स्वास्थ्य

नि:शुल्क अप्रेशन शिविर संचालन हुने

नि:शुल्क अप्रेशन शिविर संचालन हुने

स्वास्थ्य
भगीरथ अवस्थी बैतडी, चैत्र २०, क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल डोटीको आयोजना तथा नेपालगञ्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा जिल्ला अस्पताल बैतडीमा आइतबार देखि पाठेघर (आङ) खसेका महिलाहरुका लागि निशुल्क अप्रेशन शिविर संचालन हुने भएको छ । पाठेघर खसेका महिलाहरुलाई उनीहरुकै ठाउँमा गएर उपचार गर्ने उद्देश्य सहित शिविरको आयोजना हुन लागेको जिल्ला स्वासथ्य कार्यालय बैतडीका परिवारनियोजन सुपरभाइजर किशोर अवस्थीले बताए । दार्चुला,बझाङ तथा बैतडी जिल्लाका पाठेघर खसेका महिलाहरुलाई लक्षित गरेर शिविरको आयोजना गरिएको हो । शिविर भोली देखि चैत २७ गतेसम्म संचालन हुने बताइएको छ । पाठेघर खसेका महिलाहरुले अप्रेशनका लागि शिविरमा आउँदा गाविसको सिफारिश नागरिकताको प्रतिलिपि ल्याउनुपर्ने परिवारनियोजन सुपरभाइजर अवस्थीले बताए । बिरामीलाई यातायात बापत १ हजार रुपैया र एक पटकको ५० रुपैयाका दरले खाना खर्च सम
स्वास्थ्यकर्मीको एक टोली भाइरल प्रभावित क्षेत्र बेलापुर गाविसमा

स्वास्थ्यकर्मीको एक टोली भाइरल प्रभावित क्षेत्र बेलापुर गाविसमा

स्वास्थ्य
धुर्ब बिष्ट चैत्र १५, डडेल्धुराको बेलापुर गाविसमा आज जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराबाट स्वास्थ्यकर्मीको एक टोली गएको छ । भाईरल ज्वरोको प्रकोप देखिएको बेलापुर गाबिसका ७, ८ र ९ वडाहरुमा डडेल्धुराबाट औषधि सहितको स्वास्थ्यकर्मीको एक टोली त्यहाँ पुगेको हो । विभिन्न मिडियामा समाचार आए पश्चात त्यस तर्फ औषधोपचार गर्न स्वास्थ्यकर्मी पठाएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका जनस्वास्थ्य प्रशासक राजेन्द्र खत्रीले बताउनु भएको छ । बिगत एक हप्ता देखि भाईरल ज्वरोको प्रकोप देखिएको त्यस ठाँउमा ३०÷४० जना बालबालिकामा टाउको दुख्ने वाकवाकी लाग्ने, काँपेर जरो आउने लक्षण देखा परेको स्थानिय कृष्ण बिकलाई उद्धृत गर्दै हाम्रा सहकर्मी लोक ताम्राकारले खबर पठाएका छन । स्वास्थ्य चौकी टाढा भएकाले एकै परिवारका अन्य ब्यक्तिहरुमा पनि भाइरल ज्वरोको प्रकोप फैलिने भन्दै स्थानियहरु चिन्तित भएका छन । भाइरल ज्वरोको
बैतडीलाई स्वास्थ्य सूचककांकमा पहिलो नम्बर ल्याउने प्रतिबद्धता

बैतडीलाई स्वास्थ्य सूचककांकमा पहिलो नम्बर ल्याउने प्रतिबद्धता

स्वास्थ्य
भगीरथ अवस्थी बैतडी, चैत्र १४, बैतडीलाई स्वास्थ्य सूचककांकमा पहिलो नम्बर ल्याउने जिल्ला स्वासथ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । डा. अवस्थीले जिल्लाको स्वास्थ्य क्षेत्र सुधारका लागि स्थानीयहरुको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । आजभन्दा ४ बर्ष अगाडि स्वास्थ्य सूचकांकमा निकै पछाडि रहेको बैतडी गत बर्षको मूल्यांकन चौथो नम्बरमा आएको बताउनुभयो । जिल्लामा पूर्ण संस्थागत सुत्केरी अभियान र स्वास्थ्यको नमूना जिल्ला घोषणा अभियान शुरु भइसकेकाले यसमा स्थानीय नागरिकको सहयोग महत्वपूर्ण हुने बताउनुभयो । जिल्लालाई स्वास्थ्यको नमूना जिल्ला बनाउने र यसका लागि एक घर एक दिन एक रुपैया अभियान शुरु भइसकेको डा. अवस्थीले बताउनुभयो । जिल्लाका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र औषधिको कुनै अभाव नरहेको बताउँदै डा. अवस्थीले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्ट
दार्चुलामा रक्त सञ्चार केन्द्र स्थापना नहुँदा समस्या

दार्चुलामा रक्त सञ्चार केन्द्र स्थापना नहुँदा समस्या

स्वास्थ्य
धुर्ब बिष्ट दार्चुला, चैत्र १४, जिल्ला अस्पताल दार्चुलामा रगत अभावका कारण शल्यक्रिया सेवा प्रदान गर्न समस्या भएको छ । आवश्यक मात्रामा रगत नहुँदा गत भदौ देखि सञ्चालनमा आएको निःशुल्क प्रसुति सेवा केन्द्रमा समेत समस्या परेको छ । जिल्लामा केन्द्र स्थापना बिना विभिन्न किसिमका शल्यक्रिया शुरु गरिएपछि अहिले समस्या देखिएको हो । निःशुल्क प्रसुति केन्द्र सञ्चालन सँगै आकस्मिक प्रसुति तथा नवशिशु स्याहार केन्द्र पनि सञ्चालनमा रहेको छ । अस्पालमा केन्द्र सञ्चालन भएपछि जटिल समस्या भएका आमाको सिजरिन विधिद्धारा शल्यक्रिया गरिने भएकोले रक्तसञ्चार केन्द्रको आवश्यकता रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र तिंकरीले बताएका छन ।
डडेल्धुराको बेलापुरमा भाईरल ज्वरोको प्रकोप

डडेल्धुराको बेलापुरमा भाईरल ज्वरोको प्रकोप

स्वास्थ्य
३ वडाका करिब ५० जना बिरामी ध्रुब बिष्ट डडेल्धुरा, चैत्र १४, डडेल्धुराको बेलापुर गाविसमा बिगत एक हप्ता देखि भाईरल ज्वरोको प्रकोप देखिएको छ । बेलापुर गाविसका वडा नं. ७, ८ र ९ का करिब ५० जना बालबालिकामा टाउको दुख्ने वाकवाकी लाग्ने, काँपेर ज्वरो आउने जस्ता लक्षण देखा परेको स्थानिय कृष्ण बिकले बताउनु भएको छ । नजिक रहेको गाँउघर क्लिनिकमा दैनिक ३०÷४० जना बिरामी पुग्ने गरेको गाँउघर क्लिनिकले जनाएको छ । क्लिनिकमा सिटामोल मात्रै भएकाले सिटामोलले काम नगरेको समेत बताइएको छ । स्वास्थ्य चौकी टाढा भएकाले एकै परिवारका अन्य ब्यक्तिहरुमा पनि भाइरल ज्वरोको प्रकोप फैलिने भन्दै स्थानियहरु चिन्तित भएका छन ।
सिद्धेश्वरलाई स्वास्थ्यको नमूना गाविस घोषणा गर्ने अभियान शुरु

सिद्धेश्वरलाई स्वास्थ्यको नमूना गाविस घोषणा गर्ने अभियान शुरु

स्वास्थ्य
भगीरथ अवस्थी बैतडी, चैत्र ११, बैतडीको सिद्धेश्वरलाई स्वास्थ्यको नमूना गाउँ बनाउनका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने अभियान शुरु भएको छ । गाविसलाई अबको एक बर्षभित्रै स्वास्थ्यको नमूना गाविस घोषणा गर्ने उद्देश्य सहित प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने अभियान संचालन गरिएको सिद्धेश्वर स्वास्थ्यचौकीका इन्चार्ज मदन महराले बताए । उनले भने “स्वास्थ्यको नमूना गाउँ घोषणाका लागि १५ ओटा बुँदाहरु छन् ती बुँदाहरु प्रतिबद्धता पत्रमा लेखिएका छन् । ती बुँदाहरुको बारेमा पहिला समूहमा छलफल गर्छौं अनि त्यसपछि प्रत्येक घरधुरीका घरमुलीहरुसंग सहमतिमा हस्ताक्षर गर्न लगाउँछौं ।” अहिले सम्म सिद्धेश्वरमा रहेका ८५० घरधुरी मध्ये ३५० बढी घरधुरीका घरमुलीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका उनले बताए । प्रतिबद्धता पत्रमा बालविवाहमुक्त गाविस घोषणा, घुँवारहित गाविस घोषणा, पूर्णसंस्थागत सुत्केरी गाविस घोषणा,गर्भव
बढी मूल्य पर्ने काजुका फाइदा पनि मूल्यवान

बढी मूल्य पर्ने काजुका फाइदा पनि मूल्यवान

मुख्य समाचार, स्वास्थ्य
बढी मूल्य पर्ने काजुका फाइदा पनि मूल्यवान नै छन् । काजु खानुका केही फाइदा यस्ता छन्ः थकान हटाउँछ काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ । अनुहार चम्किलो बनाउँछ काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ । दिमाग तेजिलो बनाउँछ काजुमा एकप्रकारको तेल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ । युरिक एसिड हुन दिँदैन काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् । रक्तचाप
शहरी स्वास्थ्य केन्द्र संचालन

शहरी स्वास्थ्य केन्द्र संचालन

स्वास्थ्य
भगीरथ अवस्थी बैतडीको पाटन नगरपालिका वडा नं ९ ओदालीमा आजदेखि शहरी स्वास्थ्यकेन्द्र संचालनमा आएको छ । शहरी स्वास्थ्यकेन्द्रको आज एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले उद्दघाटन गर्नुभयो । देव बहादुर चन्दको अध्यक्षतमा भएको स्वास्थ्य केन्द्र उद्दघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी प्रमुख अतिथी रहनु भएको थियो । पाटन नगरपालिका वडा नं ९ ओदाली, कद्वार, अडतोला, वडा नं ११ सुन्तोली लगायतका क्षेत्रका नागरिकलाई लक्षित गरेर शहरी स्वास्थ्य केन्द्र संचालनमा ल्याइएको हो । स्वास्थ्यकेन्द्रबाट सुरक्षित प्रसुती सेवा र अन्य सेवाहरु प्रदान गरिने जिल्ला स्वासथ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताउनुभयो । स्वास्थ्यकेन्द्रमा एकजना अहेव र एकजना अनमीलाई खटाइने उहाँले बताउनुभयो । ओदालीमा शहरी स्वास्
स्वास्थ्य मुल्यांकनमा सुदूरका ५ जिल्ला उत्कृष्ट दशमा

स्वास्थ्य मुल्यांकनमा सुदूरका ५ जिल्ला उत्कृष्ट दशमा

स्वास्थ्य
बिरा गडाल बैतडी, चैत ४  स्वास्थ्य मन्त्रालयले हरेक वर्ष गर्ने कार्य सम्पादन मुल्याङ्कनका आधारमा देशभरका ७५ जिल्लामध्ये प्रदेश नम्वर ७ का पाँच जिल्ला उत्कृष्ट दशमा परेका छन । स्वास्थ्य मन्त्रालयले आर्थिक बर्ष २०७१÷०७२ मा कार्य सम्पादनका आधारमा गरेको स्वास्थ्य मुल्यांकनमा अछाम, बैतडी, कञ्चनपुर, डोटी र बझाङ्ग उत्कष्ट दशमा परेका हुन । देशभरमै पाल्पा गत बर्ष झै पहिलो स्थानमा रहेको छ । ७ नम्वर प्रदेशका ९ जिल्ला मध्ये अछाम ८८ दशमलव १ अंक प्राप्त गर्दै दोस्रो,बैतडी ८६ दशमलव ८ अंक ल्याउदै चौथो, ८५ दशमलव ८ अंक ल्याउदै कञ्चनपुर सातौं, ८५ दशमलव ६ अंक ल्याउदै डोटी आठौं र ८५ दशमलव २ अंक ल्याउदै बझाङ्ग नवौ स्थानमा रहेका छन । गत बर्षको तुलानामा अछाम चार स्थान माथि उक्लदै दोस्रो स्थानमा छ । गत बर्षको कार्य सम्पादन मुल्यांकनमा छटौं नम्वरमा थियो । बैतडी गत बर्ष १५ औ स्थानबाट माथि उक्लेर चौथो स्थानमा प
सुदूरपश्चिममा २५ लाख ८४ हजार नागरिकलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइने

सुदूरपश्चिममा २५ लाख ८४ हजार नागरिकलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइने

स्वास्थ्य
भगीरथ अवस्थी बैतडी, फाल्गुन २६, सुदूरपश्चिमका करीब २५ लाख ८४ हजार नागरिकलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ । चौथो चरणमा सुदूरपश्चिमका सबै जिल्लामा यही फागुन २९, ३० र चैत १ गते हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल डोटीका क्षेत्रीय क्षयकुष्ठ अधिकृत मनोज ओझाले जानकारी दिए । हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम संचालनका लागि क्षेत्रभरी तयारी पूरा भएको ओझाले जानकारी दिए । सबै जिल्लाहरुमा औषधि पठाइसकिएको, आवश्यक तालिम र अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको उनले बताए । हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रमको तीन चरणमा देशका अन्य क्षेत्रको तुलनामा सुदुरपश्चिममा प्रगति उत्कृष्ट रहेको उनले बताए । उनले भने “हात्तीपाइले विरुद्धको औषधि सेवन गर्नेको संख्या अन्य ठाउँको तुलनामा सुदूरपश्चिममा धेरै रहेको छ । यो स्वास्थ्य सं
error: Content is protected !!