अर्थतन्त्र

बैतडीका १४ गाविस उच्चस्तरीय खाद्य असुरक्षित

बैतडीका १४ गाविस उच्चस्तरीय खाद्य असुरक्षित

अर्थतन्त्र
भगीरथ अवस्थी, बैतडी, २७ असार । बैतडीका १४ ओटा गाविस उच्च स्तरीय खाद्य असुरक्षित अवस्थामा रहेका छन् । जिल्ला स्तरीय खाद्य सुरक्षा समितिको तेश्रो चौमासिक बैठकको बिश्लेषण अनुसार १४ ओटा गाविस उच्च स्तरीय खाद्य असुरक्षा गाविस रहेको जिल्ला कृषि विकास कार्यालय बैतडीले जनाएको छ । विभिन्न १७ ओटा सूचकका आधारमा गाविसको खाद्य सुरक्षाको अवस्था बिश्लेषण गर्ने गरिन्छ । नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली अन्तर्गत गाविसको खाद्य सुरक्षाको अवस्था पत्ता लगाइने जिल्ला कृषि विकास कार्यालय बैतडीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिनुभयो । खाद्य उपलब्धता,खाद्यमा पहुँच,खाद्यको उपभोग तथा निरन्तरतामा आधारित रहेर खाद्य सुरक्षाको अवस्था पत्ता लगाइन्छ । सूचकहरुलाई बिश्लेषण गर्दा बैतडीका आम्चोरा, विशालपुर,कुलाउ, महाकाली, पञ्चेश्वर,शर्माली, शिवनाथ,उदयदेव, कोटपेटरा, थालाकाँडा, सिगास, शिवलि
तेह्रौं राष्ट्रिय धान दिवस बैतडीमा पनि

तेह्रौं राष्ट्रिय धान दिवस बैतडीमा पनि

अर्थतन्त्र, मुख्य समाचार
इन्द्रसरा खड्का, बैतडी, १५, असार । आज असार १५ अर्थात १३ औ राष्ट्रिय धान दिबस बैतडीमा पनि मनाएको छ । बैतडकिो पाटन नगरपालीका वडा नम्बर ११ मा रहेको खेतमा धान रोपेर दिबस मनाएको हो । ब्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको बिस्तार भन्ने नारा सहित जिल्ला कृषी बिकास कार्यलयको आयोजना र किसान परियोजनाको सहआयोजनामा यसबर्षको धान दिवस पाटनमा मनाईएको हो । कार्यक्रममा बोलदै जिल्ला कृषी बिकास कार्यलयका बरिष्ठ कृषिबिकास अधिकृत कम्लेस तिवारीले  नेपालको खाद्यन्न बाली धान खेती भएकाले सबलतरकिाले धान रोप्न सके बर्षभरीलाई पुग्ने गरी उब्जाउन सक्ने बताउनु भयो। उहाले जसरी धान दिबसको बेला उत्साह पुर्बक काम गरीन्छ त्यसैगरी धानलाई गोडमेल गर्ने बेला किसानले उत्साह जगाउनु पर्ने बताउनु भयो । धान दिवस कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले  नेपालको समग्र बिकासका लागी कृषी क्षेत्र
यस वर्षको धान दिवस छतिवनमा मनाइने

यस वर्षको धान दिवस छतिवनमा मनाइने

अर्थतन्त्र
कमला कुँवर, डोटी, १४ असार । यस वर्षको धान दिवस डोटीको छत्तिवन गाविसमा मनाइने भएको छ । व्यवसायिक धान खेती आधार, सामुदायिक नर्सरीको विस्तार भन्ने नाराका साथ धान दिवस मनाइन लागिएको हो । कृषि विकास मन्त्रालयको कृषि प्रसार कार्यक्रम अन्तर्गत जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न सरोकारवाला सहितको सहभागितामा दिवस मनाईने भएको हो । हरेक वर्ष फरक क्षेत्रका किसानहरुको खेतबारी मै पुगेर धान दिवस मनाउदै आएकोमा यस वर्ष धान दिवस २०७३ का लागी छत्तिवनलाइ छनोट गरीएको कृषि प्रसार अधिकृत एवम सुचना अधिकारी रामचन्द्र भट्टले जानकारी दिनु भयो । धान दिवस मनाउने कार्यक्रममा जिल्लाका क्रियाशिल राजनितिक दल, सुदुरपश्चिम क्षेत्रिय प्रसाशन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समेति लगायत अन्य विभिन्न सरोकारवालाहरुको सहभागिता रहने वरिष्ठ कृषि विकास अधिकृत डा तपेन्द्र बहादुर शाहले बताउनु भयो ।
एक महिनामा २२ भैसी मरे

एक महिनामा २२ भैसी मरे

अर्थतन्त्र
बिनोद सिंह बिष्ट असार ०२, लामो समयको खडेरीले बैतडीमा एक महिनाको अवधीमा रेड युरिन रोगले २२ भैसी मरेका छन । जिल्लाको पाटन नगरपालिका, दुर्गास्थान, श्रीकोट र श्रीकेदार गाविसमा गरी जेठ महिनामा मात्र २२ भैसी मरेका हुन । भैसीहरुमा गहुँतमा रगत देखा पर्ने, मुखवाट र्याल फाल्ने, शरिर फुल्ने, मलमुत्र बन्द हुने, जस्ता लक्षण देखिने गरेको र रोग देखा परेको तिन चार दिनमै मर्ने गरेका छन । लामो समयको खडेरी र उन्यू लगायतका घासहरुको पालुवा खाएमा यो रोग देखा पर्ने गरेको जिल्ला पशुसेवा कार्यालय पाटन बैतडीका पशु विकास अधिकृत देवीदत्त भट्टले बताउनुभयो । “सुख्खाका कारण हरियो घास खान नपाएकाले भैसीहरुमा यो रोग देखा परेको हो” उहाले भन्नुभयो “पालुवा पलाउने बेला यस्तो रोग देखा पर्ने भएपनि यो बर्ष बढी देखा परेको छ” । जिल्लाको पाटन नगरपालिका मात्र जेठ महिनामा १० भैसी मरिसकेका स्थानिय मनोरथ भट्टराईले जानकारी दिनु
कृषक दिवस सम्पन्न

कृषक दिवस सम्पन्न

अर्थतन्त्र
भगीरथ अवस्थी जेष्ठ ३१, २०७३ - बैतडीको वासुलिंग गाविसमा आज कृषक दिवस सम्पन्न भएको छ । प्रगतिशील कृषक समूह र किसान परियोजनाको संयुक्त आयोजनाका कृषक दिवस सम्पन्न गरिएको हो । एक गाविसमा प्रयोग भएका कृषि प्रविधिका नयाँ आयामहरुलाई अर्को गाविसका कृषकहरुलाई समेत जानकारी दिने उद्देश्य सहित कृषक दिवस सम्पन्न गरिएको हो । प्रगतिशील कृषक समूहका अध्यक्ष मोहन बिष्टको अध्यक्षतामा भएको कृषक दिवस कार्यक्रम यूवा किसान संघका केन्द्रिय सदस्य लाल बहादुर पाण्डे प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा गुरुखोला,देहीमाण्डौं र वासुलिंग गाविसका विभिन्न कृषक समूहका किसानहरु, गाविसका पदाधिकारी, कृषि सम्पर्क केन्द्रका कर्मचारी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । कृषक दिवसका अवसरमा प्रगतिशील कृषक समूहका किसानहरुले तरकारी खेती तथा अन्य खेतीहरुमा गरेको नयाँ प्रविधिका बारेमा समेत अवलोकन गरिएको छ । प्
नयाँ बजेटले ल्यायो ‘किसान पेन्सन’ योजना

नयाँ बजेटले ल्यायो ‘किसान पेन्सन’ योजना

अर्थतन्त्र, मुख्य समाचार
जेष्ठ १५, २०७३, नेपालको इतिहासमै पहिलोपटक आर्थिक वर्ष २०७३/७४ को बजेटमार्फत कृषिलाई आधार बनाई कृषि पेसामा लामो समय बिताएका र कृषिको उत्पादकत्व वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएका किसानको हितलाई ध्यानमा राखी सरकारले ‘किसान सामाजिक सुरक्षा’ कोष (किसासु)को घोषणा गरेपछि किसानमा उत्साहको सञ्चार भएको हो । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका–संसदमा आव २०७३/७४ को बजेटमार्फत ‘किसान सामाजिक सुरक्षा’ कोषका लागि किसानको सहभागितामा आवश्यक पर्ने किसानकै सहभागितामा बजेट विनियोजन गर्ने भएपछि आमनेपाली किसानमा सकारात्मक परिवर्तनको सञ्चार भएको छ । लामो समयसम्म सरकारी जागिर खानेका लागि सरकारले पेन्सनको व्यवस्था गरेपनि उत्पादनमा प्रत्यक्ष सहभागी भई काम गर्दै आएको किसान वर्ग यसअघि सधैँ पीडित बन्दै आएका थिए । खेतीपातीमा संलग्न हुँदा ज्यादा परिश्रम गर्नुपर्ने, बाली लगाउने समयमा मलखाद बीउबिजन नपाउने
भौगोलिक अवसरले बजारिकरणमा पुगेको सहयोग : सन्दर्भ वैतडी जिल्ला

भौगोलिक अवसरले बजारिकरणमा पुगेको सहयोग : सन्दर्भ वैतडी जिल्ला

अन्तर्वार्ता-विचार, अर्थतन्त्र
शेषमणि भट्टराई बैतडी जिल्ला सुदूर पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने महाकाली अञ्चलका ३ पहाडी जिल्लाहरु मध्ये एउटा जिल्ला हो । यो जिल्ला महाकाली अञ्चलको सदरमुकाम महेन्द्रनगरबाट करिव २५० किलो मीटर उत्तर तर्फ पर्दछ भने राजधानी काठमाण्डौबाट ९०० किलो मीटर पश्चिममा अवस्थित छ । यो जिल्लाको अक्षांश २९० २२’ उत्तर देखि २९० ६७’ उत्तर सम्म र देशान्तर ८०० १५’ पूर्व देखि ८०० ०४’ पूर्व सम्म रहेको छ । न्यूनतम ३९० मिटर देखि अधिकतम २९५० मिटर उचाई सम्मको भूभाग यो जिल्लामा रहेको छ । नेपालको कूल गार्हस्थ उत्पादनमा एक तृतीयांश योगदान पु¥याउने कृषि क्षेत्र वहुसंख्यक जनताको मुख्य जीविकोपार्जनको श्रोतको रुपमा रहेको छ । कूल जनसंख्याको करीब दुई तिहाई श्रमशक्ति अहिले पनि कृषि पेशामा नै निर्भर भएर पनि हाम्रो विद्यमान कृषि प्रणाली निर्वाहमुखी र परम्परामा आधारित छ । औद्योगिकरणका लागि आबश्यक कच्चा पदार्थका स
मूल बीउ र उन्नत जातको बीउ वितरण कार्य सुरु

मूल बीउ र उन्नत जातको बीउ वितरण कार्य सुरु

अर्थतन्त्र
भगीरथ अवस्थी बैशाख १९ २०७३, जिल्ला कृषि विकास कार्यालयले बर्षे बालीका लागि मूल बीउ र उन्नत जातको विउ वितरण कार्य शुरु गरेको छ । जिल्लाभरी धान, मकै र भटमासको बीउ वितरण कार्य शुरु गरिएको जिल्ला कृषि विकास कार्यालय बैतडीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताउनुभएको छ । धान, मकै तथा भटमास बीउ वितरणका लागि प्रत्येक कृषि सेवा केन्द्र र सम्पर्क केन्द्रहरुमा पठाइसकिएको उहाँले बताउनुभयो । यो बर्ष २० टन जति धानको बीउ, ८ टन मकै र १६ टन भटमासको बीउ वितरण गरिने उहाँले बताउनुभयो । उन्नत जातको बीउ निशुल्क र रुपमा बीजवृद्धि कार्यक्रम अन्तर्गत मूल बीउ ५० प्रतिशत अनुदानमा वितरण गर्न लागिएको हो । धानको बीउ भने सुख्खा सहन सक्ने वितरण गरिनेछ । धानको बीउमा सुख्खा १, सुख्खा ३,खुमल ४ र खुमल १० रहेका छन् । यस्तै मकैको बीउमा मनकामना, अरुण २ र देउती रहेका छन् । यस्तै भटमासमा हाडी र सेत
उन्नत नश्लको बोका वितरण

उन्नत नश्लको बोका वितरण

अर्थतन्त्र
भगीरथ अवस्थी बैशाख १५ २०७३, जिल्ला पशु सेवा कार्यालय पाटन बैतडीले विभिन्न ५ ओटा गाविसका ६ ओटा समूहमा उन्नत क्रस बोएर नश्लको ६ ओटा बोका वितरण गरेको छ । बाख्रा पालन मार्फत किसानहरुको आयआर्जनमा टेवा पुर्याउने पोषण अवस्थामा सुधार ल्याउने उद्देश्य सहित कृषि तथा खाद्य सुरक्षा आयोजना अन्तर्गत बोका वितरण गरिएको पशु विकास अधिकृत देवीदत्त भटट्ले जानकारी दिनुभयो । पाटन नगरपालिकाका वडा नं ११ र १२ का दुईओटा समूह, न्वाली,श्रीकेदार, गोकुलेश्वर र ग्वाल्लेकका एक एक ओटा समूहमा बोका वितरण गरिएको उहाँले जानकारी दिनुभयो । बाख्रा पालनमा लागेका किसानहरुलाई उन्नत जातको बोका वितरण गरिएको उहाँले जानकारी दिनुभयो । यो जातको बाख्राहरुमा दैनिक ८० देखि ९० ग्राम मासु वृद्धि हुने पशुसेवा प्राविधिक शिवराज भटट्ले जानकारी दिनुभयो । कृषि तथा खाद्य सुरक्षा योजना लागु भएका १० गाविसका अन्य ६ ओटा समूहमा जेठ महिनामा प
गहुँको उत्पादन ५० देखि ६० प्रतिशतले घट्ने

गहुँको उत्पादन ५० देखि ६० प्रतिशतले घट्ने

अर्थतन्त्र
भगीरथ अवस्थी चैत्र २९, बैतडीमा यो बर्ष गहुँको उत्पादन ५० देखि ६० प्रतिशतले घट्ने अनुमान गरिएको छ । यो बर्ष हिउँदमा बर्षा नभएकाले गहुँको उत्पादन घट्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय बैतडीका योजना अधिकृत कर्ण बहादुर चन्दले जानकारी दिनुभयो । सिंचाइ भएका ठाउँमा १० देखि ३० र अन्य ठाउँमा ५० देखि ६० प्रतिशतले उत्पादन घट्ने अनुमान गरिएको उहाँले बताउनुभयो । २१ हजार हेक्टर जमीनमा गहुँ खेती गरिदै आएको भएपनि यो बर्ष धेरै ठाउँमा गहुँ नै छर्न पाइएको छैन् । छरेको ठाउँमा पनि समयमा बर्षा नभएकाले गहुँको उत्पादन घट्ने भएको हो । गहुँ उत्पादनमा कमी आउने संकेत संगै बैतडीमा यो बर्ष खाद्यान्न अभाव हुने देखिएको छ । खाद्य असुरक्षित जिल्लाको रुपमा रहेको बैतडीमा यो बर्ष १५ हजार मेट्रिक टन भन्दा बढी खाद्यान्नको अभाव हुन सक्ने योजना अधिकृत चन्दले जानकारी दिनुभयो । बैतडीमा ५० हजार ६७५ मेट्रिक टन ख
error: Content is protected !!