पत्रपत्रिकाबाट

लुम्बिनीबाट अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र जारी गरिने

लुम्बिनीबाट अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र जारी गरिने

जेष्ठ ३, २०७३, पर्यटनमन्त्री आनन्द पोख्रेलले २५६० औं बुद्धजयन्तीको अवसरमा हुने दुइ दिने बौद्ध सम्मेलनको घोषणा पत्र लुम्बिनीमा प्रस्तुत गरीने बताएका छन्। आइतबार लुम्बिनीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले बौद्ध सम्मेलनको घोषणा पत्र बुद्धजयन्ती समारोहमा प्रस्तुत गरीने बताएका हुन्। जेठ ८ गते लुम्बिनीमा आयोजना गरीने बुद्धजयन्ती समारोहलाइ भब्य रुपमा सफल पार्न सरकारले आवश्यक सम्पूर्ण तयारी अगाडी बढाएको र समारोहमा विदेशी पाहुना सहित ७ हजार बढी सहभागि गराईने उनले बताए । नागरिक दैनिकमा समाचार छ । भगवान् गौतमबुद्धको जन्मका साथै बौद्ध दर्शनको सुरुवात लुम्बिनीबाटै भएको सन्देश प्रवाह गर्न बुद्धजयन्तीकै अवसरमा दुइदिने अन्तराष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गरीएको मन्त्री पोख्रेलले बताए। यसअघि यहाँका स्थानीयले बौद्ध सम्मेलन पनि लुम्बिनीमै गर्नु पर्ने माग राखेका थिए। सरकारले बु
सुदूरपश्चिममा अझै पुगेनन् पाठ्यपुस्तक

सुदूरपश्चिममा अझै पुगेनन् पाठ्यपुस्तक

श्रवण देउवा, जेष्ठ १, २०७३, शैक्षिक सत्र सुरु भएको एक महिना भइसक्दा पनि सुदूरपश्चिमका सबै विद्यार्थीले सबै विषयका पाठ्यपुस्तक पाउन सकेका छैनन् । जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय धनगढीका अनुसार सुदूरपश्चिममा अझै २० प्रतिशत पाठ्यपुस्तक अभाव छ । जनक शिक्षाले २ वैशाखसम्म १३ लाख ५० हजार पाठ्यपुस्तक र ६ वैशाखमा थप ५० हजार गरी सुदूरपश्चिमभरि १४ लाख पाठ्यपुस्तक वितरण गरेको क्षेत्रीय प्रमुख योगेन्द्र भट्टले बताए । नयाँ पत्रिका दैनिकमा श्रवण देउवाले समाचार लेखेका छन् । उनले आइतबार केन्द्रबाट एक लाख र नेपालगन्जबाट ५० हजार गरी थप एक लाख ५० हजार पाठ्यपुस्तक पुगे पनि सुदूरपश्चिममा अझै दुई लाख ५० हजार पाठ्यपुस्तक अपुग रहेको बताए । प्रत्येक वर्ष शैक्षिक सत्र सुरु हुनु एक–दुई महिनाअघि नै पाठ्यपुस्तकको आपूर्तिबारे चर्चा हुने गरेको छ । सरकारले प्रत्येक वर्ष समयमै सबैको हातहातमा पाठ्यपुस्तक पु
श्यामप्रसाद अभिनन्दित

श्यामप्रसाद अभिनन्दित

बैशाख ३०, २०७३, वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्मालाई अभिनन्दन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित करिब ७५ वटा संस्थाका तर्फबाट बुधबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा श्यामप्रसादलाई अभिनन्दन गरिएको हो । प्रगतिशील साहित्यिक व्यक्तित्वलाई यस प्रकारको नागरिक सम्मान भएको यो पहिलोपटक हो । साहित्यकार श्यामप्रसाद २००९ सालमा स्थापित प्रगतिशील लेखक संघका संस्थापक अध्यक्ष हुन् । २०५० सालमा उनी दोस्रोपटक संस्थाको अध्यक्ष छानिएका थिए । मकवानपुरको सोलीथुममा १९८६ असार ६ मा जन्मेका श्यामप्रसादका निबन्ध, दैनिकी, गीत, कविता, बालसाहित्य तथा धर्म, अर्थ, अनुवाद आदि गरी करिब एक सय ५० कृति प्रकाशित छन् । ‘लेखक कसरी बन्ने ?’ ‘तँ तिमी तपाईं हजुर’, ‘बहिनीलाई चिठी’, ‘थुनुवाको डायरी’, ‘मेरी आमा’ उनका चर्चित कृति हुन् । श्यामप्रसादका रचनाले समाजमा पछाडि पारिएका वा तल्लो वर्गलाई हित गर्ने सामाजि
एनसेललाई कर तिराउन सडकदेखि सदनसम्म दबाब

एनसेललाई कर तिराउन सडकदेखि सदनसम्म दबाब

बैशाख २६, २०७३, एनसेल खरिदबिक्रीमा लाग्ने कर तिराउन सोसल मिडिया हुँदै सडकदेखि सदनसम्म दबाब सिर्जना भएको छ । सामाजिक सञ्जाल ट्विटर प्रयोगकर्ताले सुरु गरेको 'नो ट्याक्स नो एनसेल' अभियान पहिलो नम्बरमा पुगेको छ, जुन कर तिराउन सशक्त अभियानका रूपमा देखिएको छ । ट्विटर प्रयोगकर्ताले सुरु गरेको अभियानअन्तर्गत कर नतिर्दासम्म एनसेलको सिम नचलाउने, एनसेल नम्बरमा फोन नगर्ने र नउठाउने सञ्चालन हुँदै गएको थियो । शनिबार नेपाल ल क्याम्पसमा एनसेललाई कर तिराउन भेला भएका विद्यार्थी तथा युवामाझ नेपाल एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले कर नतिर्दासम्म एनसेल प्रयोग नगर्ने अभियान सञ्चालन गर्ने बताए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । 'अब जनताको दबाबले मात्र एनसेल खरिदबिक्रीबाट राज्यलाई आउनुपर्ने ४० अर्ब रुपैयाँ राज्यको खातामा आउँछ', उनले भने । गैरेले कर नतिर्दासम्म सबै प्रयोगकर्ताले एनसेल बहिष्कार अभि
पत्रकारको न्यूनतम तलब १९५०० कायम

पत्रकारको न्यूनतम तलब १९५०० कायम

बैशाख २४, २०७३, श्रमजीवी पत्रकारको न्यूनतम तलब अब १९ हजार पाँच सय हुने भएको छ। बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकारको न्यूनतम पारि श्रमिक १९ हजार पाँच सय कायम गराएको हो। न्यूनतम पारि श्रमिक निर्धारण समितिको सिफारिसअनुसार सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी समालेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेको प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेको एक मन्त्रीले बताए। सञ्चारमन्त्री शेरधन राई विदेशमा छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । मन्त्रिपरिषद्को बिहीबार बिहान बोलाइएको बैठक एमाओवादीका मन्त्रीहरू सहभागी नभएपछि स्थगित गरिएको थियो। साँझको बैठकमा भने एमाओवादी मन्त्रीहरू सहभागी थिए। श्रमजीवी पत्रकारले न्यूनतम पारि श्रमिक निर्धारण गर्न सरकारलाई लामो समयदेखि दबाब दिँदै आएका थिए। मन्त्रिपरिषद्ले सरकारको नीति तथा कार्यक्रम वैशाख २६ गते अपराह्न ४ बजे व्यवस्थापिका संसद्म
नेपाल लगायत एसियाका अधिकांश मुलुकमा जेठसम्मै खडेरी

नेपाल लगायत एसियाका अधिकांश मुलुकमा जेठसम्मै खडेरी

बैशाख २२, २०७३, मौसम पूर्वानुमान महाशाखाले आगामी जेठ तेस्रो सातासम्म नेपाल लगायत एसियाका अधिकांश मुलुकमा खडेरी कायम रहने जनाएको छ । विभागका मौसमविद् समीर श्रेष्ठका अनुसार प्रशान्त महासागरमा बनेको निन्यो नामक मौसमी प्रणालीले गर्दा पानी कम पर्ने र तापक्रम उच्च हुन गई खडेरीको अवस्था रहनेछ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। आगामी जेठ १८ देखि २५ गतेसम्म यो अवस्थाको अन्त्य हुने अनुमान छ, श्रेष्ठले भने । गत फागनु चैतदेखि नै पूर्वमनसुन सुरु भए पनि प्रशान्त महासागरको नयाँ मौसमी प्रणालीले गर्दा पानी पर्ने कार्य सक्रिय हुन नसकेको उनले बताए ।
वैदेशिक रोजगारीमा संकट चुलियो

वैदेशिक रोजगारीमा संकट चुलियो

बैशाख २२, २०७३, काम गर्न विदेशिने युवाको संख्या अनपेक्षितरुपमा घटन थालेको छ । चैत महिनामा मात्रै काम खोज्न विदेश जानेको २० हजार ५ सय ९५ जनाले कमी आएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । एकै महिनामा २० हजार भन्दा बढीले गिरावट आउनुले रोजगार बजारमा केही समयभित्रै संकट पैदा पर्ने देखिएको छ। प्रतिशतमा हिसाव गर्दा विदेसिने गिरावट ३९ दशमलव २० प्रतिशत हुन आउँछ । यो गिरावट निकै ठूलो हो।
कक्षा ११ र १२ को परीक्षा तयारी पूरा

कक्षा ११ र १२ को परीक्षा तयारी पूरा

बैशाख १८, २०७३, उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को परीक्षा तयारी पूरा भएको जनाएको छ । परिषद्ले शुक्रबार पत्रकार सम्मेलन गरेर परीक्षा तयारीबारे जानकारी दिएको हो। मुलुकभर कक्षा १२ को परीक्षा वैशाख २० गते र ११ को परीक्षा जेठ २ गतेदेखि सुरु हुँदैछ । परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार यसपटक कक्षा १२ मा मुलुकभरबाट तीन लाख ४६ हजार चार सय २७ जना सहभागी हुँदैछन् । त्यस्तै कक्षा ११ को परीक्षामा मुलुकभरबाट तीन लाख ६९ हजार चार सय २६ जना सहभागी हुँदैछन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। परीक्षा सञ्चालनका लागि मुलुकभर नौ सय २१ वटा केन्द्र निर्धारण गरिएको छ । हरेक केन्द्रमा एकजना केन्द्राध्यक्ष नियुक्त गरिएको छ। त्यसबाहेक दुई हजार पाँच सय १२ जना सहायक केन्द्राध्यक्ष, एक हजार नौ सय २१ जना पर्यवेक्षक तथा १३ हजार चार सय ३० जना निरीक्षक परिचालन गरिनेछ। परीक्षा सञ्चालनका लागि एक हज
बजेट जेठ १५ मा ल्याउन प्रस्ताव

बजेट जेठ १५ मा ल्याउन प्रस्ताव

बैशाख १८, २०७३, संसद् सचिवालयले जेठ १५ मा बजेट प्रस्तुत गरी असारभित्र पारित गर्ने कार्यतालिका दलहरूसमक्ष प्रस्ताव गरेको छ। सभामुख ओनसरी घर्तीमगरले प्रमुख दलका प्रमुख सचेतकहरूसँग शुक्रबार गरेको छलफलमा नीति तथा कार्यक्रमको प्रस्तुतिदेखि बजेट पारित गर्ने कार्यतालिका प्रस्ताव गरेकी हुन्। वैशाख २१ सुरु हुन लागेको संसद् अधिवेशनमा जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। 'सचिवालयका तर्फबाट कार्यतालिका आएको छ, त्यसलाई आइतबार टुंगोमा पुर्‍याउने कुरा भएको छ,' एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने। सचिवालयले वैशाख २३ गते राष्ट्रपतिबाट नीति तथा कार्यक्रम संसद्मा वाचन गर्ने, २७ गते धन्यवाद प्रस्तावसहित त्यसलाई पारित गर्ने र २८ देखि वैशाख ३१ सम्म संसद्मा प्रिबजेट छलफल गर्ने कार्यतालिका बनाएको छ। जेठ १५ मा बजेट प्रस्तुत गरी असारभित्र बजेट पारित गर्न सचिवालयको प्रस्ताव छ। असा
नेपाली सेनामा २२ सय बढी पदमा भर्ना खुल्यो

नेपाली सेनामा २२ सय बढी पदमा भर्ना खुल्यो

बैशाख १६, २०७३, नेपाली सेनाले २२ सय भन्दा बढी पदमा भर्ना खोलेको छ । बुधबार सेनाको भर्ना छनौट निर्देशनालयले एकसाथ २२ सय बढी पदका लागि दरखास्त आह्वान गरेको हो । सेनाले ड्राइभर, लेखा, फलोवर्सलगायत विभिन्न विभागका लागि दुई हजार दुई सय १४ पदमा दरखास्त मागेको छ । अन्नपूर्ण पोस्टमा समाचार छ । दरखास्त आवदेन दिन जेठ १३ गतेसम्मको सीमा तोकिएको छ । सैन्य जवानका लागि दरखास्त दिन चाहनेले आठ पास गरेको हुनुपर्ने छ । अन्य पदका लागि भने सम्बन्धीत विषयको सीप भएको हुनपर्ने उल्लेख गरिएको छ । सेनाले सबैभन्दा बढी सैन्य जवानका लागि दरखास्त आह्वान गरेको छ ।
error: Content is protected !!