मुख्य समाचार

नगरबासी भन्छन् खै सार्वजनिक सुनुवाई

नगरबासी भन्छन् खै सार्वजनिक सुनुवाई

मुख्य समाचार
नगरपालिका भन्छ गरिसकियो, राजनीतिक दलका प्रतिनिधिद्वारा कार्यक्रम बहिस्कार हरिश चन्द्र बाग कञ्चनपुर, चैत्र १, नगरपालिकाले एमसिपिएममा पास हुनका लागि आर्थिक वर्षको दोस्रो चौमासिक अन्तरगत पर्ने सार्वजनिक सुनुवाइ कार्यक्रम फाल्गुन मसान्त सम्म गरिसक्नु पर्ने हुन्छ । यदि समयमै कार्यक्रम नगरे एमसिपिएममा पास गर्न सकिदैन । जस्ले गर्दा नगरपालिकाको बजेटमा झण्डै २० देखि ३० प्रतिशत सम्म कटौती हुन्छ । तर कञ्चनपुरको पुरानो सदरमुकाममा रहेको बेलौरी नगरपालिका कार्यालयले हिजो सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भने तापनि सार्वजनिक सुनुवाइ कार्यक्रम एकाएक विवादमा परिणत भएको थियो । नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधाको चालु आर्थिक वर्ष २०७२–०७३ मा दोस्रो चौमासिक अन्तरगत पर्ने सार्वजनिक सुनुवाइ कार्यक्रम नगरपालिका भित्रको जेसिवि सञ्चालकको बारेमा कुरा नमिल्दा रद्द गरिएको हो । राजनीतिक दलका प्रतिनिधिहरु
सुदूरपश्चिम भर हिजो राति असिना र पानी परेकाले किसानहरुले लगाएका बालीनाली नस्ट

सुदूरपश्चिम भर हिजो राति असिना र पानी परेकाले किसानहरुले लगाएका बालीनाली नस्ट

मुख्य समाचार
हरिश चन्द्र बाग कञ्चनपुर, १ चैत्र । हावाहुरी संगै परेको असिनाले हिउँदेवालीमा ठुलो नोक्सानी गरेको छ । कञ्चनपुर, कैलाली लगायत सुदूरपश्चिम भर हिजो राति लामो समय सम्म असिना र पानी परेकाले किसानहरुले लगाएका बालीनाली नस्ट भएका छन् । हिजो राती ८ बजे देखि झन्डै नौ बजे सम्म पानी भन्दा बढी असिनाको वर्षात भएको थियो । गहुँ पाक्ने समयमा अचानक परेको असिनाले गहुँ खेतीमा धेरै नोक्सानी भएको र यस वर्ष उत्पादनमा कमि आउने भन्दै यहाका किसान चिन्तित बनेका छन् । हावाहुरी संगै परेको असिनाले गहँु खेती संगै तोरी, केराउ, मसुर तथा ठुलो मात्रामा लगानी गरी बगरमा लगाईएको तरकारी खेती, केरा खेती लगायत बालीनालीमा असिनाले ठुलो असर पारेको र त्यसको यकिन तथ्यांक आउन बाँकी रहेको कृषि कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुर जिल्लामा यस बर्ष ३० हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाईको छ । उता कैलालीमा पनि गहुँ, तरकारी र मुस
क्याम्पस प्रमुखले विभिन्न विद्यार्थी संगठनहरुसंग लिखित रुपमा माफी मागे

क्याम्पस प्रमुखले विभिन्न विद्यार्थी संगठनहरुसंग लिखित रुपमा माफी मागे

मुख्य समाचार
धुर्ब बिष्ट डडेल्धुरा, फाल्गुन २८, डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुराका क्याम्पस प्रमुख नेत्रप्रसाद पनेरुले विभिन्न विद्यार्थी संगठनहरुसंग लिखित रुपमा माफी मागेका छन् । क्याम्पसमा तीन जना कर्मचारी नियुक्तिका लागि क्याम्पस प्रमुखले मनोमानी कर्मचारी भर्ना गर्न खोजेको भन्दै विभिन्न संगठनहरुले क्याम्पसमा फागुन २१ गते तालाबन्दी गरेका थिए । क्याम्पसमा लगाइएको तालाबन्दी हालसम्म पनि नखुल्दा क्याम्पसको पठनपाठन प्रभावित भएको र आफूबाट भएको गल्त लाई क्षमा गरिदिनु हुन भन्दै क्याम्पस प्रमुखले लिखित रुपमा क्षमा याचना गरेका हुन । उनले विद्यार्थी संगठनहरुलाई वार्तामा आउन आग्रह गरेको अनेरास्ववियुका जिल्ला अध्यक्ष रामचन्द्र जोशीले बताएका छन् । कर्मचारी भर्ना प्रक्रिया खारेज नभएसम्म क्याम्पस प्रशासनको तालबन्दी नखुल्ने अनेरास्ववियका अध्यक्ष जोशीले बताएका छन ।
माटोको ढिस्कोले पुरिएर ज्यान गयो

माटोको ढिस्कोले पुरिएर ज्यान गयो

मुख्य समाचार
इन्द्रसरा खड्का बैतडी, फाल्गुन २८, बैतडी जिल्लाको श्रीकोट गाविस–४ मा माटोको ढिस्कोले पुरिएर आज एक महिलाको मृत्यु भएको छ । माटोको ढिस्कोले पुरिएर श्रीकोट गाविस–६ की २८ वर्षीया पशुपति भुलको मृत्यु भएको हो । बिहान घर लिपपोत गर्न रातो माटो लिन उनी गाउँ नजिकैको जइतडाँडा जानुभएको थियो । प्रहरी चौकी  खोचलेकका प्रहरी सहायक निरीक्षक करनसिँह धामीका अनुसार माटोको ढिस्कोले पुरिएकी भुललाई एक घन्टापछि निकालिएको थियो । दुई छोरी र एक छोराकी आमा भुलको शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएकोे प्रहरीले जनाएको छ । यस्तै बझांग जिल्लमा माटोको ढिस्कोले पुरीएर ३ जना महीलाको मृत्यु भएको छ । आज विहान घर पोत्नको लागी माटो ल्याउन गएकी खिरागडी गाविस २ निबासि करविरे कार्कीकी ४० बर्षीया श्रीमती कान्तामती कार्की, खीरातडी गाविस ८ निबासि टेकराज पन्तकी २८ बषीया श्रीमती विष्णा देवि पन्त, र खिरातडी ८ नै बस्ने जनक ब
सरकारी सेवालाई जनमुखी, सेवाग्राहीमैत्री र सुशासनयुक्त बनाउन कर्मचारीहरुलाई निर्देशन

सरकारी सेवालाई जनमुखी, सेवाग्राहीमैत्री र सुशासनयुक्त बनाउन कर्मचारीहरुलाई निर्देशन

मुख्य समाचार
इन्द्रसरा खड्का बैतडी, फाल्गुन २८, सुदूरपश्चिम क्षेत्रीय प्रशासक मुकुन्दराज प्रकाश घिमिरेले सरकारी सेवालाई जनमुखि, सेवाग्राहीमैत्री र सुशासनयुक्त बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । अनुगमन तथा निरीक्षणको सिलसिलामा बैतडी पुग्नु भएका क्षेत्रीय प्रशासक घिमिरले कार्यालय प्रमुखहरुलाई पनि निष्पक्ष र प्रभावकारी रुपमा सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ । यस्तै क्षेत्रीय प्रशासक घिमिरेले गोठलापानी–झुलाघाट सडकखण्डको पनि निरीक्षण पनि गर्नुभएको छ । यसैगरी जिल्ला स्वासथ्य कार्यालय र जिल्ला विकास समितिको कार्यालयमा निरीक्षण तथा अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो । क्षेत्रीय प्रशासक घिमिरे भोली बैतडीबाट फर्किने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
सविंधान कार्यान्वयन गर्न सबै राजनीतिक दल एक हुन आवश्यक: अर्थराज्यमन्त्री भण्डारी

सविंधान कार्यान्वयन गर्न सबै राजनीतिक दल एक हुन आवश्यक: अर्थराज्यमन्त्री भण्डारी

मुख्य समाचार
धुर्ब बिष्ट डडेल्धुरा, फाल्गुन २८, अर्थराज्यमन्त्री दामोदर भण्डारीले सविंधान कार्यान्वयन गर्न सबै राजनीतिक दल एक हुन आवश्यक रहेको बताउनु भएको छ । जिल्ला विकास समिति डडेल्धुराको संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा पश्चातको नवौं जिल्ला परिषद कार्यक्रमको आज उद्धाटन गर्दै नेपाल सरकारका अर्थराज्यमन्त्री भण्डारीले सविंधान कार्यान्वयनका लागि सबै राजनीतिक दलहरुलाई एक हुन आग्रह गर्नुभएको छ । सबै राजनैतिक दलहरुले एकताको हात बढाएमा बिकास टाढा नरहेको समेत उल्लेख गर्नु भएको छ । भण्डारीले सुदूरपश्चिममा बिकासका बिभिन्न सम्भावना रहेको भन्दै पश्चिम सेती जलबिद्युत आयोजना, पञ्चेश्वर जलबिद्युत आयोजनाले सुदूरपश्चिमको मात्रै नभएर राष्ट्रकै मुहार फेर्ने दाबी गर्नुभयो । भण्डारीले विकासको बजेट र योजना तर्जुमा गर्दा सुदूरपश्चिमलाई गर्ने भेदभावको अन्त्य गर्दै सुदूरको समग्र बजेट ११ प्रतिशतबाट माथि लैजाने र दीर्घ
डडेल्धुरा जिल्लामा आगामी आर्थिक वर्षको बजेट अढाई करोड बढी प्रस्ताबित

डडेल्धुरा जिल्लामा आगामी आर्थिक वर्षको बजेट अढाई करोड बढी प्रस्ताबित

मुख्य समाचार
अघिल्लो बर्षको तुलनामा २८ प्रतिशतले बृद्धि धुर्ब बिष्ट डडेल्धुरा, फाल्गुन २८, डडेल्धुरा जिल्लाको आगामी आर्थिक वर्ष २०७३÷०७४ का लागि २ अर्ब ६२ करोड १५ लाख ९१ हजार रकम प्रस्ताबित गरिएको छ । प्रस्ताबित बजेटमा चालुगत तर्फ १ अर्ब २३ करोड २ लाख ९७ हजार रुपैयाँ र पूजीँगत तर्फ १ अर्ब ३९ करोड १२ लाख ९४ हजार रुपैयाँ रहेको छ । अघिल्लो बर्षको तुलनामा २८ प्रतिशतले बृद्धि भएको छ । समग्रमा बजेट बिश्लेषण गर्दा सामाजिक बिकास तर्फ ४१ प्रतिशत, भौतिक पूर्वाधार तर्फ ३८ प्रतिशत, आर्थिक बिकास तर्फ १६ प्रतिशत, बन बाताबरण तर्फ ५ प्रतिशत हुन आउँछ । प्रस्ताबित समग्र बजेटको ६३ प्रतिशत सरकारी तर्फ बाट ३७ प्रतिशत गैरसरकारी तर्फबाट खर्च ब्योहोरिने अनुमान छ । डडेल्धुरा जिल्लाको कुल बजेट मध्ये जिल्ला बिकास समिति तर्फ ४९ करोड ५६ लाख ७१ हजार अनुमान गरिएको छ ।
डडेल्धुरा जिल्ला परिषद आज

डडेल्धुरा जिल्ला परिषद आज

मुख्य समाचार
धुर्ब बिष्ट डडेल्धुरा, फाल्गुन २८, आगामी आर्थिक वर्ष २०७३/०७४ मा डडेल्धुरामा संञ्चालन गरिने नीति कार्यक्रम तथा बजेटको आज सार्वजनिकिकरण गरिदै छ । जिल्ला विकास समितीको कार्यालयमा गणतन्त्र नेपाल पश्चातको नवौं जिल्ला परिषदको बजेट नीति तथा कार्यक्रमको आज सार्वजनिकिकरण गरिन लागिएको हो । उक्त परिषदको उदघाटन अर्थराज्य मन्त्री दामोदर भण्डारीले गर्नु भएको छ । विभिन्न १३ चरण पार गर्दै अन्तिम १४ औँ चरण अन्तर्गत जिल्ला परिषद समारोहको आयोजना गरी बजेट, नीति तथा कार्यक्रमको सार्वजनिकिकरण गरिन लागिएको जिल्ला विकास समिती डडेल्धुराले जनाएको छ ।
गर्मियाम सुरु भए संगै बैतडीका बिभिन्न ठाउँमा खानेपानीको समस्या

गर्मियाम सुरु भए संगै बैतडीका बिभिन्न ठाउँमा खानेपानीको समस्या

मुख्य समाचार
इन्द्रसरा खड्का बैतडी, फाल्गुन २८, गर्मियाम सुरु भए संगै बैतडीका बिभिन्न ठाउँमा खानेपानीको समस्या भएको छ । जिल्ला अस्पताल बैतडीमा पानीको धेरै समस्या भएको जिल्ला स्वास्थ्य कार्यलय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले बताउनु भएको छ । पानी नहुदा अस्पतालमा आउने बिरामीलाई समस्या भएको छ । खानेपानी नभएपछी बिरामीहरु र स्वास्थकर्मीहरुको लागि जुलाघाट बाट टयान्करमा पानी ल्याएर खुवाउनु पर्ने बाध्यता भएको डाक्टर अवस्थीले बताउनु भयो । पानी नपरेरै गर्मियाम सुरु भएसंगै भएका पानीका मुहान सुक्दै जान थालेपछी खानेपानीको समस्या भएको उहाले बताउनु भयो । खानेपानी नभएपछी सदरमुकाममा बासेबास गर्ने ब्यापारी र कर्मचारीलाई पनि समस्या भएको उनीहरुले गुनासो गरेका छन् । खानेपानीको मुहान सुक्दा गाडीमा जुलाघाटबाट पानी बोकेर खानु परेको ब्यापारीहरुले बताएका छन् । खानेपानीको समस्या हुदा डेरा गरेर बस्ने बिद्यार्थिहरुल
‘गाँउमै सरकार आए जस्तो भयो’

‘गाँउमै सरकार आए जस्तो भयो’

मुख्य समाचार
गाँउमै सरकारी सेवा बिरा गडाल बैतडी, फाल्गुन २७,  हाट–६ की हिरा भण्डारीले भनिन । जिल्लास्थित सरकारी अड्डामा बस्ने हाकिम सापहरुले गाँउमै आएर नेपाली नागरीकता बाडेको देख्दा आफनो गाँउ पनि शहर भएझै लाग्यो । सदरमुकामबाट १९ कोष टाढा रहेको जिल्लाको उत्तरपुर्वी पुरचौडीहाट गाविसमा नत सडक पुगेको छ नत अन्य सेवा सुविधा नै उपलब्ध छ । जिल्लाका एक दर्जन गाविसको केन्द्रविन्दुको रुपमा रहेको यो ठाँउलाई माओवादी दृन्द्धले झनै पछाडी धकलेको छ । यहाँका स्थानियबासी केही बर्षदेखी सरकारी सेवा सुविधा गाँउमै उपलब्ध गराउन आएका छन । गत विगत बर्षदेखी ईलाका स्तरिय कार्यालयको माग राख्दै आएपनि सुनुवाई नहुदाँ निरास छन । सरकारी सेवा लिन सदरमुकाम जान दुई दिन लाग्छ । दृन्द्धकालमा बिस्थापित केही कार्यालय अझै स्थापित हुन नसकेको स्थानिय विरेन्द्र धानुकले बताए । एकिकृत घुम्ति शिविर मार्फत फागुन २२ गतेदेखी २६ गतेसम्म सरकारी
error: Content is protected !!