समाज

निर्मलाका बुुवा यज्ञराज त्रिवि शिक्षण अस्पताल भर्ना

निर्मलाका बुुवा यज्ञराज त्रिवि शिक्षण अस्पताल भर्ना

समाज
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाका बुवा यज्ञराज पन्तलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। मानसिक स्थिति असामान्य देखिएपछि शनिवार राति धनगढीबाट गाडीमा आएका पन्त परिवार आइतवार साँझ काठमाडौं आइपुगेका हुन्। निर्मलाका लागि न्याय माग्दै धर्नामा बसेका यज्ञराजले जथाभाबी गालीगलौज गर्ने, ढुंगाले हिर्काउने, अरूलाई जथाभाबी झम्टिने जस्ता क्रियाकलाप गर्न थालेपछि काठमाडौं उपचारको लागि ल्याइएको हो। बाटोमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रशासनले तीन जना सुरक्षाकर्मीसमेत पठाएको छ। निर्मलाका बाबुआमासँगै उनका दुई काकासमेत काठमाडौं आएका छन्। यज्ञराजको स्वास्थ्यको जाँच गर्न एक स्वास्थ्यकर्मी पनि सगैं आएको दुर्गादेवीले बताइन्। निर्मलाका आफन्त विगत दुई सातादेखि जिल्ला प्रशासन कार्यालयबाहिर २४ घण्टे अनसनमा थिए। अहिले पनि कञ्चनपुरमा धर्ना जारी छ।
पाटनमा आगलागी हुँदा ७० हजार बराबरको क्षती

पाटनमा आगलागी हुँदा ७० हजार बराबरको क्षती

समाज
बैतडी । पाटन नगरपालिका वडा नं ४ जोलाबाजमा आगलागी भएको छ । आइतबार बिहान करिब ४ बजे शेर सिंह महराको घरमा आगलागि भएको हो । आगलागी हुदा ७० हजार बारबरको नोक्सान भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका इन्चार्ज राजेन्द्र बहादुर सिँहले जानकारी दिुनभयो । आगलागी हुदा ८ वटा खरका थुप्रा २ वटा परालका थुप्रा, ४ वटा मकैका थुप्रा र दाउराको थुप्रो जलेर नष्ट भएको उहाले बताउनुभयो । पाटन नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयाताले आगलागी नियन्त्रणमा आउदा घर जल्नबाट जोगाउन सकिएको बताइएको छ । आगालागी के कति कारणले भएको हो भन्ने खुल्न सकेको छैन ।
आफ्नै सालीको बलात्कारपछि हत्या गर्ने जोशीलाई सर्वस्व सहित जन्मकैद

आफ्नै सालीको बलात्कारपछि हत्या गर्ने जोशीलाई सर्वस्व सहित जन्मकैद

समाज
बैतडी । कोठाभित्र थुनेर आफ्नै सालीको बलात्कारपछि हत्या आरोपीलाई जिल्ला अदालत बैतडीले सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधिश मावध प्रशाद अधिकारीको इजलासले डिलाशैनी गाउँपालिका–४ पिडेरी बस्ने २२ बर्षिय उमेश प्रशाद जोशीलाई उक्त फैसला सुनाएको हो । जोशीलाई जवरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा मुलुकी ऐन ज्यान सम्बन्धि महलको १३ (३) अनुसार सर्वस्व सहित जन्म कैदको फैसला भएको जिल्ला अदालत बैतडीका सुचना अधिकारी भिमप्रशाद भुसालले बताउनुभयो । जोशीले करणीपछि मारेको हुनाले सोही महलको १३ (३) को देहाय ४ अनुसार थप आठ बर्ष समेत गरि २८ बर्ष कैदको फैसला गरेको उहाँले बताउनुभयो । गत चैतमा पुरचौडी नगरपालिका–१ मा ब्यापार गर्दै आएका जोशीले साली नाता पर्ने किशोरीलाई आफ्नो कोठामा बोलाएर बलात्कारपछि हत्या गरेको अभियोगमा चैत १२ गते जिल्ला अदालत बैतडीमा मुद्दा दर्ता भएको थियो । त्यसैगर
कैलालीका बालबालिका समेत निर्मला बलात्कार/हत्या प्रकरणमा आन्दोलनमा उत्रिए

कैलालीका बालबालिका समेत निर्मला बलात्कार/हत्या प्रकरणमा आन्दोलनमा उत्रिए

समाज
धनगढी । कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७० दिन पुगिसक्दा पनि सरकारले अपराधी पत्ता लगाउन सकेको छैन। निर्मला हत्याको विरोधमा देशव्यापी आन्दोलन र प्रदर्शन भइरहँदा कैलालीका बालबालिकासमेत आन्दोलित बनेका छन्। हत्यामा संलग्नलाई कारबाहीको साटो सरकार अपराधी बचाउमा लागिरहेको भन्दै दोषीलाई कारबाहीको मागसहित लम्कीचुहा नगरपालिका अन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पूर्वपश्चिम महेन्द्रराजमार्गको लम्की चौराहामा करिब डेढ घन्टा चक्काजामसहित कोणसभा गरेका छन्। उनीहरुलाई बालबालिकाले पनि साथ दिए। विभिन्न विद्यालयबाट स्वस्फुर्त रुपमा आन्दोलनमा सहभागी भएका विद्यार्थीहरु सरकारको यस्तो कदमले आफूहरु सशंकित मात्र नभई ढुक्कसँग हिँडडुल गर्नसमेत असहज भइरहेको भन्दै आक्रोशित भएका छन्। सरकारको पछिल्लो कदम र जिम्मेवार व्यक्तिबाट आइरहेका अभिव्यक्तिले निर्मला प
पत्रिका जलाएकोप्रति राप्रपाकाे विरोध

पत्रिका जलाएकोप्रति राप्रपाकाे विरोध

समाज
बैतडी । कैलालीको अत्तरियामा नागरिक र कान्तिपुर दैनिक पत्रिका जलाएकोमा राप्रपा सुदूरपश्चिमले प्रेस विज्ञप्ति मार्फत विरोध जनाएको छ । जनतालाई सूचना प्रवाह गर्दै अाएका देशका दुई प्रतिष्ठित पत्रिका जलाउनु निन्दनीय र घृणित कार्य भएको जनाउदै विज्ञप्तिमा दाेषीलाई कार्वाहीकाे माग समेत गरिएको छ । राप्रपाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम समितिका प्रवक्ता हेमबाबु लेखकद्वारा जारी विज्ञप्तिमा भनिएको छ,- 'अान्दोलनका नाममा जनतालाई सूचना प्रवाह गरिरहेका स्वतन्त्र प्रेसका संवाहकका रुपमा स्थापित पत्रपत्रिका जलाउने कार्यबाट अान्दोलनकारीहरुले आफ्नो गैर प्रजातान्त्रिक र हिंस्रक चरित्र देखाएको हाम्रो ठहर छ ।' नेता लेखकद्वारा जारी विज्ञप्तिमा, प्रजातन्त्रमा विरोध जनाउने अन्य उत्कृष्ट एवं तमाम बाटाहरु भएको उल्लेख गर्दै यसप्रकारका निकृष्ट तथा उद्दण्ड कार्यले समाजलाई नकारात्मक साेच र नकारात्मक दिशावाेध गर्ने
मनपरी भाडा लिनेलार्इ ५ हजार जरिवाना

मनपरी भाडा लिनेलार्इ ५ हजार जरिवाना

समाज
काठमाडौँ । दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ । अनुगमन गरी कारवाहीको अभियान बुधबारदेखि शुरु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिए। सार्वजनिक यातायातका बारेमा धेरै गुनासा आएकाले बुधबारदेखि आफैँ अनुगमनमा निस्किएको उनले सुनाए । विभागको नेतृत्वमा आज नयाँ बसपार्कबाट थानकोटसम्म अनुगमन भएको छ । नयाँ बसपार्क लगायतका स्थानमा समितिका सवारीले टिकट सकियो भन्ने गरेका छन् । दशैँमा लामो दूरीमा यात्रा गर्ने यात्रुले पहिल्यै टिकट लिने गरेका छन् । असोज ९ गतेदेखि मात्र यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ शुरु गरेका थिए । बुकिङ शुरु गरेको बिहीबारदेखि नै टिकट सकिसक्यो भन्दै कालाबजारीमा बढी भाडा लिएको यातायात सुधारका लागि आवाज उठाउँदै आएका रामबहादुर थापाले बताए । केह
दसैँको साइत सार्वजनिक, जमरा कुन समयमा राख्ने ?

दसैँको साइत सार्वजनिक, जमरा कुन समयमा राख्ने ?

मुख्य समाचार, समाज
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ। असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए। झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उनले बताए। असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ। यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याइने छ। त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ। १० बजेर २ मिनेटमा भवानीलाईस्थिर आसनमा राखिन्छ। असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दसैँको टीका परेको छ। विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ। देवीको प्रसाद लगाउन
सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइयो

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइयो

समाज
बैतडी । असोज संक्रान्तिका दिन सुुदूरपश्चिममा बुढी पोल्ने पर्व धुमधामका साथ मनाइयो । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाइने गरिन्छ । महिनादिन अघि एउटा झांगिएको बुटा/रुख काटेर गाड्ने र आजका दिन त्यसलाई साँझपख जलाउने चलन छ पहाडी जिल्लाहरुमा । र, यसलाई भनिन्छ बुढी पोल्ने । यो पर्वको वास्तविकता ठ्याक्कै के हो भन्ने देखिन्न । तर कतिपयले यसलाई कृष्ण र पुतनासँग जोडेको पाइन्छ । जलिरहेको सुकेको रुखमा काँक्रो चपाएर फाल्दै ‘थुई बुढी थुई’ भन्ने चलन कहिलेदेखि चल्यो भन्न सकिन्न । तर कतिपय लेखनमा भने असोज सङ्क्रान्तिका दिन राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा यो पर्व मनाइने गरिन्छ । कृष्ण चरित्र र अन्य हिन्दु साहित्यमा पुतना भन्ने राक्षसीले कंस राजाको आदेश अनुसार सबै बच्चालाई मार्दै आएको अवस्थामा
भड्किलो बन्दैछ तीजको दर

भड्किलो बन्दैछ तीजको दर

समाज
काठमाडौँ । हरितालिका (तिज) आउन अब केही दिन मात्र बाँकी छ । पहिले पहिले तीजको अघिल्लो दिनमात्र खाइने दर केही वर्षदेखि एक-दुई महिना अघिदेखि नै खाने प्रचलन बढ्दै आएको छ । काठमाडौँ नयाँ बानेश्वरकी ६९ वर्षीया दुर्गा दाहालले तीज मनाउन थालेका ५० वर्ष हुन लागिसक्यो । त्यतिबेला दर खाने चलन एकदमै सीमित थियो । जसले जतिसक्यो त्यति नै आफ्ना चेलीबेटीलाई खुवाउने चलन थियो । “त्यतिबेला दर खाने र खुवाउने संस्कृति एकदमै राम्रो थियो, परिवार र आफन्तलाई तीजमा एकै ठाउँमा भेला हुने अवसर मिलेको थियो”, उनी थप्छन्, “तर अहिले दर आफ्नो आर्थिक हैसियत नहेरी खुवाउनु अहिलेको विकृति हो ।” उहाँका अनुसार अहिले अरुको देखावटीबाट नै दर खुवाउने प्रवृत्ति बढ्दै गए पनि विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने दर कार्यक्रमले महिलाबीच जमघटको अवसर मिलेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेकी दाहाल आफ्नो पा
पाटनमा पैदल यात्रुलाई ठक्कर दिएर फरार रहेका बस चालक पक्राउ

पाटनमा पैदल यात्रुलाई ठक्कर दिएर फरार रहेका बस चालक पक्राउ

समाज
बैतडी । पाटनमा पैदल यात्रुलाई ठक्कर दिएर फरार बस चालक धन बहादुर धामीलाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार साँझ ८:३० बजे पाटन-०६ खिपाली बस्ने बलदेव अवस्थीलाई ठक्कर दिएर फरार रहेको आरोपमा शनिबार कंचनपुरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । धामीले चलाएको ना ७ ख ३१२६ नम्बरको बसलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । धामीले अवस्थीलाई ठक्कर दिएर आफैले प्रहरीलाई खबर गरि कसैले ठक्कर दिएका एक जना घाईते छटपटाई रहेका छन् भनि दुर्घटनाको दिन उम्किन सफल भएका थिए । धामीले आफुले नै ठक्कर दिएको स्वीकार गरेको प्रहरीले जनाएको छ । घाईते अवस्थीको उपचारका क्रममा दुर्घटना भएकै दिन मृत्यु भएको थियो । ठक्कर दिने गाडी र चालकलाई समात्न नसकेको भन्दै शुक्रबारका दिन स्थानीयवासी आन्दोलित भएका थिए । पक्राउ परेका धामीलाई सवारी ऐन अनुसार कारबाही हुने बताइएको छ ।