शिक्षा

एसएलसीमा बैतडीबाट आठ हजार बढी विद्यार्थी

एसएलसीमा बैतडीबाट आठ हजार बढी विद्यार्थी

शिक्षा
लोकेश साउद बैतडी, चैत १८, बिहीबार देखि सुरु भएको एसएलसी परीक्षामा बैतडीबाट आठ हजार दुई सय ९१ जना परीक्षार्थी सहभागी भएका छन् । पहिलो दिनको परीक्षामा जिल्लाभरीबाट नियमित तर्फका ८१ जना र एक्जामटेडतर्फका एक सय ३८ गरि दुई सय १९ जना अनुपस्थीत रहेका छन् । पहिलो दिन अनिवार्य अंग्रेजी बिषयको परीक्षामा कुल आठ हजार पाँच सय १० जना परीक्षार्थी मध्ये नियमित तर्फका पाँच हजार दुई सय ६२ जना र दुई हजार आठ सय २९ जना एक्जामटेडतर्फका गरि कुल आठ हजार दुई सय ९१ जना विद्यार्थी परीक्षामा सहभागी भएको जिल्ला शिक्षा कार्यालय, बैतडीले जनाएको छ । यो बर्षको परीक्षाका लागि जिल्लाबाट आठ हजार सात यस १९ जनाले परीक्षा फाराम भेपनि ७५ प्रतिशत हाजिरी नपुग्दा दुई सय ९ जना परीक्षा दिनबाट बञ्चित भएका छन् । यो बर्ष बैतडीबाट ५४ दशमलव ५५ पतिशत छात्रा रहेका छन् भने ४५ दशमलब ४५ प्रतिशत छात्र रहेको जिल्ला शिक्षा अधिकारी लाल सिंह
प्याब्सनले सरकारी निर्देशिका नमान्ने

प्याब्सनले सरकारी निर्देशिका नमान्ने

शिक्षा
चैत्र १७, विराटनगर– पूर्वका निजी विद्यालयले सरकारले जारी गरेको संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका नमान्ने घोषणा गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) पूर्वाञ्चल क्षेत्रीय समितिले सोमबार पत्रकार सम्मेलनमार्फत यस्तो घोषणा गर्दै निर्देशिका खारेजीको माग गरेको छ । समितिले निर्देशिका खारेजीसहित विद्यार्थी र विद्यालयको मूल्याङ्कन नै नहुने एसएलसीको लेटर ग्रेडिङ प्रावधानलाई संशोधन गरी समग्र ग्रेडिङ गर्नुपर्ने माग गरेको छ । माग पूरा नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने समितिले चेतावनी दिएको छ । ‘सरकारले ल्याएको निर्देशिका मान्दा निजी विद्यालयको अस्तित्व नै समाप्त हुन्छ,’ प्याब्सनका क्षेत्रीय अध्यक्ष गोविन्द लम्सालले भने, ‘नमान्दा राज्यको विरोध गरेझैं देखिने भयो ।’ निर्देशिकामा निजी विद्यालयले शुल्क निर्धारण गर्दा दुई तिहाई अभिभावकको स्वीकृति लिनुपर्नेलगायत
५५ बर्ष पुगेपछि पहिलो पटक बार्षिकोत्सब मनाईयो

५५ बर्ष पुगेपछि पहिलो पटक बार्षिकोत्सब मनाईयो

शिक्षा
सि पि लोहिया बैतडी, चैत्र १७, बैतडी जिल्लाको दुर्गास्थान गाबिस ढणौनमा मा रहेको सान्ती प्रकाश निम्न माध्यमिक बिद्यालयको ५५ औ बार्षिकोत्सब मगंलबार बिविध कार्यक्रमका साथ मनाईयो । बार्षिकोत्सब अन्र्तगत सास्कृतिक कार्यक्रमका अतिरिक्त जनचेतामूलक नाटक, भलिवल प्रतियोगिता, हाजीरजवाफ प्रतियोगिता, चम्चा दौड भाले जुधाई लगायतका प्रतियोगिताहरु पनि सम्पन्न गरिए । कार्यक्रममा बिद्यालयका जग्गादाता, समाजसेबिहरु देखि राजनितिकर्मीहरु तथा स्थानिय बासिन्दा हरु को उल्लेख्य सहभागीता रहेको थियो । तर बिद्यालयको बार्षिकोत्सब मनाईएको यो पहिलो पटक हो । आफुहरुले कक्षा १ देखी अध्ययन गरेको सो बिद्यालयले ५५ बर्ष पुग्दा पनि पहिलो पटक बार्षिकोत्सब मनाईदाँ आफु निकै खुसि भएको स्थानिय अविभावक गणेश चन्द ले बताए । अरु सबै बिद्यालयका बार्षिकोत्सब हरु मनाईने तर आफ्नो घर नजिकको बिद्यालयको बार्षिकोत्सब नमनाईने हुदाँ ५४ बर्ष द
प्रवेशिका परीक्षाको सम्पुर्ण तयारी अन्तिम चरणमा

प्रवेशिका परीक्षाको सम्पुर्ण तयारी अन्तिम चरणमा

शिक्षा
भगीरथ अवस्थी चैत्र १७, आउदो चैत्र १८ गतेदेखि देशैभर सुरुहुन लागेको प्रवेशिका परीक्षाको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिमवाट ७२ हजार बढी परिक्षार्थी सहभागिता हुने प्रवेशिको तयारी अन्तिम चरणमा पुगेको हो । यस वर्षको प्रवेशिका परीक्षामा सुदूरपश्चिमवाट ७२ हजार दुई सय ८८ विद्यार्थी सहभागी हुने क्षेत्रीय शिक्षा निर्देशनालय डोटीले जनाएको छ । निर्देशनालयका शाखा अधिकृत पुर्णवहादुर शाहले दिएको जानकारी अनुसार गत वर्षका १ सय ९४ र यसवर्ष ७ थप गरी २ सय १  केन्द्रमा परीक्षा सञ्चालन गरिने भएको छ ।
शान्ति प्रकाश निमावि ढणौनको ५५ औं बार्षिकोत्सव कार्यक्रम बिभीन्न कार्यक्रमका साथ आज मनाईयो

शान्ति प्रकाश निमावि ढणौनको ५५ औं बार्षिकोत्सव कार्यक्रम बिभीन्न कार्यक्रमका साथ आज मनाईयो

शिक्षा
भगीरथ अबस्थी चैत्र १६, बैतडीको दुर्गास्थान गाविस वडा नं ८ मा रहेको शान्ति प्रकाश निमावि ढणौनको ५५ औं बार्षिकोत्सव कार्यक्रम बिभीन्न कार्यक्रमका साथ आज मनाईएको छ । बिद्यालय ब्यावस्थापन समितीका अध्यष नारायण बहादुर चन्दको अध्यषतामा भएको कार्यक्रमका प्रमुख अतिथी स्रोत ब्यक्ती लालदत्त ओझा रहनु भएको थियो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक चक्रदेब पाण्डेले बिद्यालयका अर्थि, भौतीक प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । आर्थिक प्रतिबेदनमा आयतर्फ १८ लाख ३४ हजार १ सय ७१ ब्याय तर्फ१३ लाख ९४ हजार ९ सय ६७ र बचत ४ लाख ३३ हजार २ सय ७२ रहको जनाएको छ ।  हिजो देखी सुरु भएको कार्यक्रममा आज बिभीन्न सास्कृतीक कार्यक्रमका साथ सम्पन्न भएको हो । सोही कायृक्रम अन्र्तगत हिजो बिभीन्न प्रतियोगीताको आयोजना गरीएको थियो । बार्षिक उत्सब कार्यक्रमको प्रत्यक्ष प्रसारण रेडियो निंगलासैनीले गरीरहेको छ ।
एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा

एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा

शिक्षा
भगीरथ अवस्थी बैतडी, चैत्र १४, यही चैत १८ देखि संचालन हुने एस एल सी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ । एस एल सी परीक्षाको तयारीको स्वरुप आज २५ ओटै केन्द्रका केन्द्राध्यक्षहरुसंग अन्तरक्रिया सम्पन्न गरिएको जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले जानकारी दिनुभयो । परीक्षालाई मार्यादित, अनुशासित, स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि केन्द्राध्यक्षहरुलाई आवश्यक निर्देशन पनि दिइएको उहाँले बताउनुभयो । बैतडीमा यो बर्ष नियमित तर्फ ५ हजार ५४३ र एक्जामटेड तर्फ २ हजार ९६७ गरी ८ हजार ५ सय १० जना परीक्षार्थी सहभागि हुँदैछन् ।
एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा

एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा

शिक्षा
धुर्ब बिष्ट चैत्र १४, अछाम जिल्लामा यसबर्षको एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । माध्यमिक शिक्षा परीक्षा उतीर्ण समन्वय समितिको मंगलसेनमा बसेको बैठकले यसबारे थप निर्णयहरु पनि गरेको छ । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुबेदीको अध्यक्षतामा बसेको बैठकले चैत १८ गते देखि सुरु हुने एसएलसी परीक्षाका लागि आबश्यक तयारी बारे छलफल गरेको हो । बैठकमा (क) र (ख) गरी जम्मा २२ वटा केन्द्रका केन्द्राध्यक्षहरुलाई ३५ बुदे निर्देशन पनि दिइएको जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले बताउनुभयो । उहाँका अनुसार परीक्षामा लागु गर्नुपर्ने बिभीन्न नियम र आवश्यक व्यवस्थापन सम्बन्धी ३५ बुदे लिखित निर्देशन दिइएको हो । अछाम जिल्लामा यसबर्ष जम्मा २२ वटा परीक्षा केन्द्रबाट ७ हजार ६ सय १८ जना बिद्यार्थीले परीक्षा दिदैछन । जसमा नियमित तर्फ ४ हजार ६ सय ९८ जना एक प्राविधिक विद्यालयका
हाजिरी नपुग्दा दार्चुलाका १ सय ९ विद्यार्थी एसएलसी दिनबाट वञ्चित

हाजिरी नपुग्दा दार्चुलाका १ सय ९ विद्यार्थी एसएलसी दिनबाट वञ्चित

शिक्षा
धुर्ब बिष्ट दार्चुला, चैत्र १३, यसवर्षको एसएलसी परीक्षामा दार्चुलाबाट सहभागी विद्यार्थी मध्ये १ सय ९ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुने भएका छन । परीक्षामा सहभागी हुनका लागि विद्यार्थीले कम्तीमा पनि ७५ प्रतिशत विद्यालयमा हाजिरी भएको हुनुपर्ने प्रावधान अनुसार ती विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन । एसएलसी परीक्षाका लागि दार्चुलाका ७१ वटा माध्यमिक विद्यालयबाट आवेदन भरेका एक सय ९ जना विद्यार्थी हाजिरी नपुगेका, विद्यालय छाडेर बाहिर गएका लगायतका कारण परीक्षा दिनबाट वञ्चित भएको जिल्ला शिक्षा कार्यालय दार्चुलाका विद्यालय निरीक्षक जयदेव महराले बताउनुभयो ।
क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

शिक्षा
भगीरथ अवस्थी बैतडी, चैत्र ११, विश्व शिक्षाको आर्थिक सहयोग तथा प्राविधिक सहयोग, साडा बैतडीको कार्यान्वयन, जिल्ला शिक्षा कार्यालय बैतडी र शिक्षाका लागि खाद्य कार्यक्रम संगको समन्वयमा संचालन भइरहेको प्रारम्भिक तह पढाइ कार्यक्रम अन्तर्गत एक दिने क्षमता अभिबृद्धि कार्यक्रम बैतडीमा सम्पन्न भएको छ । प्रारम्भिक तहको पढाइलाई जिल्ला शिक्षा कार्यालय र गैर सरकारी संस्थाको तर्फबाट कसरी प्रभावकारी बनाउन सकिन्छ र अवका दिनको कस्तो कार्यनिती बनाएर अगाडी बढ्न सकिन्छ, कार्यक्रम अन्तर्गत विद्यालयमा दिइएका सामग्रीहरुको प्रभावकारी प्रयोग कसरी गराउन सकिन्छ भन्ने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको हो । अन्तरक्रियामा बोल्दै जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले प्रारम्भिक तह पढाई कार्यक्रम अहिले विश्व खाद्य कार्यक्रम अन्तर्गत पौष्टिक आहार संचालन भएका गाविसमा मात्र लागु भएकाले यसलाई जिल्लाभरी लागुपर्ने बता
मातृ भाषामा दिइने गुणस्तरीय शिक्षा दीगो विकास लक्ष्यका प्राप्तिका लागि महत्वपूर्ण : युएन

मातृ भाषामा दिइने गुणस्तरीय शिक्षा दीगो विकास लक्ष्यका प्राप्तिका लागि महत्वपूर्ण : युएन

शिक्षा
फागुन १० – मातृ भाषामा दिइने गुणस्तरीय शिक्षा दीगो विकास लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण रहेको संयुक्त राष्टसंघ (युएन)ले जनाएको छ । दीगो विकास लक्ष्य २०३० को उद्देश्य प्राप्तिका लागि शिक्षा सबै भन्दा महत्वपूर्ण पक्ष रहेको र मातृ भाषमा दिइने गुणस्तरीय शिक्षा त्यसको माध्यम बन्ने राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले बताएको छ । विश्वमा प्रयोग हुने गरेका सबै भाषाको संरक्षण हुन पर्ने र प्रत्येक भाषामा गुणस्तरीय शिक्षाको व्यवस्था हुनु पर्नेमा युनेस्कोले जोड दिएको छ । युनेस्कोकी प्रबन्ध निर्देशक इरिना बोकोभाले मातृ भाषा बहुभाषिक शिकाइ पद्धतीको महत्वपूर्ण पक्ष रहेको र यसले गुणस्तरीय शिक्षा प्रदानका लागि प्रभावकारी माध्यम बन्ने बताउनुभएको छ । यसले महिला, बालबालिका, पिछडिएको वर्गसहित समग्र समुदायको गुणत्मक विकासका लागि बलियो आधार तयार गर्ने उहाँको भनाई छ । सबैको दीगो भ