ने वाक्यलाई अंग्रेजीमा कसरी उच्चारण गरिन्छ ? अंग्रेजी भाषामा सामान्य ज्ञान भएका व्यक्तिका लागि कुनै कठिन प्रश्न होइन यो। धेरथोर अध्ययन गरेका विद्यार्थी र शिक्षकका लागि त झन् यो प्रश्न अत्यन्तै सहज हुनुपर्ने हो। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ। तर, परीक्षामा प्रश्नपत्र निर्माणका लागि एकै ठाउँमा जम्मा भएका राजधानीका ४९ वटा सामुदायिक विद्यालयका शिक्षकले भने, ‘दसैंमा के-के गरिन्छ’ लाई अंग्रेजीमा ‘ह्वाट इज कन्फ्ल्टि’ भनेर अनुवाद गरेका छन्। सुन्दा पत्याउन नसकिने यो रोचक घटना काठमाडौंमा सञ्चालित पूर्वी क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा देखिएको हो। कक्षा ६ को सामाजिक अध्ययन तथा जनसंख्या शिक्षा विषयको पूरै प्रश्नपत्रमा नेपालीमा सोधिएका प्रश्न र त्यसको अंग्रेजी उच्चारणमा आकाश-जमिनको भिन्नता देखिएको छ। तर, यस विषयमा न जिल्ला शिक्षा कार्यालय काठमाडौंलाई
एसईई परीक्षा चैत ८ देखि २० गतेसम्म

एसईई परीक्षा चैत ८ देखि २० गतेसम्म

मुख्य समाचार, शिक्षा
काठमाडौं । यस वर्षको एसईई परीक्षा आगामी चैत ८ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ८ गते सुरु भएको परीक्षा चैत २० गते सकिनेछ । बुधबार बसेको बोर्ड बैठकले परीक्षाको मिति तय गरेको हो । यस वर्ष इक्जाम्टेडतर्फका विद्यार्थीलाई पुरानै कोर्सअनुसार परीक्षा लिइनेछ भने रेगुलरलाई नयाँ कोर्सअनुसार परीक्षा लिइनेछ । कार्यालयका अनुसार चैत ८ गते बिहीबार अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । चैत ९ गते शुक्रबार अनिवार्य नेपालीको परीक्षा हुन्छ । १० गते शनिबार र ११ गते चैते दशैं परेकोले यी दुई दिन बिदा हुनेछ । चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान र १४ गते प्राविधिकतर्फको परीक्षा हुने भएको छ । यसैगरी १५ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, चैत १६ गते ऐच्छिक प्रथमका सबै विषय, चैत १७ गते शनिबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयका विषयहरु, वेदविद्याश्रम तर्
कक्षा ११ र १२ को नतिजा पनि अब ग्रेडिङ सिस्टममा

कक्षा ११ र १२ को नतिजा पनि अब ग्रेडिङ सिस्टममा

शिक्षा
काठमाडौं । कक्षा ११ को नियमिततर्फको नतिजा पुस २० गतेभित्रै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कर्मचारी चुनावमा खटेकाले नियमिततर्फको नतिजा ल्याउन अलिकति ढिला भएको बोर्डले जनाएको छ । कक्षा ११ को नतिजा यो वर्षदेखि ग्रेडिङ प्रणालीबाट प्रकाशन हुने भएको छ । ग्रेडिङ प्रणालीबाट आउन लागेकाले नतिजाबारे विद्यार्थीमा कौतूहल देखिएको परीक्षा बोर्डले बताएको छ । यसअघि एसईईको नतिजा ग्रेडिङ प्रणालीबाट सुरु भइसकेको छ । बोर्डले गे्रडिङ प्रणाली वैज्ञानिक र अन्तर्राष्ट्रिय स्तरमा पनि मान्य भएकाले कक्षा ११ को नतिजा ग्रेडिङ प्रणालीबाट गर्ने बोर्डले निर्णय गरिएको जनाएको छ । कक्षा १२ को नतिजा पनि ग्रेडिङ सिस्टमअनुसार गर्ने बोर्डको तयारी छ ।
बैतडी जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी गएनन्

बैतडी जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी गएनन्

मुख्य समाचार, शिक्षा
बैतडी । जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा शिक्षा कार्यक्रम प्रभावित भएको छ । जिल्लाका पाँचवटा स्थानीय तहमा शिक्षाका कर्मचारी खटाइए पनि ती ठाउँमा अझै कर्मचारी गएका छैनन् । जिल्लाका दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकामा शिक्षाका कर्मचारी खटाइए पनि कर्मचारीको पदीय मार्यादाक्रम नमिल्दा उनीहरू नगएका हुन् । स्थानीय तहमा नासु तहकालाई कार्यकारी जिम्मा दिइदा शिक्षाका अधिकृतस्तरका कर्मचारी उनीहरुको मातहतमा बस्नुपर्ने भएकाले उनीहरू जान नमानेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शंकरदत्त भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा शिक्षाका कर्मचारी नजाँदा शिक्षाका कार्यक्रम सञ्चालनमा समस्या भएको छ ।” दलित छात्रवृत्ति, अपांग छात्रवृत्ति र भौतिक निर्माणका कामबाहेक सबै स्थानीय तहले गर्ने र त्यसमा शि
नेपाली सेनाद्वारा विद्यालय भवन जीर्णोद्धार

नेपाली सेनाद्वारा विद्यालय भवन जीर्णोद्धार

शिक्षा
बैतडी । नेपाली सेनाले बैतडीको तल्लोस्वराडमा रहेको एक विद्यालय भवनको जीर्णोद्धार कार्य सम्पन्न गरेको छ । बैतडीस्थित शत्रुमर्दन गुल्मले जिल्लाको मेलौली नगरपालिका–७ काँडामा रहेको नेत्रज्योति आधारभूत विद्यालयको दुई कोठे भवन जीर्णोद्धार कार्य सम्पन्न गरेको हो । तीन वर्ष अघिदेखि छाना तथा भवन भत्किएर जीर्ण अवस्थामा रहेको उक्त विद्यालयको भवन निर्माण तथा मर्मत कार्य गरेपछि विद्यालयमा अध्ययनरत बालबालिकालाई सजिलो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीरामपार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नेपाली सेनाले गरेको यो कार्य निकै सह्रानीय छ, अब हामीलाई पठनपाठन गर्न निकै सजिलो भएको छ ।” नेपाली सेनाले उक्त भवनको भत्किएको गारो तथा पिलरको निर्माण, नयाँ काठ तथा जस्ता फेर्ने कार्य, झ्याल ढोका फेर्ने कायर्, भुईं मर्मत तथा प्लाइ ठोक्ने कार्य र रङरोगन गर्ने कार्य गरेको बैतडीस्थित शत्रुमर्दन
error: Content is protected !!