पत्रपत्रिकाबाट

हाते टेक्टरले फेरियो कृषि गर्ने शैली

हाते टेक्टरले फेरियो कृषि गर्ने शैली

बैतडी । महिलाहरुले खेतमा हलो जोत्नुहुँदैन भन्ने चलन गाउँघरमा अझै कायम छ तर, जिल्ला कृषि विकास कार्यालयले हाते टेक्टर उपलब्ध गराएपछि महिलाहरु खेत जोत्न थालेका छन् । जिल्ला कृषि विकास कार्यालय बैतडीले कृषि खाद्य सुरक्षा आयोजना र कृषि प्रसार कार्यक्रमबाट जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाका अगुवा कृषहरुलाई हाते टेक्टर वितरण गरेपछि कृषि गर्ने शैली समेत फेरिएको छ । ‘खेत जोत्न अब वर्षभरी गोरु पाल्नु पर्ने, हलो जोत्न पूरुष मान्छे खोज्नु पर्ने बाध्यता अन्त्य भएको छ । दुईलिटर तेल किनेर ल्यायो । धमाधम खेत जोत्यो । महिलाहरु पनि खेत जोत्न थालेका छौं,’ हाते टेक्टरले मकै छर्दै गर्नुभएकी पाटन नगरपालका–६ की पार्वती भण्डारीले भन्नुभयो । हाते टेक्टरले खनजोत गर्न निकै सजिलो भएको भण्डारीले बताउनुभयो । यो खबर आजको गोरखापत्रमा छ । जिल्ला कृषि विकास कार्यालय बैतडीले यो वर्ष खाद्य सुरक्षा लागु
स्वास्थ्य शिविरबाट ११ सयले सेवा लिए; दुईसय महिलामा पाठेघरको समस्या

स्वास्थ्य शिविरबाट ११ सयले सेवा लिए; दुईसय महिलामा पाठेघरको समस्या

बैतडी । शुक्रवार र शनिवार दोगडाकेदार गाउँपालिकामा संचालित दुई दिने निःशुल्क स्वास्थ्य तथा नागरिकता शिविरबाट ११ सय ७४ जनाले सेवा लिएका छन् । स्वास्थ्य शिबिरमा नौसय ९४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् भने एकसय ८० जनाले नागरिकता लिएका छन् । शिबिरमा स्वास्थ्य परीक्षण गराएका मध्ये एकसय ९९ जना महिलाले पाठेघरको समस्या चेकजाँच गराएका छन् । सामाजिक विकास तथा सचेतना समाज ( स्वदेश) बैतडीले आयोजना गरेको शिविरको शुक्रवार ७ नं. प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले उद्घाटन गर्नुभएको थियो । स्वास्थ्य शिबिरसंगै जिल्ला प्रशासन कार्यालयले नागरिकता बितरण गरेको थियो । यो खबर गोकर्ण दयालले आजको गोरखापत्रमा लेखेका छन् । दुईदिनसम्म चलेको स्वास्थ्य शिविरमा नाक कान घाँटी, पाठेघर, दन्तसेवा, सामान्य चेकजाँच र परिवार नियोजन सेवा संचालन गरिएको थियो । शिबिरमा नेपालगंज मेकिल कलेजका विशेष डाक्टरहरु दोगड
गोकुलेश्वरमा पढ्न आएका बिद्यार्थी आपसमै लड्न थाले

गोकुलेश्वरमा पढ्न आएका बिद्यार्थी आपसमै लड्न थाले

बैतडी । अभिभावकले दुःख गरेर प्राविधिक शिक्षा पढाउने सपना साँचेर पढ्न पठाएका बिद्यार्थीहरु राजनीतिका नाममा आपसमै लड्न थालेपछि बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पसको पठनपाठन प्रभावित बनेको छ । शुक्रवार राती १० बजे क्याम्पसको गेट अगाडि कुटाकुट हुँदा दुई जना बिद्यार्थी घाईते भएका छन् । नयाँ बिद्यार्थी भर्नाको विषयमा उनीहरुवीच दिउँसो बिवाद चलेको प्रहरीले बताएको छ । यो खबर गोकर्ण दयालले आजको गोरखापत्रमा लेखेका छन् । डिलासैनी गाउँपालिका ६ स्थित गोकुलेश्वर कृषि क्याम्पसमा अध्ययनरत नेबि संघ समर्थक कञ्चनपुर गुलरियाका पुरुषोत्तम जोशी र अनेरास्ववियु समर्थक बझाङका कुबेर रोकायावीच झैझगडा भएको प्रहरीले जानकारी दिएको छ । झगडामा कुबेर रोकाया र नुवाकोट घर भएका दिनेश जमरकट्टेल सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख नेत्रमणी गिरीले बताउनुभयो । थप विवाद नहोस् भन
तीन तहको सरकार चलाउन एक लाख ११ हजार कर्मचारी आवश्यक

तीन तहको सरकार चलाउन एक लाख ११ हजार कर्मचारी आवश्यक

काठमाडौं । संघीय संरचनाअनुसार तीन तहको सरकार चलाउन १ लाख ११ हजार कर्मचारी आवश्यक पर्ने निश्चित भएको छ । कान्तिपुर दैनिकमा समाचार छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका लागि यति कर्मचारी आवश्यक पर्ने कर्मचारीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) बाट तय भएको हो । त्यसमा करिब ५० हजार प्रशासन सेवाका कर्मचारी रहनेछन् । निजामती सेवामा अहिले ८६ हजार कर्मचारी छन् । तीनै तहमा गरी करिब २५ हजार कर्मचारी थप्नुपर्ने छ । स्वास्थ्य सेवासहित भने कर्मचारी संख्या १ लाख १७ हजार हाराहारी चाहिनेछ । स्वास्थ्य सेवामा धेरैजसो कर्मचारी करारमा छन् । सरकारी कार्यालयहरूमा अहिले करिब १२ हजार कर्मचारी करारमा कार्यरत छन् । संघीयता लागू भएपछि र मन्त्रालय, विभागको संख्या कटौती भएपछि बेकामे बनेका करारका कर्मचारी व्यवस्थापनबारे सामान्य प्रशासन मन्त्रालयले केही धारणा ब
कोरियामा अब सीप परीक्षण अनिवार्य

कोरियामा अब सीप परीक्षण अनिवार्य

काठमाडौँ । रोजगार अनुमति (ईपीएस) प्रणालीमार्फत दक्षिण कोरियामा काम गर्न आउनेहरुको अब सीप दक्षता परीक्षण पनि गरिने भएको छ । यसअघि कोरियन भाषा क्षमताका आधारमा मात्रै कामदार छनोट हुँदै आएको थियो । सन् २०१९ देखि ईपीएसअन्तर्गतको कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ प्रणाली लागू गर्ने योजना रहेको मानव संशोधन विकास कोरियाले जनाएको छ । अंक प्रणालीको परीक्षा तीन तहमा लिइनेछ । पहिलो चरणमा कोरियन भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवं कार्य दक्षताको मूल्यांकन गरिनेछ । दुवै चरणबाट पाएको अंकलाई जोडेर सबैभन्दा धेरै कुल प्राप्तांक ल्याउनेलाई प्राथमिकताका आधारमा छनोट गरिने छ । यो खबर आजको कान्तिपुरमा छ ।
शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो

शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो

काठमाडौँ । सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्द्वारा पारित राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ अनुसार कक्षा ११ र १२ मा चार विषय अनिवार्य गरिएको छ भने कक्षा ११ र १२ लाई एकल पथीय बनाइएको छ । योसँगै अब ११ र १२ कक्षामा संकाय प्रणाली हटाइएको छ । अब ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीले यसअघिको विज्ञान संकायको कुनै एक विषय र मानविकी तथा शिक्षाको अन्य कुनै पनि विषय रोजेर अध्ययन गर्न सक्नेछन् । कक्षा ११ र र१२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयो
गाडी हेर्न अनशन !

गाडी हेर्न अनशन !

बैतडी । तीन दिन भयो ७८ वर्षीय हरीजीत सिंह टेर आमरण अनशनमा छन् । मास्तिर खेतका कान्ला छन् । गरामा उनी प्लास्टिकको ओतमा अनशन बसेका छन् । अनशन किन ? उनको उत्तर छ– ‘सडकमा गाडी गुडेको देख्न पाऊँ !’ जीवनको उत्तरार्धमा उनको धोको आफ्नै गाउँमा पिच सडक, त्यसमाथि गाउँलेले सुविधा उपभोग गर्र्दै चढेको मोटर देख्ने रहर छ । उनी सोमबारदेखि सरकारसँग सडक सुविधाको माग गर्दै अनशन बसेका छन् । यो खबर सीपी लोहियाले आजको राजधानी दैनिकमा लेखेका छन् । मंगलबार सरकारले बजेट ल्यायो तर उनको गाउँमा मोटर पुग्ने घोषणा गरेन । दशरथचन्द नगरपालिका–१ का सिंह भन्छन्, ‘सडकको सर्भे भयो तर मोटर गुड्ने चाँजोपाँजो मिलेन । सरकारले देख्छ कि भनेर अनशन बसेको हुँ ।’ यस वडाको गुरु खोलादेखि खालसम्मको सडक सिंहलाई चाहिएको छ । सडकका लागि विनियोजन भएको रकम पनि अन्यत्रै खर्च गर्न लागिएको उनले सुने । थप्छन्, ‘त्यसपछि थामिन सकिनँ । विका
प्रदेश राजधानीमा बढदै सवारी चाप

प्रदेश राजधानीमा बढदै सवारी चाप

धनगढी । धनगढीलाई प्रदेशको राजधानी तोकेपछि मुख्य बजारमा सवारीको चाप अत्यधीक बढेको छ। ट्राफिक चौराह देखि क्याम्पस चोकसम्मको धनगढी बजार क्षेत्र झण्डै झण्डै डेढ किलोमिटर लामो छ। १२ देखि १५ किलो मिटर मात्रै चौडा भएको सडकले बढ्दो सवारी चाप धान्न गाह्रो भई रहेको हो। म्ख्य बजार क्षेत्रमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, संसद सचिवालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक योजना मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र कृषि सहकारी तथा भुमीसुधार मन्त्रालय स्थापना भएपछि सवारी चाप बढेको हो। यो खबर कैलाश जोशीले आजको अन्नपूर्ण पोष्टमा लेखेका छन् । अझ प्रदेश प्रमुखको कार्यालय, आवाश, बन वातावरण तथा पर्यटन मन्त्रालय र मन्त्रीहरुका आवास पनि मुख्य बजारकै चार÷पाँच सय मिटरको दुरीमा भएकाले पनि त्यहाँ आउने जाने बेला बजारमा जाम नै हुने गरेको छ। ‘धनगढीको मुख्य बजारमै कर्णाली रिभर साईडको
सजिला नेता खोज्दै ओली–प्रचण्ड, विगतका मर्यादा हेरफेर हुने

सजिला नेता खोज्दै ओली–प्रचण्ड, विगतका मर्यादा हेरफेर हुने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीमा नेताहरुका विगतका पार्टी मर्यादा हेरफेर हुने भएको छ । एकीकृत पार्टीमा नयाँ भूमिका र वरीयताक्रम तय हुँदै गर्दा कतिपय नेतालाई विगतमा भन्दा बढी प्रभावशाली स्थान मिल्नेछ भने कतिपय नेता भूमिकाका हिसाबले थप खुम्चिनुपर्नेछ । पार्टी घोषणाकै दिन गठित नेकपाको केन्द्रीय सचिवालयमा निर्धारित मर्यादा र तोकिएका जिम्मेवारीले त्यसको संकेत गरेको छ । सचिवालयमा निर्धारित मयाृदाक्रम र जिम्मेवारीका कारण दुवै तत्कालीन पार्टीभित्र असन्तुष्टि छन् । तर पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्डको निर्णयविरुद्ध कसैले आवाज मुखरित गर्न सकेका छैनन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
सामाजिक सञ्जाल नचलाउन उद्योग मन्त्रालयद्वारा परिपत्र

सामाजिक सञ्जाल नचलाउन उद्योग मन्त्रालयद्वारा परिपत्र

काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतका सबै निकायमा कार्यालय समय अवधिभर सामाजिक सञ्जाल चलाउन नपाइने भएको छ । आइतबार मन्त्रालय मातहतका सबै निकायलाई कार्यालय अवधिभर फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल नचलाउन कर्मचारीलाई मन्त्रीको निर्देशनसहितको पत्र पठाउन लागिएको छ । मन्त्रालयमातहतका निकायमा गरेको छड्के अनुगमनमा कर्मचारीहरु फेसबुक चलाएर बस्ने र रेस्लिङ हेरेर बस्ने फेला परेका थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।
error: Content is protected !!