स्वास्थ्य

सुदूरपश्चिममा २५ लाख ८४ हजार नागरिकलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइने

सुदूरपश्चिममा २५ लाख ८४ हजार नागरिकलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइने

स्वास्थ्य
भगीरथ अवस्थी बैतडी, फाल्गुन २६, सुदूरपश्चिमका करीब २५ लाख ८४ हजार नागरिकलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ । चौथो चरणमा सुदूरपश्चिमका सबै जिल्लामा यही फागुन २९, ३० र चैत १ गते हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल डोटीका क्षेत्रीय क्षयकुष्ठ अधिकृत मनोज ओझाले जानकारी दिए । हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम संचालनका लागि क्षेत्रभरी तयारी पूरा भएको ओझाले जानकारी दिए । सबै जिल्लाहरुमा औषधि पठाइसकिएको, आवश्यक तालिम र अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको उनले बताए । हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रमको तीन चरणमा देशका अन्य क्षेत्रको तुलनामा सुदुरपश्चिममा प्रगति उत्कृष्ट रहेको उनले बताए । उनले भने “हात्तीपाइले विरुद्धको औषधि सेवन गर्नेको संख्या अन्य ठाउँको तुलनामा सुदूरपश्चिममा धेरै रहेको छ । यो स्वास्थ्य सं
स्वास्थ्य क्षेत्र सुधारका लागि एक घर एक दिन एक रुपैया बचत अभियान संचालन हुने

स्वास्थ्य क्षेत्र सुधारका लागि एक घर एक दिन एक रुपैया बचत अभियान संचालन हुने

स्वास्थ्य
भगीरथ अवस्थी बैतडी, फाल्गुन २४, बैतडीको स्वास्थ्य क्षेत्र सुधारका लागि निरन्तर प्रयासमा लागि रहेको जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन नयाँ अभियानको शुरुवात गर्ने भएको छ । स्वास्थ्य सुधारका क्षेत्रमा सबै नागरिकलाई हिस्सेदार बनाउन एक घर एक दिन एक रुपैया बचत अभियान शुरु गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताउनुभयो । स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारको मुख मात्र ताकेर नहुने भएकाले स्थानीय नागरिकलाई त्यसमा सहभागि गराउन यो अभियान शुरु गर्न लागिएको उहाँले बताउनुभयो । जिल्लामा रहेका प्रत्येक घरधुरीमा प्रति दिन एक रुपैया बचत अभियान संचालन गरेर संकलन भएको रकमलाई स्वास्थ्य क्षेत्रको सुधारका लागि खर्च गर्ने गरी नीति बनाइने उहाँले बताउनुभयो । स्थानीय स्वास्थ्य संस्था र गाविसको सहकार्यमा अभियानलाई अगाडि बढाउने सोच बनाएको उहाँले ब
बैतडीमा हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम संचालन हुने

बैतडीमा हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम संचालन हुने

स्वास्थ्य
भगीरथ अवस्थी बैतडी, फाल्गुन २१, बैतडीमा हात्तीपाइले विरुद्धकोे आमऔषधि सेवन अभियान २०७२ शुरु हुने भएको छ । तीन बर्ष अगाडिबाट शुरु भएको अभियान यो बर्ष फागुन २८,२९ र चैत १ गते संचालन हुने जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम संचालन हुन गइरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले जानकारी दिनुभयो । यस अघि तीन पटक संचालन गरिएको अभियान यो बर्ष चौथो पटक बैतडीमा संचालन हुन लागेको उहाँले बताउनुभयो । अभियानका लागि ४ सय स्वास्थ्यकर्मी र १ हजार ४५८ स्वयंसेवक परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो । अभियान अन्तर्गत सबै गाविसमा औषधि पठाउने कार्य जारी रहेको छ भने स्वास्थ्यकर्मी र अन्य सरोकारवालाहरुलाई तालिम कार्यक्रम सम्पन्न
सुदूरपश्चिमका पहाडी जिल्लामा ६ महिना देखि अत्यावश्यक औषधि आपूर्ति ठप्प

सुदूरपश्चिमका पहाडी जिल्लामा ६ महिना देखि अत्यावश्यक औषधि आपूर्ति ठप्प

मुख्य समाचार, स्वास्थ्य
धुर्ब बिष्ट डडेल्धुरा, फाल्गुन २१, डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा ६ महिना देखि अत्यावश्यक औषधि आपूर्ति ठप्प छ । टेन्डर मार्फत औषधि खरिद गर्ने प्रक्रिया झन्झटिलो भएको र नाकाबन्दीमा औषधि उत्पादन कम्पनीले समयमै आपूर्ति नगर्दा ठप्प भएको हो । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा अनिवार्य हुनु पर्ने सिटामोल, क्लोफन्टामाइन, एमक्लोर, डाइजिन, एन्टिबायोटिक, आइरन चक्की, जिंक, अक्सिटोसिन, डाइजिन जस्ता औषधि सकिएको ६ महिना भन्दा बढी भएको छ । मष्टमाण्डौं स्वास्थ्य चौकीका प्रमुख कबिन्द्र बिष्टका अनुसार ३५ प्रकारका औषधि हुनु पर्नेमा कुनै पनि औषधि स्वास्थ्य चौकीमा पुग्न नसकेको बताइएको छ । औषधि खरिदको कार्यादेश नै ढिलो आएकाले समस्या भएको उहाँले बताउनु भयो । यस्तै उता डोटीको दुर्गम मन्नाकापडी स्वास्थ्य चौकीका प्रमुख योगेन्द्र शाहीले तेल र नाकाबन्दीका कारण औषधि आपूर्ति हुन नसकेको जवाफ आउने गर
छ महिना देखि पाँच वर्ष सम्मका बालबालिकालाई देशैभरि भिटामिन ए खुवाईयो

छ महिना देखि पाँच वर्ष सम्मका बालबालिकालाई देशैभरि भिटामिन ए खुवाईयो

स्वास्थ्य
भगिरथ अवस्थी बैतडी, फाल्गुन २०, भिटामीन ए र जुकाको औषधि देशैभरी खुवाउने कार्यक्रम अनुसार आज बैतडीमा पनि खुवाँइएको छ । ६ महिना देखि ५ बर्ष सम्मका ३२ हजार २८१ बालबालिकाहरुलाई भिटामीन ए को क्यापसुल खुवाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका खोप अधिकृत विरेन्द्र भट्टले जानकारी दिनुभयो । जुकाको औषधि भने १ बर्षदेखि २ बर्ष सम्मका ५ हजार ६ सय बालबालिकाहरुलाई मात्र खुवाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । बैतडीमा यही फागुन २९ देखि हात्ती पाइले रोगको औषधि खुवाउने कार्यक्रम रहेकाले २ बर्ष भन्दा माथिका बालबालिकाहरुलाई सोही बेला जुकाको औषधि खुवाइने उहाँले बताउनुभयो । भीटामीन ए र जुकाको औषधि खुवाउनका लागि जिल्लाभरीका ८३१ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले जानकारी दिनुभयो । आज भीटामीन ए र जुकाको औषधि खुवाउन छुटेकाहर
डडेल्धुरा जिल्लाभर फागुन २९ देखि चैत्र १ गते सम्म हात्तिपाइले रोग विरुद्धको अभियान

डडेल्धुरा जिल्लाभर फागुन २९ देखि चैत्र १ गते सम्म हात्तिपाइले रोग विरुद्धको अभियान

स्वास्थ्य
धुर्ब बिष्ट डडेल्धुरा, फाल्गुन १९, जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले हात्तिपाइले रोग विरुद्धको चौथो बर्षको अभियान फागुन २९ देखि चैत्र १ गते सम्म सञ्चालन गर्ने भएको छ । अभियानका क्रममा हात्तिपाइले रोग निवारणका लागि डी.इ.सी र अल्बेन्डाजोल नामक औषधी स्वयमसेवकहरु मार्फत खुवाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोल निरिक्षक दिपेन्द्र रावलले बताउनुभयो । रोग निवारणमा प्रयोग हुने औषधिहरु सबै सुरक्षित र प्रभावकारी हुने भएकाले २ बर्ष मुनिका बालबालिका, गर्भवति महिला र कडा खाले रोग बाहेकका सबै नागरिकलाई औषधि सेवन गर्न निरिक्षक रावलले आग्रह गर्नुभएको छ । डडेल्धुराका १ लाख ५२ हजार २ सय २२ जना मध्ये १ लाख ३८ हजार ७ सय नागरिकहरुलाई हात्तिपाइले रोग बिरुद्धको औषधि खुवाइने लक्ष्य रहेको जनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले आज हात्तिपाइले रोग निवारण सम्बन्ध
डडेल्धुरामा हात्तिपाइले रोगका संक्रमितहरुको संख्या घट्दै

डडेल्धुरामा हात्तिपाइले रोगका संक्रमितहरुको संख्या घट्दै

स्वास्थ्य
धुर्ब बिष्ट डडेल्धुरा, फाल्गुन १९, पछिल्लो समय डडेल्धुरा जिल्लामा हात्तिपाइले रोगका संक्रमितहरुको संख्या घट्दै गएको छ । डडेल्धुरामा सन २०११ मा गरेको (डेमोग्राफि सर्भे) जनसाङ्ख्यिक सर्बेक्षणका अनुसार अनुमानित ६ प्रतिशत अर्थात २५ जना सङ्क्रमित भएकोमा अहिले ४ जना मात्रै रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोल निरिक्षक दिपेन्द्र रावलले बताउनुभयो । जसमा डडेल्धुराको रुपाल, मष्टामाण्डौ, नवदुर्गा र बेलापुरमा एक–एक गरि ४ जनामा हात्तिपाइले रोगको सङ्क्रमण देखिएको उहाँले जानकारी दिनु भएको छ । हात्तिपाइले रोगबाट बच्न हात्तिपाइले रोग बिरुद्धको औषधि नछुटाइ खानुपर्ने र पोथी लामखुट्टेको टोकाइबाट बच्नुपर्ने उहाँको सुझाव छ ।
मेवा खानुका फाइदाहरु थाहा छन् तपाईलाई ?

मेवा खानुका फाइदाहरु थाहा छन् तपाईलाई ?

स्वास्थ्य
हुन त हर फलफूलले तपाईको स्वास्थ्यलाई फाइदा  पु¥याउछ । तर जो हरेक सीजनमा सस्तो मूल्यमा पाइन्छ, यो चाहिं अत्यन्त लाभदायक छ। यदि कुरा मेवाको मात्र गर्ने हो भने। यो फल खाँदा पेट सम्बन्धी समस्या निर्मूल नै हुन्छ भन्दा पनि हुन्छ। साथै कपाल र स्किनलाई पनि सुन्दर बनाउछ। मेवाका फाइदा: जो मानिसलाई किडनीको समस्या छ, रोज मेवा खानु जरुरी छ। दाँत सम्बन्धी समस्या पनि मेवा खाएमा समाप्त हुन्छ। दाँत हल्लिने, दाँतबाट रगत आउने र यस्तो समस्यामा राहत हुन्छ। मेवा खाँदा आँखाको ज्योति पनि राम्रो हुन्छ। यदि पेटमा कीरा छ भने पनि काँचो मेवाको जूसले फाईदा गर्दछ। यो दिनमा दुई पटक पिउदा किरो खत्म हुन थाल्छ। खाली पेटमा मेवा खाँदा बोसोको समस्याबाट मुक्ति पाइन्छ। सिरे नुन, जीराको धुलो कागतीसंग खाएमा कब्जियत हुदैन। महिलाहरूका लागि मेवाको रस अति लाभकारी हुन्छ। यसबाट उनीहरूको बाँझोपन हट्छ। तर गर्भावस्थाकोे
मुसाबाट सर्ने ‘स्कर्ब टाइफस’ रोगको सङ्क्रमण बढ्दै

मुसाबाट सर्ने ‘स्कर्ब टाइफस’ रोगको सङ्क्रमण बढ्दै

मुख्य समाचार, स्वास्थ्य
इन्द्रसरा खड्का, सुदूरपश्चिमाञ्चल क्षेत्रमा मुसाबाट सर्ने ‘स्कर्ब टाइफस नामको रोगको सङ्क्रमणको समस्या बढ्दै गएको छ । विगत पाँच÷छ महिना यता यस क्षेत्रमा यो रोगको सङ्क्रमणबाट ५६ जना बिरामी भएकामा तीन जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक शिवदत्त भट्टले बताएका छन । यो रोगबाट मृत्यु हुने मध्ये एक जना जनस्वास्थ्य कार्यालय कैलालीका कर्मचारी पनि रहेका छन । सेती अञ्चल अस्पताल धनगढीका वरिष्ठ फिजिसियन डा शुभेषराज कायस्थले उपियाँ, उडुस लागेको मुसाले मानिसलाई टोक्दा यो रोग सर्ने गरेको बताएका छन । रोग लागे पछि बिरामीको आँखा रातो हुने, धेरै ज्वरो आउने, हात खुट्टा दुःख्ने भई समयमै उपचार नपाएमा किड्नी, कलेजोमा असर पार्नुका साथै, रक्तसञ्चार प्रणालीमा जटिलता उत्पन्न गराउने डा कायस्थले बताएका छन । समयमै उपचार भएमा रोगको उपचार सम्भव भए पनि उपचार पाउन नसक्नेको विभिन्
लामो समयको गर्भान्तरको अस्थायी साधनको पहुँच बढाउन बिशेष कार्यक्रम संचालन हुने

लामो समयको गर्भान्तरको अस्थायी साधनको पहुँच बढाउन बिशेष कार्यक्रम संचालन हुने

स्वास्थ्य
भगीरथ अवस्थी, बैतडी । बैतडीमा लामो गर्भान्तरको परिवार नियोजनको अस्थायी साधनमा सबैको पहुँच पुर्याउनका लागि बिशेष कार्यक्रम संचालन हुने भएको छ । जिल्लामा लामो समयसम्मको अस्थायी साधनको अझै पनि पहुँच कम भएकाले त्यसको पहुँचमा वृद्धि गर्न पिएसआइ नेपालसंगको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले बिशेष कार्यक्रम संचालन गर्ने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवारनियोजन सुपरभाइजर किशोर अवस्थीले जानकारी दिनुभयो । ग्रामिण क्षेत्रमा सेवाको आवश्यकता अनुसार पहुँच नहुनु, सेवाका बारेमा गलत धारणा हुनु,दक्ष स्वास्थ्यकर्मी सबै ठाउँमा उपलब्ध नहनु लगायतका कारण लामो समयको गर्भान्तर साधन प्रयोगतकर्ताको संख्या कम भएकाले त्यो संख्यालाई बढाउनका लागि कार्यक्रम संचालन गरिने पिएसआइ नेपालका जिल्ला फिल्ड अधिकृत ज्ञानदेव जोशीले जानकारी दिनुभयो । परिवारनियोजनका ५ किसिमका अस्थायी साधनहरु सबै स्वास्थ्यसंस्थामा उपलब्ध हुनुप