स्वास्थ्य

मुटुरोगीमा डिप्रेसनको खतरा तेब्बर, व्यायाम लाभदायी

मुटुरोगीमा डिप्रेसनको खतरा तेब्बर, व्यायाम लाभदायी

स्वास्थ्य
डिप्रेसनग्रस्त मानिसमा मुटु सम्बन्धी रोगको खतरालाई कम गर्नमा व्यायामले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । अमेरिकन कलेज अफ कार्डियोलोजीको जर्नलमा हालै प्रकाशित एक शोध अनुसार डिप्रेसनग्रस्त मानिसमा मुटु सम्बन्धी रोग हुने खतरा अत्यधिक हुन्छ । शोधकर्ताहरुका अनुसार हृदयरोगीहरुमा डिप्रेसनको समस्याले घातक परिणाम निम्त्याउने गर्छ । अध्ययनका क्रममा अस्पतालमा भर्ना भएका हृदयाघात पीडितमध्ये २० प्रतिशतमा डिप्रेसनको लक्षण समेत देखिएको थियो । साथै मुटु सम्बन्धी रोगीहरु अन्य सामान्य मानिसहरु भन्दा डिप्रसनबाट ग्रसित हुने खतरा तिन गुणा बढि हुने पाइएको छ । अमेरिकाको एमोरी युनिभर्सिटी हस्पिटलका शोधकर्ताहरुले मुटुरोग तथा डिप्रेसनबीचको सम्बन्धका बारेमा विस्तृत अध्ययन गरेका हुन् । शोधर्ताहरुले कुल ९६५ जना मानिसमा अध्ययन गरे जसलाई मुटुको रोग थिएन र अन्य कुनै खालको गम्भीर स्वास्थ्य समस्या पनि थिएन । तर ड
नेपाली युवापुस्तामा उच्च रक्तचापको असर भयावह बन्दै

नेपाली युवापुस्तामा उच्च रक्तचापको असर भयावह बन्दै

स्वास्थ्य
काठमाडौँ । गोरखाका ३० वार्षीय सुदीप धिताललाई विगत छ वर्षदेखि उच्च रक्तचापको समस्या छ । अचानक टाउको दुख्ने र चक्कर लाग्ने समस्या भएपछि उनी चिकित्सक कहाँ गएर जाँच गराउँदा उच्च रक्तचापका कारणले यस्तो समस्या भएको उनी सम्झन्छन्।  नयाँ बानेश्वरकी ३५ वर्षीया सरिता बस्याल पनि उच्च रक्तचापबाट पीडित छन् । उनले पनि नियमितरुपमा औषधि सेवन गरिरहनु भएको छ । उनी आफ्नो २१ वर्षे छोरामा पनि यही समस्या देखिएपछि थप चिन्तामा भएको बताउँछिन् । ‘यति सानो उमेरमा उच्च रक्तचाप हुने रहेछ । अहिले नै यस्तो भए पछि के होला ?’ उनको चिन्ता छ ।  पछिल्लो समयमा नेपालमा उच्च रक्तचापका कारण अस्पताल आउने बिरामीको सङ्ख्या बढिरहेको चिकित्सकको भनाइ छ ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१३ मा गरेको नसर्ने रोगको जोखिम पक्षसम्बन्धी सर्भेले पनि २५ प्रतिशत नेपालीमा उच्च रक्तचाप भएको देखाएको थियो । परिषद्ले सन् २०१२ को जु
मोटा बच्चाको हड्डी कमजोर

मोटा बच्चाको हड्डी कमजोर

स्वास्थ्य
अत्यधिक मोटोपनाले बच्चाको मांशपेशीसँगै हड्डी समेत कमजोर बनाउने एक नयाँ अनुसन्धानले देखाएको छ । अमेरिकाको जर्जिया विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो तथ्य पत्ता लगाएका हुन् । शोधकर्ताहरुका अनुसार हड्डीको विकाशमा मांशपेशीले अहम् निर्धारक तत्वको भूमिका खेलेको हुन्छ । शोधकर्ताहरुका अनुसार मोटोपनाले ग्रसित बालबालिकाहरुको मांशपेशीमा जम्मा भएको अतिरिक्त बोसोले हड्डीको विकाशमा बाधा उत्पन्न गर्दछ र हड्डीको पूर्ण रुपमा विकाश हुन पाउँदैन । मांशपेशीको भित्र जम्मा भएको बोसोले मांशपेशी र हड्डीबीचको सम्बन्धलाई कसरी प्रभाव पार्दछ भन्ने विषयमा अध्ययन जारी रहेको भएपनि बोसोले हड्डीको विकाशमा बाधा उत्पन्न गर्ने तथ्य प्रमाणित भएको शोधकर्ताको दाबी छ । बच्चा मोटो भएमा उसको जिउको मांशपेशीको आकार बढ्ने भएकाले हड्डी पनि उत्तिकै मजबुत हुन्छहोला भन्ने विश्वास धेरैको हुन्छ । तर यस्तो नहुँदो रहेछ । करेन्ट ओ
किन बढ्दैछ जुम्ल्याहा जन्मिने दर ?

किन बढ्दैछ जुम्ल्याहा जन्मिने दर ?

स्वास्थ्य
अमेरिकाका पछिल्लो समय जुम्ल्याहा बच्चा जन्मिने दरमा वृद्धि भएको छ । अघिल्लो वर्ष सन् २०१४ अमेरिकामा जुम्ल्याहाको वर्षको रुपमा रहेको समेत पछिल्लो तथ्यांकले देखाएको छ । अमेरिकामा सन् २०१४ मा प्रति एक हजार बच्चामा ३३.९ जुम्ल्याहा बच्चा जन्मिएका छन् । अमेरिकामा जुम्ल्याहा बच्चा जन्मिएको यो दर अहिलेसम्मकै धेरै हो । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम विभागको रिपोर्ट अनुसार सन् २०१४ मा अमेरिकामा प्रतिहजार ३३.९ जना जुम्ल्याहा बच्चा जन्मिए जुन सन् २०१३ मा ३३.७ थियो । वर्ष सन् १९८० मा अमेरिकामा प्रति हजार बच्चामा १८.९ मात्र जुम्ल्याहा बच्चा जन्मिएका थिए । पछिल्लो ३६ वर्षमा जुम्ल्याहा जन्मको दर झण्डै दोब्बरले वृद्धि भएको देखिएको छ । लाइफ साइन्सेसको रिपोर्ट अनुसार शोधकर्ताहरुले जुम्ल्याहा बच्चाको बढ्दो संख्याका पछाडि दुइवटा मुख्य कारण खुट्याएका छन् । पहिलो केही महिलाहरुले कृत्रिम प्रजनन जस