मुख्य समाचार

एकीकृत घुम्ती शिविरमा सेवाग्राहीको घुइचो

एकीकृत घुम्ती शिविरमा सेवाग्राहीको घुइचो

मुख्य समाचार
भगीरथ अवस्थी बैतडी, फाल्गुन २३, सरकारी कार्यालयले प्रदान गर्ने सेवाहरुलाई नागरिककै घरदैलो पुर्याउने उद्देश्यका साथ हिजोदेखि बैतडीमा हाटमा संचालन भएको एकीकृत घुम्ती शिविरमा आज पनि सेवाग्राहीको घुइचो लागेको छ । शिविरमा जिल्ला प्रशासन,जिल्ला कृषि विकास कार्यालय, जिल्ला स्वासथ्य कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला आयुर्वेदिक अस्पताल लगायतका सरकारी कार्यालयका सेवा प्रदान गरेका छन् ।सेवाग्राहीहरुलाई सजिलो होस भनेर शिविरमा आजदेखि गाविस छुट्याएर सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो । शिविरको आज दोस्रो दिनमा २५० जनाले नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका छन् भने ३८ जनाले अपांगता परिचयपत्र प्राप्त गरेका छन् । यस्तै २१५ जनाले आयुर्वेद औषधालयबाट सेवा लिएका छन् भने १५० जनाले फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । शिविरमा जिल्ला कृषि
बैतडीका शिव मन्दिरहरु सजिसजाउ तथा झकिझकाउ बन्दै

बैतडीका शिव मन्दिरहरु सजिसजाउ तथा झकिझकाउ बन्दै

मुख्य समाचार
लक्ष्मी विजले बैतडी, फाल्गुन २३, शिवरात्री नजिकिंदै गर्दा बैतडीका शिव मन्दिरहरु सजिसजाउ तथा झकिझकाउ बन्दै गएका छन् । सोमवार परेको हिन्दूहरुको महान पर्व शिवरात्रीको अवसरमा जिल्लाका विभिन्न स्थानमा मेला लाग्दैछ । यसक्रममा सबैजसो तीर्थस्थलहरुमा मेलाको तयारी गरिएको छ । शिवरात्रीको अवसरमा बैतडीका धार्मिक स्थलहरु ईश्वरी गंगाधाम, देवलहाट, स्वर्गेनीपिपल,  पातालभूमेश्वर, गोकुलेश्वर लगायतका स्थानमा शिवरात्रिको चहलपहल सुरु भएको छ । बैतडीको पाटन नगरपालीका ७ खोल्सी स्थित पातालभूमेश्वर धाममा वृहत मेलाको तयारी गरिएको छ । मेलालाई लक्ष्यित गर्दै पातालभूमेश्वर धाम वरपरको सरसफाइदेखि मन्दिर प्रवेशद्वार लगायत कार्य तिव्र पारिएको छ । महाशिवरात्री पर्वमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरेर पातालभूमेश्वर धाम क्षेत्रमा सुरक्षा व्यवस्था कडा वनाईने वताईएको छ । मेलालाई भव्य र सभ्य वनाउन मेला अवधिभर
डडेल्धुराको मणिलेकमा शनिबार साँझ जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १ घाइते

डडेल्धुराको मणिलेकमा शनिबार साँझ जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १ घाइते

मुख्य समाचार
धुर्ब बिष्ट डडेल्धुरा, फाल्गुन २२, डडेल्धुराको मणिलेक गाबिसको वडा नं १ बडममा शनिबार साँझ जीप दुर्घटना दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । भने १ जना घाइते भएका छन । मणिलेक गाबिस बाट डडेल्धुरा तर्फ आउँदै गरेको से १ ज ७०६ नम्बरको जीप दुर्घटना हुँदा मणिलेक– २ का छबि लाल अबस्थी, मणिलेक–१ का खडक राम अबस्थी र गाडी चालक शेरु भुलको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक बिपिन कर्माचार्यले बताउनु भएको छ । घाइते गाडी धनि गणेश अवस्थीलाई उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सडक साँघुरो भएका कारण दुर्घटना भएको बताइएको छ । जीप सडकबाट  तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
युवकको हत्यामा संलग्न दुई जना कारागार

युवकको हत्यामा संलग्न दुई जना कारागार

मुख्य समाचार
लोकेश साउद बैतडी, फागुन २२, दुईजना युवती मिलेर एक युवकको हत्यामा संलग्नलाई पुरपक्षका लागि कारागार चलान गरिएको छ । बैतडीको शिवलिङ गाबिस वडा नं. ६ का २२ बर्षिया गणेश ऐरको हत्यामा संलग्न २० बर्षिया हरमती बोहरा र दिपक बोहरालाई जिल्ला अदालत बैतडीले पुरपक्षका लागि कारागार पठाएको हो । जिल्ला कारागार बैतडीमा महिलाको लागि ठाउँ नभएपछि हरमतीलाई डडेल्धुरा कारागार पठाइएको प्रहरी नायव उपरिक्षक मोहन पोखरेलले बताउनुभयो । हत्यामा प्रत्यक्ष संलग्न अर्की २० बर्षिया लक्ष्मी बोहराले अत्महत्या गरिसकेकी छन् । एक महिना लामो अनुसन्धानपछि प्रहरीले उक्र रहस्यमय हत्याकाण्डको अनुसन्धानमा सफलता पाएको हो । गत माघ १३ गते राती भएको उक्त हत्यामा हरमती बोहरा र लक्ष्मी बोहरा प्रत्यक्ष संलग्न रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक कृष्ण साउदले बताउनुभयो । १३ गते राती लक्ष्मीको घरको एउटा कोठामा मृतक ऐर र दुबै ज
बेलौरीमा लैंगिक उत्तरदायीपूर्ण बजेट विनियोजन गरिने

बेलौरीमा लैंगिक उत्तरदायीपूर्ण बजेट विनियोजन गरिने

मुख्य समाचार
हरिश चन्द्र बाग कन्चनपुर, फाल्गुन २१ बेलौरी नगरपालिकामा लैंगिक उत्तरदायीपूर्ण बजेट विनियोजन गरिने भएको छ । “स्थानीय निकायमा लैंगिक उत्तरदायी तथा सामाजिक समावेशी बजेट परिक्षण” सम्बन्धी २ दिने अभिमुखिकरण गोष्ठीे कार्यक्रममा सहभागिहरुले स्थानीय निकायमा लैंगिक उत्तरदायी बजेट विनियोजनका लागि आ–आफ्नो प्रतिबद्दता जाहेर गर्नु भएको छ । बिहिबार देखि बेलौरीमा सञ्चालन गरिएको २ दिने अभिमुखिकरण गोष्ठीे आज सम्पन्न भएको छ । कार्यक्रममा नेपालको संविधान लगायत यसअघिका संविधानहरूले व्यवस्था गरेका समानताको हक, लैङ्गिक समानता प्रति नेपाल सरकारको प्रतिबद्धता, विस्तृत शान्ति सम्झौता पछि विकास भएको समावेशी विकासको अवधारणा, द्वन्द्वपछि समावेशी विकासले पाएको प्राथमिकता र वैदेशिक सहायताको प्रभावकारिताको कार्यसूचीका बारेमा प्रकाश पारिएको थियो । बेलौरी नगरपालिका कार्यालयको आयोजनामा नगरपालिकाको सभाकक्षमा सञ्चालित उ
१०६ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा उच्च मा वि स्तरीय निबन्ध प्रतियोगिता हुँदै

१०६ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा उच्च मा वि स्तरीय निबन्ध प्रतियोगिता हुँदै

मुख्य समाचार
भगिरथ अवस्थी बैतडी, फाल्गुन २१, १०६ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आज बैतडीमा उच्च माविस्तरीय निबन्ध प्रतियोगिता संचालन हुँदै छ । नेपालको संविधान र महिला अधिकार बिषयक निबन्ध प्रतियोगिता बिहान ११ बजेदेखि जिल्ला शिक्षा कार्यालयमा संचालन हुने महिला तथा बालबालिका कार्यालयका पाटन बैतडीका सूचना अधिकृत बिष्ना भण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा इच्छुक उच्च माविबाट एक एक जना छात्र र छात्रा सहभागि गराउनका लागि उहाँले आग्रह समेत गर्नुभएको छ । निबन्ध प्रतियोगितामा प्रथम हुनेलाई ३ हजार, द्वितीय हुनेलाई २ हजार र तृतीय हुनेलाई १ हजार नगद पुरस्कार दिइनेछ । यो बर्षको अन्तरष्ट्रिय महिला दिवसको अन्तरराष्ट्रिय नारा लैगिंक समानताका लागि पाइला हाराहारी ः सन् २०३० सम्म हिस्सा बराबरी रहेको छ भने राष्ट्रिय नारा संविधानलाई व्यवहारमा उतारौं ः महिला अधिकार सुनिश्चित गरौं रहेको छ । दिवसको अवसरमा मार्
सुदूरपश्चिमका पहाडी जिल्लामा ६ महिना देखि अत्यावश्यक औषधि आपूर्ति ठप्प

सुदूरपश्चिमका पहाडी जिल्लामा ६ महिना देखि अत्यावश्यक औषधि आपूर्ति ठप्प

मुख्य समाचार, स्वास्थ्य
धुर्ब बिष्ट डडेल्धुरा, फाल्गुन २१, डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा ६ महिना देखि अत्यावश्यक औषधि आपूर्ति ठप्प छ । टेन्डर मार्फत औषधि खरिद गर्ने प्रक्रिया झन्झटिलो भएको र नाकाबन्दीमा औषधि उत्पादन कम्पनीले समयमै आपूर्ति नगर्दा ठप्प भएको हो । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा अनिवार्य हुनु पर्ने सिटामोल, क्लोफन्टामाइन, एमक्लोर, डाइजिन, एन्टिबायोटिक, आइरन चक्की, जिंक, अक्सिटोसिन, डाइजिन जस्ता औषधि सकिएको ६ महिना भन्दा बढी भएको छ । मष्टमाण्डौं स्वास्थ्य चौकीका प्रमुख कबिन्द्र बिष्टका अनुसार ३५ प्रकारका औषधि हुनु पर्नेमा कुनै पनि औषधि स्वास्थ्य चौकीमा पुग्न नसकेको बताइएको छ । औषधि खरिदको कार्यादेश नै ढिलो आएकाले समस्या भएको उहाँले बताउनु भयो । यस्तै उता डोटीको दुर्गम मन्नाकापडी स्वास्थ्य चौकीका प्रमुख योगेन्द्र शाहीले तेल र नाकाबन्दीका कारण औषधि आपूर्ति हुन नसकेको जवाफ आउने गर
इन्धन अभावका कारण विकास निर्माण कार्य ठप्प

इन्धन अभावका कारण विकास निर्माण कार्य ठप्प

मुख्य समाचार
बैतडी, फाल्गुन २०, नेपाल सरकारले भारतद्धारा गरीएको अघोषित नाकाबन्दी हटाईएको घोषणा गरेतापनि बैतडीमा इन्धनको ठुलो अभाब देखिएको छ । बैतडीका विकास निर्माणका कार्य इन्धन अभावका कारण ठप्प भएका छन् । यो समस्या बैतडीको मात्र नभई देशभरीकै ठूलो समस्याको रुपमा देखा परेको छ । देशकै सबैभन्दा ठूलो पञ्चेश्वर बहुउद्देशीय परियोजना जोड्ने पाटन पञ्चेश्वर सडक खण्ड इन्धन अभावका कारण प्रभाबित भएको डिभिजन सडक कार्यालय नं. ३ पाटनका इञ्जिनियर नितेश आचार्यले सीधारेखा संगको कुराकानीमा बताउनु भएको छ । त्यस्तै जिल्ला भरीका सबै विकास निमार्णका योजनाहरु ठप्प भएको र आफ्नो ब्यवसायमा ठूलो संकट परेको, इन्धन संकट एक महिना सम्म रही रह्यो भने तोकिएको समयमा काम पुरा गर्न नसकिने र निर्माण ब्यबसायीहरु धारासायी हुने एस. के. निर्माण सेवाका सञ्चालक मदन मोहन बिष्टले सीधारेखा संगको कुराकानीमा बताउनु भएको छ । दुई हप्ता सम्म पर
दार्चुलाको लटिनाथ गाविस ३२ औ खुलादिशामुक्त घोषणा

दार्चुलाको लटिनाथ गाविस ३२ औ खुलादिशामुक्त घोषणा

मुख्य समाचार
इन्द्रसरा खड्का दार्चुला, फाल्गुन २०, दार्चुलाको लटिनाथ गाविसलाइ खुल्ला दिशा मुक्त घोषणा भएकोे छ । आज एक भव्य समारोहका बीच जिल्लाको ३२ औ गाविसको रुपमा खुलादिशा मुक्त घोषणा भएकोे हो । गाविसमा रहेका जम्मा ८ सय ७५ घरधुरी तथा सस्थागत ४६ गरी जम्मा ९ सय २९ सौचालय निर्माण भइ प्रयोगमा आइ सके पछि आज एक कार्यक्रमका बीच खुल्ला दिशामुक्त गाविस घोषणा गरीएकोे हो । लटिनाथ उमाविको प्रागणमा भएको कार्यक्रममा भिवाससिसिका उपाध्यक्ष अगबर बहादुर सिहको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलको प्रमुख आथिथ्यतामा खुल्ला दिशामुक्त गाविस भएको हो । खुल्ला दिशा मुक्त घोषणा कार्यक्रममा सम्पूर्ण गाविसबासीहरुले खुलारुपमा दिशा पिसाब नगर्न प्रतिबद्धता जनाएका छन । साथै कार्यक्रममा विभिन्न सास्कृतिक झाँकी, जनचेतना मुलक नाटक, आमा समुहबाट देउडा प्रतियोगिता, छलिया लगायतका समेत प्रस्तुत गरीएका थिए । उक्त
आजदेखि मतदाता नामावली संकलन कार्य सुरु

आजदेखि मतदाता नामावली संकलन कार्य सुरु

मुख्य समाचार
बिनोद सिंह बिष्ट बैतडी, फागुन २०, जिल्ला निर्वाचन कार्यालय बैतडीले फोटो सहितको मतदाता नामावली संकलन तथा दर्ता गर्ने कार्यक्रम २०७२ आजदेखि सुरु गर्ने भएको छ । यस अघि नामावली दर्ता गराएका तर नामावलीमा त्रुटी देखिएका, विदेशमा बसोवास गरिरहेका, बसाईसराई, मृत्यु, आदी कारणले अद्यावधिक गर्नु पर्ने र नया नागरिकता लिएका मानिसहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने उद्देश्यले उक्त कार्य गरिन लागेको जिल्ला निर्वाचन कार्यालय बैतडीका जिल्ला निर्वाचन अधिकारी बिर बहादुर शाहीले बताउनुभयो । जिल्लाका विभिन्न तिन स्थानवाट मतदाता नामावली संकलन तथा दर्ता कार्य गरिनेछ उहाले भन्नुभयो “बिहीवार ग्वाल्लेक, हटैराज र बासुलिङ्ग गाविसमा कार्यक्रम सुरु हुने छ” । चैत्र २० गतेसम्म सञ्चालन हुने कार्यक्रम प्रत्येक दर्ताकेन्द्रमा २ दिनसम्म मतदाता नामावली संकलन तथा दर्ता कार्य गरिने निर्वाचन कार्यालयले जनाएको छ