मुख्य समाचार

देवकोटाको जन्मघरलाई संग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा

देवकोटाको जन्मघरलाई संग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा

मुख्य समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौं डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर संग्रहालय बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११०औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले देवकोटा विलक्षण प्रतिभा र बौद्धिक व्यक्तित्व भएकाले उनको कृतित्व र व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिनका लागि सङ्ग्रहालयको आवश्यकता रहेको बताए। प्रधानमन्त्री ओलीले देवकोटाका परिवारसँग कुरा गरेर उपयुक्त मूल्यमा भग्नावशेषको अवस्थामा रहेको सो घर खरिद गरी ‘रोक्टोफिटिङ’ गरेर देवकोटा कसरी पलेटी कसेर लेख्थे भन्नेसम्मका स्मृति झल्काउन सरकारले सङ्ग्रहालय बनाउने उद्घोष गर्दा सहभागी स्रष्टाहरुले तालीले स्वागत गरेका थिए । महाकविको उक्त जन्मघर हाल जीर्ण अवस
बैतडीमा जारी एनपीएल क्रिकेटको फाईनल आज; पाटन र मेलौली भिड्दै

बैतडीमा जारी एनपीएल क्रिकेटको फाईनल आज; पाटन र मेलौली भिड्दै

खेलकुद, मुख्य समाचार
बैतडी । देहीमाडौंमा जारी निंगलासैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनल खेल आज हुदैछ । उपाधीका लागी पाटन नगरपालिका र मेलौली नगरपालिका भिड्दैछन् । सिगास गाउँपालिकालाई ७ विकेटले स्तब्ध पार्दै पाटन नगरपालिका फाईनल प्रवेश गरेको हो भने दशरथचन्द नगरपालिका ‘सी’ लाई ७ विकेटले पाखा लगाउदै मेलौली नगरपालिका उपाधी नजिक पुगेको हो । निङ्गलाशैनी क्रिकेट क्लबको आयोजना र यूवा समाजसेवी तेजबहादुर चन्दको संरक्षकत्वमा सञ्चालन भईरहेको प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १११ ट्रफी र प्रमाणपत्र र द्वितीय पुरस्कार ५५ हजार ५५५ रुपैंया, ट्रफी र प्रमाणपत्र राखिएको आयोजक निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसि)का अध्यक्ष महेश सिंह भण्डारीले बताए । उक्त फाईनल खेलसंगै समापन समारोह विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारका साथमा सांस्कृतिक कार्यक्रमका साथ हुने बताईएको छ । कात्तिक ८ ग
भृकुटीमण्डपमा नेकपाको चियापान कार्यक्रम

भृकुटीमण्डपमा नेकपाको चियापान कार्यक्रम

मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपाले दसैं तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ। शनिबार राजधानीको भृकुटीमण्डपमा भएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरूलाई स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहालले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको बताए। चियापान समारोहमा नेताहरू माधव कुमार नेपाल, बामदेव गौतम, सुवास नेम्वाङ्ग, पम्फा भुसाल, राम बहादुर थापा वादल लगातको उपस्थिति थियो । नेकपाले चिया, कचौरी, निमकी,केरा लगायत परिकार चियापानमा राखेको छ। चियापान समारोहमा नेता कार्यकर्तादेखि सर्वसाधारणको उपस्थिति छ।
जीप दुर्घटनामा परी डीआईजी सुशील भण्डारीसहित तीन जनाको मृत्यु

जीप दुर्घटनामा परी डीआईजी सुशील भण्डारीसहित तीन जनाको मृत्यु

मुख्य समाचार
काभ्रे । जिल्लाकाे मण्डनदेउपुर नगरपालिकामा भएको जीप दुर्घटनामा गम्भीर घाइते नेपाल प्रहरीका डीआईजी सुशील भण्डारीको मृत्यु गएको छ । भण्डारीको धुलिखेल समुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसहित दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । यसअघि दुर्घटनामा रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको मृत्यु भएको थियो । दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेको धुलिखेलमा उपचार भइरहेको छ । बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो ।
पाटन स्टार बन्यो भलिबल बिजेता

पाटन स्टार बन्यो भलिबल बिजेता

खेलकुद, मुख्य समाचार
बैतडी । पाटन स्टार युवा समाजले आयोजना गरेको खुल्ला पुरुष भलिवल प्रतियोगितामा पाटन स्टार-I बिजेता बनेको छ । शनिबार पाटनमा सम्पन्न भलिबल प्रतियोगितामा पाटन स्टार-I प्रथम, निंलाशैनी युवा क्लब द्वितीय र पाटन स्टार-II तृतीय भएका छन् । भलिबल प्रतियोगितामा प्रथम हुने टीमले बोका, द्वितीय हुने टीमलाई कुखुराको भाले तथा तृतीय हुने टीमलाई ब्रोएलर कुखुरा प्रदान गरिएको पंकज भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सभ्य र भब्य रुपमा सफल बनाउन सहयोग गरेकोमा सबै खेलाडी तथा दर्शकहरुलाई समाजका अध्यक्ष मुकेश ऐरले धन्यवाद दिनुभयो । पाटन स्टार युवा समाजले प्रतियोगिताको आयोजना गरेर खेलकुदको बिकासमा सहयोग पुगेको समारोहका प्रमुख अतिथि जिल्ला समुन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताउनुभयो । हिन्दू नेपालीहरुको महान चाड बिजया दशमीको अवसर पारेर शुभकामना आदान प्रदानका लागि प्रत
दशै: बाली, भेटघाट र कृतज्ञताको पर्व !

दशै: बाली, भेटघाट र कृतज्ञताको पर्व !

अन्तर्वार्ता-विचार, मुख्य समाचार
नेपालमा मनाइने विभिन्न चाँडपर्वहरु मध्ये दशैँपर्व सबैभन्दा स्वीकार्य र बहुमत नेपालीहरुले मनाउने पर्व हो। नेपाली सेनाले फूलपातीको दिन गर्ने हर्ष बढाईले राज्य एकिकरण समयपछि यो पर्व जनस्तरमा झाँगिदै गएको र सरकारले पछिल्ला समयहरुमा कमै महत्व नदिए पनि जनस्तरमा यो पर्वको महत्व घटेको छैन। दशैं पर्वमा खासगरी शक्तिको पूजा गर्ने, बाली भित्र्याउन पाएकोमा खुसीको उत्सव मनाउने, बाली भित्र्याउनमा अदृश्य दृश्य देवताहरुले निभाएको भूमिका प्रतिको कृतज्ञता, पूर्वजहरुको मार्गदर्शनको स्मरण, पारिवारिक भेटघाट, आगामी दिनहरुपनि यस्तै खुसीकासाथ वित्दै जाँउन भन्ने अग्रजहरुको आशीर्वाद पाउनका लागि, रमाइलो खानपानको गर्न मनाइने गरिन्थ्यो भने कालान्तरमा पछि अहंमताको शमन गर्न प्रेरणा दिने, असत्य माथि सत्यको विजय, अन्याय विरुद्ध न्यायको विजय, रावणमाथी रामको विजयका रुपमा समेत मानिदै आएको छ। हिन्दु धार्मिक स्रोतहरुमा नवद
बैतडीको पाटनमा किशोरीलाई आत्मरक्षा तालिम दिईदै

बैतडीको पाटनमा किशोरीलाई आत्मरक्षा तालिम दिईदै

मुख्य समाचार
पाटन । बैतडीको पाटनमा किशोरीहरुलागि आत्मरक्षा तालिम संचालन भएको छ । महिलामाथि बलात्कार जस्ता जघन्य अपराधका घटना बढ्दै गएपछि मंगलबार देखि किशोरीहरुका लागि आत्मरक्षा तालिम संचालन गरिएको हो । राष्ट्रिय खेलकुद परिषदको आयोजना र जिल्ला खेलकुद विकास समितिको समन्वयमा आयोजना गरीएको कार्यक्रममा तीन सय किशोरीहरुको सहभागिता रहेको छ । महिलालाई आत्मविश्वासी बनाउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने किशारीको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति बैतडीका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो । तीन दिन सम्म चल्ने आत्मरक्षा सम्बन्धी तालिमले उनीहरुलाई आत्म रक्षाका लागि सक्षम बनाउनुका साथै आत्मविश्वासी पनि बनाउने कुरोदय मार्सलआर्ट एशोसिएसनका महासचिव एवम प्रमुख प्रशिक्षक सुरेन्द्र सिँह बिष्टले बताउनुभयो । 'महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा म
सुरू भयो बडादशैं; आज घटस्थापना जमरा राखेर मनाईदै

सुरू भयो बडादशैं; आज घटस्थापना जमरा राखेर मनाईदै

मुख्य समाचार
काठमाडौँ । आज घटस्थापना, अर्थात दशैंको पहिलो दिन  । नेपालीको घरघरमा जमरा राखेर मनाईदैछ । विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो । प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदादेखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा भित्राएसँगै सुरु हुने गर्छ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ। घर शुद्ध भएपछि मात्र देवीको आगमन हुने मान्यतासंगै आज बिहानैबाट नुहाएर घरहसफा गरेर गाईको गोबरले लिपपोत गरि शुद्ध बनाएर सजाउने गरिन्छ। यो प्रक्रिया पश्चात नवरात्रि शुरु भएको मानिन्छ । घटस्थापनाको दिन बिशेष बिधि संगै जौ, गहु र मकैलाइ माटोमा छरिन्छ र टिकाको साइतमा फूलको रूपमा प्रयोग गरिन्छ ।
प्रहरी जवानलाई किन बर्खास्त गरेको भन्दै एसएसपी र एसपीका नाममा कारण देखाऊ आदेश!

प्रहरी जवानलाई किन बर्खास्त गरेको भन्दै एसएसपी र एसपीका नाममा कारण देखाऊ आदेश!

मुख्य समाचार
बैतडी । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सुझाव पठाए पछि जागिरबाट निकालिएका प्रहरी जवान दीपेन्द्र चन्दले अदालतमा मुद्दा दर्ता गरेका छन् । आइजिपीलाई पत्र पठाएपछि डीएसपी वीर बहादुर बुढा मगर को हातबाट कुटाइ खाएका र पछि कुटाइ खाए भनी मिडियामा समाचार प्रकाशित गराउँदा यस्तो समाचार प्रकाशित गरि सङ्गठनको बदनाम गराएको भनी नोकरीबाट हटाइएका प्रहरी जवान चन्दले उच्च अदालत दिपायलमा रिट दिएका हुन् । जागिरबाट हटाउने निर्णय बदर गरि पुनर्बहाली गर्न परमादेश जारी गरि पाउ भनी चन्दले रिट दिएका हुन । रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश नसरुल्लाह अन्सारीको एकल इजलासले आदेश विपक्षी जिप्रका कैलालीका एसपी बिनोद घिमिरे र सङ्घीय प्रहरी  इकाई कार्यालय कैलालीका एसएसपी हरिराज वाग्लेलाई १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भनिएको छ ।
धनगढीका मेयर वडलाई कारवाही गर्न माग गर्दै सांसदले दिए उजुरी

धनगढीका मेयर वडलाई कारवाही गर्न माग गर्दै सांसदले दिए उजुरी

मुख्य समाचार
कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई कारवाहीका लागि प्रदेश सांसदले उजुरी दिएका छन । प्रदेश ७ का २० जना सांसदहरुले विहिवार जिल्ला प्रशासन कार्यालय कैलालीमा वडलाई कारवाही गर्न माग गर्दै सयुक्त रुपमा उजुरी दिएका हुन । धनगढीबाट राजधानी सारिए सांसद भवनमा आगो लगाउने, सांसदले २४ घण्टाभित्र धनगढी छोडनुपर्ने  र सांसदलाई नै जलाउने विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रदेश ७ को राजधानी ‘गोदावरी’ बनाउन लागिएको भन्दै बुधवार भएको प्रदर्शनमा वडले दिएको अभिव्यक्तिपछि सांसदहरुले आफुहरुको ज्यान जोखिममा परेको, अप्रिय घटना हुनसक्ने, शान्तिसुरक्षामा खलल पुग्ने भएकाले वडलाई तत्काल पक्राउ गरि कारवाही प्रक्रिया अगाढी बढाउन भन्दै माग गरेका छन । मेयर वडको अभिव्यक्तिको सर्वत्र आलोचना भईरहेको छ भने उनले विहिवार विज्ञप्ति मार्फत माफी समेत मागिसकेका छन ।