अर्थतन्त्र

सुदुरपश्चिमका सबै जिल्लामा महालक्ष्मी विकास बैँक लि. को सेवा बिस्तार

सुदुरपश्चिमका सबै जिल्लामा महालक्ष्मी विकास बैँक लि. को सेवा बिस्तार

अर्थतन्त्र
बैतडी । सुदुरपश्चिमका सबै जिल्लामा महालक्ष्मी विकास बैँक लि. ले शाखा बिस्तार गरेको छ । बैतडीको पाटनमा मङ्सिर १४ गते र दार्चुलाको गोकुलेश्वरमा मङ्सिर २८ गते बिहिबार देखि कारोबार संचालन गरेको छ । यो संगै वैंकको शाखा सन्जाल ७० पुगेको छ भने एटीएम संख्या ३५ पुगेको छ । अत्याधुनिक वैंकिङ कारोवार सहितका सवै सेवा सुविधा पाटनमा नै उपलव्ध गराउने र यस क्षेत्रका ग्राहकहरुलाई राहत पुग्ने पाटन शाखाका प्रवन्धक सुरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार बैँकले मोवाईल वैकिङ, ईन्टरनेट वैकिङ, भिसा डेविट कार्ड, लकरसुविधा, कम व्याजमा विभिन्न कर्जा सुविधाहरु उपलव्ध गराउने छ । महालक्ष्मी विकास बैंक सबैभन्दा बढी चुक्तापुँजी भएको बैंक रहेको प्रबन्धक भट्टको भनाई छ । कार्तिक मसान्त सम्म बैंकले २५ अर्ब ४३ करोड निक्षेप संकलन गरि २० अर्ब १२ करोड कर्जा प्रबाह गरिसकेको समेत उहाले बताउनुभयो ।
१० हजार नेपालीसँग ४० अर्बको नक्कली सिक्का

१० हजार नेपालीसँग ४० अर्बको नक्कली सिक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँको दरले कुल मूल्य करिब ४० अर्ब रुपैयाँ हुन्छ । ‘हाम्रो अनुसन्धानले १० हजार नेपालीसँग अवैध बिटक्वाइन रहेको थाहा भएको छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले भने, ‘व्यापारी र हुन्डी कारोबारीसँगै सरकारी उच्च अधिकारीले पनि बिटक्वाइन किनेर राखेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।’ राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले गत २९ साउनमा नेपालमा बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीहरू चलाउनु गैरकानुनी रहेको सूचना निकालेको थियो । केही नेपालीले इन्टरनेटको माध्यमबाट बिटक्वाइनको कारोबार गरेको बुझिएको भन्दै राष्ट्र ब
बाँदरले मकै सखाप पारेपछि राहत माग्दै गाउँपालिकामा

बाँदरले मकै सखाप पारेपछि राहत माग्दै गाउँपालिकामा

अर्थतन्त्र
पाल्पा । बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि राहतका लागि पीडित कृषक गाउँपालिका धाउन थालेका छन् । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, छहराका किसान उत्पादित अन्नबाली बाँदरले नष्ट गरेपछि किसान समस्यामा परेका हुन् । वनलाई समुदायको रेखदेखमा रहने जिम्मेवारीपछि हराभरा वन क्षेत्रमा बाँदरको बाहुल्यता बढेको होे । बाँदरलाई पहिले बन्दुकले हानेर मार्ने गरेपनि पनि अहिले मार्न पाइँदैन, प्रशस्त कुकुर पनि नभएकाले बाँदरको संख्या बढेको र बस्तीमा प्रवेश गरी अन्नबालीमा क्षति गर्न थालेको स्थानीय बासिन्दा बताउँछन् । वर्षभरि खाने अन्नबाली नष्ट गरेपछि राहतका लागि निवेदन बोकेर गाउँपालिकाको कार्यालयमा आएको छहराकी रमा खत्रीले बताउनुभयो । पहिला अन्नबाली क्षति कम गरे पनि अहिले ठूलो मात्रामा बाँदर बारीमा पसेर क्षति धेरै गरेको खत्रीको भनाइ छ । मेहनत गरेर फलाएको मकै पाक्न लाग्दा बाँदरले क्षति गरेपछि किसान
४ हजार मेगावाटका ४१ आयोजना खारेज हुने

४ हजार मेगावाटका ४१ आयोजना खारेज हुने

अर्थतन्त्र, मुख्य समाचार
काठमाडौं, ५ भदौ । विद्युत उत्पादन लाइलेन्स लिएका तर मापदण्ड पूरा नगरी बसेका ४ हजार २ सय ३२ मेगावाट बराबरका ४१ अायाेजना खारेज हुने भएका छन् । लाइसेन्स लिएर उत्पादन अनुमतिपत्रको लागि निवेदन दिए पनि उनीहरूले आवश्यक प्रक्रिया पूरा नगरेका कारण आयोजनाको लाइसेन्स खारेज गर्ने प्रक्रिया सरकारले अघि बढाएकाे हो । जलविद्युत अायाेजनाले विद्युत उत्पादनका लागि अनुमतिपत्र प्राप्त गर्न वित्तीय व्यवस्था, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, विद्युत खरिद-बिक्रीको सम्झौता वा कनेक्सन एग्रिमेन्ट वा विद्युत खरिद-बिक्री सम्झौतालगायतका विवरण पेस गर्नुपर्छ । तर, खारेजीकाे प्रक्रियामा रहेका ती आयोजनाहरूले त्यस्ता कुनै पनि प्रक्रिया पूरा नगरेको विद्युत विकास विभागको भनाइ छ । कतिपयले भने लामाे समयदेखि अायाेजना अाेगटेर बसेका तर अावश्यक मापदण्ड पूरा गरी विद्युत उत्पादन कार्य
टमाटरको अभाव, व्यापारीको मनपरी भाउ, उपभोक्ता मारमा

टमाटरको अभाव, व्यापारीको मनपरी भाउ, उपभोक्ता मारमा

अर्थतन्त्र, मुख्य समाचार
धु्रब बिष्ट, डडेल्धुरा, 19 साउन । डडेल्धुरामा उत्पादित टमाटर बाह्य जिल्लामा निर्यात हुन थालेपछि जिल्ला सदरमुकाममै टमाटरको अभाव देखिन थालेको छ । केही समय यता देखि लगातार रुपमा यस क्षेत्रमा उत्पादित टमाटर तराईका जिल्लाहरु तर्फ निर्यात हुन थालेपछि बजारमा टमाटरको मुल्य आकासिएको हो । महङ्गोमा खरिद गरेको बताउदै ब्यापारीहरुले मनपरि रुपमा तरकारीको मुल्य बढाएर बिक्रि गर्न थाले पछि उपभोक्ताहरु निकै मारमा परेका छन । बाह्य जिल्लामा निर्यात गरेपछि ठूलो रकम हातपार्दा यस क्षेत्रका कृषकहरुले डडेल्धुरा जिल्ला बाहिर बिक्रि गर्न थालेका हुन । टमाटरको पकेट क्षेत्र बगरकोट, कारीगाँउ, पोखरा लगायतका अन्य ठाँउहरुबाट दैनिक रुपमा सङ्कलन गरेर दर्जनौ तरकारीगाडी तराईका जिल्ला कैलाली कञ्चनपुर पठाउने गरेका छन । दैनिक रुपमा गाँउबाट आउने तरकारी बजारमै पुग्न नदिई बिच बाटोबाटै मुल्य बढाएर टमाटर बिक्रि गरेपछी यस क्षे
डडेल्धुराको भागेश्वरमा बदेल आतंक

डडेल्धुराको भागेश्वरमा बदेल आतंक

अर्थतन्त्र, मुख्य समाचार
डडेल्धुरा, १५ साउन । जंगली बदेलले आतंक मच्चाउन थालेपछि डडेल्धुराका किसानहरु चिन्तित बनेका छन् । जिल्लाको भागेश्वर गाउँपालिका ४ मा जंगली बदेलले किसानले लगाएको मकैबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । जंगली बदेल र बादरले भागेश्वर गाउँपालिका ४ डुङरीका किसनहरुले लगाएको मकैबालीका साथै तरकारी बालीमा नोक्सान गर्ने गरेको स्थानीय दिपकराज भट्टले जनाकारी दिएका छन् । दिउँसोको समयमा बदर र रातिको समयमा बदेलको बथानले मकैबाली खाने गरेको उनले बताएका छन् । तरकारी उत्पादनका हिसाबले प्रख्यात ठाउँका रुपमा लिईन्छ । डुङरीमा रहेका १२० घरपरिवारका मकैबाली र तरकारीबाली ठूलो क्षती गर्ने गरेको उनले बताएका छन् ।
वर्षा सुरु भएसँगै बैतडीका विभिन्न ठाउँमा जेठमै रोपाइँ

वर्षा सुरु भएसँगै बैतडीका विभिन्न ठाउँमा जेठमै रोपाइँ

अर्थतन्त्र
इन्द्रसरा खड्का, बैतडी, ३० जेष्ठ । वर्षा सुरु भएसँगै बैतडी जिल्लाका विभिन्न ठाउमा रोपाइँ सुरु भएको छ । यो वर्ष जेठ महिनामै पानी पर्न थालेपछि असारको पहिलोसाता गरिने रोपाइ जेठ महिनामै गर्न लागेको स्थानीयले बताएका छन् । बैतडीको पाटनमा जेठ दोस्रो साता देखी सुरु गरीएको रोपाइ आधाजती सम्पन्न गरीसकेको पाटनका स्थानीय कपिल केसीले जानकारी दिनुभयो । पाटनमा सिचाइ सुबिधा भएको ठाउँमा रोपाइ सम्पन्न भइसकेको र बाकि ठाउँमा पनि बर्षासंगै रोपाइ गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । यस्तै मेलौलीमा पनि गत हप्ता देखी रोपाइ सुरु भएको त्यहाँबाट सुरत पार्किले जानकारी दिनुभयो । सुर्नया नदी किनारका क्षेत्र तथा सिचाइ उपलब्ध भएको ठाउँमा रोपाइ भइरहेको र बाकि ठाउँमा पनि किसानहरु रोपाइको तयारीमा लागीरहेका छन् । यस्तै सुर्नया गाँउपालीका, दोगडा केदार गाउँपालीका, पुचौडी नगरपालीका लगायतका ठाउहरुमा पनि रोपाइ भइ
असिनाले कृषि क्षेत्रमा साढे दुई करोडको क्षति, खाद्यान्न संकट हुनसक्ने

असिनाले कृषि क्षेत्रमा साढे दुई करोडको क्षति, खाद्यान्न संकट हुनसक्ने

अर्थतन्त्र
विनोद सिंह विष्ट, बैतडी, ४ जेठ । असिनापानी र हावाहुरीले बैतडीमा कृषि क्षेत्रमा साढे दुई करोडको क्षति भएको छ । गत महिना वैशाखको अन्तिम साता लगातार परेको असिनापानीसँगैको हावाहुरीले बैतडीको विभिन्न क्षेत्रमा करिब १ हजार हेक्टर जमीनमा लगाइएको गहुँबाली, तरकारी र फलफूल गरी २ करोड ५१ लाख ५० हजार बराबरको क्षति गरेको जिल्ला कृषि विकास कार्यालय बैतडीका योजना अधिकृत कर्णबहादुर चन्दले जानकारी दिनुभयो । असिनाले बैतडीको मेलौली नगरपालिका र दशरथचन्द नगरपालिकामा सबैभन्दा बढी क्षती पुगेको छ । मेलौली नगरपालिकाको ५३४ हेक्टर जमीनमा लगाईएको गहुँ, तरकारी र फलफुलमा १ करोड बराबरको क्षती गरेको र दशरथचन्द नगरपालिकाको ७५ हेक्टरमा करिब ८३ लाख ९० हजार बराबरको तरकारी र फलफुलमा क्षती पुगेको योजना अधिकृत चन्दले बताउनुभयो । पुर्चौडी नगरपालिकाको १३२ हेक्टर जमीनमा लगाईएको गहुँ, तरकारी र फलफुल गरी ४० लाख, सिगास गाउँ
माटोमा छापो किन ?

माटोमा छापो किन ?

अर्थतन्त्र
करोडौं वर्ष पहिले अथवा पृथ्बीको उत्पति हुँदा पृथ्वीको सतहमा माटो थिएन र पृथ्वी कडा आग्नेय चट्टानको रुपमा रहेको थियो पृथ्बीको उथलपुथल ज्वालामुखि भुकम्प ज्वारभाटा ताप बर्षा हिउ जिबजन्तु र बनस्पति आदि बाह्य कारक तत्वहरुले टुक्र्याउन खियाउन थाले एबम रितले चट्टानहरु क्रमश गल्दै र माटो बन्दै गयो । त्यस्तै प्राणी गलेर माटोमा मिल्दा माटोको एक महत्वपुर्ण प्राङगारीक पदार्थ थपिएर बन्दछ । जलबायु, प्राणी, बनस्पति जमिनको ढल र समय यी सब मिलेर माटो बन्ने क्रम चलिरहन्छ । जस्ले गर्दा माटो बन्ने दर र माटोको प्रकारमा असर पर्दछ । माटो बन्ने प्रक्रिया निरन्तर चलिरहन्छ । यी सबैहरुका लागि समय चाहिन्छ र समय बित्दै जाँदा माटोले पनि आफ्नो स्वरुप फेर्दै जान्छ । माटोको विभिन्न गुणहरु हुन्छन्: भौतिकगुण रसायकि गुण जैबिक गुण माटोमा छापो प्रयोग गर्ने बिधि परापुर्बकाल देखि नै चलिआएको चलन हो । छापो भनेको प
बैतडीमा २६ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान

बैतडीमा २६ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान

अर्थतन्त्र
विनोद सिंह विष्ट, बैतडी, १५ वैशाख । यस बर्ष बैतडीमा २६ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान गरिएको छ । जिल्लाको २० हजार ९ सय हेक्टर जमीनमा गहुँ खेती गरिएकोमा २६ हजार ३३४ मेट्रिक टन उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय बैतडीका योजना अधिकृत कर्ण बहादुर चन्दले जानकारी दिनुभयो । कृषि विकास कार्यालय बैतडीले यो बर्ष ४२ हजार बढी मेट्रिक टन गहुँ उत्पादन गर्ने लक्ष्य राखेको भएपनि समयमै पानी नपर्दा तथा खडेरीले उत्पादनमा कमी आउने जनाएको छ । गत वर्षको तुलनामा उत्पादन भएको भन्दा यसपाली भने गहुँको उत्पादन वृद्धि हुने भएको छ । गएको बर्ष बैतडीमा १७ हजार ५६७ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । गत बर्ष भन्दा मौसम अनुकुलताका कारण यो वर्ष गहुँ उत्पादन केही राम्रो हुने अनुमान गरिएको योजना अधिकृत चन्दले बताउनुभयो । गतबर्ष ०.८४ प्रतिशत मेट्रिक टन प्रतिहेक्टर गहुँ उत्पादन भएकोमा यस बर्ष १२६ प्