अर्थतन्त्र

डडेल्धुरामा च्याउको नमूना प्रदर्शन

डडेल्धुरामा च्याउको नमूना प्रदर्शन

अर्थतन्त्र
ललित बोहरा डडेल्धुरा, चैत २३, जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले च्याउको नमूना प्रदर्शन गरेपछि व्यवसायिक किसानहरु उत्साहित भएका छन । कार्यालय परिसर भित्रै कन्ने च्याउको नमूना प्रदर्शन गृह निर्माण गरी च्याउ उत्पादन गर्न सुरु गरेपछि अवलोकन गर्न आउनेको संख्या बढदै गइरहेको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । उत्पादन प्रविधि प्रदर्शन नाम दिइएको उक्त नमूना गृहमा ४८ दिन अगाडिदेखि च्याउ उत्पादन सुरु गरिएको थियो । ४३ वटा झोलाबाट पहिलो चरणमा १०७ किलोग्राम च्याउ उत्पादन गरिएको छ । २० देखि ३० डिग्री तापक्रमसम्ममा मापदण्ड बमोजिमको उत्पादन प्रविधि अपनाई खेती गरेमा गुणस्तरीय च्याउ उत्पादन गर्न सकिने बताइएको छ । डडेल्धुरामा पछिल्लो समयमा व्यवसायिक च्याउ खेती हुन थालेपछि यसको माग पनि बढ्दै गएको छ ।
तरकारीमा विषादी रोकथामका लागि काठमाडौंका चारै नाकामा अनुगमन सुरु

तरकारीमा विषादी रोकथामका लागि काठमाडौंका चारै नाकामा अनुगमन सुरु

अर्थतन्त्र
काठमाडौं, फागुन १० – तरकारीमा विषादी रोकथामका लागि काठमाडौंका चारवटा नाकामा अनुगमन सुरु भएको छ । बाली संरक्षण निर्देशनालयले काठमाडौं छिर्ने मुख्य नाका नागढुंगा, भक्तपुर, कीर्तिपुर र बालाजुमा अनुगमन थालेको हो । यसअघि निर्देशनालयले कालिमाटीमा मात्रै परीक्षणलाई केन्द्रित गरेको थियो । विषादी हालेका तरकारी विभिन्न नाका भएर भित्रिरहेका गुनासो बढेपछि निर्देशनालयले चार नाकामा छड्के जाँच थालेको छ । यी चार नाकाबाट नमुना संकलन गरी कालिमाटीमा रहेको विषादी परीक्षण गर्ने मेसिनमा परीक्षण गर्ने निर्देशनालयका कार्यक्रम निर्देशक डा. डिल्लीराम शर्माले बताउनुभयो । मेसिन र जनशक्तिको अभावका कारण अनुगमनलाई थप प्रभावकारी बनाउन भने नसकिएको उहाँको भनाई छ । सबै नाकाबाट ल्याएर एकैपल्ट परीक्षण गर्न नसकिने हुँदा समस्या भएको हो । अहिले हप्ताको २/२ दिन चार नाकामा अनुमगन भइरहेको छ । कीर्तिपुर र बालाजु नाका हुँ
error: Content is protected !!