अर्थतन्त्र

बजारमा सुनचाँदीको भाउ घट्यो

बजारमा सुनचाँदीको भाउ घट्यो

अर्थतन्त्र
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । सोमबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला मूल्य ५६ हजार १०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला मूल्य ५५ हजार ८०० रुपैयाँमा नै कारोबार भइरहेको छ । त्यस्तै, मंगलबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । त्यस्तै, सोमबार बजारमा चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
प्रदेश ७ मा बजेट प्रगति ५४ प्रतिशत मात्र, ‘हेल्लाे सीएम’लार्इ नतिजामुखी बनाइने

प्रदेश ७ मा बजेट प्रगति ५४ प्रतिशत मात्र, ‘हेल्लाे सीएम’लार्इ नतिजामुखी बनाइने

अर्थतन्त्र, मुख्य समाचार, राजनीति
धनगढी । प्रदेश ७ काे प्रदेशस्तरीय समीक्षा बैठक मङ्गलबार सम्पन्न भएकाे छ । बैठकमा विभिन्न मन्त्रालय र निकायद्वारा आर्थिक वर्ष २०७४/७५ मा गरिएको कार्य प्रगति, देखिएका समस्या समाधानका उपाय लगायतका विषयमा समीक्षा गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेकाे बैठकले गत आवमा देखिएका संरचनागत तथा व्यवस्थापकीय चुनौतीबाट अनुभव लिई चालू आवको बजेट तथा कार्यक्रम कार्यान्वयन नीति तथा कानूनको निर्माणतर्फ प्रभावकारिता बढाउन कार्ययोजनासहित कार्यान्वयन गर्ने निर्णय गरेकाे हाे । ‘हेलो सिएम’ गुनासो व्यवस्थापन कार्यक्रमलाई प्रदेशैभरि नतिजामुखी बनाउन चालू आवमा कार्ययोजना बनाई कार्यान्वयन गर्ने निर्णयसमेत बैठकले गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले जनाएकाे छ । प्रदेश नं ७ को सरकारले गत अार्थिक वर्षमा कूल रु एक अर्ब दुई करोड पाँच लाख बजेट विनियोजन गरेकामा सो बजेटको पूँजीगत र चा
बजारमा सुनचाँदीको मूल्य घट्यो

बजारमा सुनचाँदीको मूल्य घट्यो

अर्थतन्त्र
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । आइतबार सुन प्रतितोला मूल्य ५७ हजार ५ सय रुयैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ५७ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आइतबार तेजावी सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, सोमबार प्रतितोला चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ७६० रुपैयाँमै कारोबार भइरहेको छ ।
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

अर्थतन्त्र
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । छापावाल सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुनको प्रतितोला मूल्य ५८ हजार ६ सय रुयैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला मूल्य ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज घटेर ५८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, सोमबार चाँदीको प्रतितोला मूल्य पाँच रुपैयाँले बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँमा काराबोर भएको थियो । सोमबार भने चाँदीको मूल्य सात सय ८५ रुपैयाँमा कारोबार भएको जनाएको छ ।
बजेटकाे समीक्षा गर्दै नाडाले भन्याे- ‘सकारात्मक’

बजेटकाे समीक्षा गर्दै नाडाले भन्याे- ‘सकारात्मक’

अर्थतन्त्र, मुख्य समाचार
काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन(नाडा)ले बजेटकाे समीक्षा गर्दै 'सकारात्मक' भनेकाे छ । बजेटले नयाँ करकाे दर निर्धारण गरेकाेलार्इ राम्राे मान्दै नाडाले आर्थिक स्थायित्वसँगै मुलुकको अर्थतन्त्रलाई दीगाे रूपमा विस्तार गर्न बजेटले सहयोग पुर्याउने ठहर गरेको छ। नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘राजनीतिक स्थायित्वपछि संघीय सरकारले प्रस्तुत गरेको बजेट आर्थिक अनुशासनभित्र रहेरै ल्याइएको छ, जुन अत्यन्तै सकारात्मक छ ।' उनले राजनीतिक एजेण्डा समेटिएको विस्तारित बजेटलाई भन्दा मूलरुपमा अर्थतन्त्रलाई दीगो बनाएर छरितो बजेटलाई प्राथमिकता दिनु अर्थमन्त्री डा. युवराज खतिवडाको सफलता भएको बताए । नाडाले बजेटमा विभिन्न बस्तुमा आत्मनिर्भर हुन आधारभूत संरक्षण दिने, प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र, एक आर्थिक क्षेत्र र एक विशेष क्षेत्र स्थापनाको सम्भाब्यता अध
रैराङ हाइड्रोपावरको शेयर रजिष्ट्रेशन कार्य गर्ने जिम्मा भिवोर क्यापिटललाई

रैराङ हाइड्रोपावरको शेयर रजिष्ट्रेशन कार्य गर्ने जिम्मा भिवोर क्यापिटललाई

अर्थतन्त्र
काठमाडौ । रैराङ हाइड्रोपावर डेभलपमैन्ट कम्पनीको शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु भिवोर क्यापिटल लिमिटेडले गर्ने भएको छ। कम्पनीको शेयर रजिष्ट्रेशन कार्यको लागि रैराङ हाइड्रोपार डेभलपमेन्ट कम्पनी र भिवोर क्यापिटल बिच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका तर्फबाट कम्पनीका कार्यकारी संचालक गुरु प्रसाद न्यौपाने र भिवोर क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्री बिक्रम थापाले हस्ताक्षर गरेको हो । थापाथलीस्थित ट्रेड टावरको चौथो तल्लामा अवस्थित भिवोर क्यापिटलले असार १ गतेदेखि रैराङ हाइड्रोपावरको शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्य गर्ने रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जनाएको छ ।
१३ खर्ब १५ अर्ब १६ करोडको बजेट प्रस्तुत

१३ खर्ब १५ अर्ब १६ करोडको बजेट प्रस्तुत

अर्थतन्त्र, मुख्य समाचार
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्‌मा मंगलबार बजेट प्रस्तुत गरेका छन् । डा खतिवडाले आगामी वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट पेस गरेका हुन्। यो बजेट अघिल्लो आर्थिक वर्षको भन्दा ३७ अर्बले बढी हो। अघिल्लो आर्थिक वर्षमा कुल १२ खर्ब ७८ अर्बको बजेट प्रस्तुत गरिएको थियो। कर प्रणालीमा सुधार र केही लोकप्रिय कार्यक्रम समावेश गरेर अर्थमन्त्री खतिवडाले बजेट सार्वजनिक गरेका छन्। चालु आर्थिक वर्षमा ५.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने सरकारको अनुमान छ। अर्थमन्त्री खतिवडाले सवारी साधन र घरजग्गा कारोबारमा कडा प्रहार गरेका छन्। १५० सीसीभन्दा ठुलो क्षमताका मोटरसाइकल र १ हजार सीसी क्षमताभन्दा ठुला सवारी साधनमा अन्तशुल्क बढाइएको छ। घरजग्गा कारोबारमा कर नलाग्ने रकमको सीमा ३० लाख रुपैयाँबाट १० लाख रुपैय
असिना पानिले शुक्खा फलफुल बिकाश केन्द्र सतबाँजका बेर्नाहरुमा क्षति

असिना पानिले शुक्खा फलफुल बिकाश केन्द्र सतबाँजका बेर्नाहरुमा क्षति

अर्थतन्त्र
बैतडी । यहि जेठ २ गते र ३ गते परेको असिना पानिले शुक्खा फलफुल बिकाश केन्द्र सतबाँजमा क्षति पु¥याएको छ । असिना पानिले १० रोपनीमा लगाएको तरकारी तथा तरकारीका बेर्नाहरु सखाप गरेको सुक्खा फलफुल बिकाश केन्द्र सतबाँजका निमित्त कार्यालय प्रमुख लक्ष्मी दत्त पाण्डेयले बताउनुभयो । लगातार लामो समय सम्म असिना पानि परेपछि ५रोपनि खेतमा लगाएको बन्दा, तथा ५ रोपनि मा लगाएको अन्य तरकारी नष्ट भएको उहाँले बताउनुभयो । यस्तै कलमी गरेका फलफुल र तरकारीका बेर्ना समेत नष्ट भएका छन् । यसका साथै हावाहुरीले प्लाष्टीक घर समेत भक्ताएको थियो । लामो समय मेहेनत गरेर लगाइएको खेति नष्ट भएसगै ३ लाख रुपया बढिको नोक्सान भएको सुक्खा फलफुल बिकाश केन्द्रका निमित्त प्रमुख पाण्डेयले बताउनुभयो ।
फागुनसम्म योजना शुरू नभए चैतदेखि ‘रोक्ने’

फागुनसम्म योजना शुरू नभए चैतदेखि ‘रोक्ने’

अर्थतन्त्र
अर्थ मन्त्रालयले आर्थिक वर्षको अन्तिम समयमा मात्र विकास बजेट खर्च गरिने प्रवृत्तिले विकासका योजना लक्ष्य अनुसार सम्पन्न हुन नसकेको भन्दै फागुन मसान्तसम्ममा शुरू हुन नसकेका योजनाहरूमा रकम रोक्ने जनाएको छ। बुधवार आर्थिक वर्षको अर्धवार्षिक समीक्षा र बाँकी अवधिमा गर्नुपर्ने सुधारबारे गरिएको छलफलमा शुरू हुन नसकेका योजनाका लागि विनियोजित बजेट अन्य आवश्यक योजनामा पठाइने अर्थ मन्त्रालयका प्रवक्ताले बताए। बैशाखदेखि असार मसान्तसम्म हतारमा विकासको काम गरिँदा त्यस्ता कामहरू गुणस्तरीय हुनुभन्दा बजेट सिध्याउने उद्देश्यले मात्र गरिने हुनाले त्यसमा अंकुश लगाउन लागिएको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका हुन्। अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले भने, "जुन आयोजनाहरू फागुन मसान्तसम्ममा पनि प्रारम्भिक कार्य गरिन्न तिनमा चैत्रबाट बजेट जाने बाटो बनाइँदैन।" -बिबिसी नेपालीबाट
सुदूरपश्चिम महोत्सव सम्पन्न

सुदूरपश्चिम महोत्सव सम्पन्न

अर्थतन्त्र, पर्यटन
धनगढी । सुदूरपश्चिम महोत्सवमा बिक्री भएको प्रत्येक टिकटबाट केही रकम जिल्ला दैविप्रकोप उद्धार कोष र शिवपुरी धामको विकासका लागि छुट्याइएको छ। बिक्री भएको प्रत्येक टिकटबाट एक रुपैयाँ जिल्ला दैविप्रकोप उद्धार कोषमा र एक रुपैयाँ शिवपुरी धामको विकासका लागि छुट्याउने निर्णय भएको महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका महासचिव रुपेस स्वाँरले बताए। ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ गत मंसिर २९ गतेदेखि सुरु भएको महोत्सव मंगलबार सम्पन्न भएको हो। प्रदेशसभा सदस्य डिल्लीराज पन्तले महोत्सवको समापन गर्दै विकासका मुद्दालाई प्राथमिकतामा राखेर आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। दुई सय ५० व्यापारिक स्टल राखिएको महोत्सवको १२ दिनको अवधिमा झन्डै रु १६ करोडको कारोबार भएको महासचिव स्वाँरले जानकारी दिए। सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापार व्यवसायको विकास तथा प्रवर्द्धन
error: Content is protected !!