मुख्य समाचार

डडेल्धुरा जिल्ला परिषद आज

डडेल्धुरा जिल्ला परिषद आज

मुख्य समाचार
धुर्ब बिष्ट डडेल्धुरा, फाल्गुन २८, आगामी आर्थिक वर्ष २०७३/०७४ मा डडेल्धुरामा संञ्चालन गरिने नीति कार्यक्रम तथा बजेटको आज सार्वजनिकिकरण गरिदै छ । जिल्ला विकास समितीको कार्यालयमा गणतन्त्र नेपाल पश्चातको नवौं जिल्ला परिषदको बजेट नीति तथा कार्यक्रमको आज सार्वजनिकिकरण गरिन लागिएको हो । उक्त परिषदको उदघाटन अर्थराज्य मन्त्री दामोदर भण्डारीले गर्नु भएको छ । विभिन्न १३ चरण पार गर्दै अन्तिम १४ औँ चरण अन्तर्गत जिल्ला परिषद समारोहको आयोजना गरी बजेट, नीति तथा कार्यक्रमको सार्वजनिकिकरण गरिन लागिएको जिल्ला विकास समिती डडेल्धुराले जनाएको छ ।
गर्मियाम सुरु भए संगै बैतडीका बिभिन्न ठाउँमा खानेपानीको समस्या

गर्मियाम सुरु भए संगै बैतडीका बिभिन्न ठाउँमा खानेपानीको समस्या

मुख्य समाचार
इन्द्रसरा खड्का बैतडी, फाल्गुन २८, गर्मियाम सुरु भए संगै बैतडीका बिभिन्न ठाउँमा खानेपानीको समस्या भएको छ । जिल्ला अस्पताल बैतडीमा पानीको धेरै समस्या भएको जिल्ला स्वास्थ्य कार्यलय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले बताउनु भएको छ । पानी नहुदा अस्पतालमा आउने बिरामीलाई समस्या भएको छ । खानेपानी नभएपछी बिरामीहरु र स्वास्थकर्मीहरुको लागि जुलाघाट बाट टयान्करमा पानी ल्याएर खुवाउनु पर्ने बाध्यता भएको डाक्टर अवस्थीले बताउनु भयो । पानी नपरेरै गर्मियाम सुरु भएसंगै भएका पानीका मुहान सुक्दै जान थालेपछी खानेपानीको समस्या भएको उहाले बताउनु भयो । खानेपानी नभएपछी सदरमुकाममा बासेबास गर्ने ब्यापारी र कर्मचारीलाई पनि समस्या भएको उनीहरुले गुनासो गरेका छन् । खानेपानीको मुहान सुक्दा गाडीमा जुलाघाटबाट पानी बोकेर खानु परेको ब्यापारीहरुले बताएका छन् । खानेपानीको समस्या हुदा डेरा गरेर बस्ने बिद्यार्थिहरुल
‘गाँउमै सरकार आए जस्तो भयो’

‘गाँउमै सरकार आए जस्तो भयो’

मुख्य समाचार
गाँउमै सरकारी सेवा बिरा गडाल बैतडी, फाल्गुन २७,  हाट–६ की हिरा भण्डारीले भनिन । जिल्लास्थित सरकारी अड्डामा बस्ने हाकिम सापहरुले गाँउमै आएर नेपाली नागरीकता बाडेको देख्दा आफनो गाँउ पनि शहर भएझै लाग्यो । सदरमुकामबाट १९ कोष टाढा रहेको जिल्लाको उत्तरपुर्वी पुरचौडीहाट गाविसमा नत सडक पुगेको छ नत अन्य सेवा सुविधा नै उपलब्ध छ । जिल्लाका एक दर्जन गाविसको केन्द्रविन्दुको रुपमा रहेको यो ठाँउलाई माओवादी दृन्द्धले झनै पछाडी धकलेको छ । यहाँका स्थानियबासी केही बर्षदेखी सरकारी सेवा सुविधा गाँउमै उपलब्ध गराउन आएका छन । गत विगत बर्षदेखी ईलाका स्तरिय कार्यालयको माग राख्दै आएपनि सुनुवाई नहुदाँ निरास छन । सरकारी सेवा लिन सदरमुकाम जान दुई दिन लाग्छ । दृन्द्धकालमा बिस्थापित केही कार्यालय अझै स्थापित हुन नसकेको स्थानिय विरेन्द्र धानुकले बताए । एकिकृत घुम्ति शिविर मार्फत फागुन २२ गतेदेखी २६ गतेसम्म सरकारी
सिद्धेश्वर गाविसलाई जिल्लाको पहिलो बालमैत्री गाविस घोषणाका लागि पहल

सिद्धेश्वर गाविसलाई जिल्लाको पहिलो बालमैत्री गाविस घोषणाका लागि पहल

मुख्य समाचार
भगीरथ अबस्थी बैतडी, फाल्गुन २७, बैतडीको सिद्धेश्वर गाविसलाई चालु आर्थिक बर्षको अन्त्यतिर बालमैत्री घोषणाका लागि पहल भइरहेको छ । बालमैत्री गाविस घोषणाका लागि बालमैत्री स्थानीय शासन कार्यविधि अनुसार सूचक पूरुा गर्ने काम भइरहेको गाविसस्तरीय बालमैत्री स्थानीय शासन परिचालन समन्वय समितिका सदस्य मदन महराले जानकारी दिनुभयो । बालमैत्री स्थानीय शासनका मुख्य चार सिद्धान्त बालबचाउ, बालविकास, बालसहभागिता र बालसंरक्षणका सूचकहरु पूरा गर्नका लागि गाविसमा विभिन्न सचेतनामूलक कार्यक्रम संचालन भइरहेका उहाँले बताउनुभयो । बालमैत्री गाविस घोषणाका लागि पूरा गर्नुपर्ने ३९ सूचक मध्ये २५ जति पूरा भइसकेका महराले बताउनुभयो । यसका साथै अन्य सूचकहरुका लागि पनि तथ्यांक संकलनको काम भइरहेको उहाँले बताउनुभयो । सिद्धेश्वर गाविसलाई जिल्लाको पहिलो बालमैत्री गाविस घोषणाका लागि युनिसेफले पनि सहयोग गरिरहेको छ ।
एकीकृत घुम्ती शिविर सम्पन्न

एकीकृत घुम्ती शिविर सम्पन्न

मुख्य समाचार
भगीरथ अबस्थी बैतडी, फाल्गुन २६, बैतडीको हाटमा गएको शनिबारदेखि संचालनमा आएको एकीकृत घुम्ती शिविर आज सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा संचालन भएको शिविरमा विभिन्न सरकारी कार्यालयहरुले सेवा प्रदान गरेका थिए । शिविरमा ६ दिन सम्म १ हजार १०२ जनालाई नेपाली नागरिकताको प्रमाण पत्र वितरण गरिएको छ भने ८९ जनाले अपांगता परिचयपत्र लिएका छन् । शिविरमा ६२३ जनाले आयुर्वेद औषधालयबाट सेवा लिएका छन् भने ३५० जनाले कृषि विकास कार्यालयबाट सेवा लिएका छन् । ८६० जनाले फोटो सहितको मतदाता नामावली नामदर्ता गराएका छन् भने १८० जनाले पशुसेवा कार्यालयबाट सेवा लिएका छन् । यस्तै नेपाली प्रहरीले शिविरमा १०१ जनालाई मनोसामाजिक परामर्श दिएको दिएको छ भने १३० जनाले समान्य स्वास्थ्य परिक्षण गराएका छन् । शिविर अन्तर्गत १२ जना किसानको बाली परीक्षण गरिएको छ भने ४५ जनाको माटो परीक्षण गरिएको सहायक प्रमुख जिल्ला अध
सार्वजनिक सुनुवाईको आयोजना हुँदै

सार्वजनिक सुनुवाईको आयोजना हुँदै

मुख्य समाचार
इन्द्रसरा खड्का बैतडी, फाल्गुन २६, बैतडीको हाटमा आज सार्वजनिक सुनुवाईको आयोजना हुँदैछ । जिल्ला प्रशासन कार्यालयको संयोजन तथा जिल्ला विकास समितिको आयोजनामा हुने सार्वजनिक सुनुवाई कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो । सरकारी कार्यालयले प्रदान गर्ने सेवाहरुलाई अझै प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन तथा नागरिकका गुनासा सुन्नका लागि सार्वजनिक सुनुवाईको आयोजना गरिएको उहाँले बताउनुभयो । यसैबीच गएको शनिबारदेखि हाटमा संचालनमा रहेको एकीकृत घुम्ती शिविर आज सम्पन्न हुँदैछ । शिविरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला स्वासथ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला आर्युर्वेद औषधालय लगायतका सरकारी कार्यालयहरुले सेवा प्रदान गरिरहेका छन् । शिविरको अन्तिम दिन आज पनि दिउँसो १
१०६ औं अन्तरराष्ट्रिय महिला दिवस बैतडीमा विविध कार्यक्रमको आयोजना गरि मनाइयो

१०६ औं अन्तरराष्ट्रिय महिला दिवस बैतडीमा विविध कार्यक्रमको आयोजना गरि मनाइयो

मुख्य समाचार
भगीरथ अवस्थी बैतडी, फाल्गुन २५, १०६ औं अन्तरराष्ट्रिय महिला दिवस बैतडीमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । लैंगिक समानताका लागि पाईला हाराहारी, सन् २०३० सम्म हिस्सा बराबरी, संविधानलाई कार्यान्वयनमा उतारौं ः महिला अधिकार सुनिश्चित गरौं  भन्ने नाराका साथ दिवस मनाइएको हो । दिवसका अवसरमा महिला तथा बालबालिका कार्यालयले हाट गाविसमा डेउडा प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा ६ ओटा महिला समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा लटिनाथ महिला समूह हाट २ प्रथम, नवादुर्गा महिला समूह कुवाकोट ८ द्वितीय र महिला संजाल कोटिला तृतीय भएका छन् । अन्य तीन महिला समूहले सान्तवान स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद ६ हजार, द्वितीयलाई नगद ४ हजार, तृतीयलाई नगद ३ हजार र सान्त्वना हुनेलाई नगद दुई हजारका दरले पुरस्कार वितरण गरिएको महिला तथा बालबालिका कार्यालय पाटन बैतडीका
अपि हिमाल रोजीन एण्ड टरपेन्टाइन कम्पनीमा आगलागी

अपि हिमाल रोजीन एण्ड टरपेन्टाइन कम्पनीमा आगलागी

मुख्य समाचार
इन्द्रसरा खड्का बैतडी, फाल्गुन २४, बैतडीको पाटन नगरपालिका वडा नं १२ बेडौतीमा रहेको अपि हिमाल रोजीन एण्ड टरपेन्टाइन कम्पनीमा आगलागी भएको छ । आगलागीका कारण कम्पनी रहेको १४ हजार लिटर टरपेन्टाइन तेल, ३ हजार ५ सय टीन खोटो ५,००० किलो रोजीन र १२ ट्रक दाउरा जलेर नष्ट भएको छ । यस्ता किसिमका फ्याक्टरिहरु बस्ती नजिक हुनाले यसको असर बस्तीमा पनि पर्न गएको छ र यस्ता फ्याक्टरिहरु बस्तीबाट टाढा राख्नु पर्ने बैतडीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले सीधारेखा संगको कुराकानीमा बताउनु भएको छ । आगलागीका कारण कम्पनी खण्डहरमा परिणत भएको छ । आगलागीका कारण करीब ४८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक मोहन प्रसाद पोखरेलले बताउनुभयो । दशरथचन्द नगरपालिकाको दमकल र अमरगढी नगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण बिजुलीका पोल ढलेका र तारहरु
डडेल्धुरामा महाशिवरात्रि महोत्सवको आयोजना गरि महाशिवरात्रि मनाईदै

डडेल्धुरामा महाशिवरात्रि महोत्सवको आयोजना गरि महाशिवरात्रि मनाईदै

मुख्य समाचार
धुर्ब बिष्ट डडेल्धुरा, फाल्गुन २४, आज महाशिवरात्री पर्व । आराध्यदेव भगवान शिवको पूजा आराधना गरी डडेल्धुरा लगायत सुदूरपश्चिममा पनि यो पर्व मनाईंदैछ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामाकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । आराध्यदेव भगवान शिवको पूजाअर्चनाका लागि डडेल्धुरा सदरमुकाममा रहेको शिवालय, स्याउले बजार नजिकै रहेको शिवालाय लगायत अन्य शिव मन्दिरहरुमा समेत श्रद्धालुहरुको घुँइचो लागेको छ । महाशिवरात्री पर्वको अवसरमा सदरमुकाम लगायत अन्य ठाँउहरुमा मेला लाग्ने गरेको छ । बिहानै स्नान गरी यतिखेर विभिन्न देव
एकीकृत घुम्ती शिविरमा सेवाग्राहीको घुइचो

एकीकृत घुम्ती शिविरमा सेवाग्राहीको घुइचो

मुख्य समाचार
भगीरथ अवस्थी बैतडी, फाल्गुन २३, सरकारी कार्यालयले प्रदान गर्ने सेवाहरुलाई नागरिककै घरदैलो पुर्याउने उद्देश्यका साथ हिजोदेखि बैतडीमा हाटमा संचालन भएको एकीकृत घुम्ती शिविरमा आज पनि सेवाग्राहीको घुइचो लागेको छ । शिविरमा जिल्ला प्रशासन,जिल्ला कृषि विकास कार्यालय, जिल्ला स्वासथ्य कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला आयुर्वेदिक अस्पताल लगायतका सरकारी कार्यालयका सेवा प्रदान गरेका छन् ।सेवाग्राहीहरुलाई सजिलो होस भनेर शिविरमा आजदेखि गाविस छुट्याएर सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो । शिविरको आज दोस्रो दिनमा २५० जनाले नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका छन् भने ३८ जनाले अपांगता परिचयपत्र प्राप्त गरेका छन् । यस्तै २१५ जनाले आयुर्वेद औषधालयबाट सेवा लिएका छन् भने १५० जनाले फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । शिविरमा जिल्ला कृषि
error: Content is protected !!