पत्रपत्रिकाबाट

मोदीको स्वागतमा ५० हजार मान्छे उतार्न सर्कुलर

मोदीको स्वागतमा ५० हजार मान्छे उतार्न सर्कुलर

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा जनकपुरमा भव्य तयारी भइरहेको छ । मोदीको सम्बोधन गर्ने सभामा ५० हजार मान्छे उतार्न प्रदेश सरकारले आठ जिल्लामा सर्कुलरसमेत गरेको छ । मोदी यही वैशाख २८ गते पटनाबाट सीधै जनकपुर आउनेछन् । त्यसपछि काठमाडौं हुँदै मुस्ताङ जाने तयारी छ । बाह्रबिघा मैदानमा मोदी सवार हेलिकोप्टर अवतरण गर्ने छ । मोदीको सुरक्षा व्यवस्थाका लागि जनकपुरमा पाँच घेरामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने छ । यसबाहेक सुरक्षा अवस्था बुझ्न भारतीय सुरक्षाकर्मी सोमबार नै जनकपुर आइसकेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् । मोदीको नेपाल भ्रमण नाकाबन्दीदेखि बिग्रेको सम्बन्ध पुनस्थापित गर्न लक्षित गर्ने दिल्लीको तयारी छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।
सार्वजनिक यातायातकाे विकल्प खाेज्दै सरकार

सार्वजनिक यातायातकाे विकल्प खाेज्दै सरकार

काठमाडौं । सिन्डिकेट तोड्न र करको दायरामा ल्याउन यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा लागू गरेको निर्देशिकाविरुद्ध व्यवसायीले विरोध गरेपछि विकल्पको तयारी थालिएको छ। यातायात व्यवसायीले सवारी ठप्प पार्ने सम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेपछि विभागले वैकल्पिक सवारी साधन प्रयोगमा ल्याइने तयारी थालेको हो। सार्वजनिक सवारी साधन सञ्चालन नभएको खण्डमा विभागले अन्य निकायका सवारी सञ्चालन गरेर भए पनि निर्देशिका कार्यान्वयन गरेर छाड्ने जनाएको छ। त्यसका लागि विभागले नेपाली सेना, सशस्त्र प्रहरी, प्याव्सन एनप्याव्सन लगायतका निकायसँग भएका सवरी सञ्चालन गर्न सकिने गरी छलफल अघि बढाएको छ । यो खबर आजको गोरखापत्रमा छ ।
१ जेठभित्र सरकारले नीति तथा कार्यक्रम ल्याउने

१ जेठभित्र सरकारले नीति तथा कार्यक्रम ल्याउने

काठमाडौं । संघीय संसद्को वर्षे अधिवेशन आगामी २३ वैशाखबाट सुरु गर्ने गरी संसद्ले सरकारलाई प्रस्ताव गरेको छ । १५ जेठमा सरकारले बजेट प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार त्यसअघिका कार्यसूचीलाई ध्यान दिँदै संसद् सचिवालयले वर्षे अधिवेशन आह्वानको समय तोकेको हो । सरकारले संसद्मा बजेट प्रस्तुत गर्नुअघि प्रिबजेटमाथि छलफल तथा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्नेछ । सोही कार्यसूचीलाई ध्यान दिँदै संसद् सचिवालयले २३ वैशाखबाट संघीय संसद्को दोस्रो अधिवेशन सुरु गर्ने तयारी पूरा गरेको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । २४ देखि २६ वैशाखसम्म तीन दिन प्रि–बजेटमाथि छलफल गर्ने क्यालेन्डर सचिवालयले बनाएको छ । त्यस्तै, १ जेठभित्र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिसक्ने गरी सचिवालयले क्यालेन्डर तयार पारेको महासचिव भट्टराईले बताए । ‘सरकारले संसद्मा बजेट प्रस्तुत गर्नुअ
भूकम्पको पाठ न जनताले सिके, न सरकारले

भूकम्पको पाठ न जनताले सिके, न सरकारले

काठमाडौँ । वैशाख १२ को विनाशकारी भूकम्पले ठूलो धनजनको क्षति भए पनि सरकार र नागरिकले यसबाट पाठ सिक्न सकेका छैनन् । भूकम्पले ढल्किएका घरबाट त्रसित तीन हजार पाँच सय ३८ जनाले आफ्नै घर भत्काइदिन भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । तर, ती निवेदन कहाँ छन् ? काठमाडौंका सहायक प्रजिअ ललित बस्नेतले प्रश्न गरे, ‘त्यस्ता उजुरी यहाँ पेश भएका छन् र ?’ काठमाडौंका तत्कालीन सिडिओ एकनारायण अर्यालले घर भत्काउन आवश्यक उपकरण खरिद गर्ने भन्दै गृह मन्त्रालयमा प्रस्ताव पठाएको बताएका थिए । तर, गृहको विपत् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव केदार न्यौपाने घर भत्काउने उपकरण चाहियो भनेर प्रस्ताव पेश भएकोबारे आफू अनविज्ञ रहेको बताउँछन् । उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले भने, ‘जोखिमयुक्त घर भत्काउन आधुनिक उपकरण हामीले माग गरेका हौँ । पछि त्यस्तै माग महानगरपाल
एमाले–माओवादी एकता निर्णायक वार्ता आज

एमाले–माओवादी एकता निर्णायक वार्ता आज

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुने भएको छ । उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले मंगलबार केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका छन् । वार्तामा सहमति जुटे वैशाख ९ गते पार्टी एकता हुनेछ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको एमाले स्थायी कमिटी बैठकले वैशाख ९ गते नै एकतालाई अन्तिम रुप दिन गरी छलफल अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले बैठकमा एकताका विषयमा टुंगो लगाउने गरी मंगलबार छलफल हुने जानकारी गराएका छन्। ‘अध्यक्षले माओवादी अध्यक्ष दाहालसँग भएको छलफलबारे ब्रिफिङ गर्नुभयो,’ स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले भने, ‘उहाँले कार्यदलले बुझाएको मस
पण्डित श्रीनिवासलाई गोली हान्न भारतीय सुटरको प्रयोग

पण्डित श्रीनिवासलाई गोली हान्न भारतीय सुटरको प्रयोग

विराटनगर । पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस विषयमा प्रहरीले भारतमा गएर अनुसन्धान गरिरहेको छ । प्रहरीको विशेष टोलीले भारतको बिहार राज्यका विभिन्न सहरमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ । ‘अनुसन्धानमा जुटिरहेका छौँ । कलडिटेलको विश्लेषण गरी भारतीय प्रहरीसँग मिलेर अप्रेसन गर्ने तयारी गरिरहेका छौँ,’ मोरङका एसपी अरुण विसीले भने । त्यसका लागि भारत गएको विशेष टोलीले कलडिटेल पत्ता लगाउने र शंकास्पद व्यक्तिको खोजी गरिरहेको उनले बताए । सुनसरीको बराह नगरपालिका–६ चक्रघटीस्थित आश्रममा बस्दै आएका २६ वर्षीय श्रीनिवास भागवत पुराण वाचनका लागि २४ चैतमा विराटनगर आएका थिए । विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा २५ चैतदेखि भागवत पुराण सुरु हुने कार्यक्रम थियो । तर, त्यही बिहान उनीमाथि गोली प्रहार भयो । कोखमा गोली लागेका श्रीन
प्रधानमन्त्रीको निर्देशन उल्लंघन, दुई महिनामा चार दर्जन कर्मचारी विदेश भ्रमणमा

प्रधानमन्त्रीको निर्देशन उल्लंघन, दुई महिनामा चार दर्जन कर्मचारी विदेश भ्रमणमा

काठमाडौं । विदेश भ्रमण नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन लत्याउँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरू विदेश भ्रमण गइरहेका छन्। नार्क स्रोतका अनुसार फागुन र चैतमा गरी करिब तीन दर्जन कृषि वैज्ञानिकले विदेश भ्रमण गरेका छन्। यसबाहेक करिब एक दर्जन प्राविधिक (राजपत्रअनंकित) कृषि अनुसन्धानका नाममा विदेश भ्रमणमा गएका छन्। थप दर्जनजति कृषि वैज्ञानिक वैशाखमा विदेश भ्रमणमा जाने कार्यक्रम तय भएको छ। नार्कका कार्यकारी निर्देशक डा. वैद्यनाथ महतो एक साताका लागि भन्दै बुधबार मोरक्कोतिर उडेका छन्। उनले टेकबहादुर गुरुङलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका छन्। उनले गुरूङलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको पत्रमा आफू काम विशेषले काठमाडौं बाहिर जानुपर्ने भएको लेखेका छन्। तर पत्रमा भ्रमण कार्यालय प्रयोजनका लागि हो या व्यक्तितगत प्रय
शिक्षाका नाममा व्यापारः वार्षिक शुल्कबाटै असुल्छन् ८ अर्ब

शिक्षाका नाममा व्यापारः वार्षिक शुल्कबाटै असुल्छन् ८ अर्ब

काठमाडौं । निजी विद्यालयहरुले वार्षिक शुल्कबापत अभिभावकसँग बर्सेनि आठ अर्ब रुपैयाँ असुल्दै आएका छन् । निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को तथ्यांक अनुसार हाल देशभर साढे ६ हजार निजी विद्यालय सञ्चालनमा छन् । ती विद्यालयमा १८ लाख बालबालिका अध्ययनरत छन् । काठमाडौं, ललितपुर र भक्तपुरका १६ सय निजी विद्यालयमा आठ लाख बालबालिका अध्ययन गर्छन् । उपत्यकामा सञ्चालित निजी विद्यालयहरुले नानीहरुको नयाँ भर्नाका लागि र सोही विद्यालयमा अध्ययन गरी कक्षा उत्तीर्ण भए पनि नयाँ कक्षामा नाम लेखाउन वार्षिक शुल्क शीर्षकमा पाँच हजारदेखि ७० हजार रुपैयाँसम्म असुलेको फेला परेको छ । औषतमा प्रतिविद्यार्थी १० हजार रुपैयाँका दरले हिसाब गर्दा पनि उपत्यकाका निजी विद्यालयहरुले विद्यार्थीको वार्षिक शुल्कबाट ८ अर्ब रुपैयाँ असुलेका छन् । यो खबर आजको नागरिक दैनिकमा छ
बुद्धको जन्मथलोबारे भारतद्वारा श्रीलंकामा भ्रमपूर्ण प्रचार

बुद्धको जन्मथलोबारे भारतद्वारा श्रीलंकामा भ्रमपूर्ण प्रचार

काठमाडौं । बौद्ध धर्मावलम्बीको आकर्षण केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मथलोबारे गलत सूचना प्रचार भइरहेको पाइएको छ। म्युजियमभित्र राखिएको बुद्धबारेको सूचनामा लेखिएको छ, ‘गौतम बुद्ध, हु वाज बर्न इन इन्डिया।’ सन् २०१७ मा श्रीलंका घुम्न छिरेका २१ लाखभन्दा बढी पर्यटकमध्ये आधाजसो क्यान्डी पुगेको श्रीलंकन टुरिज्म, ट्राभल्स इन्फर्मेसन सेन्टरको तथ्यांक छ। यो तथ्यले क्यान्डी पुग्ने कति धेरै पर्यटकले बुद्धको जन्मथलोबारे गलत सूचना पाइरहेका छन् भन्ने बुझाउँछ। भारतले बुद्ध नेपालमा जन्मेको अकाट्य तथ्यलाई बंग्याएको कोलम्बोस्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेल बताउँछन्। गलत सन्देश फैलाइँदा बुद्धको जन्मथलो लुम्बिनी ओझेलमा पर्न सक्ने उनको बुझाइ छ। गलत सूचना फैलिरहेको तथ्यबारे जानकार प्याकुरेलले केही महिनाअघि यसबारे परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेका छन्।
प्रदेशमा डीआईजी नै प्रमुख बनाउने तयारी

प्रदेशमा डीआईजी नै प्रमुख बनाउने तयारी

काठमाडौं । प्रदेश प्रहरी प्रमुखमा डीआईजी खटाउने सरकारको तयारीपछि एआईजीको संख्या निर्धारण गर्न छलफल सुरु भएको छ । प्रहरी मुख्यालय मातहतको प्रहरी अस्पतालबाहेकका सबै विभागमा डीआईजीले नेतृत्व गरिरहेका छन् । डीआईजी बस्ने कार्यालय ट्राफिक महाशाखा, ट्राफिक निर्देशनालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा एसएसपीले निमित्त भएर काम गरिरहेका छन् । गृह मन्त्रालयले प्रदेश गृह मन्त्रालयमा सहसचिव पठाउने निर्णयसँगै अतिरिक्तमा परेका एआईजीले अवकाश पाइसकेका छन् । गृहले डीआईजीलाई नै प्रदेश प्रहरी प्रमुख बनाउने गरी संघीय प्रहरी ऐनको मस्यौदा अघि बढाइसकेको छ । गृह प्रवक्ता रामकृष्ण सुवेदीले एक साताभित्रै मस्यौदा कानून मन्त्रालयमा पठाउने तयारी गरेको बताए । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
error: Content is protected !!