पत्रपत्रिकाबाट

आज साढे दस खर्बको बजेट आउने

आज साढे दस खर्बको बजेट आउने

जेष्ठ १५, १०७३- सरकारले आउने आर्थिक वर्षका लागि ठूलो आकारको बजेट शनिबार पेस गर्दैछ । स्रोत अनुमान समितिको संशोधित सीमाअनुसार बजेट १० खर्ब २७ अर्ब रुपैयाँभन्दा ठूलो हुनु नपर्ने हो । तर अर्थ मन्त्रालयले योभन्दा ठूलो आकारको बजेट ल्याउन थालेको छ । बजेटका लागि सुरुमा ९ खर्ब ८ अर्ब रुपैयाँको सीमा निर्धारण गरिएको थियो । विवादकै कारण शुक्रबार अबेरसम्म बजेटको आकार टुंगो लाग्न सकेको थिएन । स्रोतका अनुसार अस्वाभाविक वृद्धिको विपक्षमा रहेका योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले सीमाभित्र रहनुपर्ने भनेका छन् । अर्थमन्त्री विष्णु पौडेल र सचिव लोकदर्शन रेग्मी सीमाभन्दा ठूलो बजेट थेग्न सकिने पक्षमा छन् । बजेट निर्माणमा संलग्न कोर टिममा खतिवडामात्र अर्थशास्त्री हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । ‘घन्टाघन्टामा बजेटको आकार बढ्दैछ', अर्थ सम्बद्ध स्रोतले भन्यो, ‘म सहभागी हुँदासम्म १० खर्
फुटबलर बिमल घर्तीकी बहिनीको हत्या

फुटबलर बिमल घर्तीकी बहिनीको हत्या

जेष्ठ १३, २०७३- नेपाली फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीकी बहिनीको हत्या भएको छ । १७ वर्षकी मनिषा घर्तीमगरको बुधबार राति हत्या भएको हो । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । नवलपरासीको बर्दघाट नगरपालिका ८ बुताहाको घरमा एक्लै रहेकी मनिषाको राति हत्या भएको नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष प्रकाश पंगेनीले बताए । उनी कक्षा ११ मा अध्ययनरत थिइन् । आमा र छोरीसँगै घरमा बस्ने गरेको भएपनि मनिषाकी आमा बुधबार बुटबल गएकी थिइन् । राति उनी नफर्किएपछि मनिषा घरमा एक्लै थिइन् । अन्य समयमा आमा घरम नहुँदा नजिकैको घरमा रहनुभएका काका, हजुरवुबा आउने गरेको भएपनि बुधबार भने हजुबुबा पनि नआएको पंगेनीले बताए । घटनाको बारेमा अनुसन्धान गर्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा बेल्जियममा रहेका बिमल घर्तीलाई पनि जानकारी गराईएको पंगेनीले बताए । मनिषाको शव पोष्टमार्टमका लागि जिल्ला अस
चिनियाँ रेल २०२० सम्ममा

चिनियाँ रेल २०२० सम्ममा

जेष्ठ १२, २०७३- चीनको रेल आउँदो सन् २०२० सम्ममा नेपाल आइपुग्ने चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले मंगलबार जनाएको छ। सो अवधिमा रसुवागढीसम्म रेलमार्ग पुग्ने र त्यसपछि काठमाडौं जोड्न सजिलो हुने जनाइएको छ। नेपाल समाचारपत्रमा समाचार छ। काठमाडौं जोडिएपछि रेलमार्ग वीरगन्ज लगिने र भारतको विहार क्षेत्रमा चीनसँगको व्यापारिक कारोबार पनि सजिलो हुने जनाइएको छ।
पदीय भागबन्डामा माओवादी केन्द्रभित्र किचलो

पदीय भागबन्डामा माओवादी केन्द्रभित्र किचलो

जेष्ठ १०, २०७३- पार्टी एकताको सकारात्मक सन्देश प्रवाह गर्नुको सट्टा ६ सय ९९ सदस्यीय जम्बो केन्द्रीय समिति बनाएकोमा आलोचना खेपिरहेको नवगठित नेकपा माओवादी केन्द्रमा पदीय भागबन्डामा किचलो भएको छ । पदीय भागबन्डाको किचलोका कारण आइतबार कार्यविभाजनका लागि बोलाइएको केन्द्रीय समिति बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । एकल नेतृत्व प्रणालीमा जाने वा बहुपदीय प्रणालीमा जाने विवाद तथा अर्कोतिर अध्यक्ष पुष्पकमल दाहाल पछाडिको दोस्रो नेता को हुने भन्नेमा विवाद देखिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । एकताप्रक्रियामा आएका नेताहरू एमाओवादीका केही पुराना नेताहरूको साथ लिएर कम्युनिस्ट पार्टीलाई एकल नेतृत्वमा लैजानुपर्ने र रामबहादुर थापालाई दोस्रो नेता बनाउनुपर्ने पक्षमा उभिएका छन् भने पूर्वमाओवादीका कतिपय नेताहरू बहुपदीय प्रणालीमा जानुपर्ने पक्षमा छन् । एमाओवादीमा सचिव रहेका टोपबहादुर रायमाझी
व्यास जानु भारतको बाटो

व्यास जानु भारतको बाटो

जेष्ठ ९, २०७३- दार्चुलाको व्यास भारत र चीन दुवैसँग सिमाना जोडिएको गाविस हो । यहाँ बस्ने शौका समुदाय बर्सेनि ६ महिना लेक र ६ महिना बेसीमा बस्छन् । गर्मीयाममा उनीहरू लेक अर्थात् आफ्नै थातथलोमा बस्छन् भने जाडोमा जिल्ला सरमुकाम खलंगा झर्छन् । यसक्रममा उनीहरू वस्तुभाउ पनि सार्छन् । यसरी बसाइ सर्नुलाई स्थानीय भाषामा कुन्चा सर्नु भनिन्छ । मनोज बडूले कान्तिपुर कोसेलीमा आफ्नो रिपोर्ट प्रस्तुत गरेका छन् । खलंगाबाट २८ कोस उत्तरको व्यास पुग्न एक साता लाग्छ । क्षेत्रफलका हिसाबले जिल्लाकै सबैभन्दा ठूलो गाविस हो ब्यास । त्यहाँको छाङ्गरु र तिंकरगाउँमा मात्र बस्ती छन् । दशकअघिसम्म बुदीमा पनि बस्ती थियो । अहिले भने त्यहाँ अन्य समुदायका मानिसहरू गाईवस्तु पाल्न र तरकारी उत्पादनका लागि बस्छन् । समुद्र सतहबाट ३ हजार ७ सय मिटर उचाइमा पर्छ तिंकरगाउँ । व्यास गाविस जान नेपालतर्फ भरपर्दो बाटो नहुँदा भारतीय भूम
कर्णाली जोड्दै ‘नयाँ सडक’

कर्णाली जोड्दै ‘नयाँ सडक’

जेष्ठ ९, २०७३, दैलेख–सुर्खेत–जुम्ला २ सय ३६ किलोमिटर सडक पार गरे पुगिन्छ। तर, दैलेख सदरमुकामबाट कालिकोट हुँदै जुम्ला पुगे ४८ किलोमिटर सडक छोटो पर्छ । जिविसका प्राविधिकले गरेको अध्यायनले सहज र छोटो मार्ग हुने देखाएको छ। कर्णालीबासीलाई सुर्खेत झर्नलाई आरामदायी र छोटो यात्राका लागि नयाँ सडक निर्माण कार्यधमाधम भैरहेको छ। यो सडक खुलेपछि पैसामै कर्णालीसम्म सामान पुग्नेछ । नागरिक दैनिकमा गोविन्द केसीले समाचार लेखेका छन् । दैलेखमुकामदेखि महावु (कालिकोटसिमाना)सम्म पुग्न ४६ किलोमिटर पार गर्नुपर्छ । महावुबाट नाग्मघाट (कर्णाली राजमार्ग ) हुँदै जुम्लासम्म पुग्दा सुर्खेत–जुम्लाभन्दा ४८ किलोमिटर सडक छोटो पर्ने प्राविधिकले गरेको अध्यायनले जनाएको छ। अहिले दैलेख सदरमुकामदेखि महावु जोड्ने सडकमा ग्रावेलको काम भैरहेको छ । ३ करोड खर्चने गरी उक्त काम सुरु भएको हो । सडक अवरुद्ध हुन नदिन ठाँउठाँउमा कामदारहरु
नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने

नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने

जेष्ठ ८, २०७३, नयाँ शक्ति नेपालले ३० जेठमा पार्टी घोषणा गर्ने भएको छ । ३० जेठबाट तीन दिनसम्म राष्ट्रिय भेला आयोजना गरेर पार्टी घोषणा गरिने नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले बताएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ । पार्टी स्थापना दिवसका विषयमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ३० जेठबाट तीन दिनसम्म चल्ने राष्ट्रिय भेलाले पार्टी घोषणा गर्ने बताए । राष्ट्रिय भेलामा करिब एक लाख मान्छे काठमाडौंमा उतार्ने उनले दावबी गरे ।
माओवादी सभामा जबर्जस्ती बालबालिका

माओवादी सभामा जबर्जस्ती बालबालिका

जेष्ठ ८, २०७३, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आफ्नो आन्दोलनमा कानुनको धज्जी उडाउँदै शान्ति क्षेत्र मानिएका बालबालिका र विद्यालयको ब्यापक दुरुपयोग गरेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। माओवादीले शुक्रबार राजधानीमा निकालेको जुलुसमा बालबालिकालाई जबर्जस्ती कितावकापीको झोलासँगै विद्यालयमा पोशाकमै सहभागी गराई दिनभर नारावाजी र प्रर्दशनमा सहभागी गरायो। खुलामंचको सभामा सहभागी हुन कुपण्डोल, कालीमाटी, बबरमहल र लैनचौरबाट निकालिएको जुलुसमा ठूलो संख्यामा बालबालिका थिए। चर्को घाममा सात आठ वर्ष उमेर बालबालिकालाई जुलसमा हिडाँएर नाच्न, गीत गाउन झन्डा पहराउन र चिच्याएर नारा लगाउन भनिएको थियो।
त्रिविले ट्रान्सक्रिप्ट रोकेपछि विद्यार्थी मारमा

त्रिविले ट्रान्सक्रिप्ट रोकेपछि विद्यार्थी मारमा

जेष्ठ ५, २०७३, त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तहको निर्धारित समयमा थेसिस (शोध) नसकेका विद्यार्थीहरूको ट्रान्सक्रिप्ट रोक्का गरेको छ । चैत मसान्तपछि शोधको भाइभा भएर ट्रान्सक्रिप्ट लिन बल्खु भएका विद्यार्थी निराश भएर फर्किने गरेका छन् । परीक्षा नियन्त्रक केशव बास्तोलाले ०६२ सालपछि भर्ना भएका र समयभित्र थेसिस नगरेकाहरूको ट्रान्सक्रिप्ट रोक्का गरेको बताए । त्रिविको प्राज्ञिक परिषद्ले ०७२ चैत मसान्तको समय दिएको र त्यसपछि भाइभा हुनेहरूको ट्रान्सक्रिप्टको ‘भ्यालिडिटी’ नहुने भएकाले रोक्का गरेको बताए । भवानीश्वर गौतमले नयाँ पत्रिका दैनिकमा समाचार लेखेका छन् । परीक्षा नियन्त्रण कार्यालयले ०७३ चैत मसान्तसम्मको समय दिन प्रस्ताव गरेको छ । नियन्त्रक बास्तोलाले परीक्षा बोर्डले ०६२ सालपछि भर्ना भई समयमा थेसिस नसक्ने विद्यार्थीलाई ०७३ चैतसम्मको समय दिन प्रस्ताव गरेको
सुदूरपश्चिमको पहाडमा दुई अर्बको नोक्सानी

सुदूरपश्चिमको पहाडमा दुई अर्बको नोक्सानी

बरुण पनेरु, जेष्ठ ३, २०७३, 'खेतमा लगाएको गहुँ खेत मै सुक्यो। सात महिनासम्म एक दिन पानी परेन। खेतबारीमा लगाएको सबै बाली सुकेर कामै नलाग्ने भए। अब कसरी बाँच्ने?,' बेलापुरका कृषक राजेन्द्र साउँद जिल्ला कृषि विकास कार्यालयमा आइतबार यस्तै गुनासो पोख्दै थिए। कार्यालयमा यस्तै गुनासो गर्ने कृषकको दिनहुँ भिड लाग्छ। 'सान्त्वना दिनुबाहेक केही छैन,' जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका प्रमुख दिनेश सापकोटाले भने, 'यस वर्ष खडेरीबाट ठूलो नोक्सान भएको छ।' नागरिक दैनिकमा बरुण पनेरुले समाचार लेखेका छन् । सुदूरपश्चिममा १० वर्षयताकै ठूलो खडेरी परेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ। पहाडी जिल्लामा सबै जिल्लाको तथ्यांक हेर्दा यहाँ ५४ प्रतिशतसम्म बालीमा नोक्सान भएको छ। पहाडी जिल्लाका दुई सय २३ गाविस र नगरपालिका पूर्ण रुपमा प्रभावित भएको निर्देशनालयका सूचना अधिकृत टेकबहादुर बिष्टले बताए। सुदूरपश्चि
error: Content is protected !!