समाज

बैतडीमा आगलागी हुँदा घर ध्वस्त  <br><span style='color:#724B06; font-size:20px;'>ज्ञानेश्वर माबिका शिक्षकहरुले नगदसहित कपडा प्रदान गरे</span>

बैतडीमा आगलागी हुँदा घर ध्वस्त 
ज्ञानेश्वर माबिका शिक्षकहरुले नगदसहित कपडा प्रदान गरे

समाज
गोकर्ण दयाल, बैतडी । पाटन नगरपालिका–९ भट्याडीमा एक किसानको घरमा आगलागी हुँदा घरसहित अन्न, लुगा फाटो र भाडाकुँडा जलेर नष्ट भएका छन् । शुक्रवार दिउँसो १ः०० बजे स्थानीय मानसिंह बिष्ट र ध्वजबहादुर बिष्टको संयुक्त घरमा आगलागी हुँदा घर सहित अन्न र लुगाफाटो जलेका हुन् । दिउँसो १ः बजे लागेको आगो अपरान्ह ४ः०० बजे नियन्त्रणमा आएको थियो । स्थानीय ज्ञानेश्वर माध्यमिक बिद्यालयमा शिक्षकहरुको पहलमा आगो नियन्त्रणमा आएको हो । पानी नहुँदा आगो नियन्त्रण गर्न समस्या भएको शिक्षक धनबहादुर महराले बताउनुभयो । घर जलेर ध्वस्त भएपछि पीडित परिवारलाई ज्ञानेश्वर माध्यमिक बिद्यालयका शिक्षकहरुले सातहजार नौसय २८ रुपियाँ सहयोग गरेको शिक्षक महाराले बताउनुभयो । पीडित परिवारलाई ज्ञानेश्वर माबिको विपद् व्यवस्थापन समितिबाट त्रिपाल र ओढ्ने ओछ्याउने कपडा प्रदान गरिएको ज्ञानेश्वर माबिले जानकारी दिएको छ । बिद्यालय न
बैतडीमा २४ घण्टामा ३ जनाले गरे आत्महत्या

बैतडीमा २४ घण्टामा ३ जनाले गरे आत्महत्या

समाज
बैतडीमा २४ घण्टामा ३ जनाले आत्महत्या गरेकाछन् । जिल्लाको पुर्चौडी नगरपालिका ४ भटनामा बिहिबार बिहान १० बजेर १५ मिनेटमा धर्मानन्द भट्टकी १७ बर्षिय छोरी डम्मरा भट्टले आत्महत्या गरीन् भने शुक्रबार बिहान ११:३० बजे सोहि ठाँउ बस्ने बस्ने धर्मानन्द भट्टकी श्रीमती २२ बर्षिय जयन्ती भट्टले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिंहले बताए । यस्तै बिहिबार राती १२ बजे जिल्लाको मेलौली नगरपािलका ५ बस्ने मीन बहादुर चन्दका २५ बर्षिय छोरा नारायण चन्दले आत्महत्या गरेको प्रहरीले जनाएको छ । ३ ओटै सब पोष्टमार्टमको लागी पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ भने घटनाहरुको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
डीएसपी पत्नी छोरासहित घर निकाला

डीएसपी पत्नी छोरासहित घर निकाला

नेपालगन्ज । काखमा तीन वर्षका छोरा । पतिबाट घर निकालिएपछि न्यायका लागि जताततै उजुरी । तर, राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी २४ वर्षीया गीता वली बोहराले न्याय पाइनन् । उनका पति देवबहादुर बोहरा सशस्त्र प्रहरीका डिएसपी हुन् । गीताले आफूमाथि भइरहेको हिंसाबिरुद्व सशस्त्र प्रहरी मुख्यालय, नेपाल प्रहरीको महिला सेल, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, स्थानीय प्रशासन, महिला तथा बालवालिका कार्यालयलगायत दर्जन बढी सरकारी निकायमा उजुरी दिइन । ‘मैले कुनै निकायबाट न्याय पाईन । यताबाट उता जानुस् भन्दै फर्काउछन्,’ अन्यायबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘न्याय माग्दै सबै निकायमा पुगिसकें । अब म कहाँ जाऊ ।’ ०७१ मा डिएसपी बोहरा विवाह गर्ने भन्दै घरमै माग्न गएका थिए । मन मिलेपछि त्यसै बर्ष साउनमा उनीहरुले भागी विहे गरे । त्यसअघि बोहराले जेठी पत्नीसित सम्बन्ध बिच्छेद गरेका
तल्लोसोराडमा चितुवाले फेरी आक्रमण ग¥यो, एक बालक गम्भीर घाईते

तल्लोसोराडमा चितुवाले फेरी आक्रमण ग¥यो, एक बालक गम्भीर घाईते

मुख्य समाचार, समाज
सी पी लोहिया, बैतडी । चितुवा प्रभावित बैतडीको तल्लोसोराडमा चितुवाले फेरी आक्रमण गरेको छ । सोमबार राति ९ः५० बजे मेलौली ९ रोकटाका एक बालकलाई चितुवाले आक्रमण गरि गम्भीर घाइते बनाएको छ । घाइते हुनेमा मान बहादुर चन्दका डेड बर्षिय छोरा गणेश चन्द रहेको मेलौली ९ का वडा अध्यक्ष नारद भट्टले बताउनुभयो । रातिको समयमा घरभित्रै सुतिरहेको अवस्थामा बालकलाई चितुवाले आक्रमण गरेको वडा अध्यक्ष भट्टले बताउनुभयो । घाइते बाललको अवस्था गम्भीर रहेकोले उपचारका लागी डडेल्धुरा पठाइएको छ । यसअघि गत भदौमा मेलौली एक महिलालाई चितुवाले आक्रमण गरि घाईते बनाएको थियो भने, बिगत २०६८ साल यता तल्लोसोराडमा चितुवाले २३ जनाको ज्यान लिइसकेको छ । चितुवाको आतंक भैरहदा जिल्ला सुरक्षा समितिले पटक पटक नेपाल प्रहरी त्यँहा खटाएपनि प्रहरीले चितुवालाई मार्न सकेको छैन् भने केहि समय अस्थाई रुपमा प्रहरी त्यँहा बसेर फर्किने गरेक
बुवाले खुकुरीले काट्ने धम्की दिएपछि बालकको बिचल्ली

बुवाले खुकुरीले काट्ने धम्की दिएपछि बालकको बिचल्ली

मुख्य समाचार, समाज
बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा न. ८ डुङराका १३ बर्षिय रञ्जन भट्ट कक्षा ८ मा अध्ययन गर्छन् । तर उनी आफ्नै बुवा बाट दिनरात पिटाई खाएर बसेको बताउछन् । रञ्जन डेड बर्षको छदैँ उनका बावु मनोज भट्ट प्रहरीको जागीर छोडेर घर बसे र आफ्नी श्रीमती (रञ्जनकी आमा) दिपा लाई घर बाट निकाले । तर छोरा रञ्जनलाई आफु संगै राखे, रातदिन मदिरा सेवन गर्ने मनोजले केहि बर्षमा आफ्ना ८० बर्ष नाघेका आमा बुवालाई समेत घर बाट निकाले, हाल उनिहरु (रञ्जनका बाजे बज्यै) कञ्चनपूरमा अर्काको घरमा काम गरेर बसिरहेका छन् । २४ सै घण्टा मदिराको नसामा रहने मनोजले छोरा रञ्जनलाई दिन प्रतिदिन पिट्ने गर्दछन् । र खुकुरीले घाटी रेटेर मार्ने धम्की दिईरहन्छन् । धेरै पटक गाउलेले रञ्जनलाई बचाए तर उनका बावुको बानि संग सबै गाउले डराउन थाले, छिमेकीको घरमा बस्दै आएका रञ्जनलाई छिमेकीकै घरमा गएर मार्ने भनी खुकुरी देखाउने भएपछि गाँउले समेत
आज महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा विशेष आकर्षण

आज महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा विशेष आकर्षण

मुख्य समाचार, विविध, समाज
काठमाडौँ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ। आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर वैदिक सनातन हिन्दु धर्मावलम्बीले श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन्। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ। आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ। महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ। पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन
कञ्चनपुरमा जीपको ठक्करबाट एकको मृत्यु

कञ्चनपुरमा जीपको ठक्करबाट एकको मृत्यु

समाज
कञ्चनपुर । कञ्चनपुरमा जीपले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । कृष्णपुर नगरपालिका २ वनहरा नदीको पुलमा हिँडिरहेका बेला बा १३ च ३९०४ नम्बरको जीपले ठक्कर दिँदा पैदल यात्रु हजारी विकको मृत्यु भएको हो । विकलाई उपचारका लागि महाकाली अञ्चल अस्पताल तर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । मृतकको शव परिक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । ठक्कर दिने जीप र चालकलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ।
स्थानीय तहका हरेक गतिविधिमा थारू भलमन्साको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग

स्थानीय तहका हरेक गतिविधिमा थारू भलमन्साको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग

समाज
हरिश्चन्द्र बाग, कञ्चनपुर । थारू समुदायका भलमन्साहरूले सम्बन्धित स्थानीय तहहरूमा आफ्नो प्रतिनिधित्व अनिवार्य हुनुपर्ने माग गरेका छन् । थारू समुदायको नेतृत्वको रूपमा रहेका थारू भलमन्साहरूले स्थानीय तहमा हुने भेला, गोष्ठी, सेमिनार देखि विविध सामाजिक कार्य र स्थानीय तह मातहतका संघसंस्थाहरूमा अनिवार्य प्रतिनिधित्व गराउनु पर्ने माग गरेका छन् । विशेष गरी कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदाय र पश्चिम नेपालको तराईमा बसोबास गर्ने थारू समुदायले समाजमा कुनै पनि कार्य गर्दा होस् अथवा कुनै समस्या आइपर्दा भलमन्सा, बडघर वा महतौहरूलाई सोधपुछ गरी उनीहरूकै सुझाव अनुसार काम गर्ने गर्दछन् । स्थानीय तहमा निर्वाचित थुप्रै जनप्रतिनिधिहरू थारू समुदायकै रहेपनि सबै वडाको प्रतिनिधित्व हुने गरी आफुहरूलाई समाबेश गर्नुपर्ने माग राखेका हुन् । उनीहरूले थारू समुदायमा चलिआएको प्रथा अनुसार न्याय
हरिद्वारका बाँदर बैतडीमा आतंक मच्चाउँदै

हरिद्वारका बाँदर बैतडीमा आतंक मच्चाउँदै

मुख्य समाचार, समाज
इन्द्रसरा खड्का, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ५, ६ र ८ का नागरिक दिनभर बाँदर धपाउनमै ब्यस्त रहेका छन् । बारीमा लागाएको तरकारी, फलफुल गहुँखेती सबै नष्ट पार्न थालेपछि दिनभर बाँदरलाइ धपाउदै ठिक्क हुने गरेको दशरथचन्द नगरपालिका वडानम्बर ८ का मान बहादुर चन्दले बताउनुभयो । खेतबारी नष्ट गदै आएका बाँदर अब घरभित्रै बसेर पकाएको रोटी भात समेत नछोड्ने गरेको उहाँले बताउनुभयो । सोहि ठाउँका डम्मर टमाटाले आज भोलि हातमा गुलेली र साथमा ढुंगा हुन्छन् । हाहै गर्दा बादर नमान्ने हुदा गुलेलि र ढुंगा पनि सातमै बोक्नु परेको उहाँले बताउनुभयो । बिहान उठ्नेबेला देखि नै चलाउन सुरु गरेको गुलेलि बेलुकि रातिहुदा सम्म चलाउनु पर्दा हातै दुख्ने गरेको उहाँले बताउनुभयो । अहिले उहाँसंग मात्रै हैन वडा नम्बर ५ ६, ८का प्रत्यक घरका एकजनाको काम नै बाँदर धपाउने बनेको छ । बाँदरले दिनहुँदिन सताउन थालेपछि गुलेल
स्वस्थानी व्रत शुरु

स्वस्थानी व्रत शुरु

समाज
काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत सोमबारदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फलफूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–