शिक्षा

एसइई परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

एसइई परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

मुख्य समाचार, शिक्षा
काठमाडौँ । कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षा आज सम्पन्न भएको छ । यही चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । देशभरका एक हजार ९५६ परीक्षा केन्द्रबाट चार लाख ८५ हजार ५८६ परीक्षार्थीले परीक्षा दिएका थिए । प्राविधिक धारतर्फको परीक्षा भने यही चैत २० गतेसम्म सञ्चालन हुनेछ ।
एसईई गणित विषयको प्रश्नपत्र ‘आउट’

एसईई गणित विषयको प्रश्नपत्र ‘आउट’

मुख्य समाचार, शिक्षा
जनकपुर । धनुषाको फकिरचन्द जनता माध्यमिक विद्यालय बरकुर्वाबाट एसईई गणित विषयको प्रश्नपत्र बाहिरिएको छ । धनुषाका जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले प्रश्नपत्र आउट भएको जानकारीमा आएको र छानविन भैरहेको बताए । एसईई परीक्षाको तेस्रो दिन गणित विषयको परीक्षा भइरहेकोमा परीक्षा सुरु भएको केहीबेरमै ह्वाट्सयपबाट प्रश्नपत्र आउट भएको सार्वजनिक भएको थियो । प्रश्नपत्र आउट भएको बारेमा केन्द्राध्यक्ष बैजु साहले भने अस्वीकार गरेका छन् । परीक्षा सुरु भएको केहीबेरमै परीक्षा केन्द्रबाट मोबाइल फोन गरी प्रश्नपत्र आउट भएको थियो । जिल्ला शिक्षा अधिकारी खड्काको अनुसार परीक्षा केन्द्रमा केन्द्राध्यक्ष बाहेक भित्र गार्डहरुलाई समेत फोन प्रयोग गर्न नदिएको भन्दै सहायक शिक्षा अधिकारी मेहिलाल यादवको टोलीलाई परीक्षा केन्द्रमा छानविनको लागि पठाइएको जानकारी दिए । टोली परीक्षा केन्द्र पुगेको र फर्किएपछि थप कुरा
सरकारको मुख नताकी नमुना स्कुल बनाए हरिशकिरणले

सरकारको मुख नताकी नमुना स्कुल बनाए हरिशकिरणले

मुख्य समाचार, शिक्षा
गोकर्ण दयाल, बैतडी । तपाई विश्वास गर्नुहुन्छ, एउटा युवाले बिद्यालयका लागि होली, चन्दा र यज्ञ लगाएर २९ लाख रुपियाँ जम्मा गरेर बिद्याललयलाई जिल्लाकै नमुना बिद्यालय बनाउन सक्छ भनेर? हो, गरे के संभव छैन र ! सरकारको मात्रै मुख ताकेर गुनासो गर्नेहरुलाई बैतडीका हरिशकिरण बिष्ट सकारात्मक कर्म गर्नेहरुका लागि प्रेणणाको किरण बन्नुभएको छ । सरकारी योजना लैजान मात्रै बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मारामार गर्ने समाजलाई पाठ सिकाउँदै हरिशकिरण बिष्टले जनसहभागितामा २९ लाख रुपियाँ जम्मा गरेर ज्ञानेश्वर माबि सिद्धेश्वरको छ कोठाका तीन वटा पक्की भवन ठडयाएर बिद्यालयलाई जिल्लाकै नमुना सरकारी बिद्यालय बनाउनुभएको छ । हरिषकिरण बिष्ट बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नु अघि ज्ञानेश्वर माबिको भौतिक र शैक्षिक अवस्था लथालिङ थियो । २०३२ सालमा साबिकको सिद्धेश्वर ४ (हाल पाटन नगरपालिका ९) मा स्थापना भए
एक महिना देखि लुकाइएको ब्लक वितरणको निर्णय बल्ल सार्वजनिक

एक महिना देखि लुकाइएको ब्लक वितरणको निर्णय बल्ल सार्वजनिक

मुख्य समाचार, शिक्षा
बैतडी ।  एक महिना अघि देखि विद्यालयहरुलाई ब्लक वितरण गरेको निर्णय लुकाउँदै आएको जिल्ला शिक्षा कार्यालय बैतडीले बल्ल सार्बजनिक गरेको छ । सूचनाको हक सम्बन्धि ऐन २०६३ अनुसार सुरुमा सूचना अधिकारी र त्यसपछि जिल्ला शिक्षा अधिकारीलाई निवेदन दिएपछि बल्ल सार्बजनिक गरेको हो । शिक्षा कार्यालयले गत पुषमा नयाँ भवन निर्माण, मर्मत, शौचालय निर्माण लगायतका पूर्वाधारका योजनाहरु वितरण गरेको सूचना सार्वजनिक भएको थियो । यद्यपी शिक्षा कार्यालयले भने औपचारिक रुपमा कुनै जानकारी दिएको थिएन् ।  जनस्तरमा ब्लक बितरणका क्रममा अनियमितता गरिएको गुनासो आइरहँदा शिक्षा कार्यालयले भने उक्त निर्णय सार्बजनिक गर्न आनाकानी गरिरहेको थियो । शिक्षा कार्यालयले कहिले कार्यालयका इन्जिनियर गुनबहादुर मल्लले माईन्यूट झोलामा हालेर लगेको त कहिले निर्णय नै भएको छैन भनेर आलटाल गरिरहेको थियो ।  गत पुषमा वितरण गरिएको उक्त निर
शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो

शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो

शिक्षा
काठमाडौं । शिक्षक सेवा आयोगले आयोगले शुक्रबार माध्यमिक तहको अस्थायी अध्यापन अनुमतिपत्रका लागि लिइने लिखित परीक्षाको दरखास्त आह्वान गरेको छ। परीक्षाका लागि आगामी २० गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने तथा दोब्बर दस्तुर तिरेर फागुन २७ गतेसम्म बुझाउन सकिने आयोगको सूचनामा उल्लेख छ। परीक्षा चैत २४ गते बिहान ११ बजे हुने सूचनामा उल्लेख छ । १८ वर्ष उमेर पुगेका स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र शिक्षक सेवा नियमावली अनुसार अयोग्य नभएका जो कोहीले लाइसेन्स परीक्षामा आवेदन दिन सक्ने आयोगको सूचनामा उल्लेख छ। आयोगका अनुसार, परीक्षा दस्तुर ७ सय लाग्ने र जिल्ला शिक्षा कार्यालय झापा, काठमाडौं, कास्की, बाँके र कञ्चनपुर दरखास्त दिन सकिनेछ। दरखास्त संकलन केन्द्र रहेका जिल्लाहरुमा नै परीक्षा सञ्चालन हुने समेत आयोगले स्पष्ट पारेको छ।
चैत ८ को एसइई परीक्षाका लागि २ हजार परीक्षा केन्द्र तोकिने

चैत ८ को एसइई परीक्षाका लागि २ हजार परीक्षा केन्द्र तोकिने

शिक्षा
भक्तपुर । चैत ८ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन सुरु गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाका लागि आवश्यकपर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री जिल्ला जिल्लामा पठाउन थालिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए। परीक्षाको तयारी तीव्र पारिएको बताउँदै उनले प्रश्नपत्र छपाइको तयारी भइरहेको र केन्द्र निर्धारण गर्ने कार्य अन्तिमचरणमा पुगेको बताए। केन्द्रले यस वर्ष करिब दुई हजार परीक्षा केन्द्र निर्धारण गर्ने तयारी गरेको बताउँदै परीक्षा नियन्त्रक रेग्मीले परीक्षामा करिब ६ लाख विद्यार्थी सहभागी हुने अनुमानका साथ तयारी गरिएको बताए। एसइई परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नमूना प्रश्नपत्र सार्वजनिक गरेको छ। परीक्षार्थीलाई परीक्षाको अभ्यास गर्न सजिलो होस् भनेर विषयगत नमूना प्रश
दुर्गामावि सिमारमा साढे ४ बर्षपछी विद्यालय व्यवस्थापन समिति

दुर्गामावि सिमारमा साढे ४ बर्षपछी विद्यालय व्यवस्थापन समिति

मुख्य समाचार, शिक्षा
बैतडी । राजनितिक खिचातानिका कारण लामो समयदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको बैतडीको डिलासैनी गाउँपालिकामा रहेको दुर्गामावि सिमारमा बुधबार विद्यालय व्यावस्थापन समिती गठन गरीएको छ । डिलाशैनी गाउँपालिका ३ रुद्रेश्वर सिमारमा करिव साढे ४ बर्षपछि आज बिद्यालयमा बिद्यालय व्यावस्थापन समिति गठन भएको विद्यालयका शिक्षक गंगासागर जोशीले जानकारी दिनुभयो। समिति गठनको लागि पटक पटक बिद्यालयमा अभिभावकको भेला गरिएको भएपनि राजनितीक खिचातानिका कारण समिती गठन हुन सकेको थिएन । बुधवार विद्यालयमा भएको अभिभावकको भेलाले स्रोतब्यक्ती हरेन्द्र प्रसाद जोशीको सहभागितामा बिरेन्द्र बोहराको अध्यक्षतामा ६ सदस्य विद्यालय व्यावस्थापन समिती गठन गरेको हो । सदस्यहरु जन्तरा बोहरा,अर्जुन राना, गिताराना, गंगोत्री बुढाथोथी बोहरा र दुर्गादत्त भट्ट गरी ६ सदस्यीय समिती चयन गरिएको हो । विद्यालय व्यावस्थापन समिति
नमूना बन्दै दुर्गमको लक्ष्मीपुर आधारभूत विद्यालय

नमूना बन्दै दुर्गमको लक्ष्मीपुर आधारभूत विद्यालय

मुख्य समाचार, शिक्षा
विनोद सिंह विष्ट, बैतडी। बैतडीको मेलौली नगरपालिका–७ मा रहेको लक्ष्मीपुर आधारभूत विद्यालय पछिल्लो समय नमूना बन्दै गएको छ । विद्यालयमा सरसफाइका कार्यक्रमलाई संगठित रुपमा अघि बढाएपछि विद्यालयको वातवरणीय, शैक्षिक गुणस्तरमा समेत सुधार आएको विद्यालयका प्रधानाध्यापक पवित्रा कलौनीले जानकारी दिनुभयो । जिल्ला शिक्षा कार्यालयसँगको समन्वय तथा विश्व खाद्य कार्यक्रमको सहयोगमा विकास तथा प्रकोप व्यवस्थापन केन्द्रले खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन कार्यक्रमअन्तर्गत विद्यालयमा सरसफाइका कार्यक्रम चलाउन सहयोग गरेपछि विद्यालयमा सुधार आएको उहाँले बताउनुभयो । अहिले विद्यालयमा बालबालिकालाई दिवा खाजा खानेबेला हात धुनका लागि साबुन पानीको व्यवस्था गरिएको छ, उहाँले भन्नुभयो “विद्यालय परिसरमा फोहर हुन नदिनका लागि डस्टबिन र खाडलको व्यवस्था गरिएको छ ।” विद्यालयलाई प्लास्टिकमुक्त बनाउने प्रयास गरिएको
दिवा खाजा कार्यक्रमले विद्यार्थीमा नियमितता

दिवा खाजा कार्यक्रमले विद्यार्थीमा नियमितता

मुख्य समाचार, शिक्षा
बैतडी । बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउनुका साथै विद्यालयतर्फ आकर्षण बढाउने उद्देश्यले सुरु भएको दिवा खाजा कार्यक्रमले विद्यार्थीको नियमितता बढाएको छ । दिवा खाजा कार्यक्रम सुरु भएका विद्यालयमा विद्यार्थीको नियमितता बढ्नुका साथै उमेर नै नपुगेका बालबालिका पनि विद्यालयतर्फ आकर्षित हुन थालेका पाइएको छ । बैतडीका बिद्यालयमा बालबालिकाका लागि दिइने दिवा खाजा कार्यक्रम अनुगमनका क्रममा प्रभावकारी देखिएको हो । पुर्चौडी नगरपालिका ६ को बेउरेश्वर आधारभुत बिद्यालयका प्रधानाध्यापक परमानन्द जोशीले खाजा पाउने भएपछि विद्यार्थी नियमित आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा छाडेर जाने विद्यार्थीको संख्यामा पनि कमी आएको छ ।” विकास तथा प्रकोप ब्यबस्थापन केन्द्र (सिडीएम) नेपालले बैतडीका १९९ वटा विद्यालयमा खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि विद्यालयको वातव
शहरका विद्यार्थी गाउँमा बसेर प्राविधिक शिक्षा पढ्दै

शहरका विद्यार्थी गाउँमा बसेर प्राविधिक शिक्षा पढ्दै

शिक्षा
कञ्चनपुर । कृषि क्षेत्रमा दक्ष प्राविधिकको अभाव पूर्ति गर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयले सञ्चालन गरेको बाली विज्ञान(पिजेटिए) विषय शहरका विद्यार्थी गाउँमा बसेर पढ्न थालेका छन् । प्राविधिक बाली विज्ञान विषयको पढाइ गाउँकै विद्यालयमा सञ्चालन भएपछि धनगढी, महेन्द्रनगर, बैतडीलगायत क्षेत्रका विद्यार्थी झलारीमा रहेको विद्यालयमा पढ्न थालेका छन् । थोरै शुल्कमा प्राविधिक शिक्षा पढेर सहजै सरकारी र गैरसरकारी संस्थामा रोजगारी पाइने भएकाले बाली विज्ञानप्रति विद्यार्थीको आकर्षण बढ्न थालेको हो । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा वसोवास गर्दै आएका हिक्मत धामीले कृषि विषयमा पढाइ हुने विद्यालय बजार क्षेत्रमा नहँुदा ग्रामीण क्षेत्रमा रहेको विद्यालयमा भर्ना भएर पढ्दै आएको बताउनुभयो । अठार महिना पढेर सहजै रोजगारी पाउन सकिने भएकाले यस विद्यालयमा भर्न
error: Content is protected !!