समाज

धुर्मुसले भावुक हुँदै भने, ‘हिनामिना भएको प्रमाणित भए म यो धरतीमा रहन्नँ’

धुर्मुसले भावुक हुँदै भने, ‘हिनामिना भएको प्रमाणित भए म यो धरतीमा रहन्नँ’

मुख्य समाचार, समाज
  काठमाडौं । नेपालकै जेठाे अस्पताल वीर अस्पतालमा रङ-राेगनसहित सरसफाइ गरेर पुनः चर्चामा अाएका हास्य कलाकार एवं सामाजिक अभियन्ता सीताराम कट्टेल 'धुर्मुस'ले अाफूमाथि अवाञ्छित अाराेप लागेकाे बताएका छन् । वीर अस्पताल सफाइ र रङ राेगनमा अाफूहरूले करिब ४८ लाख रकम खर्च गरिसकेकाे बताउँदै धुर्मुसले भने, 'हामीलार्इ अस्पताल र सरकारबाट रकम निकासा भएकाे छैन ।' उधारोमै रङ र पेन्टहरू किनेर अस्पतालका भित्ता रंग्याएकाे बताउँदै उनले अाफ्नाे कामबाट प्रभावित भएर स्वतस्फूर्त रूपमा सहयाेग रकम उठेकाे जानकारी दिए । बिहीबार वीर अस्पतालमै अायाेजित पत्रकार सम्मेलनमा धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष समेत रहेका धुर्मुसले वीर अस्पतालको सरसफाइको अवस्था नाजुक देखेपछि अाफूले थप राम्राे बनाउने उद्देश्यले रङराेगन लगायत कार्य गरेकाे र साेका लागि रकम अपुग भएकाे बताए । दाताहरूबाट सहयाेगस्वरूप उठेकाे रकम उनले साम
गोली प्रहार गरी नौ लाख लुट्ने लुटेरा पक्राउ

गोली प्रहार गरी नौ लाख लुट्ने लुटेरा पक्राउ

समाज
कैलाली । कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली हानेर ९ लुटपाटगरी भागेका दुई जनालाई ३० मिनेट नबित्दै प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नौ लाख रुपैया सहित कैलालीको गेटाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुबाट एक थान मोटरसाईकल समेत बरामद गरेको प्रहरीले जनाएको छ । बिहान १० बजे धनगढीको चौराहास्थित क्रिष्टल होटलको अगाडि मुल सडकमै आईएमईका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी दुई जनाले ९ लाख ५० हजार लुटेर लगेका थिए ।
दलितको हातको पानी खाँदा गाउँबाट लखेटिए

दलितको हातको पानी खाँदा गाउँबाट लखेटिए

समाज
बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिका–२ का जयलाल बुढाका दम्पतीले दलितको हातको पानी खाएको भन्दै गाउँलेले पीडा दिने गरेकाले सो पीडा सहन नसकी गाउँ छाडेका छन् । सामाजिक परम्पराअनुसार दलितले छोएकाले कुनै चीज वस्तु खानु हुदैन भन्ने मान्यतालाई तोड्नका लागि एक दलितको हातको पानी खाँदा आफ्नो दम्पती र नातिनातिनी समेत गाउँबाट लखेटिएको बुढाले बताए । दलितसँग सम्बन्ध राखेको भन्दै गाउँलेले कुटपिट गरी सामाजिक रुपमा अलग्याएको दम्पतीले बताएका छन् । गाउँलेबाट लेखेटिएपछि बुढा दम्पती जंगलको नजिकै एक सानो छाप्रो बनाएर बस्दै आएका छन् । आफ्ना छोराले भेटेमा समेत उनीहरुलाई गाउँलेले कुटपिट गर्ने गरेको बुढाले बताए । गाउँमा गएको थाहा पाएमा गाउँलेले धम्की दिँदै गाउँमा नआऊ भन्दै लखेट्ने गरेका छन् । बुढाका दम्पतीले नातिनातिनीलाई आफैँसँग राखेर निजी विद्यालयमा पढाउने गरेका छन् । हिमाली गाउँपालिकाका अध्यक
बैतडीमा एम्बुलेन्स दुर्घटना : बिरामी सहित चार घाईते

बैतडीमा एम्बुलेन्स दुर्घटना : बिरामी सहित चार घाईते

मुख्य समाचार, समाज
नरी बडु, बैतडी । बिरामी बोकेर दार्चुलाको मालिकार्जुन गाँउपालिकाबाट धनगडीतर्फ जादै गरेको एम्बुलेन्स बैतडीको सुर्नयाँ गाँउपालिका– ३ धर्मघर नजिक दुर्घटना हुदा बिरामी सहित चार जना घाईते भएका छन् । म १ ज १०३ नम्बरको एम्बुलेन्स गयराती साढे तीन बजे सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । घाईते हुनेमा व्याँस गाँउपालिका– ६ बेसरीका बरामी ५५ वर्षीय बिष्णुदत्त भट्ट उनका आफन्त ४० वर्षीय देवदत्त भट्ट, १८ वर्षीय गणेशदत्त भट्ट र एम्बुलेन्स चालक मालिकार्जुन गाँउपालिका– ८ का गोबिन्द धामी रहेको प्रहरीले जनाएको छ । घाईते सबैको अहिले जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको छ ।
बरमुडेमा खानेपानीको समस्या

बरमुडेमा खानेपानीको समस्या

समाज
बैतडी । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ५ बरमुडेमा खानेपानीको समस्या भएको छ । बस्ती नजिक पानीको मूहान नहुँदा खानेपानीको समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । बर्षौंदेखि आफूहरुले १ घण्टा टाढा रहेको मूहानबाट खानेपानी ल्याउने गरेको स्थानीय केशवसिंह साउँदले बताउनुभयो । बस्ती माथि डाँडोमा भएकाले आफूहरुले खानेपानीका लागि भौतारिनु परीरहेको उहाँले बताउनुभयो । बस्तीभन्दा तलतिर रहेको मूहानबाट लिफ्टबाट खानेपानी योजना ल्याउने भनेर धेरै पटक सर्वे भएको भएपनि खानेपानीको समस्या समाधान हुन नसकेको स्थानिय रमेश खत्रीले बताउनुभयो । बरमुडेमा रहेको खानेपानी समस्या समाधानका लागि शैल्यशिखर नगरपालिकाको ध्यान जानुपर्ने स्थानीयबासीको माग छ ।
प्रदेशसभाका सांसद लामिछानेको निधन

प्रदेशसभाका सांसद लामिछानेको निधन

विविध, समाज
काठमाडौं । प्रदेश नम्बर ३ अन्तर्गत भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य हरिशरण लामिछानेको मस्तिष्काघातका कारण मृत्यु भएको छ । आइतबार नै ब्रेनडेथ भएको चिकित्सकले अनौपचारिक जानकारी गराए पनि सोमबार १ बजे मृत घोषणा गरिएको हो। मस्तिष्काघात भएपछि उनको आइतबार दिउँसोदेखि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचार भइरहेको थियो। लामिछाने भक्तपुर क्षेत्र नम्बर १ (ख)बाट नेकपा (एमाले)का तर्फबाट विजयी भएका थिए।
बेहुलाले धोती लगाउन मानेनन्, दुलही नलिई फर्कियो जन्ती <br><span style='color:#724B06; font-size:20px;'>कुटपिटबाट घाइते ४ जना उपचारपछि घर फिर्ता</span>

बेहुलाले धोती लगाउन मानेनन्, दुलही नलिई फर्कियो जन्ती
कुटपिटबाट घाइते ४ जना उपचारपछि घर फिर्ता

समाज
वीरगञ्ज । पर्सामा दुलही लिन आएको जन्ती रित्ताे हात घर फर्केको छ । विवाहमा दुलाहाले धोती लगाउन नमानेको विषयमा विवाद भएपछि वरियात दुलहीबिनै घर फर्केको हो । वीरगञ्ज महानगरपालिका पिपरा निवासी रामबाबु मिश्राको घरमा आएको जन्ती विवादपछि दुलही नै नलिई आइतबार फर्किएको हो । जीतपुर निवासी रोशनकुमार मिश्रको विवाह वीरगञ्जका रामबाबु मिश्राकी छोरीसँग तय भएकोमा शनिबार राति जन्ती आएको थियो । जन्तीले खानपिन शुरु गरिसकेपछि विवाहको कार्यक्रम शुरु गरिएकोमा मण्डपमा बस्ने समयमा दुलाहाले धोती लगाउन मानेनन् । लगत्तै परम्परा नमानेकाे भन्बेदै हुली पक्षले विवाद शुरु गरेका थिए । विवादका क्रममा बिहान तीन बजे जन्ती र बेहुली पक्षबीच कुटाकुट नै हुन पुगेको थियो । मधेसी समुदायमा बेहुला धोती लगाएर मण्डपमा बस्नुपर्ने प्रचलन छ । तर, बेहुलाले त्यसलाई नमानेपछि बेहुलीका मामाले बेहुलामाथि दुव्र्यवहार गरेका थिए ।
खहरे खोलाले बगाउँदा बझाङमा एकै घरका चारसहित पाँचजनाको मृत्यु

खहरे खोलाले बगाउँदा बझाङमा एकै घरका चारसहित पाँचजनाको मृत्यु

समाज
बझाङ । बझाङको थलारा गाँउपालिका-४ डिक्लागाडमा खहरे खोलाले बगाउँदा एकै परिवारका चारसहित पाँचजनाको मृत्यु भएको छ । ढोढेखेत बजारबाट शनिबार राति घरतर्फ जाने क्रममा घर नजिकैको खहरे खोलामा बगेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । मृत्यु हुनेमा थलारा गाँपालिका-४ का २७ वर्षीय हर्क बिक, उनकी श्रीमती २६ वर्षीया डल्ली भनिने देवकीदेबी विक, छोरी १२ वर्षीया मनिषा विक, छोरा ३ वर्षीय सक्षम विक र उनीहरुकी आफन्त पर्ने ३५ वर्षीया कलसी विक रहेको बझाङ्ग प्रहरी, प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए । एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएपनि परिवार र गाउँ शोकमा परेको छ । मृतक बिकको घरमा आमा बुबा र एक छोरा एक छोरी छन् । शनिबार राति करिब ८ बजेको समयमा परेको वर्षाका कारण खहरे खोलामा बाढी आएको थियो । घटना राति भएपनि विहान मात्रै जानकारी भएको प्रहरीले ब
खहरे खोलाले जिप बगाउदा ३ जनाको ज्यान गयो

खहरे खोलाले जिप बगाउदा ३ जनाको ज्यान गयो

समाज
बैतडी । बझाङको जयपृथ्वी नगरपालिका ७ को खड्केतोला नजिकै खहरे खोलाले जिप बगाउदा ३ जनाको ज्यान गएको छ। गएराती तमैलबाट चैनपुरतर्फ आईरहेको जिपलाई सुवेडा खोलामा आएको बाढीले बगाएको थियो। से १ ज ८ सय २० नम्बरको जिप गुडीरहेका बेला खहरे खोलामा एक्कासी बाढी आएको थियो। खहरे खोलाले गुडीरहेको जिपलाई बगाएपछि त्यसमा सवार चालक सहित ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा खप्तड छान्ना २ घर भै चैनपुरमा कस्मेटिक पसल सञ्चालन गर्दै आएका ३१ वर्षिय अम्मराज वन, केदारस्यु १ का २४ वर्षिय असु ओड, र जिप चालक बैतडी घर भै हाल कञ्चनपुरको दोधारा चादनी बस्ने २६ वर्षिय रमेश चन्द रहेका छन्। जिप खोलाले बगाएर झण्डै ५० मिटर तल खोचमा पुरीएको अवस्थामा भेटिएको हो । घटना गएराती ८ बजे भएको हो। अप्ठ्यारो भिर र जिप माटोले पुरीएकाले आज दिउँसो साढे २ बजे मात्र शव निकालीएको हो ।
बैतडीमा अप्रत्यक्ष रुपमा महिला हिंसा र जातीय विभेद कायमै 

बैतडीमा अप्रत्यक्ष रुपमा महिला हिंसा र जातीय विभेद कायमै 

मुख्य समाचार, समाज
बैतडी । प्रत्यक्ष रुपमा नदेखिएपनि अप्रत्यक्ष रुपमा जिल्लामा महिला हिंसा र जातीय विभेद विद्यमान रहेको जिल्ला स्थित सरोकारवालाहरुले बताएका छन् । जिल्लाको मानव अधिकार अवस्था बारे बुझ्न बैतडी पुगेको टोलीसंगको भेटघाटमा जिल्ला स्थित सरोकारवालाहरुले यस्तो बताएका हुन् । “देखिने गरेर दातीय विभेद गरेको नपाईए पनि भित्रि रुपमा दलितहरुले विभेद सहन बाध्य छन्, तर प्रक्रियागत रुपमा हामीहरुलाई उजुरी नआउदा कानून कार्यान्वयनमा पनि समस्या छ ।” प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भने । जातीय विभेदको अन्त्यका लागि जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थामा कार्यरत कर्मचारी, पदाधिकारी, जनप्रतिनिधि र राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले सामुहिक रुपमा लाग्नु पर्नेमा प्रमुख जिल्ला अधिकारी जोशीले जोड दिनुभयो । “लगत्तै सबै सरोकारवालाहरुलाई दलित बस्तीमा गलेर सामुहिक भोजको आयोजना गर्ने योजना बार
error: Content is protected !!